LibreOffice-Suite-Calc/C3/Formulas-and-Functions/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस क्याल्कको Formulas र Functions स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं

कन्डिसनल अपरेटर If..Or स्टेटमेन्ट आधारभूत स्टयाटिक फंक्सन नम्बर राउण्डिंग अफ

00:19 यहाँ हामी उबुन्टू लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४.प्रयोग गर्दैर्छौं
00:30 हामीले पहिले नै आधरभूत अंकगणितीय अपरेटरहरु जस्तै डाटाको जोड, घटाउ र औसत निकाल्न सिकिसकेका छौं
00:39 अब हामी केही अन्य उपयोगी अपरेटरहरु बारे सिक्नेछौं
00:43 बढि प्रयोग हुने अपरेटरहरु मध्ये कन्डिसनल अपरेटर पनि एक हो
00:51 कन्डिसनल अपरेटरहरुले युजरले डाटामा लागु गरेको अवस्था जाँच गर्छन्
00:56 र नतिजा बूलियनमा -TRUE वा FALSE देखाउछ
01:01 “Personal-Finance-Tracker.ods” खोलौं
01:05 यहाँ “Cost” हेडिंग मूनि, हामीले विविध बस्तुहरुको मूल्यहरु सूचिकृत गरेका छौं
01:11 तिनीहरुमा कन्डिसनल अपरेटर लागु गरौँ र नतिजाहरु विश्लेषण गरौँ
01:17 सेल रेफरेन्स “B10” मा क्लिक गरौँ र यसको भित्र “Condition Result” टाइप गरौँ
01:24 अब सेल रेफरेन्स “C10” मा क्लिक गरौँ
01:28 अवस्थाको नतिजा लागु गरिन्छ र यो सेलमा देखाइन्छ
01:33 “House Rent” मूल्य रुपैयाँ ६,००० भएको याद गरौँ
01:38 “Electricity Bill” को मूल्य रुपैयाँ ८०० छ
01:43 “Electricity Bill” को भन्दा “House Rent” को मूल्य बढि छ
01:48 हामी तिनीहरुमा अनेक अवस्थाहरु लागु गर्न र नतिजाहरु जाच्न सक्छौं
01:54 सेल रेफरेन्स “C10” मा क्लिक गरौँ
01:57 यो सेलमा, पहिलो अवस्था “is equal to C3 greater than C4” टाइप गरौँ र “इन्टर” कि थिचौं
02:09 C3 सेलको मान C4 सेलको भन्दा ठुलो भएकोले, हामी नतिजा “TRUE” पाउछौं
02:18 अब हामी यो कन्डिसनल स्टेटमेन्ट “is equal to C3 less than C4” मा बदल्छौँ
02:26 ”इन्टर” थिचौं
02:28 हामीले पाएको नतिजा “FALSE” हो
02:32 सोहि तरिकाले, तपाई अन्य कन्डिसनल स्टेटमेन्टहरु लागु गर्न र नतिजाहरु अध्ययन गर्न सक्नुहुन्छ
02:38 धेरै डाटासँग काम गर्दा यी स्टेटमेन्टहरु अति उपयोगी हुन्छन्
02:44 तपाई डाटामा “If र Or” अवस्था पनि प्रयोग गर्न सक्नुहुन्छ
02:49 TRUE कन्डिसनको लागि नतिजाहरु प्रिन्ट गर्न
02:55 सेल रेफरेन्स “C10” मा क्लिक गरौँ र टाइप गरौँ
02:59 “ is equal to IF” र ब्राकेट भित्र, “C3 greater than C4” कमा, दोहोरो उद्धरण भित्र “Positive” कमा र फेरी दोहोरो उद्धरण भित्र “Negative”
03:16 यसको मतलब यदि सेल C3 को मान सेल C4 को मान भन्दा ठूलो छ भने, “Positive” देखाउछ
03:25 अन्यथा “Negative” देखाउछ
03:28 अब “इन्टर” थिचौं
03:31 याद गरौँ, रुपैयाँ ६००० रुपैयाँ ८०० भन्दा ठूलो भएको हुनाले नतिजामा “Positive” छ
03:39 अब कन्डिसन स्टेटमेन्टमा हामी “ग्रेटर द्यान” लाई “लेस द्यान” मा बदलौं र “इन्टर” कि थिचौं
03:47 नतिजा अहिले “Negative” छ, किनकी सेल C3 को मान सेल C4 को भन्दा ठूलो छ
03:57 यदि हामीले C3 र C4 को डाटा बदल्यौं भने हामी नतिजामा बदलाव देख्न सक्छौं,
04:04 अहिले देखाइएको नतिजामा “Negative” छ
04:09 अब, सेल C3 को मान “7000” मा बढाउँ र “इन्टर” कि थिचौं
04:17 नतिजा स्वत “Positive” मा बदलिन्छ
04:22 फेरी हामी सेल C4 को मान “800” सम्म घटाउ
04:26 र “इन्टर” कि थिचौं
04:29 नतिजा पुन स्वत “Negative” मा बदलिन्छ
04:34 अब हामीले गरेको परिवर्तन मेटौं
04:38 अर्को केही अंकगणितीय र तथ्यांकका फंक्सनहरु सिकौं
04:43 आधारभूत अंकगणितीय फंक्सनहरुमा

जोड्न SUM गुणा गर्न PRODUCT भाग गर्न QUOTIENT र अन्य धेरै जुन हामीले अघिल्लो टूयूटोरियलमा सिकिसकेका छौं

04:57 अब केही कार्यहरु गरि कसरी Sum, Product र Quotient फंक्सनहरुले काम गर्छन हेरौं
05:05 सुरुमा “Sheet 3” छानौं
05:08 सेल रेफरेन्स “B1”, “B2” र“B3” मा क्रमश नम्बरहरु “50”,”100” र ”150” इन्टर गरौँ
05:19 सेल “A4” मा क्लिक गरौँ र “SUM” टाइप गरौँ
05:23 सेल “B4”मा क्लिक गरौँ
05:26 हामी नतिजा यो सेलमा गणना गर्ने छौं
05:30 “is equal to “SUM” टाइप गरौँ र ब्राकेट भित्र B1 कमा B2 कमा B3 टाइप गरौँ
05:37 इन्टर थिचौं
05:39 याद गरौँ नतिजामा “300” देखाउछ
05:43 तपाई यसरी पनि एउटा सेलहरुको रेन्ज इन्टर गर्न सक्नुहुन्छ
05:47 फेरी “B4” मा क्लिक गरौँ
05:49 अब ब्राकेट भित्र, B1 कमा B2 कमा B3 को सट्टामा B1कोलोन B3 टाइप गरौँ
05:58 इन्टर थिचौं
06:00 एक पटक फेरी, नतिजा “300” देखाउछ
06:03 अब सेल “A5” मा क्लिक गरौँ र “PRODUCT” टाइप गरौँ
06:08 सेल “B5” मा क्लिक गरौँ
06:10 यहाँ “is equal to “PRODUCT” टाइप गरौँ र ब्राकेट भित्र भित्र B1 कोलोन B3 टाइप गरौँ
06:18 इन्टर थिचौं
06:20 याद गरौँ, नतिजाले “7,50,000” देखाउछ
06:26 अब Quotient ले कसरी काम गर्छ हेरौं
06:29 सेल रेफरेन्स “A6” मा क्लिक गरौँ र “QUOTIENT” टाइप गरौँ
06:34 अब सेल “B6” मा क्लिक गरौँ
06:37 हामी यो सेल नतिजा गणना गर्न प्रयोग गर्नेछौं
06:40 र “is equal to QUOTIENT” टाइप गरौँ, र ब्राकेट भित्र B2 कमा B1 टाइप गरौँ
06:47 इन्टर थिचौं
06:49 हामी नतिजामा “2” पाउछौं! त्यो किनभने “100” लाई “50” ले भाग गर्दा 2 दिन्छ
06:59 त्यसैगरी हामी क्याल्कमा बिभिन्न गणना कार्यहरु गर्न सक्छौं
07:05 अब Statistic Functions कसरी प्रयोग गर्ने सिकौं
07:09 Statistic फंक्सनहरु तलका कार्यहरुमा उपयोगी हुन्छन्

स्प्रेडसिटहरुमा डाटा विश्लेषण गर्न उदाहरण फंक्सनहरु जस्तै COUNT, MIN, MAX, MEDIAN, MODE र अन्य धेरै तथ्यांक प्रकृतिका

07:27 सुरुमा, हामी सिट 1 मा क्लिक गरौँ
07:30 हामी कसरी तथ्यांकका फंक्सनहरु प्रयोग गरि न्यूनतम, अधिकतम र मध्यम मूल्यहरु पत्ता लगाउने हेर्छौं
07:37 हामी नतिजा देखाउने सेल रेफरेन्स “C10” मा क्लिक गरौँ
07:44 “Cost” हेडिंग मूनि, हामीसंग थोरै इन्ट्रीहरु छन्
07:48 न्यूनतम मूल्य रुपैयाँ 300 हो
07:51 अधिकतम मूल्य रुपैयाँ 6000 हो
07:55 यी हामीले तिनीहरुको फंक्सनहरु प्रयोग गर्दा देखिनुपर्ने नतिजाहरु हुन्
08:00 सेल “C10” मा “is equal to MAX” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ
08:10 अब “इन्टर” कि थिचौं
08:13 याद गरौँ, नतिजामा “६०००” छ जुन कोलमको अधिकतम मान हो
08:20 अब स्टेटमेन्टको “MAX” भन्ने शब्दलाई “MIN” ले हटाऊ
08:25 र “इन्टर” कि थिचौं
08:28 याद गरौँ, नतिजामा “३००” छ जुन Cost कोलमको न्यूनतम मूल्य हो
08:34 मध्यम मान पत्ता लगाउन “MIN” शब्दलाई “MEDIAN” ले हटाऊ
08:40 र “इन्टर” कि थिचौं
08:43 नतिजाले “८००” देखाउछ जुन कस्ट कोलमको मध्यम मूल्य हो
08:50 यसैगरी तपाई अन्य तथ्यांकका फंक्सनहरु डाटामा प्रयोग गर्न र यसको आधारमा विश्लेषण गर्न सक्नुहुन्छ
08:58 यो सेलको बदलावहरु मेटौं
09:02 अब हामी नम्बरहरु कसरी राउण्ड अफ गर्ने सिक्छौं
09:05 हामी “कष्ट” हेडिंग मुनि केही फेरबदल गरौँ
09:09 हामी यो बदल्ने छौं

“6000” लाई “6000.34” “600” लाई “600.4” ”300” लाई “300.3”

09:23 अब सेल रेफरेन्स “B11”मा क्लिक गरौँ र “ROUNDING OFF” हेडिंग टाइप गरौँ
09:31 सेल रेफरेन्स “C11” मा क्लिक गरौँ जहाँ हामी समग्र “कष्ट” हेडिंग मूनिको बस्तुहरु पाउनेछौं
09:39 सेल C11 मा “इज इक्वल टू SUM” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ
09:49 अब इन्टर कि थिचौं
09:53 टोटल “9701.04”भएको याद गरौँ
09:59 अब मानौं, हामी हाम्रो नतिजामा कुनै पनि दशमलव स्थान चाहदैनौं
10:04 सबैभन्दा उत्तम उपाय भनेको नतिजालाई नजिकको नम्बरमा राउण्ड अफ गर्नू हो
10:09 टोटल “9701.04”भएको सेलमा क्लिक गरौँ
10:15 टाइप गरौँ,”इज इक्वल टू ROUND” खुल्ने ब्राकेट “SUM” र पुन ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ
10:25 ब्राकेट बन्द गरौँ, इन्टर कि थिचौं
10:29 अहिले नतिजा “9701”छ जुन “9701.04” को नजिकको नम्बरमा राउण्ड अफ भएको हो
10:44 राउण्डिंग अफ तल्लो नम्बर वा माथिल्लो नम्बरमा गर्न सकिन्छ
10:52 सेलको नतिजामा क्लिक गरौँ र “ROUND” शब्द लाई “ROUNDUP” बनाउ
10:59 अब “इन्टर” कि थिचौं
11:02 तपाई अब नतिजा “9702” देख्नुहुन्छ जुन माथिल्लो नम्बर हो
11:10 तल्ल्लो नम्बरमा राउण्ड अफ गर्न चाहेमा, “ROUNDUP” लाई “ROUNDDOWN” मा बदलौं
11:17 र “इन्टर” कि थिचौं
11:19 अब नतिजा “9701” छ, जुन तल्लो नम्बर हो
11:28 हाम्रो “Personal-Finance-Tracker.ods” प्रारम्भिक रुप पाउन हामी यी बदलावहरु अंडू गर्छौं
11:37 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं
11:43 संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं

कन्डिसनल अपरेटर If..Or स्टेटमेन्ट आधारभूत स्टयाटिक फंक्सन नम्बर राउण्डिंग अफ

11:55 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
11:58 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
12:01 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:06 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
12:08 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
12:11 अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
12:15 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
12:21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:26 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:34 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:37 स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
12:45 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble