LibreOffice-Suite-Calc/C3/Formulas-and-Functions/Nepali
From Script | Spoken-Tutorial
VISUAL CUE | NARRATION | ||
00:00 | लिब्रे अफिस क्याल्कको Formulas र Functions स्पोकन ट्युटोरियलमा स्वागत छ | ||
00:07 | यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं
| ||
00:19 | यहाँ हामी उबुन्टू लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४.प्रयोग गर्दैर्छौं | ||
00:30 | हामीले पहिले नै आधरभूत अंकगणितीय अपरेटरहरु जस्तै डाटाको जोड, घटाउ र औसत निकाल्न सिकिसकेका छौं | ||
00:39 | अब हामी केही अन्य उपयोगी अपरेटरहरु बारे सिक्नेछौं | ||
00:43 | बढि प्रयोग हुने अपरेटरहरु मध्ये कन्डिसनल अपरेटर पनि एक हो | ||
00:51 | कन्डिसनल अपरेटरहरुले युजरले डाटामा लागु गरेको अवस्था जाँच गर्छन् | ||
00:56 | र नतिजा बूलियनमा -TRUE वा FALSE देखाउछ | ||
1:01 | “Personal-Finance-Tracker.ods” खोलौं | ||
1:05 | यहाँ “Cost” हेडिंग मूनि, हामीले विविध बस्तुहरुको मूल्यहरु सूचिकृत गरेका छौं | ||
1:11 | तिनीहरुमा कन्डिसनल अपरेटर लागु गरौँ र नतिजाहरु विश्लेषण गरौँ | ||
1:17 | सेल रेफरेन्स “B10” मा क्लिक गरौँ र यसको भित्र “Condition Result” टाइप गरौँ | ||
1:24 | अब सेल रेफरेन्स “C10” मा क्लिक गरौँ | ||
1:28 | अवस्थाको नतिजा लागु गरिन्छ र यो सेलमा देखाइन्छ | ||
1:33 | “House Rent” मूल्य रुपैयाँ ६,००० भएको याद गरौँ | ||
1:38 | “Electricity Bill” को मूल्य रुपैयाँ ८०० छ | ||
1:43 | “Electricity Bill” को भन्दा “House Rent” को मूल्य बढि छ | ||
1:48 | हामी तिनीहरुमा अनेक अवस्थाहरु लागु गर्न र नतिजाहरु जाच्न सक्छौं | ||
1:54 | सेल रेफरेन्स “C10” मा क्लिक गरौँ | ||
1:57 | यो सेलमा, पहिलो अवस्था “is equal to C3 greater than C4” टाइप गरौँ र “इन्टर” कि थिचौं | ||
2:09 | C3 सेलको मान C4 सेलको भन्दा ठुलो भएकोले, हामी नतिजा “TRUE” पाउछौं | ||
2:18 | अब हामी यो कन्डिसनल स्टेटमेन्ट “is equal to C3 less than C4” मा बदल्छौँ | ||
2:26 | ”इन्टर” थिचौं | ||
2:28 | हामीले पाएको नतिजा “FALSE” हो | ||
2:32 | सोहि तरिकाले, तपाई अन्य कन्डिसनल स्टेटमेन्टहरु लागु गर्न र नतिजाहरु अध्ययन गर्न सक्नुहुन्छ | ||
2:38 | धेरै डाटासँग काम गर्दा यी स्टेटमेन्टहरु अति उपयोगी हुन्छन् | ||
2:44 | तपाई डाटामा “If र Or” अवस्था पनि प्रयोग गर्न सक्नुहुन्छ | ||
2:49 | TRUE कन्डिसनको लागि नतिजाहरु प्रिन्ट गर्न | ||
2:55 | सेल रेफरेन्स “C10” मा क्लिक गरौँ र टाइप गरौँ | ||
2:59 | “ is equal to IF” र ब्राकेट भित्र, “C3 greater than C4” कमा, दोहोरो उद्धरण भित्र “Positive” कमा र फेरी दोहोरो उद्धरण भित्र “Negative” | ||
3:16 | यसको मतलब यदि सेल C3 को मान सेल C4 को मान भन्दा ठूलो छ भने, “Positive” देखाउछ | ||
3:25 | अन्यथा “Negative” देखाउछ | ||
3:28 | अब “इन्टर” थिचौं | ||
3:31 | याद गरौँ, रुपैयाँ ६००० रुपैयाँ ८०० भन्दा ठूलो भएको हुनाले नतिजामा “Positive” छ | ||
3:39 | अब कन्डिसन स्टेटमेन्टमा हामी “ग्रेटर द्यान” लाई “लेस द्यान” मा बदलौं र “इन्टर” कि थिचौं | ||
3:47 | नतिजा अहिले “Negative” छ, किनकी सेल C3 को मान सेल C4 को भन्दा ठूलो छ | ||
3:57 | यदि हामीले C3 र C4 को डाटा बदल्यौं भने हामी नतिजामा बदलाव देख्न सक्छौं, | ||
4:04 | अहिले देखाइएको नतिजामा “Negative” छ | ||
4:09 | अब, सेल C3 को मान “7000” मा बढाउँ र “इन्टर” कि थिचौं | ||
4:17 | नतिजा स्वत “Positive” मा बदलिन्छ | ||
4:22 | फेरी हामी सेल C4 को मान “800” सम्म घटाउ | ||
4:26 | र “इन्टर” कि थिचौं | ||
4:29 | नतिजा पुन स्वत “Negative” मा बदलिन्छ | ||
4:34 | अब हामीले गरेको परिवर्तन मेटौं | ||
4:38 | अर्को केही अंकगणितीय र तथ्यांकका फंक्सनहरु सिकौं | ||
4:43 | आधारभूत अंकगणितीय फंक्सनहरुमा
| ||
4:57 | अब केही कार्यहरु गरि कसरी Sum, Product र Quotient फंक्सनहरुले काम गर्छन हेरौं | ||
5:05 | सुरुमा “Sheet 3” छानौं | ||
5:08 | सेल रेफरेन्स “B1”, “B2” र“B3” मा क्रमश नम्बरहरु “50”,”100” र ”150” इन्टर गरौँ | ||
5:19 | सेल “A4” मा क्लिक गरौँ र “SUM” टाइप गरौँ | ||
5:23 | सेल “B4”मा क्लिक गरौँ | ||
5:26 | हामी नतिजा यो सेलमा गणना गर्ने छौं | ||
5:30 | “is equal to “SUM” टाइप गरौँ र ब्राकेट भित्र B1 कमा B2 कमा B3 टाइप गरौँ | ||
5:37 | इन्टर थिचौं | ||
5:39 | याद गरौँ नतिजामा “300” देखाउछ | ||
5:43 | तपाई यसरी पनि एउटा सेलहरुको रेन्ज इन्टर गर्न सक्नुहुन्छ | ||
5:47 | फेरी “B4” मा क्लिक गरौँ | ||
5:49 | अब ब्राकेट भित्र, B1 कमा B2 कमा B3 को सट्टामा B1कोलोन B3 टाइप गरौँ | ||
5:58 | इन्टर थिचौं | ||
6:00 | एक पटक फेरी, नतिजा “300” देखाउछ | ||
6:03 | अब सेल “A5” मा क्लिक गरौँ र “PRODUCT” टाइप गरौँ | ||
6:08 | सेल “B5” मा क्लिक गरौँ | ||
6:10 | यहाँ “is equal to “PRODUCT” टाइप गरौँ र ब्राकेट भित्र भित्र B1 कोलोन B3 टाइप गरौँ | ||
6:18 | इन्टर थिचौं | ||
6:20 | याद गरौँ, नतिजाले “7,50,000” देखाउछ | ||
6:26 | अब Quotient ले कसरी काम गर्छ हेरौं | ||
6:29 | सेल रेफरेन्स “A6” मा क्लिक गरौँ र “QUOTIENT” टाइप गरौँ | ||
6:34 | अब सेल “B6” मा क्लिक गरौँ | ||
6:37 | हामी यो सेल नतिजा गणना गर्न प्रयोग गर्नेछौं | ||
6:40 | र “is equal to QUOTIENT” टाइप गरौँ, र ब्राकेट भित्र B2 कमा B1 टाइप गरौँ | ||
6:47 | इन्टर थिचौं | ||
6:49 | हामी नतिजामा “2” पाउछौं! त्यो किनभने “100” लाई “50” ले भाग गर्दा 2 दिन्छ | ||
6:59 | त्यसैगरी हामी क्याल्कमा बिभिन्न गणना कार्यहरु गर्न सक्छौं | ||
7:05 | अब Statistic Functions कसरी प्रयोग गर्ने सिकौं | ||
7:09 | Statistic फंक्सनहरु तलका कार्यहरुमा उपयोगी हुन्छन्
| ||
7:27 | सुरुमा, हामी सिट 1 मा क्लिक गरौँ | ||
7:30 | हामी कसरी तथ्यांकका फंक्सनहरु प्रयोग गरि न्यूनतम, अधिकतम र मध्यम मूल्यहरु पत्ता लगाउने हेर्छौं | ||
7:37 | हामी नतिजा देखाउने सेल रेफरेन्स “C10” मा क्लिक गरौँ | ||
7:44 | “Cost” हेडिंग मूनि, हामीसंग थोरै इन्ट्रीहरु छन् | ||
7:48 | न्यूनतम मूल्य रुपैयाँ 300 हो | ||
7:51 | अधिकतम मूल्य रुपैयाँ 6000 हो | ||
7:55 | यी हामीले तिनीहरुको फंक्सनहरु प्रयोग गर्दा देखिनुपर्ने नतिजाहरु हुन् | ||
8:00 | सेल “C10” मा “is equal to MAX” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ | ||
8:10 | अब “इन्टर” कि थिचौं | ||
8:13 | याद गरौँ, नतिजामा “६०००” छ जुन कोलमको अधिकतम मान हो | ||
8:20 | अब स्टेटमेन्टको “MAX” भन्ने शब्दलाई “MIN” ले हटाऊ | ||
8:25 | र “इन्टर” कि थिचौं | ||
8:28 | याद गरौँ, नतिजामा “३००” छ जुन Cost कोलमको न्यूनतम मूल्य हो | ||
8:34 | मध्यम मान पत्ता लगाउन “MIN” शब्दलाई “MEDIAN” ले हटाऊ | ||
8:40 | र “इन्टर” कि थिचौं | ||
8:43 | नतिजाले “८००” देखाउछ जुन कस्ट कोलमको मध्यम मूल्य हो | ||
8:50 | यसैगरी तपाई अन्य तथ्यांकका फंक्सनहरु डाटामा प्रयोग गर्न र यसको आधारमा विश्लेषण गर्न सक्नुहुन्छ | ||
8:58 | यो सेलको बदलावहरु मेटौं | ||
9:02 | अब हामी नम्बरहरु कसरी राउण्ड अफ गर्ने सिक्छौं | ||
9:05 | हामी “कष्ट” हेडिंग मुनि केही फेरबदल गरौँ | ||
9:09 | हामी यो बदल्ने छौं
“6000” लाई “6000.34” “600” लाई “600.4” ”300” लाई “300.3” - |
9:23 | अब सेल रेफरेन्स “B11”मा क्लिक गरौँ र “ROUNDING OFF” हेडिंग टाइप गरौँ |
9:31 | सेल रेफरेन्स “C11” मा क्लिक गरौँ जहाँ हामी समग्र “कष्ट” हेडिंग मूनिको बस्तुहरु पाउनेछौं | ||
9:39 | सेल C11 मा “इज इक्वल टू SUM” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ | ||
9:49 | अब इन्टर कि थिचौं | ||
9:53 | टोटल “9701.04”भएको याद गरौँ | ||
9:59 | अब मानौं, हामी हाम्रो नतिजामा कुनै पनि दशमलव स्थान चाहदैनौं | ||
10:04 | सबैभन्दा उत्तम उपाय भनेको नतिजालाई नजिकको नम्बरमा राउण्ड अफ गर्नू हो | ||
10:09 | टोटल “9701.04”भएको सेलमा क्लिक गरौँ | ||
10:15 | टाइप गरौँ,”इज इक्वल टू ROUND” खुल्ने ब्राकेट “SUM” र पुन ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ | ||
10:25 | ब्राकेट बन्द गरौँ, इन्टर कि थिचौं | ||
10:29 | अहिले नतिजा “9701”छ जुन “9701.04” को नजिकको नम्बरमा राउण्ड अफ भएको हो | ||
10:44 | राउण्डिंग अफ तल्लो नम्बर वा माथिल्लो नम्बरमा गर्न सकिन्छ | ||
10:52 | सेलको नतिजामा क्लिक गरौँ र “ROUND” शब्द लाई “ROUNDUP” बनाउ | ||
10:59 | अब “इन्टर” कि थिचौं | ||
11:02 | तपाई अब नतिजा “9702” देख्नुहुन्छ जुन माथिल्लो नम्बर हो | ||
11:10 | तल्ल्लो नम्बरमा राउण्ड अफ गर्न चाहेमा, “ROUNDUP” लाई “ROUNDDOWN” मा बदलौं | ||
11:17 | र “इन्टर” कि थिचौं | ||
11:19 | अब नतिजा “9701” छ, जुन तल्लो नम्बर हो | ||
11:28 | हाम्रो “Personal-Finance-Tracker.ods” प्रारम्भिक रुप पाउन हामी यी बदलावहरु अंडू गर्छौं | ||
11:37 | यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं | ||
11:43 | संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं
| ||
11:55 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् | ||
11:58 | यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ | ||
12:01 | यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ | ||
12:06 | स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले | ||
12:08 | स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ | ||
12:11 | अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ | ||
12:15 | थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् | ||
12:21 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | ||
12:26 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ | ||
12:34 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
12:37 | स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो | ||
12:45 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |