LibreOffice-Suite-Calc/C2/Working-with-Cells/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस क्याल्कको – वर्किंग विथ सेल्स,स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
00:08 कसरी स्प्रेडसिटमा नम्बर, टेक्स्ट, नम्बरलाई टेक्स्ट, मिति र समयको रुपमा इन्टर गर्ने
00:16 कसरी फर्म्याट सेल्स डायलग बक्स प्रयोग गर्ने
00:19 कसरी कोठाहरु र सिटहरुमा सार्ने
00:23 कसरी पंक्ति, कोलम र सिटमा भएका बस्तुहरु छान्ने
00:29 हामी उबुन्टु अपरेटिंग सिस्टम १०.०४ र लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्नेछौं
00:39 अब पहिले कसरी कोठामा डाटा इन्टर गर्ने सिकौं
00:43 हामी हाम्रो “personal finance tracker.ods” फायल खोल्नेछौं
00:49 तपाई कुनै पनि कोठामा खाली क्लिक मात्र गरि किबोर्डबाट टाइप गर्न सक्नुहुन्छ
00:59 डिफल्टमा टेक्स्ट बायाँमा बस्छ, तपाई फर्मेटिंग बारको कुनै पनि ट्याबमा क्लिक गरि एलाइन्मेन्ट बदल्न सक्नुहुन्छ
01:08 यसलाई अंडू गरौँ
01:11 अब स्प्रेडसिटमा “A1” ले जनाउने कोठामा क्लिक गर्नुहोस
01:15 तपाई छानिएको कोठा रंगिन देख्न सक्नुहुन्छ
01:20 यहाँ हामीले पहिले नै कोलमको हेडिंग टाइप गरिसकेका छौं
01:24 “Items”हेडिंग मुनि, हामी केहि बस्तुहरुको नाम एक मुनि अर्को टाइप गर्नेछौं, “Salary”, “House rent”, “Electricity bill”, “Phone bill”, “Laundry” र “Miscellaneous”
01:38 कोठामा नम्बर इन्टर गर्न क्लिक गर्नुहोस र नम्बर टाइप गर्नुहोस
01:43 नेगेटिभ नम्बर इन्टर गर्न, कि यसको अगाडी माइनस टाइप गर्नुहोस वा यसलाई प्यारेंथिस भित्र बन्द गर्नुहोस
01:53 डिफल्टमा, नम्बरहरु बायाँपट्टि बस्छन र नेगेटिभ नम्बरहरुको अगाडी एउटा माइनस चिन्ह हुन्छ
02:01 बदलाब अंडू गरौँ
02:04 अब, हाम्रो“personal finance tracker.ods” स्प्रेडसिटमा “SN” ले जनाउने सिरियल नम्बर हेडिंग मुनि हामी हरेक बस्तुको क्रमसंख्या एक मुनि अर्को चाहन्छौं
02:17 अब, “A2” ले जनाउने कोठामा क्लिक गर्नुहोस र नम्बरहरु 1,2,3 एक मुनि अर्को इन्टर गर्नुहोस
02:27 क्रमसंख्या आफै भर्न “A4”कोठामा क्लिक गर्नुहोस, कोठाको तल्लो दायाँ कुनामा एउटा कालो बक्स देखिन्छ, यसलाई “A7”कोठासम्म तानेर लैजानुहोस र माउस बटन छोड्नुहोस
02:42 तपाइले कोठाहरु “A5” देखि “A7”सम्म क्रमसंख्या भरिएको देख्नुहुनेछ
02:51 बस्तुहरुको क्रमसंख्या इन्टर गरेपछि, अब हामी हरेक बस्तुहरुको मूल्य “Cost”हेडिंग मुनि इन्टर गर्नेछौं
02:59 हामी “C3”कोठामा क्लिक गर्छौं र “House rent” मा “Rupees 6000” टाइप गर्नेछौं
03:07 हामी नम्बर अगाडी Rupee चिन्ह चाहन्छौं भने के गर्ने?
03:11 मानौं कि हामी “Electricity bill” मा“Rupees 800” इन्टर गर्न चाहन्छौं, यसको लागि C4कोठामा राइट क्लिक गर्नुहोस र “Format Cells” विकल्पमा क्लिक गर्नुहोस
03:23 यसले “Format Cells” डायलग बक्स खोल्छ
03:27 पहिलो ट्याब “Numbers”हो, यदि पहिले छानिएको छैन भने यसमा क्लिक गर्नुहोस
03:32 “Category”मा विभिन्न क्षेत्रहरु रहेका छन जस्तै Number, Percent, Currency, Date, Time र अरु धेरै
03:41 अब Currency छानौं
03:44 अब, फर्म्याट बिकल्प मुनि डाउन एरोमा क्लिक गर्नुहोस, यसले विश्वभरिका बिभिन्न मुद्रा देखाउछ
03:53 अब माथि स्क्रोल गरि INR Rupees English India छानौं,डिफल्टमा, मुनिको ड्रपडाउनमा, Rupee 1234 छानिएको छ
04:04 तपाई यसको प्रिभ्यु दायाँतिरको सानो प्रिभ्यु क्षेत्रमा देख्न सक्नुहुन्छ
04:10 अप्सन्समा, हामीले चाहेको नम्बर थप्न डेसिमल स्थान र लिडिंग शून्य स्थानका विकल्प छन
04:20 ध्यान दिनुहोस कि हामीले शून्य स्थानको नम्बर बढाउदै जादाँ फर्म्याटको मुनि Rupees 1,234 decimal zero मा छानिन्छ, शून्यले दुई दशमलब स्थान जनाउछ
04:35 याद गर्नुहोस कि बदलाब प्रिभ्यु क्षेत्रमा देखाइएको छ
04:40 Thousands छुट्टाउन क्लिक गर्नुहोस र हरेक हजार छुट्टाउन “अल्पर्बिराम” थपौं, फेरी एकचोटी बदलाब प्रिभ्यु क्षेत्रमा हेर्नुहोस
04:50 तपाई फन्ट ट्याबमा क्लिक गरि फन्ट स्टाइल फेर्न सक्नुहुन्छ, यसमा फन्ट, टाइपफेस र साइजको विभिन्न बिकल्प रहेका छन
05:00 यिनीहरुको बारेमा अझ जान्न फन्ट इफेक्ट र अन्य ट्याब पत्ता लगाउनुहोस
05:05 हामी एलाइन्मेन्ट ट्याबको विकल्पहरुको बारेमा अर्को ट्युटोरीअलमा जान्नेछौँ
05:11 OKमा क्लिक गरौँ
05:15 800 टाइप गरि इन्टर गर्नुहोस, तपाई नम्बर 800, दुई दशमलब स्थान सहितको Rupees 800को रुपमा देख्नुहुनेछ
05:26 अब, कोठाहरु C5 देखि C7सम्म छानौं, CTRL कि थिची राखी G2 कोठा पनि छान्नुहोस्, याद गर्नुहोस कि सबै छानिएका कोठाहरु रंगिन छन
05:39 कुनै रंगिन कोठामा राइट क्लिक गर्नुहोस र Format Cells छान्नुहोस्
05:46 पहिले जस्तै उही विकल्प छान्नुहोस् र OKमा क्लिक गर्नुहोस
05:51 अब, हामी सबै अन्य बस्तुहरुमा एक मुनि अर्को खर्च टाइप गर्छौं, “Phone bill”को लागि “Rupees 600”, “Laundry”खर्चको लागि”Rupees 300”र अन्य “Miscellaneous” खर्चको लागि “Rupees 2000”
06:06 “Accounts” हेडिंग मुनि हामी महिनाको तलब टाइप गर्छौं, “Rupees 30000”
06:13 क्याल्कमा मिति इन्टर गर्न कोठा छान्नुहोस् र मिति टाइप गर्नुहोस
06:18 तपाई मितिको अंग छुट्टाउन एउटा स्ल्याश वा एउटा योजक वा अक्षरमा यसरी लेख्न सक्नुहुन्छ 10 October 2011
06:27 क्याल्कले बिभिन्न मितिको फर्म्याट चिन्छ
06:32 बैकल्पिक रुपमा, तपाई कोठामा राइट क्लिक गरि “Format Cells” बिकल्प छान्न सक्नुहुन्छ
06:38 क्याटेगोरीमा “Date”र “Format” चाहेको फर्म्याट छान्नुहोस्, म 12, 31, 1999 छान्दैछु, प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस
06:51 तल फर्म्याट कोड पनि यसरी देखाइएको छ , MM, DD र YYYY, तपाई आवश्यकतानुसार फर्म्याट कोड बदल्न सक्नुहुन्छ
07:02 म DD, MM and YYYY टाइप गर्नेछु, प्रिभ्यु क्षेत्रमा बदलाब हेर्नुहोस, OKमा क्लिक गर्नुहोस
07:12 क्याल्कमा समय इन्टर गर्न कोठा छान्नुहोस् र समय टाइप गर्नुहोस
07:18 तपाइको समयको अंग कोलोनले छुट्टाउन सक्नुहुन्छ जस्तै 10 कोलोन 43 कोलोन 20
07:24 बैकल्पिक रुपमा, तपाई कोठामा राइट क्लिक गरि “Format Cells” बिकल्प छान्नसक्नुहुन्छ
07:31 क्याटेगोरीमा “Time”र “Format” चाहेको फर्म्याट छान्नुहोस्, म 13, 37, 46छान्दैछु, प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस
07:43 तल फर्म्याट कोड पनि यसरी देखाइएको छ , HH:MM:SS , तपाई आवश्यकतानुसार फर्म्याट कोड बदल्न सक्नुहुन्छ,म HH:MM टाइप गर्नेछु
07:57 प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
08:03 बदलाब अंडू गरौँ
08:06 कसरी क्याल्कमा टेक्स्ट,नम्बर र मिति लेख्ने सिकेपछि, हामी कसरी स्प्रेडसिटमा एक ठाउँबाट अर्को र एक कोठाबाट अर्को गर्ने सिक्नेछौं
08:17 अब हामी पहिले कसरी एउटा स्प्रेडसिट भित्र एक कोठाबाट अर्को कोठामा जाने हेर्नेछौं
08:23 तपाई कुनै कोठामा त्यसलाई क्लिक गरि जान सक्नुहुन्छ
08:29 तपाई त्यो कोठा रंगिन देख्नुहुनेछ
08:32 अर्को कोठामा जाने तरिका भनेको कोठाको सन्दर्भ प्रयोग गर्ने हो
08:38 “Name Box”दायाँको सानो कालो डाउन एरो मा क्लिक गर्नुहोस
08:43 तपाई जान चाहनु भएको कोठाको सन्दर्भ टाइप गर्नुहोस र “Enter” थिच्नुहोस
08:49 तपाई “Name box”मा पनि क्लिक गर्नसक्नुहुन्छ,हालको सन्दर्भ मेटी तपाइले चाहनुभएको कोठा सन्दर्भ टाइप गर्नुहोस र “Enter” गर्नुहोस
08:58 अब हामी कसरी एउटा स्प्रेडसिटभित्र कोठा-कोठामा जाने सिक्नेछौं
09:03 पहिलो नेभिगेसनको तरिका कर्सर प्रयोग गर्ने हो
09:09 कर्सर प्रयोग गरि केन्द्र सार्न, खाली कर्सर तपाइले केन्द्र चाहनुभएको कोठामा सार्नुहोस र लेफ्ट माउस बटन क्लिक गर्नुहोस
09:18 यसले नयाँ कोठालाई केन्द्र बनाउछ
09:22 यदि दुई कोठाहरु धेरै टाढा छन् भने यो तरिका अति उपयोगी हुन्छ
09:28 अर्को नेभिगेसनको तरिका भनेको - एउटा पंक्तिको अर्को कोठामा जान * “Tab” प्रयोग गर्नु हो
09:35 पंक्तिको पहिलेको कोठामा जान”Shift + Tab”
09:39 कोलमको अर्को कोठामा जान “Enter” गर्नुहोस
09:42 कोलमको पहिलेको कोठामा जान,“Shift + Enter”
09:46 अब हामी कसरी किबोर्ड प्रयोग गरि क्याल्कको स्प्रेडसिटमा नेभिगेट गर्ने सिक्नेछौं
09:53 चालु सिटको दायाँको सिटमा जान “Control” र “Page Down”किहरु एकैचोटी थिच्नुहोस
10:00 चालु सिटको बायाँको सिटमा जान “Control” र “Page Up”किहरु एकैचोटी थिच्नुहोस
10:08 तपाई कर्सर प्रयोग गरेर पनि सिटमा नेभिगेट गर्न सक्नुहुन्छ
10:13 बिस्तृत जानकारी यो ट्युटोरीअलमा उपलब्ध छ, “Working with Sheets”
10:19 यदि तपाईसंग सिटको संख्या धेरै छ भने केहि सिट ट्याबहरु स्क्रिनको तलको तेर्सो स्क्रोलबार पछाडी छोपिएको हुनसक्छ
10:28 यो अवस्थामा, सिट ट्याबको तल्लो बायाको चार बटनले ट्याबलाई भ्यूमा सार्छ
10:36 बदलाब अंडू गरौँ
10:39 संगैको कोठाहरु छान्न,पहिले एउटा कोठामा क्लिक गर्नुहोस
10:45 अब, लेफ्ट माउस बटन क्लिक गरि डाउनतिर तान्नुहोस
10:48 कर्सर स्क्रिनको वरिपरी घुमाउनुहोस र चाहेको कोठाहरुको ब्लक रंगिन भएपछि, लेफ्ट माउस बटन छोड्नुहोस, तपाई छानिएको कोठाहरु रंगिन देख्नुहुनेछ
11:00 संगै भएका कोलमहरु वा पंक्तिहरु छान्न समूहको पहिलो कोलम वा पंक्तिमा क्लिक गर्नुहोस
11:09 अब, “Shift” कि थिची राख्नुहोस
11:12 समूहको अन्तिम कोलम वा पंक्तिमा क्लिक गर्नुहोस
11:15 संगै नभएका कोलमहरु वा पंक्तिहरु छान्न समूहको पहिलो कोलम वा पंक्तिमा क्लिक गर्नुहोस
11:23 “Control” कि थिच्नुहोस र सबै अन्य कोलम र पंक्तिमा “Control” कि थिची राखी क्लिक गर्नुहोस
11:31 संगैको सिटहरु छान्न, चाहेको पहिलो सिट ट्याबमा क्लिक गर्नुहोस
11:39 अब, चाहेको अन्तिम सिटसंग कर्सर सार्नुहोस
11:43 “Shift” कि थिच्नुहोस र सिट ट्याबमा क्लिक गर्नुहोस
11:48 यी दुई सिटबिचको सबै ट्याब सेतो हुन्छ, जसले यिनीहरु छानिएको जनाउछ
11:56 अब तपाइले कुनै पनि कार्य गर्नुभयो भने छानिएको सिटलाई असर पर्छ
12:01 संगै नभएका सिटहरु छान्न, पहिलो ट्याबको लागि सिट ट्याबमा क्लिक गर्नुहोस
12:08 अब तेस्रो सिट ट्याब माथि कर्सर चलाउनुहोस
12:12 “Control” कि थिची सिट ट्याबमा क्लिक गर्नुहोस
12:16 छानिएको ट्याब सेतो हुन्छ र अब तपाइले कुनै पनि कार्य गर्नुभयो भने छानिएको सिटलाई असर पर्छ
12:24 यसरी हामी यस लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
12:30 संक्षेपमा हामीले यी कुराहरु सिक्यौं:
12:33 क्याल्कमा नम्बरहरु, टेक्स्ट, नम्बरलाई टेक्स्ट, मिति र समयको रुपमा कसरी इन्टर गर्ने
12:40 कसरी फर्म्याट सेल्स डायलग बक्स प्रयोग गर्ने
12:43 कसरि कोठाहरु र सिटहरुबीच नेभिगेट गर्ने
12:47 कसरी पंक्ति, कोलम र सिटक बस्तुहरु छान्ने
12:52 बोध कार्य
12:55 “Spreadsheet Practice.ods”खोल्नुहोस्
12:58 “Serial Numbers”मुनि एउटाको तल अर्को गर्दै 1 देखि 5 सम्म टाइप गर्नुहोस
13:04 किहरु प्रयोग गरि कोठाहरुबीच नेभिगेट गर्नुहोस
13:09 सिरियल नम्बर मुनिको सबै बस्तुहरु छान्नुहोस्
13:13 Date र Timeको लागि कोलम थप्नुहोस
13:16 Format Cellsडायलग बक्स बिकल्प प्रयोग गरि तिनीहरुमा केहि डाटा इन्टर गर्नुहोस
13:21 तलको लिंकमा उपलब्ध भीडीयो हेर्नुहोस
13:24 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
13:27 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
13:32 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
13:35 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:38 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:41 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
13:48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
14:00 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
14:03 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
14:11 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
14:16 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble