LibreOffice-Suite-Draw/C2/Basics-of-working-with-objects/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ
00:08 यो टुटोरियलमा हामी यो सिक्ने छौं:
00:11 अब्जेक्ट कट, कपि र पेस्ट गर्न
00:14 ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न
00:17 अब्जेक्ट मिलाउन
00:19 अब्जेक्टलाई समूहमा राख्न र निकाल्न
00:21 एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न
00:24 एउटा समूहमा अब्जेक्टहरु सार्न
00:28 यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं
00:37 डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं
00:42 अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ
00:47 पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ
00:54 अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ
01:02 तर हामी एउटा मात्र बादल देख्न सक्छौं!
01:05 हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ?
01:08 कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ!
01:13 बादल छानौं र यसलाई बायाँ सारौँ
01:17 सोहि तरिकाले एउटा अर्को बादल थपौं
01:21 बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ
01:26 कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ
01:30 अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ
01:37 हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं
01:41 एउटा अब्जेक्ट कपि गर्न CTRL+C
01:44 एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V
01:47 एउटा अब्जेक्ट कट गर्न CTRL+X
01:50 बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं
01:55 बादल कपि भएको छ
01:57 पेस्ट गर्न CTRL र V किहरु थिचौं
02:02 अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ
02:08 यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
02:11 तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं
02:14 एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं
02:18 एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ
02:22 कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस्
02:25 एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ
02:31 तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं
02:36 अब बादलको साइज घटाऊ
02:38 पहिले यसलाई छानौं
02:40 अब, ह्यान्डलहरु देखिने भएका छन्
02:43 अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं
02:50 अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ
02:57 यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ
03:00 यो एरो लामो बनाउन, पहिले यसलाई छानौं
03:04 अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं
03:07 एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ
03:14 अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं
03:25 यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त?
03:32 एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ
03:38 यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं
03:42 हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं
03:47 सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ
03:52 आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ
03:59 ड्र विन्डो मुनिको “Status” बारमा हेरौं
04:03 ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ
04:09 “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ
04:16 अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ
04:20 बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ
04:29 नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ
04:36 यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ
04:44 अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं
04:49 यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ
04:55 “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ
04:58 बादल 4 अहिले सुर्य पछाडी छ
05:02 “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ
05:07 अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ
05:12 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं
05:18 बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ
05:23 “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ
05:28 अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ
05:32 बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं
05:40 “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ
05:44 अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं
05:52 “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ
05:57 अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं
06:01 बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ
06:07 अर्को बादलहरुको नम्बर मेटौं
06:10 यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं
06:23 यो कार्य गर्न टुटोरियल रोक्नुहोस्
06:26 एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं
06:32 हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस्
06:38 हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं
06:44 अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं
06:53 अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं
06:59 हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं
07:05 इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं
07:11 यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ
07:15 रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं
07:21 उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं
07:28 पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं
07:35 तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ!
07:39 अब हाँगामा पातहरु थपौं
07:42 ड्रइंग टूलबारबाट ताराहरु छानौं
07:45 अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं
07:51 अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं
08:01 ल, हामीले रुखमा पातहरु थपेका छौं!
08:04 हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ
08:09 त्यो आकार छानौं
08:11 कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं
08:15 अनि पेस्ट गर्न CTRL+V कि थिचौं
08:19 अब आकारलाई रुखको दायाँपट्टि राखौं
08:22 हामीले एउटा रुख कोर्यों!
08:25 रुख छानौं र यसलाई तल सारौँ
08:28 खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्!
08:32 यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ
08:38 रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ
08:41 अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं
08:47 समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन्
08:53 पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस्
08:58 अनि, ड्रइंग टूलबारबाट "Select" छानौं
09:02 कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ
09:05 अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं
09:11 हामी एउटा डट सहितको आयत देख्नेछौं
09:14 यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ
09:20 वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ
09:28 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं
09:32 अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ
09:36 ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ
09:40 अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ
09:45 तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं
09:52 यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन्
09:56 तिनीहरुलाई ग्रुप गरौँ
09:58 शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं
10:03 राइट क्लिक गरौँ र 'group" छानौं
10:06 रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ
10:10 कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं
10:17 अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं?
10:23 म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु
10:30 समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
10:33 “Enter Group” छानौं
10:35 समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं
10:39 खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ
10:43 उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ
10:51 यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं
10:56 अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ
11:02 त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ
11:05 ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं
11:13 अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं
11:16 रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ
11:21 कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ
11:24 एरोलाई भित्रतिर सारौँ
11:26 र हामीले पुरै रुखको साइज घटाएका छौं!
11:29 अब चित्रमा थप तीन रुखहरु थपौं
11:32 रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं
11:39 यसले रुखको तीन कपि बनाउनेछ
11:41 अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ
11:45 सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ
11:51 अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं
11:55 हरेक रुख आफैंमा एउटा ग्रुप हो
11:58 हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’
12:01 अब चित्रमा एउटा पानीको भाग थपौं
12:04 पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं
12:12 एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं
12:18 कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं
12:24 यसलाई कोरौं र आयतसँगै राखौं
12:28 अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं
12:34 “Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ
12:42 अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ
12:49 अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ
12:56 त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ
13:03 ड्रइंग टूलबारबाट Select छानौं
13:07 अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं
13:16 राइट क्लिक गरौँ र ग्रुप छानौं
13:18 अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं
13:23 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
13:26 यो चित्र आफै कोर्नुहोस्
13:30 यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं
13:33 यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै:
13:39 अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न
13:42 ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न
13:46 अब्जेक्टहरु मिलाउन
13:48 अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न
13:50 एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न
13:53 ग्रुप भित्रका अब्जेक्टहरु सार्न
13:57 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
14:01 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
14:04 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
14:08 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
14:11 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14:14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:18 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
14:24 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14:28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
14:36 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
14:47 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छसहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya