LibreOffice-Suite-Calc/C2/Working-with-Cells/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिब्रे अफिस क्याल्कको – वर्किंग विथ सेल्स,स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:06 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं: |
00:08 | कसरी स्प्रेडसिटमा नम्बर, टेक्स्ट, नम्बरलाई टेक्स्ट, मिति र समयको रुपमा इन्टर गर्ने |
00:16 | कसरी फर्म्याट सेल्स डायलग बक्स प्रयोग गर्ने |
00:19 | कसरी कोठाहरु र सिटहरुमा सार्ने |
00:23 | कसरी पंक्ति, कोलम र सिटमा भएका बस्तुहरु छान्ने |
00:29 | हामी उबुन्टु अपरेटिंग सिस्टम १०.०४ र लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्नेछौं |
00:39 | अब पहिले कसरी कोठामा डाटा इन्टर गर्ने सिकौं |
00:43 | हामी हाम्रो “personal finance tracker.ods” फायल खोल्नेछौं |
00:49 | तपाई कुनै पनि कोठामा खाली क्लिक मात्र गरि किबोर्डबाट टाइप गर्न सक्नुहुन्छ |
00:59 | डिफल्टमा टेक्स्ट बायाँमा बस्छ, तपाई फर्मेटिंग बारको कुनै पनि ट्याबमा क्लिक गरि एलाइन्मेन्ट बदल्न सक्नुहुन्छ |
01:08 | यसलाई अंडू गरौँ |
01:11 | अब स्प्रेडसिटमा “A1” ले जनाउने कोठामा क्लिक गर्नुहोस |
01:15 | तपाई छानिएको कोठा रंगिन देख्न सक्नुहुन्छ |
01:20 | यहाँ हामीले पहिले नै कोलमको हेडिंग टाइप गरिसकेका छौं |
01:24 | “Items”हेडिंग मुनि, हामी केहि बस्तुहरुको नाम एक मुनि अर्को टाइप गर्नेछौं, “Salary”, “House rent”, “Electricity bill”, “Phone bill”, “Laundry” र “Miscellaneous” |
01:38 | कोठामा नम्बर इन्टर गर्न क्लिक गर्नुहोस र नम्बर टाइप गर्नुहोस |
01:43 | नेगेटिभ नम्बर इन्टर गर्न, कि यसको अगाडी माइनस टाइप गर्नुहोस वा यसलाई प्यारेंथिस भित्र बन्द गर्नुहोस |
01:53 | डिफल्टमा, नम्बरहरु बायाँपट्टि बस्छन र नेगेटिभ नम्बरहरुको अगाडी एउटा माइनस चिन्ह हुन्छ |
02:01 | बदलाब अंडू गरौँ |
02:04 | अब, हाम्रो“personal finance tracker.ods” स्प्रेडसिटमा “SN” ले जनाउने सिरियल नम्बर हेडिंग मुनि हामी हरेक बस्तुको क्रमसंख्या एक मुनि अर्को चाहन्छौं |
02:17 | अब, “A2” ले जनाउने कोठामा क्लिक गर्नुहोस र नम्बरहरु 1,2,3 एक मुनि अर्को इन्टर गर्नुहोस |
02:27 | क्रमसंख्या आफै भर्न “A4”कोठामा क्लिक गर्नुहोस, कोठाको तल्लो दायाँ कुनामा एउटा कालो बक्स देखिन्छ, यसलाई “A7”कोठासम्म तानेर लैजानुहोस र माउस बटन छोड्नुहोस |
02:42 | तपाइले कोठाहरु “A5” देखि “A7”सम्म क्रमसंख्या भरिएको देख्नुहुनेछ |
02:51 | बस्तुहरुको क्रमसंख्या इन्टर गरेपछि, अब हामी हरेक बस्तुहरुको मूल्य “Cost”हेडिंग मुनि इन्टर गर्नेछौं |
02:59 | हामी “C3”कोठामा क्लिक गर्छौं र “House rent” मा “Rupees 6000” टाइप गर्नेछौं |
03:07 | हामी नम्बर अगाडी Rupee चिन्ह चाहन्छौं भने के गर्ने? |
03:11 | मानौं कि हामी “Electricity bill” मा“Rupees 800” इन्टर गर्न चाहन्छौं, यसको लागि C4कोठामा राइट क्लिक गर्नुहोस र “Format Cells” विकल्पमा क्लिक गर्नुहोस |
03:23 | यसले “Format Cells” डायलग बक्स खोल्छ |
03:27 | पहिलो ट्याब “Numbers”हो, यदि पहिले छानिएको छैन भने यसमा क्लिक गर्नुहोस |
03:32 | “Category”मा विभिन्न क्षेत्रहरु रहेका छन जस्तै Number, Percent, Currency, Date, Time र अरु धेरै |
03:41 | अब Currency छानौं |
03:44 | अब, फर्म्याट बिकल्प मुनि डाउन एरोमा क्लिक गर्नुहोस, यसले विश्वभरिका बिभिन्न मुद्रा देखाउछ |
03:53 | अब माथि स्क्रोल गरि INR Rupees English India छानौं,डिफल्टमा, मुनिको ड्रपडाउनमा, Rupee 1234 छानिएको छ |
04:04 | तपाई यसको प्रिभ्यु दायाँतिरको सानो प्रिभ्यु क्षेत्रमा देख्न सक्नुहुन्छ |
04:10 | अप्सन्समा, हामीले चाहेको नम्बर थप्न डेसिमल स्थान र लिडिंग शून्य स्थानका विकल्प छन |
04:20 | ध्यान दिनुहोस कि हामीले शून्य स्थानको नम्बर बढाउदै जादाँ फर्म्याटको मुनि Rupees 1,234 decimal zero मा छानिन्छ, शून्यले दुई दशमलब स्थान जनाउछ |
04:35 | याद गर्नुहोस कि बदलाब प्रिभ्यु क्षेत्रमा देखाइएको छ |
04:40 | Thousands छुट्टाउन क्लिक गर्नुहोस र हरेक हजार छुट्टाउन “अल्पर्बिराम” थपौं, फेरी एकचोटी बदलाब प्रिभ्यु क्षेत्रमा हेर्नुहोस |
04:50 | तपाई फन्ट ट्याबमा क्लिक गरि फन्ट स्टाइल फेर्न सक्नुहुन्छ, यसमा फन्ट, टाइपफेस र साइजको विभिन्न बिकल्प रहेका छन |
05:00 | यिनीहरुको बारेमा अझ जान्न फन्ट इफेक्ट र अन्य ट्याब पत्ता लगाउनुहोस |
05:05 | हामी एलाइन्मेन्ट ट्याबको विकल्पहरुको बारेमा अर्को ट्युटोरीअलमा जान्नेछौँ |
05:11 | OKमा क्लिक गरौँ |
05:15 | 800 टाइप गरि इन्टर गर्नुहोस, तपाई नम्बर 800, दुई दशमलब स्थान सहितको Rupees 800को रुपमा देख्नुहुनेछ |
05:26 | अब, कोठाहरु C5 देखि C7सम्म छानौं, CTRL कि थिची राखी G2 कोठा पनि छान्नुहोस्, याद गर्नुहोस कि सबै छानिएका कोठाहरु रंगिन छन |
05:39 | कुनै रंगिन कोठामा राइट क्लिक गर्नुहोस र Format Cells छान्नुहोस् |
05:46 | पहिले जस्तै उही विकल्प छान्नुहोस् र OKमा क्लिक गर्नुहोस |
05:51 | अब, हामी सबै अन्य बस्तुहरुमा एक मुनि अर्को खर्च टाइप गर्छौं, “Phone bill”को लागि “Rupees 600”, “Laundry”खर्चको लागि”Rupees 300”र अन्य “Miscellaneous” खर्चको लागि “Rupees 2000” |
06:06 | “Accounts” हेडिंग मुनि हामी महिनाको तलब टाइप गर्छौं, “Rupees 30000” |
06:13 | क्याल्कमा मिति इन्टर गर्न कोठा छान्नुहोस् र मिति टाइप गर्नुहोस |
06:18 | तपाई मितिको अंग छुट्टाउन एउटा स्ल्याश वा एउटा योजक वा अक्षरमा यसरी लेख्न सक्नुहुन्छ 10 October 2011 |
06:27 | क्याल्कले बिभिन्न मितिको फर्म्याट चिन्छ |
06:32 | बैकल्पिक रुपमा, तपाई कोठामा राइट क्लिक गरि “Format Cells” बिकल्प छान्न सक्नुहुन्छ |
06:38 | क्याटेगोरीमा “Date”र “Format” चाहेको फर्म्याट छान्नुहोस्, म 12, 31, 1999 छान्दैछु, प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस |
06:51 | तल फर्म्याट कोड पनि यसरी देखाइएको छ , MM, DD र YYYY, तपाई आवश्यकतानुसार फर्म्याट कोड बदल्न सक्नुहुन्छ |
07:02 | म DD, MM and YYYY टाइप गर्नेछु, प्रिभ्यु क्षेत्रमा बदलाब हेर्नुहोस, OKमा क्लिक गर्नुहोस |
07:12 | क्याल्कमा समय इन्टर गर्न कोठा छान्नुहोस् र समय टाइप गर्नुहोस |
07:18 | तपाइको समयको अंग कोलोनले छुट्टाउन सक्नुहुन्छ जस्तै 10 कोलोन 43 कोलोन 20 |
07:24 | बैकल्पिक रुपमा, तपाई कोठामा राइट क्लिक गरि “Format Cells” बिकल्प छान्नसक्नुहुन्छ |
07:31 | क्याटेगोरीमा “Time”र “Format” चाहेको फर्म्याट छान्नुहोस्, म 13, 37, 46छान्दैछु, प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस |
07:43 | तल फर्म्याट कोड पनि यसरी देखाइएको छ , HH:MM:SS , तपाई आवश्यकतानुसार फर्म्याट कोड बदल्न सक्नुहुन्छ,म HH:MM टाइप गर्नेछु |
07:57 | प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस |
08:03 | बदलाब अंडू गरौँ |
08:06 | कसरी क्याल्कमा टेक्स्ट,नम्बर र मिति लेख्ने सिकेपछि, हामी कसरी स्प्रेडसिटमा एक ठाउँबाट अर्को र एक कोठाबाट अर्को गर्ने सिक्नेछौं |
08:17 | अब हामी पहिले कसरी एउटा स्प्रेडसिट भित्र एक कोठाबाट अर्को कोठामा जाने हेर्नेछौं |
08:23 | तपाई कुनै कोठामा त्यसलाई क्लिक गरि जान सक्नुहुन्छ |
08:29 | तपाई त्यो कोठा रंगिन देख्नुहुनेछ |
08:32 | अर्को कोठामा जाने तरिका भनेको कोठाको सन्दर्भ प्रयोग गर्ने हो |
08:38 | “Name Box”दायाँको सानो कालो डाउन एरो मा क्लिक गर्नुहोस |
08:43 | तपाई जान चाहनु भएको कोठाको सन्दर्भ टाइप गर्नुहोस र “Enter” थिच्नुहोस |
08:49 | तपाई “Name box”मा पनि क्लिक गर्नसक्नुहुन्छ,हालको सन्दर्भ मेटी तपाइले चाहनुभएको कोठा सन्दर्भ टाइप गर्नुहोस र “Enter” गर्नुहोस |
08:58 | अब हामी कसरी एउटा स्प्रेडसिटभित्र कोठा-कोठामा जाने सिक्नेछौं |
09:03 | पहिलो नेभिगेसनको तरिका कर्सर प्रयोग गर्ने हो |
09:09 | कर्सर प्रयोग गरि केन्द्र सार्न, खाली कर्सर तपाइले केन्द्र चाहनुभएको कोठामा सार्नुहोस र लेफ्ट माउस बटन क्लिक गर्नुहोस |
09:18 | यसले नयाँ कोठालाई केन्द्र बनाउछ |
09:22 | यदि दुई कोठाहरु धेरै टाढा छन् भने यो तरिका अति उपयोगी हुन्छ |
09:28 | अर्को नेभिगेसनको तरिका भनेको - एउटा पंक्तिको अर्को कोठामा जान * “Tab” प्रयोग गर्नु हो |
09:35 | पंक्तिको पहिलेको कोठामा जान”Shift + Tab” |
09:39 | कोलमको अर्को कोठामा जान “Enter” गर्नुहोस |
09:42 | कोलमको पहिलेको कोठामा जान,“Shift + Enter” |
09:46 | अब हामी कसरी किबोर्ड प्रयोग गरि क्याल्कको स्प्रेडसिटमा नेभिगेट गर्ने सिक्नेछौं |
09:53 | चालु सिटको दायाँको सिटमा जान “Control” र “Page Down”किहरु एकैचोटी थिच्नुहोस |
10:00 | चालु सिटको बायाँको सिटमा जान “Control” र “Page Up”किहरु एकैचोटी थिच्नुहोस |
10:08 | तपाई कर्सर प्रयोग गरेर पनि सिटमा नेभिगेट गर्न सक्नुहुन्छ |
10:13 | बिस्तृत जानकारी यो ट्युटोरीअलमा उपलब्ध छ, “Working with Sheets” |
10:19 | यदि तपाईसंग सिटको संख्या धेरै छ भने केहि सिट ट्याबहरु स्क्रिनको तलको तेर्सो स्क्रोलबार पछाडी छोपिएको हुनसक्छ |
10:28 | यो अवस्थामा, सिट ट्याबको तल्लो बायाको चार बटनले ट्याबलाई भ्यूमा सार्छ |
10:36 | बदलाब अंडू गरौँ |
10:39 | संगैको कोठाहरु छान्न,पहिले एउटा कोठामा क्लिक गर्नुहोस |
10:45 | अब, लेफ्ट माउस बटन क्लिक गरि डाउनतिर तान्नुहोस |
10:48 | कर्सर स्क्रिनको वरिपरी घुमाउनुहोस र चाहेको कोठाहरुको ब्लक रंगिन भएपछि, लेफ्ट माउस बटन छोड्नुहोस, तपाई छानिएको कोठाहरु रंगिन देख्नुहुनेछ |
11:00 | संगै भएका कोलमहरु वा पंक्तिहरु छान्न समूहको पहिलो कोलम वा पंक्तिमा क्लिक गर्नुहोस |
11:09 | अब, “Shift” कि थिची राख्नुहोस |
11:12 | समूहको अन्तिम कोलम वा पंक्तिमा क्लिक गर्नुहोस |
11:15 | संगै नभएका कोलमहरु वा पंक्तिहरु छान्न समूहको पहिलो कोलम वा पंक्तिमा क्लिक गर्नुहोस |
11:23 | “Control” कि थिच्नुहोस र सबै अन्य कोलम र पंक्तिमा “Control” कि थिची राखी क्लिक गर्नुहोस |
11:31 | संगैको सिटहरु छान्न, चाहेको पहिलो सिट ट्याबमा क्लिक गर्नुहोस |
11:39 | अब, चाहेको अन्तिम सिटसंग कर्सर सार्नुहोस |
11:43 | “Shift” कि थिच्नुहोस र सिट ट्याबमा क्लिक गर्नुहोस |
11:48 | यी दुई सिटबिचको सबै ट्याब सेतो हुन्छ, जसले यिनीहरु छानिएको जनाउछ |
11:56 | अब तपाइले कुनै पनि कार्य गर्नुभयो भने छानिएको सिटलाई असर पर्छ |
12:01 | संगै नभएका सिटहरु छान्न, पहिलो ट्याबको लागि सिट ट्याबमा क्लिक गर्नुहोस |
12:08 | अब तेस्रो सिट ट्याब माथि कर्सर चलाउनुहोस |
12:12 | “Control” कि थिची सिट ट्याबमा क्लिक गर्नुहोस |
12:16 | छानिएको ट्याब सेतो हुन्छ र अब तपाइले कुनै पनि कार्य गर्नुभयो भने छानिएको सिटलाई असर पर्छ |
12:24 | यसरी हामी यस लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं |
12:30 | संक्षेपमा हामीले यी कुराहरु सिक्यौं: |
12:33 | क्याल्कमा नम्बरहरु, टेक्स्ट, नम्बरलाई टेक्स्ट, मिति र समयको रुपमा कसरी इन्टर गर्ने |
12:40 | कसरी फर्म्याट सेल्स डायलग बक्स प्रयोग गर्ने |
12:43 | कसरि कोठाहरु र सिटहरुबीच नेभिगेट गर्ने |
12:47 | कसरी पंक्ति, कोलम र सिटक बस्तुहरु छान्ने |
12:52 | बोध कार्य |
12:55 | “Spreadsheet Practice.ods”खोल्नुहोस् |
12:58 | “Serial Numbers”मुनि एउटाको तल अर्को गर्दै 1 देखि 5 सम्म टाइप गर्नुहोस |
13:04 | किहरु प्रयोग गरि कोठाहरुबीच नेभिगेट गर्नुहोस |
13:09 | सिरियल नम्बर मुनिको सबै बस्तुहरु छान्नुहोस् |
13:13 | Date र Timeको लागि कोलम थप्नुहोस |
13:16 | Format Cellsडायलग बक्स बिकल्प प्रयोग गरि तिनीहरुमा केहि डाटा इन्टर गर्नुहोस |
13:21 | तलको लिंकमा उपलब्ध भीडीयो हेर्नुहोस |
13:24 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ |
13:27 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
13:32 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
13:35 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
13:38 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
13:41 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला |
13:48 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
13:52 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
14:00 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
14:03 | स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो |
14:11 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ |
14:16 | सहभागिताको लागि धन्यवाद |