LibreOffice-Suite-Writer/C3/Typing-in-local-languages/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, लिब्रे अफिस राइटरको 'Typing in Local languages' ट्यूटोरियलमा स्वागत छ
00:08 यो ट्यूटोरियलमा म तपाईंलाई लिब्रे अफिस राइटरमा कन्नडामा टेक्स्टमा काम गर्ने परिचय दिने छु
00:15 यहाँ हामी अपरेटिङ् सिस्टमको रूपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सूइट संस्करण ३.३.४ प्रयोग गर्दैछौ
00:25 अब म तपाईंलाई लिब्रे अफिसमा कन्नडा टाइप गर्न कसरी मिलाउने सिकाउने छु, तपाई यो तरिकाले लिब्रे अफिसमा कुनै पनि भाषा प्रयोग गर्न सक्नुहुन्छ
00:36 प्याकेजहरू इन्स्टल गर्न सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरौ
00:40 विस्तृत जानकारीको लागि, स्पोकन ट्यूटोरियल वेबसाइटमा उपलब्ध सिन्याप्टिक प्याकेज म्यानेजर ट्यूटोरियल हेर्नुहोस्
00:48 कन्फिगरेसन चारवटा चरणमा गरिन्छ
00:52 तपाइको कम्प्युटरमा SCIM स्थापित छ/छैन जाच्नुहोस्
00:55 छैन भने, निम्न प्याकेजहरू अंकित गर्न र SCIM स्थापना गर्न सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरौ
01:03 तपाईंले यसो गर्दा यो ट्यूटोरियललाई रोक्नुहोस् र सकिएपछी पुन सुरु गर्नुहोस्
01:08 कीबोर्ड इनपुट मेथडको रुपमा SCIM-इम्मोड्युल छान्नुहोस्
01:14 टेक्स्ट इनपुट लागि एक भाषाको रूपमा कन्नडा छान्न SCIM कन्फिगर गरौ
01:20 कम्प्लेक्स टेक्स्ट लेआउटको लागि कन्नडा छान्न लिब्रे अफिस कन्फिगर गरौ
01:26 म अब यी कदमहरु देखाउनेछु
01:29 System, Administration र Language support मा क्लिक गरौँ
01:41 यदि तपाईको स्क्रीनमा 'Remind me later' वा 'Install now' भन्ने प्राप्त गर्नु भयो भने 'Remind me later' मा क्लिक गरौ
01:51 कीबोर्ड इनपुट मेथड़मा scim-immodule छानौ
01:56 यहाँ यो पहिले देखि नै छानिएको छ, त्यसैले हामी केहि पनि गर्दैनौं
02:01 तेश्रो, SCIM कन्फिगर गर्न System, Preferences र SCIM Input Method मा क्लिक गरौ
02:14 तपाईं अहिले स्क्रीनमा देख्न सक्नुहुन, तर जब तपाईं आफ्नो कम्प्युटरमा यो प्रयास गर्नु हुन्छ, तपाईँले यो विकल्प देख्न सक्नुहुन्छ
02:22 IMEngine अन्तर्गत, ग्लोबल सेटअपमा क्लिक गरौ
02:27 SCIM ले यो टेक्स्ट प्रशोधन गर्न दिने सबै भाषाहरुको एउटा सूची देखाउछ
02:38 यसमा सबैभन्दा बढी बोलिने अधिकांश भारतीय भाषाहरु हिन्दी, कन्नडा, बेंगोली, गुजराती, तमिल, तेलुगु, मलयालम, उर्दू आदि समावेश छ
02:48 हाम्रो ट्यूटोरियलको लागि, हिन्दी र कन्नडा छान्नुपर्छ
02:55 आफ्नो कन्फिगरेसन सेभ गर्न OK क्लिक गरौ
02:59 हामीले SCIM परिवर्तनहरुको असर पक्का गर्न कम्प्युटर पुन: स्टार्ट गर्नु पर्छ
03:04 कृपया यसो गर्नुहोस र यो ट्युटोरियलमा फर्किनुहोस्
03:08 अब हामीले लिब्रे अफिसमा कन्नडा प्रशोधन कन्फिगर गर्ने छौ
03:14 Applications, Office र LibreOffice Writer मा क्लिक गरौँ
03:27 हामी मेन मेनुको Tools मा र Options सब- अप्सनमा क्लिक गर्नेछौं
03:33 तपाई अप्सन डाइलग बक्स देख्नुहुनेछ
03:37 यो बक्समा, हामी Language Settings अनि Languages विकल्पमा क्लिक गर्नेछौं
03:46 यदि इनेबल्ड फर कम्प्लेक्स टेक्स्ट लेआउट पहिले नै ठिक गरेको छैन भने चेक बक्समा क्लिक गर्नुहोस्
03:53 कृपया CTL ड्रप डाउनबाट कन्नडा छानौ
04:00 डिफल्टमा, यसले तपाइको स्थानीय भाषाको रुपमा कन्नडा सेट हुनेछ
04:04 OK क्लिक गरौ
04:10 हामी अब कन्नडा र अंग्रेजीमा एउटा वाक्य टाइप गर्नेछौ
04:15 हामी बराहा मेथड, नुड़ी मेथड र यूनिकोड फन्ट प्रयोग गर्नेछौ, हामी अन्तमा फाइल सेभ गर्ने छौ
04:24 अब यो प्रदर्शन गरौँ
04:27 खुलेको डकुमेन्टमा टाइप गरौ, “Ubuntu GNU/Linux supports multiple languages with LibreOffice"
04:45 कन्ट्रोल की थिची राखी स्पेस बार थिचौ
04:52 स्क्रीनको तल दाहिनेतिर एउटा सानो विन्डो खुल्छ
04:56 सामान्य रुपमा टेक्स्ट इन्पुट गर्न, Kannada KN-ITRANS छानौं जुन Baraha मेथड जस्तै छ
05:05 यदि तपाई नुड़ी कीबोर्ड लेआउट चाहनुहुन्छ भने Kannada – KN KGP मा क्लिक गरौ
05:10 म KN-Itrans इनपुट मेठोड़ प्रयोग गर्ने छु जुन सिकारुको लागि सजिलो छ
05:16 “Sarvajanika Tantramsha” अग्रेजीमा टाइप गरौ
05:27 तपाईंले स्क्रीनमा प्रदर्शित भइरहेको कन्नडा टेक्स्ट देख्न सक्नुहुन्छ
05:31 कन्ट्रोल की थिची राखी स्पेस बार थिचौ
05:33 विन्डो हराउनेछ
05:35 हामी अब अग्रेजीमा टाइप गर्न सक्छौं
05:37 त्यसैले अंग्रेजी र अन्य छानिएका भाषामा जान कन्ट्रोल की र स्पेस बारले एउटा स्विचको काम गर्छ
05:48 कृपया कन्नडामा टेक्स्ट प्रशोधन र साथै नुडीमा अर्काबथु प्रयोग गरि टाइप गर्न www.Public-Software.in/Kannada मा उपलब्ध डकुमेन्ट हेर्नुहोला
06:05 हामी भारतीय भाषामा टाइप गर्दा यूनिकोड फन्ट मात्र प्रयोग गर्नेछौ, किनकि यूनिकोड सर्बत्र स्वीकृत फन्ट हो
06:13 मैले प्रयोग गरिरहेको यूनिकोड फन्ट लोहित कन्नडा हो
06:16 मैले तपाइलाई कन्नडामा टेक्स्ट प्रशोधन देखाएकी छुँ
06:20 SCIM इनपुट मेथड अन्तर्गत लिब्रे अफिस राइटर प्रयोग गरेर, अन्य कुनै पनि भाषामा टाइप गर्न सोहि प्रक्रिया प्रयोग गर्न सकिन्छ
06:28 अन्तमा, कार्य
06:31 कन्नडामा ३ पुस्तकहरुको एक सूची टाइप गरौ
06:33 शीर्षकको अंग्रेजी रूपान्तरण प्रदान गरौ
06:37 मैले पहिले नै यहाँ कार्य बनाएकी छुँ
06:42 छोटो सारांश, यस ट्यूटोरियलमा,
06:46 हामीले कीबोर्ड र भाषा सेटिङको लागि उबुन्टु र लिब्रे अफिस कन्फिगर गर्न सिक्यौ
06:51 हामी कसरी बिभिन्न तरिकाले टाइप गर्ने पनि हेर्यौं जस्तै बराहा र नुड़ी
06:57 हामीले कसरी एउटा दोभाषी डकुमेन्ट टाइप गर्न हेर्यौं
07:00 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
07:03 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
07:06 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:11 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ ,अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:19 थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:26 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:35 यस मिसन सम्बन्धि थप जानकारी
07:37 स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो उपलब्ध छ
07:43 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:47 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble