GIMP/C2/Adjusting-Colours-Using-Layers/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:22 Meet the Gimp मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:29 पहिलो संस्करणमा मैले यो इमेज सम्पादन गरेपछि प्राप्त गरें
00:33 र आज मलाई लाग्छ मैले केहि रंगहरु सेट गर्नुपर्छ
00:39 किनकि यो इमेज धेरै हरियो छ
00:41 रंगहरु मिलाउने धेरै तरिकाहरु रहेका छन र तीमध्ये एउटा Curve Tool हो
00:47 म टूलबक्समा कर्भ्स टूलमा क्लिक गर्छु अनि म ग्रिन च्यानल छान्छु र कर्भ तल तान्छु
00:55 अब तपाई कलर च्यानल देख्नसक्नुहुन्छ र इमेजमा रहेको तुवाँलो वास्तविक देखिन्छ
01:02 अब, म कर्भ यसरी मिलाउछुँ कि इमेज खैरो देखियोस, हरियो वा magenta होइन
01:13 म कर्भ टूल प्रयोग गर्न चाहन्न किनकि यसले इमेजको विवरण बिगार्छ र त्यसपछि म त्यो ठिक गर्न सक्दिन
01:23 म अंडू टूल प्रयोग गर्न सक्छु तर त्यसपछि मैले सबै कदमहरु रिडू गर्नुपर्छ
01:28 त्यसैले म केहि चाहन्छु जसले इमेज बिगार्नेछैन र म पनि मिलाउन सकूँ
01:34 त्यहाँ एउटा तरिका छ जसले लेयर सहितको सामान्य फिल्टर प्रयोग गर्छ
01:39 त्यसैले मैले यहाँ लेयर डाइलग खोलें
01:43 यहाँ तपाईले पृष्ठभूमिमा हाम्रो मूल इमेज देख्नुहुनेछ
01:47 र मैले सामान्य तरिकाले एउटा नयाँ लेयर थपेकी छुँ र Layer Fill Type मा सेतो छानी यसलाई एउटा नाम दिएँ र कलर करेक्सन ग्रिन
01:59 अब मेरो इमेज पुरै सेतो छ तर म लेयर मोड बदल्न सक्छु
02:05 लेयर मोड एउटा अल्गोरिदम हो जसले दुई लेयरहरु जोड्छ मतलब मूल पृष्ठभूमि लेयर र नयाँ बनाइएको लेयर
02:16 त्यसैले मैले यहाँ मल्टिप्लाई मोड छाने
02:22 र तपाईले मूल इमेज जस्ताको तस्तै पाउनुहुनेछ
02:27 मल्टिप्लाई मोडमा पृष्ठभूमिको पिक्सलले अग्रभूमिको पिक्सललाई गुणा गर्छ र नतिजा २५५ ले भाग गर्छ
02:37 र एउटा सेतो चित्रमा कलर च्यानल २५५ हुनेछ त्यसैले २५५ ले गुणा गर्ने र २५५ ले भाग गर्नाले सुरुको बिन्दु दिन्छ जुन पृष्ठभूमि हुन्छ
02:52 तर यदि मैले नयाँ लेयरमा एउटा च्यानल घटाए भने यो पृष्ठभूमिमा जानेछ साथै किनकि मानौं २०० ले गुणा गरेर २५५ ले भाग गर्दा कम दिन्छ
03:06 अब म यस्तो च्यानल छान्छु जसको ग्रिन च्यानल कम होस्
03:12 यहाँ मेरो अग्रभूमिको रुपमा कालो छ जसलाई मैले पृष्ठभूमि रंगमा बदले र सेतो अग्रभूमि रंगको रुपमा र तपाई देख्न हुन्छ कि रातो, हरियो र निलो सबै रंगहरुको च्यानलको मान पनि उहिँ २५५ छ
03:31 साथै यहाँ यो स्लाइडरको रंगले नमिल्ने छ
03:36 यो निलो होइन, यो पहेंलो हो तर जब मैले यसलाई तल कुनै निश्चित बिन्दुमा स्लाईड गर्छु, तपाईले स्लाइडरको रंग स्वत बदलेको देख्नुहुनेछ
03:50 ल, म यहाँ हरियो स्लाइडर छान्नेछुँ र स्लाइडरलाई मानौं २११ सम्म तान्नेछु
03:59 र मैले आफ्नो अग्रभुमिको रुपमा राखेको रंगलाई इमेजमा तान्नेछुँ र म नतिजा मजेंटा नजिक पाउनेछुँ
04:10 तर म मेरो अप्यासीटि स्लाइडरको सहयोगले इन्टेनसिटि मिलाउन सक्छु
04:19 र जब म शून्यमा जानेछु म पुरानो इमेज पाउनेछु र जब मैले स्लाइडर माथि तान्नेछुँ, म इमेजमा हरियो च्यानल घटाउन सक्छु र इमेजमा मजेंटा आउनबाट पनि रोक्न सक्छु
04:35 मलाई लाग्छ यो राम्रो देखिन्छ
04:38 लेयर टूल प्रयोग गरि म कुनै बेला पनि बदलावहरु गर्न सक्नेछु र जब थप लेयरहरु यसमा धेरै जम्मा हुन्छन त्यसलाई मिलाउन पनि सकिन्छ र यो बदलाव मैले अन्तरनिहित चित्रमा बदलाव गर्दा पनि यहि रहन्छ
04:55 यो लेयरमा अझै बदलावहरु गर्नुपर्ने छन, अहिले यो खैरो देखिन्छ र म अलि निलो थप्न चाहन्छु
05:03 पुनः, म सोहि प्रक्रिया अपनाउने छुँ र नयाँ लेयर बनाउने छुँ र यसलाई कलर करेक्सन ब्लु भनिन्छ
05:11 र म अहिले केहि निलो थप्दै छुँ
05:15 इमेजमा निलो थप्न, म स्क्रिन मोड प्रयोग गर्छु जुन मल्टिपल मोड भन्दा अलि अप्ठेरो छ
05:24 स्क्रिन मोडमा रंगहरु पहिले उल्टो पारिन्छ अनि गुणा र भाग गरिन्छ र अलि अप्ठेरो छ
05:33 म अग्रभूमिको रंग कालोमा बदल्दैछुँ र मैले थप्न चाहेको रंग सिधै थप्नेछु र केहि थप निलो पनि थप्नेछु
05:43 ब्लु स्लाइडर केहि तल स्लाइड गरौँ
05:47 र रंगलाई इमेजमा तानौं
05:51 यो यहाँ निलो मानिन्छ जुन अझै कालो जस्तो देखिन्छ तर यो एकदमै गाढा निलो हो
05:59 यहाँ इमेजमा हेरौ र जब मैले यसलाई बन्द गर्छु, तपाई यहाँ परिवर्तन देख्नुहुनेछ
06:04 इमेज निश्चय नै निलो छ
06:08 म दुवै नयाँ लेयरहरु बन्द गर्न सक्छु र यसरी तपाईले सुरुको बिन्दु पाउनुहुनेछ
06:13 जब मैले पहिलो लेयरमा क्लिक गर्छु हामी हरियो घटेको लेभल पाउनेछौं र जब मैले दोस्रो लेयरमा क्लिक गर्नेछु यसले केहि निलो रंग थप्नेछ
06:22 मलाई लाग्छ यो धेरै निलो छ त्यसैले म अपयासिटि घटाउनेछुँ
06:27 यो राम्रो देखिन्छ
06:30 म यसलाई पछि कुनैबेला पनि मिलाउन सक्छु
06:33 लेयर टूल एकदमै शक्तिशाली छ किनभने तपाई लेयर माथि लेयर बनाउन सक्नुहुन्छ र हरेक लेयरमा तपाई पिक्सल बदल्न सक्नुहुन्छ जुन तल्लो लेयरबाट माथि आउनेछ
06:44 सच्याउने सम्भाव्यता असिमित हुनेछ र यो तपाई कुनैबेला पनि गर्न सक्नुहुन्छ
06:51 सायद यहाँ राम्रो रंग पाउन अप्यासिटि स्लाइडर अलि तल सार्न सक्नुहुन्छ र तपाई यी स्लाइडरहरु मिलाई एकदमै राम्रो रंग पाउन सक्नुहुनेछ
07:05 मलाई लाग्छ मैले लेयर टूल बिशेष रुपमा बिस्तृत रुपमा पेश गरेकी छुँ तर आजको लागि यति नै पर्याप्त छ
07:13 म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana