PERL/C3/Sample-PERL-program/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Sample PERL program स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी अहिले सम्म एउटा उदाहरण पर्ल प्रोग्राममा चर्चा गरेका सम्पूर्ण विषयहरु समाबेश गर्ने छौं
00:14 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर
00:25 हामी आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्ने छौं
00:29 यसको लागि तपाईसँग पर्ल प्रोग्रामिंगको ज्ञान हुनुपर्छ
00:34 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि यो वेबसाइटको पर्ल स्पोकन ट्युटोरियलहरु हेर्नुहोस्
00:39 उदाहरण प्रोग्रामले आउटपुटमा कुनै एउटा क्षेत्रको बिभिन्न मौसम अनुमानको रिपोर्ट भविष्यबाणी दिने छ
00:46 Weather dot pm एउटा मोड्युल फाइल हो जसमा यो फाइलमा आवश्यक कम्प्लेक्स डेटा स्ट्रक्चर छ
00:54 यसमा रिपोर्ट सृजना गर्न बिभिन्न फंक्सन हरु पनि हुन्छन्
00:59 Weather underscore report dot pl ले आउटपुट सृजना गर्न मोड्युल फाइल प्रयोग गर्छ
01:08 सोहि कोड फाइलहरु हाम्रो वेबसाइटको यो भिडियो मूनि उपलब्ध छन्
01:13 कोड फाइल लिंकमा दिएको फाइल डाउनलोड गरी अनजिप गरौँ
01:18 अब हाम्रो उदाहरण पर्ल प्रोग्राम Weather dot pm हेरौं
01:24 यो प्रोग्राम भित्रको कोडको ब्लक namespace Weather को भित्र छन्
01:29 पर्ल ले package किवर्ड प्रयोग गरी namespace लागू गर्छ
01:34 BEGIN ब्लक मेन प्रोग्राम भन्दा पहिले नै कम्पाइल र एक्जिक्युट हुनेछ
01:40 Export ले मोड्युल हरुको फंक्सन र भेरिएबलहरु युजरको namespace मा एक्सपोर्ट गर्ने छ
01:48 एट द रेट EXPORTएट द रेट EXPORT अन्डरस्कोर OK एक्सपोर्ट गर्दा प्रयोग गरिने मुख्य दुई भेरिएबलहरु हुन्
01:57 एट द रेट EXPORT मा मोड्युल का सम्पूर्ण सबरुटिनहरु र भेरिएबलहरु हुन्छन्
02:03 तिनीहरु namespace कलरमा एक्सपोर्ट हुनेछन
02:07 एट द रेट EXPORT अन्डरस्कोर OK आवश्यकता अनुसार चिन्हहरुको एक्सपोर्ट गर्ने छ
02:14 यहाँ मैले मौसम विवरण गर्न आवश्यक डेटा होल्डको लागि कम्प्लेक्स डेटा स्ट्रक्चर सृजना गर्न references प्रयोग गरेको छुँ
02:24 $weather_report एउटा hash reference हो, “place” र “nstate” स्केलर मानहरु हुन्छन्
02:32 weekly hash references को hash हो
02:37 सबै बारहरुको चार कीहरु छन्- max underscore temp, min underscore temp, sunrise, sunset
02:48 record underscore time” दुई इन्डेक्समानहरु सहितको एउटा एरे रेफ्रेन्स हो
02:54 मसँग विभिन्न विकल्पहरुको मौसम विवरण प्रस्तुत गर्न केहि सबरुटिनहरु छन् अब एक-एक गरी हेरौं
03:01 यो फंक्सनले रिपोर्टको हेडर, स्थान, मिति, अवस्था र हालको मिति प्रिन्ट गर्छ
03:10 अब अर्को फंक्सन display underscore daily underscore report हेरौं
03:16 यो फंक्सन ले दिनको इन्पुट अनुसार स्क्रिनमा दैनिक रिपोर्ट प्रिन्ट गर्ने छ
03:22 हामी एउटा सबरुटिन मा पठाएको प्यारामिटर shift फंक्सन प्रयोग गरी पुनर्प्राप्त गर्ने छौं
03:27 मैले प्यारामिटर मानको लिडिंग र ट्रेलिंग स्पेसहरु हटाउन trim फंक्सन प्रयोग गरेको छुँ
03:34 यहाँ trim function को कोड छ
03:37 Lc function दिएको इन्पुटको लोअरकेस संस्करण दिन्छ
03:42 यो केस सेन्सीटिभिटी हटाउन प्रयोग गरिन्छ
03:45 मुख्य प्रोग्रामबाट प्यारामिटरको रुपमा पठाईएको दिनलाई एउटा ' local variable dollar week underscore day को रुपमा राखिन्छ
03:55 तलको print स्टेटमेन्ट ले तोकिको दिन सम्बन्धित मिति प्रिन्ट गर्छ
04:01 हामी $weather underscore report को मान डीरेफेरेंस गर्न एउटा एरो अपरेटर प्रयोग गर्दै छौं
04:09 references मा काम गर्दा हामीले डीरेफ्रेंसन्स गर्ने डेटा टाइपको बारेमा बुझ्नुपर्छ
04:15 यदि यो एउटा hash भएमा हामीले कर्ली ब्राकेटमा key पठाउनुपर्छ
04:20 यदि यो एउटा एरे भएमा हामीले इन्डेक्स मानहरु सहितको स्क्वेर ब्राकेटहरु प्रयोग गर्नुपर्छ
04:26 पर्ल को return फंक्सन ले एउटा मान फर्काउँछ
04:29 यो मेन प्रोग्राममा फंक्सन को अवस्था जाच्न प्रयोग गरिन्छ
04:36 अर्को फंक्सन write underscore daily underscore report हो
04:40 यो फंक्सन ले रिपोर्ट एउटा फाइलमा प्रिन्ट गर्ने छ
04:45 ग्रेटर द्यान चिन्ह सहितको open function ले WRITE मोड जनाउँछ
04:50 फाइलको नाम, दिनको नाम र dot txt एक्सटेन्सन प्रयोग गरी सृजना गरिन्छ
04:56 print स्टेटमेन्ट ले सम्बन्धित दिनको डेटा फाइलमा प्रिन्ट गर्ने छ
05:02 यसले साप्ताहिक रिपोर्ट प्रिन्ट गर्ने छ
05:05 मैले प्रत्येक दिनको hash reference मा लुप चलाउन foreach loop घोषणा गरेको छुँ
05:11 मैले hash reference जनाउन कर्ली ब्राकेट dereference जनाउन एरो अपरेटर प्रयोग गरेको छुँ
05:18 hash को किहरु भित्र लुप चलाउन “keys” इन्-बिल्ट फंक्सन प्रयोग गर्ने छुँ
05:23 display underscore daily underscore report function ले hash को प्रत्येक एलिमेंट प्रिन्ट गर्ने छ
05:30 अब एउटा Perl प्रोग्राम weather underscore report dot pl हेरौं, जसमा हामी यो मोड्युल फाइल Weather dot pm प्रयोग गर्ने छौं
05:40 यहाँ, use strict use warnings कम्पाइलर फ्ल्यागहरु हुन् जसले साधारण प्रोग्रामिंग गल्तिहरु हटाउन सघाउंछ
05:48 use Weather semicolon, यहाँ Weather मैले यो प्रोग्राममा प्रयोग गरेको एउटा module को नाम हो
05:56 हामीले पहिले नै यो प्रोग्राममा आवश्यक फंक्सनहरु यो module मा सेभ भएको हेरेका थियौं
06:03 यहाँ हामीले dot pm फाइल एक्सटेन्सन दिन आवश्यक छैन
06:08 यो प्रोग्राममा, म दिएको विकल्पहरु अनुसार विभिन्न रिपोर्टहरु प्रिन्ट गर्ने छुँ
06:14 युजरले कुनै निश्चित दिनको रिपोर्ट प्रिन्ट गर्न विकल्पहरु एउटा आउटपुट फाइल र साप्ताहिक मौसम विवरणमा इन्टर गर्नुपर्छ,
06:27 यदि विकल्प 1 टाइप गरेमा यसले युजरलाई दिन इन्टर गर्ने भन्ने छ
06:32 डायमण्ड अपरेटरले STDIN मा रिड गर्ने छ जुन किबोर्ड हो
06:38 उदाहरणको लागि, यदि युजरले 'monday' इन्टर गरेमा यो भेरिएबल dollar dayoption मा राखिन्छ जुन एउटा local variable भेरिएबल हो
06:47 अर्को, हामी दुई फंक्सनहरु कल गरिरहेका छौं- display_header() display_daily_report()
06:56 हामीले यो फाइलमा सम्पूर्ण फंक्सनहरुuse Weather” स्टेटमेन्ट प्रयोग गरी Weather dot pm मा एक्सपोर्ट गरेका छौं
07:03 त्यसैले हामीले प्याकेज भित्र फंक्सनहरु उल्लेख गर्न आवश्यक छैन: colon colon (::)package qualifier
07:10 अब अर्को विकल्प हेरौं
07:13 यदि विकल्प 2 टाइप गरेमा, यसले हप्ताको कुनै दिन इन्टर गर्न भन्ने छ
07:19 $dayoption फंक्सन write underscore daily underscore report को इन्पुट प्यारामिटरको रुपमा पठाइन्छ
07:27 फंक्सन ले पठाएको रिटर्न मान भेरिएबल dollar result मा भण्डार गरिन्छ
07:33 Print स्टेटमेन्ट ले युजरलाई आउटपुटको लागि टेक्स्ट फाइल हेर्न भन्छ
07:38 फाइलको नाम दिनको नाम dot txt को नाममा आउटपुट फाइलको रुपमा रहन्छ
07:46 यदि विकल्प 3 टाइप गरेमा, यसले हप्ताभरको मौसम विवरण प्रिन्ट गर्ने छ
07:51 display underscore weekly underscore report साप्ताहिक रिपोर्टको फंक्सन को नाम हो
07:57 यो print स्टेटमेन्टले तोकिएको नम्बरमा एउटा तेर्सो लाइन कोर्छ
08:02 यो रिपोर्ट राम्रो देखाउन मात्र हो
08:06 अन्त्यमा, यदि विकल्प 4 भएमा यसले प्रोग्राम बन्द गर्ने छ
08:11 यदि उल्लेखित विकल्प बाहेकको कुनै विकल्प भएमा print स्टेटमेन्ट ले “Incorrect option” देखाउँछ
08:19 यहाँ exit value 0 ले प्रोग्राम सफलतापुर्वक चलेको जनाउँछ
08:25 0 बाहेक अन्य मानले प्रोग्राममा केहि गल्ति भएको जनाउँछ
08:31 अब प्रोग्राम एक्जिक्युट गरौँ
08:34 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl weather underscore report dot pl Enter थिचौं
08:41 हामी स्क्रिनमा चार विकल्पहरु देख्न सक्छौं
08:45 1 टाइप गरौँ र Enter थिचौं
08:48 हामीसँग हप्ताको कुनै दिन मागिन्छ, म 'monday' टाइप गरी Enter थिच्ने छुँ
08:56 यो function display underscore header() ले सृजना गरेको हेडर आउटपुट हो
09:02 अब हामी सोमबारको मौसम विवरण देख्न सक्छौं
09:06 अब, म अन्य विकल्पहरु प्रस्तुत गर्न प्रोग्राम पुन: एक्जिक्युट गर्ने छुँ
09:13 2 टाइप गरौँ र Enter थिचौं
09:17 प्रम्प्टमा हामीले कुनै एउटा दिन टाइप गर्नुपर्ने छ, म ‘wednesday’ टाइप गरी Enter थिच्ने छुँ
09:25 हामी एउटा संदेश देख्न सक्छौं: Please check the file wednesday dot txt for report output
09:32 आउटपुट यो टेक्स्ट फाइलमा लेखिएको छ, अब यो टेक्स्ट फाइल खोली सामग्री हेरौं
09:38 gedit wednesday dot txt टाइप गरौँ र Enter थिचौं
09:44 इन्टर गरेको दिनको नाम र txt एक्सटेन्सन सहितको आउटपुट फाइल सृजना भएको छ
09:51 अब अर्को विकल्प हेरौं
09:54 टर्मिनलमा जाउ र टाइप गरौँ, perl weather underscore report dot pl इन्टर थिचौं
10:00 3 टाइप गरौँ र इन्टर थिचौं
10:04 यो पटक हामी साप्ताहिक मौसम विवरण देख्न सक्छौं
10:08 hash keys hash values क्रम विना नै भण्डार भएका छन्
10:13 त्यसैले देखाइएको आउटपुट हामीले इन्टर गरेको क्रमसँग सम्बन्धित हुदैन
10:19 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
10:24 यो ट्युटोरियलमा हामीले अघिल्ला ट्युटोरियलहरुमा चर्चा गरेका बिषयहरु बुझ्न एउटा उदाहरण Perl प्रोग्राम हेर्यौं
10:32 कार्यको रुपमा, कामदारहरुको तलब, पद, बिभाग, बिदा र रकम विवरणको जानकारी देखाउने यस्तै एउटा employee_report.pl पर्ल प्रोग्राम लेख्नुहोस्
10:45 इन्पुटमा Employee ID वा Employee को नाम इन्टर गर्नुहोस्
10:50 आवश्यक फंक्सनहरु मोड्युल Employee dot pm फाइलमा लेख्नुहोस्
10:56 तलको भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, डाउनलोड गरी हेर्नुहोस्
11:03 हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:12 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:25 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya