LibreOffice-Suite-Draw/C2/Basics-of-working-with-objects/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | |||
00.02 | Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ | |||
00.08 | यो टुटोरियलमा हामी यो सिक्ने छौं: | |||
00.11 | अब्जेक्ट कट, कपि र पेस्ट गर्न | |||
00.14 | ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न | |||
00.17 | अब्जेक्ट मिलाउन | |||
00.19 | अब्जेक्टलाई समूहमा राख्न र निकाल्न | |||
00.21 | एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न | |||
00.24 | एउटा समूहमा अब्जेक्टहरु सार्न | |||
00.28 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं | |||
00.37 | डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं | |||
00.42 | अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ | |||
00.47 | पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ | |||
00.54 | अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ | |||
01.02 | तर हामी एउटा मात्र बादल देख्न सक्छौं! | |||
01.05 | हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ? | |||
01.08 | कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ! | |||
01.13 | बादल छानौं र यसलाई बायाँ सारौँ | |||
01.17 | सोहि तरिकाले एउटा अर्को बादल थपौं | |||
01.21 | बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ | |||
01.26 | कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ | |||
01.30 | अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ | |||
01.37 | हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं | |||
01.41 | एउटा अब्जेक्ट कपि गर्न CTRL+C | |||
01.44 | एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V | |||
01.47 | एउटा अब्जेक्ट कट गर्न CTRL+X | |||
01.50 | बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं | |||
01.55 | बादल कपि भएको छ | |||
01.57 | पेस्ट गर्न CTRL र V किहरु थिचौं | |||
02.02 | अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ | |||
02.08 | यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् | |||
02.11 | तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं | |||
02.14 | एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं | |||
02.18 | एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ | |||
02.22 | कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस् | |||
02.25 | एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ | |||
02.31 | तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं | |||
02.36 | अब बादलको साइज घटाऊ | |||
02.38 | पहिले यसलाई छानौं | |||
02.40 | अब, ह्यान्डलहरु देखिने भएका छन् | |||
02.43 | अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं | |||
02.50 | अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ | |||
02.57 | यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ | |||
03.00 | यो एरो लामो बनाउन, पहिले यसलाई छानौं | |||
03.04 | अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं | |||
03.07 | एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ | |||
03.14 | अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं | |||
03.25 | यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त? | |||
03.32 | एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ | |||
03.38 | यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं | |||
03.42 | हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं | |||
03.47 | सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ | |||
03.52 | आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ | |||
03.59 | ड्र विन्डो मुनिको “Status” बारमा हेरौं | |||
04.03 | ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ | |||
04.09 | “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ | |||
04.16 | अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ | |||
04.20 | बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ | |||
04.29 | नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ | |||
04.36 | यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ | |||
04.44 | अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं | |||
04.49 | यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ | |||
04.55 | “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ | |||
04.58 | बादल 4 अहिले सुर्य पछाडी छ | |||
05.02 | “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ | |||
05.07 | अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ | |||
05.12 | कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं | |||
05.18 | बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ | |||
05.23 | “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ | |||
05.28 | अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ | |||
05.32 | बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं | |||
05.40 | “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ | |||
05.44 | अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं | |||
05.52 | “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ | |||
05.57 | अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं | |||
06.01 | बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ | |||
06.07 | अर्को बादलहरुको नम्बर मेटौं | |||
06.10 | यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं | |||
06.23 | यो कार्य गर्न टुटोरियल रोक्नुहोस् | |||
06.26 | एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं | |||
06.32 | हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस् | |||
06.38 | हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं | |||
06.44 | अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं | |||
06.53 | अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं | |||
06.59 | हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं | |||
07.05 | इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं | |||
07.11 | यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ | |||
07.15 | रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं | |||
07.21 | उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं | |||
07.28 | पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं | |||
07.35 | तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ! | |||
07.39 | अब हाँगामा पातहरु थपौं | |||
07.42 | ड्रइंग टूलबारबाट ताराहरु छानौं | |||
07.45 | अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं | |||
07.51 | अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं | |||
08.01 | ल, हामीले रुखमा पातहरु थपेका छौं! | |||
08.04 | हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ | |||
08.09 | त्यो आकार छानौं | |||
08.11 | कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं | |||
08.15 | अनि पेस्ट गर्न CTRL+V कि थिचौं | |||
08.19 | अब आकारलाई रुखको दायाँपट्टि राखौं | |||
08.22 | हामीले एउटा रुख कोर्यों! | |||
08.25 | रुख छानौं र यसलाई तल सारौँ | |||
08.28 | खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्! | |||
08.32 | यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ | |||
08.38 | रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ | |||
08.41 | अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं | |||
08.47 | समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन् | |||
08.53 | पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस् | |||
08.58 | अनि, ड्रइंग टूलबारबाट "Select" छानौं | |||
09.02 | कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ | |||
09.05 | अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं | |||
09.11 | हामी एउटा डट सहितको आयत देख्नेछौं | |||
09.14 | यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ | |||
09.20 | वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ | |||
09.28 | कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं | |||
09.32 | अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ | |||
09.36 | ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ | |||
09.40 | अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ | |||
09.45 | तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं | |||
09.52 | यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन् | |||
09.56 | तिनीहरुलाई ग्रुप गरौँ | |||
09.58 | शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं | |||
10.03 | राइट क्लिक गरौँ र 'group" छानौं | |||
10.06 | रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ | |||
10.10 | कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं | |||
10.17 | अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं? | |||
10.23 | म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु | |||
10.30 | समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ | |||
10.33 | “Enter Group” छानौं | 10.35 | समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं | |
10.39 | खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ | |||
10.43 | उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ | |||
10.51 | यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं | |||
10.56 | अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ | |||
11.02 | त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ | |||
11.05 | ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं | |||
11.13 | अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं | |||
11.16 | रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ | |||
11.21 | कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ | |||
11.24 | एरोलाई भित्रतिर सारौँ | |||
11.26 | र हामीले पुरै रुखको साइज घटाएका छौं! | |||
11.29 | अब चित्रमा थप तीन रुखहरु थपौं | |||
11.32 | रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं | |||
11.39 | यसले रुखको तीन कपि बनाउनेछ | |||
11.41 | अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ | |||
11.45 | सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ | |||
11.51 | अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं | |||
11.55 | हरेक रुख आफैंमा एउटा ग्रुप हो | |||
11.58 | हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’ | |||
12.01 | अब चित्रमा एउटा पानीको भाग थपौं | |||
12.04 | पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं | |||
12.12 | एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं | |||
12.18 | कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं | |||
12.24 | यसलाई कोरौं र आयतसँगै राखौं | |||
12.28 | अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं | |||
12.34 | “Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ | |||
12.42 | अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ | |||
12.49 | अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ | |||
12.56 | त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ | |||
13.03 | ड्रइंग टूलबारबाट Select छानौं | |||
13.07 | अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं | |||
13.16 | राइट क्लिक गरौँ र ग्रुप छानौं | |||
13.18 | अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं | |||
13.23 | यहाँ तपाईको लागि अर्को कार्य रहेको छ | |||
13.26 | यो चित्र आफै कोर्नुहोस् | |||
13.30 | यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं | |||
13.33 | यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै: | |||
13.39 | अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न | |||
13.42 | ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न | |||
13.46 | अब्जेक्टहरु मिलाउन | |||
13.48 | अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न | |||
13.50 | एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न | |||
13.53 | ग्रुप भित्रका अब्जेक्टहरु सार्न | |||
13.57 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला | |||
14.01 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ | |||
14.04 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस | |||
14.08 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले | |||
14.11 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | |||
14.14 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | |||
14.18 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस | |||
14.24 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो | |||
14.28 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ | |||
14.36 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ | |||
14.47 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |