GIMP/C2/Adjusting-Colours-Using-Layers/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:40, 7 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.22 Meet the Gimp मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.29 पहिलो संस्करणमा मैले यो इमेज सम्पादन गरेपछि प्राप्त गरें
00.33 र आज मलाई लाग्छ मैले केहि रंगहरु सेट गर्नुपर्छ
00.39 किनकि यो इमेज धेरै हरियो छ
00.41 रंगहरु मिलाउने धेरै तरिकाहरु रहेका छन र तीमध्ये एउटा Curve Tool हो
00.47 म टूलबक्समा कर्भ्स टूलमा क्लिक गरें अनि म ग्रिन च्यानल छान्छु र कर्भ तल तान्छु
00.55 अब तपाई कलर च्यानल देख्नसक्नुहुन्छ र इमेजमा रहेको तुवाँलो वास्तविक देखिन्छ
01.02 अब, म कर्भ यसरि मिलाउछुँ कि इमेज खैरो देखियोस, हरियो वा magenta होइन
01.13 म कर्भ टूल प्रयोग गर्न चाहन्न किनकि यसले इमेजको विवरण बिगार्छ र त्यसपछि म त्यो ठिक गर्न सक्दिन
01.23 म अंडू टूल प्रयोग गर्न सक्छु तर त्यसपछि मैले सबै कदमहरु रिडू गर्नुपर्छ
01.28 त्यसैले म केहि चाहन्छु जसले इमेज बिगार्नेछैन र म पनि मिलाउन सकूँ
01.34 त्यहाँ एउटा तरिका छ जसले लेयर सहितको सामान्य फिल्टर प्रयोग गर्छ
01.39 त्यसैले मैले यहाँ लेयर डाइलग खोलें
01.43 यहाँ तपाईले पृष्ठभूमिमा हाम्रो मूल इमेज देख्नुहुनेछ
01.47 र मैले सामान्य तरिकाले एउटा नयाँ लेयर थपेकी छुँ र Layer Fill Type मा सेतो छानी यसलाई एउटा नाम दिउँ र कलर करेक्सन ग्रिन
01.59 अब मेरो इमेज पुरै सेतो छ तर म लेयर मोड बदल्न सक्छु
02.05 लेयर मोड एउटा अल्गोरिदम हो जसले दुई लेयरहरु जोड्छ मतलब मूल पृष्ठभूमि लेयर र नयाँ बनाइएको लेयर
02.16 त्यसैले मैले यहाँ मल्टिपल मोड छाने
02.22 र तपाईले मूल इमेज जस्ताको तस्तै पाउनुहुनेछ
02.27 मल्टिपल मोडमा पृष्ठभूमिको पिक्सलले अग्रभूमिको पिक्सललाई गुणा गर्छ र नतिजा २५५ ले भाग गर्छ
02.37 र एउटा सेतो चित्रमा कलर च्यानल २५५ हुनेछ त्यसैले २५५ ले गुणा गर्ने र २५५ ले भाग गर्नाले सुरुको बिन्दु दिन्छ जुन पृष्ठभूमि हुन्छ
02.52 तर यदि मैले नयाँ लेयरमा एउटा च्यानल घटाए भने यो पृष्ठभूमिमा जानेछ साथै किनकि मानौं २०० ले गुणा गरेर २५५ ले भाग गर्दा कम दिन्छ
03.06 अब म यस्तो च्यानल छान्छु जसको ग्रिन च्यानल कम होस्
03.12 यहाँ मेरो अग्रभूमिको रुपमा कालो छ जसलाई मैले पृष्ठभूमि रंगमा बदले र सेतो अग्रभूमि रंगको रुपमा र तपाई देख्न हुन्छ कि रातो, हरियो र निलो सबै रंगहरुको च्यानलको मान पनि उहिँ २५५ छ
03.31 साथै यहाँ यो स्लाइडरको रंगले नमिल्ने छ
03.36 यो निलो होइन, यो पहेंलो हो तर जब मैले यसलाई तल कुनै निश्चित बिन्दुमा सलाईड गर्छु, तपाईले स्लाइडरको रंग स्वत बदलेको देख्नुहुनेछ
03.50 ल, म यहाँ हरियो स्लाइडर छान्नेछुँ र स्लाइडरलाई मानौं २११ सम्म तान्नेछु
03.59 र मैले आफ्नो अग्रभुमिको रुपमा राखेको रंगलाई इमेजमा तान्नेछुँ र म नतिजा मजेंटा नजिक पाउनेछुँ
04.10 तर म मेरो अप्यासीटि स्लाइडरको सहयोगले इन्टेनसिटि मिलाउन सक्छु
04.19 र जब म शून्यमा जानेछु म पुरानो इमेज पाउनेछु र जब मैले स्लाइडर माथि तान्नेछुँ, म इमेजमा हरियो च्यानल घटाउन सक्छु र इमेजमा मजेंटा आउनबाट पनि रोक्न सक्छु
04.35 मलाई लाग्छ यो राम्रो देखिन्छ
04.38 लेयर टूल प्रयोग गरि म कुनै बेला पनि बदलावहरु गर्न सक्नेछु र जब थप लेयरहरु यसमा धेरै जम्मा हुन्छन त्यसलाई मिलाउन पनि सकिन्छ र यो बदलाव मैले अन्तरनिहित चित्रमा बदलाव गर्दा पनि यहि रहन्छ
04.55 यो लेयरमा अझै बदलावहरु गर्नुपर्ने छन, अहिले यो खैरो देखिन्छ र म अलि निलो थप्न चाहन्छु
05.03 पुनः, म सोहि प्रक्रिया अपनाउने छुँ र नयाँ लेयर बनाउने छुँ र यसलाई कलर करेक्सन ब्लु भनिन्छ
05.11 र म अहिले केहि निलो थप्दै छुँ
05.15 इमेजमा निलो थप्न, म स्क्रिन मोड प्रयोग गर्छु जुन मल्टिपल मोड भन्दा अलि अप्ठेरो छ
05.24 स्क्रिन मोडमा रंगहरु पहिले उल्टो पारिन्छ अनि गुणा र भाग गरिन्छ र अलि अप्ठेरो छ
05.33 म अग्रभूमिको रंग कालोमा बदल्दैछुँ र मैले थप्न चाहेको रंग सिधै थप्नेछु र केहि थप निलो पनि थप्न
05.43 ब्लु स्लाइडर केहि तल स्लाइड गरौँ
05.47 र रंगलाई इमेजमा तानौं
05.51 यो यहाँ निलो मानिन्छ जुन अझै कालो जस्तो देखिन्छ तर यो एकदमै गाढा निलो हो
05.59 यहाँ इमेजमा हेरौ र जब मैले यसलाई बन्द गर्छु, तपाई यहाँ परिवर्तन देख्नुहुनेछ
06.04 इमेज निश्चय नै निलो छ
06.08 म दुवै नयाँ लेयरहरु बन्द गर्न सक्छु र यसरी तपाईले सुरुको बिन्दु पाउनुहुनेछ
06.13 जब मैले पहिलो लेयरमा क्लिक गर्छु हामी हरियो घटेको लेभल पाउनेछौं र जब मैले दोस्रो लेयरमा क्लिक गर्नेछु यसले केहि निलो रंग थप्नेछ
06.22 मलाई लाग्छ यो धेरै निलो छ त्यसैले म अपयासिटि घटाउनेछुँ
06.27 यो राम्रो देखिन्छ
06.30 म यसलाई पछि कुनैबेला पनि मिलाउन सक्छु
06.33 लेयर टूल एकदमै शक्तिशाली छ किनभने तपाई लेयर माथि लेयर बनाउन सक्नुहुन्छ र हरेक लेयरमा तपाई पिक्सल बदल्न सक्नुहुन्छ जुन तल्लो लेयरबाट माथि आउनेछ
06.44 सच्याउने सम्भाव्यता असिमित हुनेछ र यो तपाई कुनैबेला पनि गर्न सक्नुहुन्छ
06.51 सायद यहाँ राम्रो रंग पाउन अप्यासिटि स्लाइडर अलि तल सार्न सक्नुहुन्छ र तपाई यी स्लाइडरहरु मिलाई एकदमै राम्रो रंग पाउन सक्नुहुनेछ
07.05 मलाई लाग्छ मैले लेयर टूल बिशेष रुपमा बिस्तृत रुपमा पेश गर्नुपर्छ तर आजको लागि यति नै पर्याप्त छ
07.13 म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana