KTouch/S1/Getting-Started-with-Ktouch/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ
00:04 यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ
00:10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक:,अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00:18 तपाई प्रत्येक चोटी टाइप गर्दा
00:20 किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ
00:24 केटच् के हो?
00:27 केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ
00:33 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00:36 बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ
00:43 केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन्
00:50 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं
00:59 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ
01:03 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01:11 अब केटच् खोलौं
01:13 पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01:21 सर्च बक्स देखापर्छ
01:24 सर्च बक्समा केटच टाइप गर्नुहोस्
01:28 सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस्
01:34 केटच् विन्डो देखापर्छ
01:36 बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न सक्नुहुन्छ
01:41 टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं
01:47 टर्मिनल मा केटच खोल्न कमाण्ड टाइइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
01:55 अब केटच इन्टरफेस संग आफुलाई परिचित गराऊ
01:59 मेन मेनु मा फायल , ट्रेनिंग , सेट्टीन्ग्स र हेल्प मेनुहरु रहेका छन्
02:06 टाइपिंग अभ्यासलाई नयाँ सत्र सुरु गर्न स्टार्ट न्यु सेशन मा क्लिक गर्नुहोस्
02:11 रोक्न को लागि पज सेशन मा क्लिक गर्नुहोस्
02:14 तपाई को टाइपिंग को प्रगति हेर्न लेक्चर स्ट्याटिस्टिक्स मा क्लिक गर्नुहोस्
02:19 लेभल ले टाइपिंग गर्दा प्रयोग गरिएको कि को संख्या अनुसार जटिलता को तह जनाउछ
02:27 स्पीड ले तपाइले एक मिनेटमा टाइइप गर्नुभएको बर्णहरु को संख्या जनाउछ
02:32 करेक्टनेस ले टाइपिंग शुद्धता को प्रतिशत देखाउछ
02:39 यो लेभल फिल्डको न्यु क्यारेक्टरस् ले तपाई ले छानेको तहमा अभ्यास गर्नुपर्ने बर्णहरु देखाउछ
02:47 टिचर्स लाइन ले टाइप गर्नुपर्ने बर्ण हरु देखाउछ
02:51 स्टुडेन्टस् लाईनले तपाई ले किबोर्ड प्रयोग गरि टाइप् गर्नुभएको बर्णहरु देखाउछ
02:58 किबोर्ड बिचमा देखाईएको छ
03:02 किबोर्ड को पहिलो पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03:09 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03:13 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब कि रहेका छन्
03:20 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
03:28 तपाई टाइपिंग गर्दा अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
03:33 ठुलो अक्षर टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
03:37 किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
03:45 ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
03:52 कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
03:59 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
04:11 किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌
04:20 अब केटच किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचमा भिन्नता छ कि छैन हेरौं
04:29 यो ध्यान दिनुहोस् कि केटच किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
04:36 अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
04:41 यो स्लाइडमा हेरौं,यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ
04:46 बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:लिटिल फिंगर ,
04:51 रिंग फिंगर, मिडल फिंगर
04:54 , इन्डेक्स फिंगर र थम्ब
04:59 तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
05:03 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05:07 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05:10 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05:13 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05:17 तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
05:20 यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ
05:25 साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्
05:28 माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्
05:30 चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
05:34 दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
05:37 तपाइले पहिलो चोटी केटच खोल्दा, टिचर्स लाइनले डिफल्ट टेक्स्ट देखाउछ
05:44 यो टेक्स्ट ले कसरी लेक्चर छान्ने र टाइपिंग पाठ सुरु गर्ने निर्देशनहरु देखाउछ
05:51 यो ट्युटोरीअल को लागि , हामी डिफल्ट टेक्स्ट टाइपिंग छोडेर एउटा लेक्चर छानौं
05:57 तर, तपाई यो ट्युटोरीअल रोकेर डिफल्ट टेक्स्ट टाइप् गर्न सक्नुहुन्छ
06:02 अब, टाइपिंग पाठहरू सुरु गर्न लेक्चर छानौं
06:07 मेन मेनु बाट , फायल छान्नुहोस् , ओपन लेक्चर मा क्लिक गर्नुहोस्
06:12 सेलेक्ट ट्रेनिंग लेक्चर फायल -- केटच डायलग बक्स खुल्छ
06:17 देखाईएको बाटो मा जानुहोस् रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच
06:31 र इन्ग्लिश डट केटच डट एक्सएमएल छानी ओपन मा क्लिक गर्नुहोस्
06:36 यो ध्यान दिनुहोस कि टिचर्स लाईनले बर्ण हरुको विभिन्न सेट हरु देखाउछ
06:41 अब, टाइप् गर्न सुरु गरौँ
06:43 डिफल्ट मा , लेभल १ मा र स्पीड शून्य मा सेट छ
06:49 यो लेभल को न्यु क्यारेक्टरस् ले हामीले यो तहमा सिकेका बर्ण हरु देखाउछ
06:55 स्टुडेन्टस् लाईनमा रहेको कर्सर याद गर्नुहोस्
06:58 टिचर्स लाईनमा देखाईएको बर्णहरु किबोर्ड प्रयोग गरि टाइप गरौँ
07:09 हामीले टाइप् गर्दा बर्ण हरु स्टुडेन्टस् लाइन मा देखिन्छ
07:14 अब स्पीड फिल्ड मा हेरौं
07:16 हामीले टाइप् गर्दा, हाम्रो टाइपिंग को आधारमा संख्या घट्ने र बढ्ने हुन्छ
07:22 तपाईले टाइप गर्न छोड्नुभयो भने गति को गणना घट्छ
07:25 अब, टिचर्स लाईनमा नदेखाईएको, सात र आठ संख्या हरु टाइप गरौँ
07:31 स्टुडेन्ट लाईन रातो हुन्छ
07:34 किन ? किनकि हामीले टाइप गर्दा गल्ति गरेउ
07:40 यसलाई मेटौ र टाइपिंग पूरा गरौँ
07:56 जब तपाई अन्तिम हरफमा पुग्नुहुन्छ, इन्टर कि थिच्नुहोस् र दोस्रो हरफ मा जानुहोस्
08:02 याद गर्नुहोस्, टिचर्स लाईनले अब टाइप गर्नुपर्ने बर्ण हरुको अर्को सेट देखाउछ
08:07 स्टुडेन्टस् लाईन ले टाइप् गरेको टेक्स्ट लाई मान्यता दियो
08:11 हामीले कति शुद्ध संग टाइप गरेउ? त्यो हेरौं
08:14 करेक्टनेस क्षेत्र ले तपाई को टाइपिंग को शुद्धता को प्रतिशत देखाउछ , उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ
08:23 हामीले हाम्रो पहिलो टाइपिंग पाठ सकेउ
08:26 पहिले कम गतिमा शुद्ध टाइप गर्नु राम्रो अभ्यास हो
08:31 एकचोटी, गल्ति बिना , शुद्ध संग टाइप गर्न सिकेपछि , हामी टाइपिंग को गति बढाऊन सक्छौं
08:37 अब एउटा नयाँ टाइपिंग सत्र सुरु गरौँ
08:40 स्टार्ट न्यु सेशन क्लिक गरौँ
08:42 स्टार्ट न्यु ट्रेनिंग सेशन -- केटच डायलग बक्समा , स्टार्ट फ्रम फर्स्ट लेभल क्लिक गरौँ
08:50 तपाई ले के देख्नुभयो ?
08:52 टिचर्स लाइनमा वर्णहरुको सेट देखाईएको छ
08:55 स्टुडेन्टस् लाईन मा सबै बर्णहरु मेटिएको छ र खाली छ
09:00 अब टाइप गर्न सुरु गरौँ
09:05 अभ्यास गर्दा, तपाइ रोक्न र पछी फेरी सुरु गर्न चाहनुहुन्छ होला
09:09 तपाई कसरी सत्र चलाउनु हुन्छ
09:12 पज सेशन क्लिक गर्नुहोस्
09:14 यो याद गर्नुहोस् कि गति घट्दैन
09:17 सम्झिनुहोस , हामीले अगाडिको सत्र नरोकी टाइप् गर्दा यो घट्छ
09:23 टाइपिंग फेरी सुरु गर्न, टिचर्स लाइनमा देखाईएको अर्को बर्ण वा शब्द टाइप गर्नुहोस्
09:39 यसले टाइपिंग को शुद्धता देखाउछ
09:46 यसरी हामी यो केटच ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
09:50 हामीले यो ट्युटोरीअलमा केटच इन्टरफेसको बारेमा सिकेउ साथै कसरी किबोर्ड मा औंलाहरू राख्ने भनि पनि सिकेउ
09:59 र हामीले हाम्रो पहिले पाठ पूरा गर्यौ
10:04 यहाँ तपाई को लागि एक कार्य रहेको छ
10:06 केटच खोलौं , टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् , यो तहमा टाइपिंग अभ्यास गर्नुहोस्
10:13 कि हरुको लागि सहि औंला प्रयोग गर्न सम्झिनुहोस
10:18 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10:24 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
10:28 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
10:37 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:43 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
10:47 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
10:55 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
11:06 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble