Java-Business-Application/C2/Overview-of-Library-Management-System/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:29, 8 July 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00.00 Overview of the Web Application – Library Management System को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.08 यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
00.13 यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ
00.19 हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ
00.24 यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ
00.27 Netbeans IDE प्रयोग गरि कोर जाभा
00.31 HTML
00.32 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00.38 अब वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ
00.43 एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले
00.46 पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ
00.50 र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ
00.54 अब, हामीलाई लाइब्रेरी म्यानेजमेन्ट सिस्टम किन आवश्यक पर्छ?
00.58 यस्तो सिस्टमको प्रयोगले
01.00 लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न
01.05 एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न
01.10 समय र स्रोत बचाउन र
01.13 कार्यभार कम गर्न सहयोग गर्छ
01.15 अब, म तपाईलाई सिस्टम देखाउने छुँ
01.17 यसको लागि, म Netbeans IDE मा जानेछु
01.22 यहाँ हामीसँग एउटा सरल सिस्टम छ
01.24 यो MyFirstProject नामक प्रोजेक्ट रन गरौँ
01.30 ब्राउजर विन्डो खुल्छ
01.33 हामीले लाइब्रेरी म्यानेजमेन्ट सिस्टम को होम पेज देख्न सक्छौं
01.38 यहाँ हामी एउटा सरल लगइन फर्म देख्न सक्छौ
01.42 पेजमा Visitor’s Home Page नाम गरेको लिंक छ
01.46 लिंक मा क्लिक गरौ
01.48 हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ
01.53 एउटा लाइब्रेरी का धेरै मेम्बरहरू हुन्छन्
01.56 त्यसैले अब, एउटा मेम्बर को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
02.03 “mdhusein” को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु
02.10 हामी एउटा Success Greeting Page देख्न सक्छौ
02.13 हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ
02.18 अब लगआउट गरौ
02.21 अब, हामीले लाइब्रेरियनको रुपमा लगइन गर्नुपर्छ मतलब एडमिन' को रुपमा
02.26 हामीले लगइन गर्ने बित्तिकै, एडमिन सेक्सन पेज देख्न सक्छौ
02.31 यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ
02.33 प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ
02.37 पहिलो, हामीसँग List Books विकल्प छ
02.41 यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं
02.46 अनि, हामी संग List Borrowed Books
02.50 यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ
02.54 र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ
02.59 अनि हामीसँग List Users विकल्प छ
03.03 यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ
03.08 अनि, हामीसँग Checkout/Return Book विकल्प छ
03.12 यो विकल्पमा क्लिक गरौ
03.15 यो Checkout/Return Book को इन्टरफेस हो
03.20 अब, हाम्रो लगइन पेज मा फर्कौं
03.23 याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ
03.28 दर्ता गर्न here मा क्लिक गरौ
03.31 यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई रजिस्ट्रेसन फर्म हो
03.35 त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो
03.39 यो शृंखलाको अन्तमा, तपाईले यो सरल लाइब्रेरी म्यानेजमेन्ट सिस्टम सिर्जना गर्न सिक्नु हुनेछ
03.46 तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी
03.53 यो शृंखलामा
03.54 हामी वेब एप्लीकेसन बनाउन JSP र सर्भलेट प्रयोग गर्ने छौ
03.59 हामी विस्तृत रुपमा MVC आर्किटेक्चर पनि सिक्ने छौ र
04.04 तपाई MVC शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
04.10 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
04.13 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04.16 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04.20 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04.24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
04.26 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
04.29 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04.32 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
04.38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
04.42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04.49 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
04.52 http://spoken-tutorial.org/NMEICT- Intro
04.59 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
05.08 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
05.13 म मन्दिरा थापा बिदा हुदैछुँ,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya