LibreOffice-Suite-Calc/C2/Working-with-Sheets/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 LibreOffice Calcको वर्किंग विथ सेल्स र सिट्सको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
00:09 पंक्ति र कोलमहरु इन्सर्ट र डिलिट गर्न
00:13 सिटहरु इन्सर्ट र डिलिट गर्न सिटहरुको पुन नाम दिन
00:17 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ संस्करण अपरेटिंग सिस्टम र लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्दैछु
00:29 अब, हाम्रो ट्युटोरीअल सुरु गर्दै कसरी एउटा स्प्रेडसिटमा पंक्ति र कोलमहरु थप्ने हेरौं
00:35 हाम्रो “personal finance tracker.ods” फायल खोलौं
00:42 कोलम र पंक्तिहरु एउटा मात्रै वा समूहमा थप्न सकिन्छ
00:47 स्प्रेडसिटमा एउटा पंक्ति वा एउटा कोलम थप्न, पहिले तपाइले नयाँ कोलम वा पंक्ति थप्न चाहनुभएको स्थानमा कोठा,कोलम वा पंक्ति छान्नुहोस्
01:00 उदाहरणको हाम्रो “personal finance tracker.ods” फायलको पहिलो पंक्तिमा कहिँ क्लिक गरौँ
01:09 म “Cost” लेखिएको कोठामा क्लिक गर्नेछु
01:13 अब, मेनुबारको “Insert” बिकल्पमा अनि “Rows”मा क्लिक गर्नुहोस
01:19 हामी छानिएको पंक्तिको माथि एउटा नयाँ पंक्ति थपिएको देख्नेछौं
01:25 यसैगरि, एउटा नयाँ कोलम थप्न, मेनुबारको “Insert” बटन क्लिक गरि “Columns”मा क्लिक गर्नुहोस
01:34 तपाई छानिएको कोलमको अगाडी एउटा नयाँ कोलम थपिएको देख्नुहुन्छ
01:40 अब हामीले गरेको बदलाव अंडू गरौँ
01:44 यदि तपाइले कुनै कोलमलाई यसलाई जनाउने अल्फाबेट वा कुनै पंक्तिलाई यसलाई जनाउने नम्बर क्लिक गरि छान्नुभएको छ भने राइट क्लिक गर्नुहोस र एउटा नयाँ कोलम वा पंक्ति थप्न, देखापर्ने ड्रपडाउन मेनुबाट Insert Columns वा Insert Rows विकल्प छान्नुहोस्
02:04 बैकल्पिक रुपमा, कुनै एउटा कोठालाई कर्सरले क्लिक गरि छान्नुहोस्, अनि राइट क्लिक गरि इन्सर्ट बिकल्प छान्नुहोस्,तपाइले यस्तो एउटा डायलग बक्स देख्नुहुनेछ
02:18 एउटा पंक्ति वा कोलम थप्न Entire Row वा Entire Column विकल्प छान्नुहोस्
02:25 एकैचोटी धेरै कोलम वा पंक्तिहरु थप्न, हामीले पहिले चाहिएको कोलम वा पंक्तिको संख्या लेफ्ट माउस बटन थिची राखी सुरुको कोठाको तल तानी रंगिन बनाउनुपर्छ, अनि चाहिएको आइड़ेन्टीफायरको नम्बरतिर तान्नुहोस
02:43 यहाँ हामीले ४ वटा कोठा रंगिन बनाएका छौं
02:47 नयाँ पंक्ति वा कोलम थप्ने,हामीले चर्चा गरेको कुनै एक तरिका अपनाउनुहोस्,म नयाँ पंक्तिहरु थप्न चाहन्छु, म अब छानिएको कोठामा राइट क्लिक गर्छु र इन्सर्ट विकल्प छान्नेछु
03:00 अर्को, म Entire Row विकल्प चहान्छु, “OK” बटन क्लिक गर्नुहोस, याद गर्नुहोस कि छानिएको पंक्ति माथि ४ नयाँ पंक्तिहरु थपिएका छन
03:14 अब, हामी कसरी कोलमलाई एउटा वा समूहमा मेट्ने हेर्नेछौं
03:20 एउटा कोलम वा पंक्ति मेट्न, पहिले तपाइले मेट्न चाहनुभएको कोलम वा पंक्ति छान्नुहोस्
03:28 उदाहरणको लागि, यदि हामी “Laundry”लेखिएको कोलम मेट्न चाहन्छौं भने, पहिले त्यो कोलमको एउटा कोठा क्लिक गरेर छानौं
03:37 अब, कोठामा राइट क्लिक गरि “Delete” विकल्पमा क्लिक गर्नुहोस
03:43 “Delete Cells”नाम भएको एउटा डायलग बक्स देखापर्छ
03:47 अब, “Shift cells up” बिकल्पमा क्लिक गरौँ अनि “OK” बटनमा क्लिक गर्नुहोस
03:53 तपाई कोठा मेटिएको देख्नुहुन्छ र यो मुनिको कोठा माथि जान्छ अब बदलाब अंडू गरौँ
04:01 अब, कसरी एकैचोटी धेरै पंक्ति र कोलमहरु कसरी मेट्ने सिकौं
04:08 उदाहरणको लागि,यदि हामी “Miscellaneous” लेखिएको पंक्ति मेट्न चाहन्छौं भने, पहिले यसको सिरियल नम्बर 6 भएको कोठा छान्नुहोस्
04:18 अब, यो कोठामा लेफ्ट माउस बटन थिची राखी यसलाई पुरै पंक्तितिर तान्नुहोस, वैकल्पिक रुपमा मेट्नपर्ने पंक्तिको नम्बरमा क्लिक गर्नुहोस, पुरै पंक्ति रंगिन हुन्छ
04:33 कोठामा राइट क्लिक गर्नुहोस र “Delete” विकल्पमा क्लिक गर्नुहोस
04:38 “Delete Cells”डायलग बक्स देखापर्छ
04:43 अब, “Shift cells up”विकल्पमा क्लिक गर्नुहोस र “OK” बटन क्लिक गर्नुहोस
04:48 तपाई पुरै पंक्ति मेटिएको देख्नुहुन्छ र मुनिको पंक्ति माथि सर्छ
04:55 यसैगरि हामी पंक्तिको सट्टा कोलम छानी कोलम मेट्न सक्छौं हामीले गरेको बदलाब अंडू गरौँ
05:04 एउटा सिटमा कसरी धेरै पंक्ति र कोलमहरु थप्ने र मेट्ने सिकेपछि, हामी अब कसरी क्याल्कमा सिटहरु थप्ने र मेट्ने सिक्छौं
05:14 क्याल्कमा नयाँ सिट थप्ने बिभिन्न तरिकाहरु छन्, हामी एक-एक गरि हरेकको बारेमा जान्नेछों
05:23 सबै तरिकामा पहिलो कदम भनेको हामीले सिट थप्न चाहेको संगैको अर्को सिट छान्नु हो
05:30 अब मेनुबारबाट“Insert” बिकल्पमा क्लिक गर्नुहोस र “Sheet”मा क्लिक गर्नुहोस
05:36 “Insert Sheet”डायलग बक्स खुल्छ
05:41 अब,नयाँ सिट हालको सिटपछि थप्न, “After current sheet” रेडियो बटन छान्नुहोस्
05:49 “Name” फिल्डमा नयाँ सिटको नाम “Sheet 4”देखाईएको छ,यो सिस्टमले दिएको नाम हो, यदि तपाई चाहनुहुन्छ भने यसको नाम फेरी दिन सक्नुहुन्छ
06:01 अब, “OK”बटनमा क्लिक गर्नुहोस, हामी देख्छौं कि हाम्रो हालको सिटपछि एउटा नयाँ सिट थपिएको छ
06:09 नयाँ सिट थप्ने अर्को तरिका भनेको हालको सिटको विन्डोको तल्लो बायाँ कुनाको ट्याबमा क्लिक गरि “Insert Sheet” विकल्प क्लिक गर्नुहोस
06:19 तपाई सिटको स्थान,संख्या र नाम छानी “OK” बटनमा क्लिक गर्न सक्नुहुन्छ,यसले त्यसै अनुरुप सिट थप्नेछ
06:31 अर्को सिट थप्ने सामान्य तरिका भनेको सिट ट्याबसंगैको प्लस चिन्हको “Add Sheet” बटनमा क्लिक गर्ने हो
06:43 यसलाई क्लिक गरेपछि आफै सिटको शृंखलाको अन्त्यमा एउटा सिट थपिनेछ
06:51 नयाँ सिट थप्ने अन्तिम तरिका भनेको सिट ट्याबसंगैको प्लस चिन्हको “Add Sheet” संगैको खाली ठाउमा क्लिक गरि “Insert Sheet” डायलग बक्स प्रयोग गर्ने हो
07:06 खाली ठाउँमा क्लिक गर्दा, हामी “Insert Sheet” डायलग बक्स देख्न सक्छौं
07:13 तपाई सिटको विवरण डायलग बक्समा इन्टर गरि “OK” बटन क्लिक गर्न सक्नुहुन्छ
07:20 क्याल्कमा कसरी सिट थप्ने सिकेपछि अब हामी कसरी सिट मेट्ने सिक्नेछौं
07:27 सिट एउटा वा समूहमा मेट्न सकिन्छ
07:31 एउटा सिट मेट्न, तपाइले मेट्न चाहनुभएको सिटको ट्याबमा राइट क्लिक गर्नुहोस र देखापर्ने मेनुमा “Delete Sheet” बिकल्पमा क्लिक गरि “Yes” विकल्पमा क्लिक गर्नुहोस
07:45 तपाई सिट मेटिएको देख्नुहुनेछ
07:48 कुनै सिट मेट्ने अर्को तरिका भनेको मेनुबारको “Edit” विकल्प प्रयोग गर्ने हो
07:55 उदाहरणको लागि, यदि म सूचीबाट “Sheet 3” मेट्न चाहन्छु भने,मेनुबारको“Edit”बिकल्पमा क्लिक गरि “Sheet” विकल्पमा क्लिक गर्नुहोस
08:05 अब, देखापर्ने मनुको “Delete” विकल्प अनि “Yes”विकल्पमा क्लिक गर्नुहोस
08:12 तपाई सिट मेटिएको देख्नुहुनेछ, अब हामीले डकुमेन्टमा गरेका बदलाबहरु अंडू गरौँ
08:19 धेरै सिट मेट्न, उदाहरणको लागि हामी “Sheet 2” र “Sheet 3” मेट्न चाहन्छौं, त्यसो भए पहिले “Sheet 2”ट्याबमा र किबोर्डको“Shift”बटन थिची राखी “Sheet 3” ट्याबमा क्लिक गर्नुहोस
08:36 अब, कुनै एक ट्याब माथि राइट क्लिक गर्नुहोस र देखापर्ने मेनुको “Delete Sheet”विकल्पमा क्लिक गर्नुहोस अनि “Yes”विकल्पमा क्लिक गर्नुहोस
08:47 तपाई सिटहरु मेटिएको देख्नुहुन्छ, थप जान्न, पहिले हामी गरेको बदलाब अंडू गरौँ
08:56 कुनै निश्चित सिट मेट्ने अर्को तरिका भनेको मेनुबारको “Edit”विकल्प प्रयोग गर्ने हो
09:03 उदाहरण, यदि हामी सुचिबाट “Sheet 6” र “Sheet 7” मेट्नचाहन्छौं भने मेनुबारको “Edit” विकल्प अनि “Sheet” विकल्पमा क्लिक गर्नुहोस
09:14 अब, देखापर्ने मेनुबाट “Select” विकल्पमा क्लिक गर्नुहोस
09:19 देखिएको डायलग बक्समा, “Sheet 6” विकल्प अनि किबोर्डको “Shift”बटन थिची राखी “Sheet 7” विकल्पमा क्लिक गर्नुहोस
09:30 “OK” बटनमा क्लिक गर्नुहोस, यसले हामीले मेट्न चाहेको सिटहरु छान्दछ
09:37 फेरी मेनुबारको“Edit” अनि “Sheet” विकल्पमा क्लिक गर्नुहोस
09:45 देखापर्ने मेनुबाट “Delete”विकल्प छानी “Yes” विकल्पमा क्लिक गर्नुहोस
09:51 तपाई छानेको सिट मेटिएको देख्नुहुन्छ
09:56 क्याल्कमा कसरी सिटहरु मेट्ने सिकेपछि, अब हामी एउटा स्प्रेडसिटलाई फेरी नाम कसरी दिने सिक्छौं
10:03 यदि तपाइले स्प्रेडसिटमा हेर्नुभयो भने, डिफल्टमा बिभिन्न सिटहरुलाई “Sheet 1”, “Sheet 2”, “Sheet 3” र त्यसैगरी नाम दिईएको छ
10:13 यसले कम सिट भएको एउटा सानो स्प्रेडसिटमा काम गर्छ तर धेरै सिट भएमा कष्टकर हुन्छ
10:21 क्याल्कले हाम्रो इच्छानुसार सिटहरुलाई फेरी नामांकरण गर्न दिन्छ
10:27 उदाहरणको लागि, यदि म “Sheet 4”लाई “Dump”नाम दिन चाहन्छु भने तपाई यो खाली “Sheet 4”ट्याब मुनि दुइचोटी क्लिक गरि गर्न सक्नुहुन्छ
10:37 तपाई “Rename Sheet”डायलग बक्स खुलेको देख्नुहुनेछ, डिफल्टमा त्यहाँ टेक्स्टबक्समा “Sheet 4” लेखिएको हुन्छ
10:47 अब, डिफल्टको नाम मेट्नुहोस र नयाँ नाम “Dump”टाइप गर्नुहोस
10:52 “OK” बटन क्लिक गर्नुहोस,तपाई “Sheet 4” ट्याबको नाम “Dump”भएको देख्नुहुन्छ अब, Sheets 5र Dumpलाई मेटौं
11:02 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
11:08 हामीले सिकेका कुरा संक्षेपमा हेरौं: पंक्ति र कोलमहरु इन्सर्ट र डिलिट गर्ने
11:14 सिटहरु इन्सर्ट र डिलिट गर्ने सिटको फेरी नाम दिने
11:19 बोध कार्य, “Spreadsheet Practice.ods” फायल खोल्नुहोस्
11:25 “Serial Number”हेडिंग भएको पंक्ति मेट्नुहोस,यसलाई “Department Sheet”भनि पुन नाम दिनुहोस
11:32 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
11:36 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:44 स्पोकन ट्युटोरीअल टिम स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:50 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया, कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
11:59 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
12:12 यस मिसन सम्बन्धि थापा जानकारी यो लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
12:22 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble