KTouch/S1/Getting-Started-with-Ktouch/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:00, 27 June 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.00 इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ
00.04 यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ
00.10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक:
00.11 अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00.18 तपाई प्रत्येक चोटी टाइप गर्दा
00.20 किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ
00.24 केटच् के हो?
00.27 केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ
00.33 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00.36 बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ
00.43 केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन्
00.50 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं
00.59 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ
01.03 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01.11 अब केटच् खोलौं
01.13 पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01.21 सर्च बक्स देखापर्छ
01.24 सर्च बक्समा केटच टाइप गर्नुहोस्
01.28 सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस्
01.34 केटच् विन्डो देखापर्छ
01.36 बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न सक्नुहुन्छ
01.41 टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं
01.47 टर्मिनल मा केटच खोल्न कमाण्ड टाइइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
01.55 अब केटच इन्टरफेस संग आफुलाई परिचित गराऊ
01.59 मेन मेनु मा फायल , ट्रेनिंग , सेट्टीन्ग्स र हेल्प मेनुहरु रहेका छन्
02.06 टाइपिंग अभ्यासलाई नयाँ सत्र सुरु गर्न स्टार्ट न्यु सेशन मा क्लिक गर्नुहोस्
02.11 रोक्न को लागि पज सेशन मा क्लिक गर्नुहोस्
02.14 तपाई को टाइपिंग को प्रगति हेर्न लेक्चर स्ट्याटिस्टिक्स मा क्लिक गर्नुहोस्
02.19 लेभल ले टाइपिंग गर्दा प्रयोग गरिएको कि को संख्या अनुसार जटिलता को तह जनाउछ
02.27 स्पीड ले तपाइले एक मिनेटमा टाइइप गर्नुभएको बर्णहरु को संख्या जनाउछ
02.32 करेक्टनेस ले टाइपिंग शुद्धता को प्रतिशत देखाउछ
02.39 यो लेभल फिल्डको न्यु क्यारेक्टरस् ले तपाई ले छानेको तहमा अभ्यास गर्नुपर्ने बर्णहरु देखाउछ
02.47 टिचर्स लाइन ले टाइप गर्नुपर्ने बर्ण हरु देखाउछ
02.51 स्टुडेन्टस् लाईनले तपाई ले किबोर्ड प्रयोग गरि टाइप् गर्नुभएको बर्णहरु देखाउछ
02.58 किबोर्ड बिचमा देखाईएको छ
03.02 किबोर्ड को पहिलो पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03.09 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03.13 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब कि रहेका छन्
03.20 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
03.28 तपाई टाइपिंग गर्दा अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
03.33 ठुलो अक्षर टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
03.37 किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
03.45 ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
03.52 कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
03.59 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
04.11 किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌
04.20 अब केटच किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचमा भिन्नता छ कि छैन हेरौं
04.29 यो ध्यान दिनुहोस् कि केटच किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
04.36 अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
04.41 यो स्लाइडमा हेरौं
04.42 यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ
04.46 बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:

लिटिल फिंगर ,

04.51 रिंग फिंगर, मिडल फिंगर
04.54 , इन्डेक्स फिंगर र
थम्ब   
04.59 तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
05.03 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05.07 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05.10 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05.13 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05.17 तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
05.20 यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ
05.25 साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्
05.28 माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्
05.30 चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
05.34 दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
05.37 तपाइले पहिलो चोटी केटच खोल्दा, टिचर्स लाइनले डिफल्ट टेक्स्ट देखाउछ
05.44 यो टेक्स्ट ले कसरी लेक्चर छान्ने र टाइपिंग पाठ सुरु गर्ने निर्देशनहरु देखाउछ
05.51 यो ट्युटोरीअल को लागि , हामी डिफल्ट टेक्स्ट टाइपिंग छोडेर एउटा लेक्चर छानौं
05.57 तर, तपाई यो ट्युटोरीअल रोकेर डिफल्ट टेक्स्ट टाइप् गर्न सक्नुहुन्छ
06.02 अब, टाइपिंग पाठहरू सुरु गर्न लेक्चर छानौं
06.07 मेन मेनु बाट , फायल छान्नुहोस् , ओपन लेक्चर मा क्लिक गर्नुहोस्
06.12 सेलेक्ट ट्रेनिंग लेक्चर फायल -- केटच डायलग बक्स खुल्छ
06.17 देखाईएको बाटो मा जानुहोस्

रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच

06.31 र इन्ग्लिश डट केटच डट एक्सएमएल छानी ओपन मा क्लिक गर्नुहोस्
06.36 यो ध्यान दिनुहोस कि टिचर्स लाईनले बर्ण हरुको विभिन्न सेट हरु देखाउछ
06.41 अब, टाइप् गर्न सुरु गरौँ
06.43 डिफल्ट मा , लेभल १ मा र स्पीड शून्य मा सेट छ
06.49 यो लेभल को न्यु क्यारेक्टरस् ले हामीले यो तहमा सिकेका बर्ण हरु देखाउछ
06.55 स्टुडेन्टस् लाईनमा रहेको कर्सर याद गर्नुहोस्
06.58 टिचर्स लाईनमा देखाईएको बर्णहरु किबोर्ड प्रयोग गरि टाइप गरौँ
07.09 हामीले टाइप् गर्दा बर्ण हरु स्टुडेन्टस् लाइन मा देखिन्छ
07.14 अब स्पीड फिल्ड मा हेरौं
07.16 हामीले टाइप् गर्दा, हाम्रो टाइपिंग को आधारमा संख्या घट्ने र बढ्ने हुन्छ
07.22 तपाईले टाइप गर्न छोड्नुभयो भने गति को गणना घट्छ
07.25 अब, टिचर्स लाईनमा नदेखाईएको, सात र आठ संख्या हरु टाइप गरौँ
07.31 स्टुडेन्ट लाईन रातो हुन्छ
07.34 किन ? किनकि हामीले टाइप गर्दा गल्ति गरेउ
07.40 यसलाई मेटौ र टाइपिंग पूरा गरौँ
07.56 जब तपाई अन्तिम हरफमा पुग्नुहुन्छ, इन्टर कि थिच्नुहोस् र दोस्रो हरफ मा जानुहोस्
08.02 याद गर्नुहोस्, टिचर्स लाईनले अब टाइप गर्नुपर्ने बर्ण हरुको अर्को सेट देखाउछ
08.07 स्टुडेन्टस् लाईन ले टाइप् गरेको टेक्स्ट लाई मान्यता दियो
08.11 हामीले कति शुद्ध संग टाइप गरेउ? त्यो हेरौं
08.14 करेक्टनेस क्षेत्र ले तपाई को टाइपिंग को शुद्धता को प्रतिशत देखाउछ , उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ
08.23 हामीले हाम्रो पहिलो टाइपिंग पाठ सकेउ
08.26 पहिले कम गतिमा शुद्ध टाइप गर्नु राम्रो अभ्यास हो
08.31 एकचोटी, गल्ति बिना , शुद्ध संग टाइप गर्न सिकेपछि , हामी टाइपिंग को गति बढाऊन सक्छौं
08.37 अब एउटा नयाँ टाइपिंग सत्र सुरु गरौँ
08.40 स्टार्ट न्यु सेशन क्लिक गरौँ
08.42 स्टार्ट न्यु ट्रेनिंग सेशन -- केटच डायलग बक्समा , स्टार्ट फ्रम फर्स्ट लेभल क्लिक गरौँ
08.50 तपाई ले के देख्नुभयो ?
08.52 टिचर्स लाइनमा वर्णहरुको सेट देखाईएको छ
08.55 स्टुडेन्टस् लाईन मा सबै बर्णहरु मेटिएको छ र खाली छ
09.00 अब टाइप गर्न सुरु गरौँ
09.05 अभ्यास गर्दा, तपाइ रोक्न र पछी फेरी सुरु गर्न चाहनुहुन्छ होला
09.09 तपाई कसरी सत्र चलाउनु हुन्छ
09.12 पज सेशन क्लिक गर्नुहोस्
09.14 यो याद गर्नुहोस् कि गति घट्दैन
09.17 सम्झिनुहोस , हामीले अगाडिको सत्र नरोकी टाइप् गर्दा यो घट्छ
09.23 टाइपिंग फेरी सुरु गर्न, टिचर्स लाइनमा देखाईएको अर्को बर्ण वा शब्द टाइप गर्नुहोस्
09.39 यसले टाइपिंग को शुद्धता देखाउछ
09.46 यसरी हामी यो केटच ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
09.50 हामीले यो ट्युटोरीअलमा केटच इन्टरफेसको बारेमा सिकेउ साथै कसरी किबोर्ड मा औंलाहरू राख्ने भनि पनि सिकेउ
09.59 र हामीले हाम्रो पहिले पाठ पूरा गर्यौ
10.04 यहाँ तपाई को लागि एक कार्य रहेको छ
10.06 केटच खोलौं , टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् , यो तहमा टाइपिंग अभ्यास गर्नुहोस्
10.13 कि हरुको लागि सहि औंला प्रयोग गर्न सम्झिनुहोस
10.18 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10.24 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
10.28 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ

अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ

10.37 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10.43 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
10.47 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
10.55 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
11.06 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble