LibreOffice-Suite-Calc/C2/Introduction-to-LibreOffice-Calc/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 इन्ट्रोडक्सन टू लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी यी कुराहरु सिक्नेछौं:
00:08 LibreOffice Calc को परिचय
00:12 LibreOffice Calcमा विभिन्न टूलबारहरु
00:16 कसरी Calcमा नयाँ डकुमेन्ट बनाउने
00:18 कसरी एउटा डकुमेन्ट खोल्ने
00:21 कसरी Calcमा एउटा डकुमेन्ट सेभ गर्ने र बन्द गर्ने
00:26 LibreOffice Calc , LibreOffice Suiteको स्प्रेडसिट भाग हो
00:32 Writerले धेरै मात्रामा टेक्स्ट जानकारीमा काम गरे जस्तै स्प्रेडसिटले संख्यात्मक जानकारीसंग काम गर्छ
00:40 यसलाई नम्बरहरुको भाषाको सफ्टवेर भन्न सकिन्छ
00:44 यो Microsoft Office Suite को Microsoft Excel जस्तै हो
00:49 यो एउटा निशुल्क र खुला स्रोत हो जसलाई कपि, पुनः प्रयोग र निशुल्क बाड्न सकिन्छ
00:57 LibreOffice सुट सुरु गर्न, तपाई Microsoft Windows 2000 वा माथिका संस्करणहरु जस्तै MS Windows XP वा MS Windows 7 वा तपाई GNU/Linux पनि अपरेटिंग सिस्टमको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
01:14 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ संस्करण अपरेटिंग सिस्टममा लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्दैछौं
01:26 यदि तपाइसंग लिब्रे अफिस सुट इन्स्टल छैन भने तपाई सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि Calc इन्स्टल गर्न सक्नुहुन्छ
01:35 सिन्यापटिक प्याकेज म्यानेजरको बारेमा अझ जान्न कृपया यो वेबसाइटको उबुन्टु लिनक्स ट्युटोरीअल हेर्नुहोला र तलको निर्देशन प्रयोग गरि लिब्रे अफिस सुट डाउनलोड गर्नुहोस
01:50 बिस्तृत निर्देशनहरु लिब्रे अफिस सुटको पहिलो ट्युटोरीअलमा उपलब्ध छ
01:56 सम्झनुहोस कि इन्स्टल गर्दा Calc को लागि “Complete” इन्स्टल छान्नुहोस्
02:01 यदि तपाइले लिब्रे अफिस सुट पहिले नै इन्स्टल गरिसक्नुभएको छ भने तपाइको स्क्रिनको माथि रहेको “Applications” विकल्पमा क्लिक गर्दा LibreOffice Calc पाउनुहुनेछ र “Office” र “LibreOffice” बिकल्पमा क्लिक गर्नुहोस
02:17 विभिन्न लिब्रे अफिस सामग्री सहित एउटा नयाँ डायलग बक्स देखापर्छ
02:22 LibreOffice Calc प्रयोग गर्न, नयाँ डायलग बक्सको “Spreadsheet”मा क्लिक गर्नुहोस
02:30 यसले मुख्य क्याल्क विन्डोमा एउटा खाली डकुमेन्ट खोल्छ
02:35 अब, क्याल्क विन्डोको मुख्य अंगहरु हेरौं
02:40 Calcको डकुमेन्टलाई वर्कबुक भनिन्छ, एउटा वर्कबुकमा धेरै सिट सहितको स्प्रेडसिट हुन्छ
02:48 हरेक स्प्रेडसिटमा कोठाहरु पंक्ति र कोलममा मिलाईएका हुन्छन, हरेक पंक्ति एउटा नम्बर र हरेक कोलम एउटा अक्षरले जनाउछ
02:58 एउटा पंक्ति र कोलमको काटिएको भाग जनाउने कुनै एउटा कोठा बुझाउन सम्बन्धित पंक्ति नम्बर र कोलमको अक्षर प्रयोग गरिन्छ
03:09 कोठाहरुमा टेक्स्ट, नम्बरहरु, फर्मुला र हेर्न र हेरफेर गर्नको लागि थप डाटा राख्न सकिन्छ
03:18 हरेक स्प्रेडसिटमा धेरै सिट र हरेक सिटमा १० लाख भन्दा बढी पंक्ति र एक हजार जति कोलम हुन्छ जसमा एउटा सिटमा मात्र १ सय करोड कोठाहरु हुन्छन
03:33 क्याल्क विन्डोमा विभिन्न टूलबार जस्तै टाइटल बार, मेनु बार, स्ट्याण्डर्ड टूलबार, फर्मेटिंग बार, फर्मुला बार र स्ट्याटस बार आदि रहेका छन
03:45 यी टूलबार बाहेक त्यहाँ माथि दुई अन्य क्षेत्रहरु“Input line” र “Name box” छन्
03:54 टूलबारमा हामीले अति प्रयोग गर्ने विकल्पहरु रहेका छन जुन हामी यस ट्युटोरीअलमा अघि बढ्दै जादाँ सिक्नेछौं
04:02 अब, तपाईको तल्लो बायाँ कुनामा, “Sheet1”, “Sheet 2” र “Sheet 3”नाम गरेका स्प्रेडसिट रहेका छन
04:13 यी ट्याबहरुले हरेक सिटमा सेतो ट्याब सहित हेर्न मिल्ने सिट देखाउछन
04:21 अर्को सिटमा क्लिक गर्नाले त्यो सिट देखाउछ र त्यसको ट्याब सेतो हुन्छ
04:28 स्प्रेडसिटको मुख्य भाग जहाँ डाटा इन्टर गरिन्छ त्यहाँ बिभिन्न कोठाहरु ग्रिडको रुपमा रहन्छ, हरेक कोठा एउटा पंक्ति र कोलममा काटिएको छ
04:41 कोलमहरुको माथि र पंक्तिहरुको बायाँ अक्षर र नम्बरहरु सहितको बक्सको शृंखला रहेको छ, यी कोलम र पंक्तिका हेडर हुन्
04:53 कोलम “A”मा सुरु हुन्छ र दायाँ जान्छ र पंक्ति “1”मा सुरु हुन्छ र तल जान्छ
05:01 यी कोलम र पंक्तिका हेडरले कोठाको जानकारी राख्छ जुन “Name Box” फिल्डमा देखापर्छ
05:07 क्याल्कको बिभिन्न अंगहरुको जानकारी लिएपछि अब हामी लिब्रे अफिस क्याल्कमा कसरी नयाँ डकुमेन्ट खोल्ने भनि सिक्नेछौं
05:17 तपाई स्ट्याण्डर्ड टूलबारको “New” आइकनमा क्लिक गरि नयाँ डकुमेन्ट खोल्न सक्नुहुन्छ वा मेनुबारको “File”बिकल्प अनि “New” र अन्त्यमा “Spreadsheet” विकल्प क्लिक गर्न सक्नुहुन्छ
05:33 तपाई दुबै अवस्थामा नयाँ क्याल्क विन्डो खुलेको देख्न सक्नुहुन्छ
05:39 अब, हामी स्प्रेडसिटमा कसरी एउटा “Personal Finance Tracker” बनाउने सिक्नेछौ
05:45 अब, स्प्रेडसिटको केहि कोठाहरुमा कसरी डाटा इन्टर गर्ने हेरौं
05:50 त्यसैले स्प्रेडसिटको पहिलो सिटको कोठाको सन्दर्भ A1मा क्लिक गर्नुहोस
05:56 हेडिंग “SN” टाइप गरौँ जसको मतलब हामीले स्प्रेडसिटमा राख्ने बस्तुको क्रमसंख्या हो
06:05 अब, B1 कोठा सन्दर्भमा क्लिक गरि अर्को हेडिंग “Items” टाइप गरौँ
06:11 हामीले स्प्रेडसिटमा प्रयोग गर्ने सबै बस्तुहरु यो हेडिंग मुनि रहनेछन
06:18 यसैगरी,क्रमशः कोठाहरु C1, D1, E1, F1 र G1मा क्लि गरि हेडिंगको नाम “Cost”, “Spent”, “Received”, “Date” र “Account” लेख्नुहोस
06:33 हामी पछि हरेक कोलम मुनि डाटा इन्टर गर्नेछौं
06:39 एकचोटी स्प्रेडसिटमा लेख्ने काम सकेपछि पछिको लागि यसलाई सेभ गर्नुपर्छ
06:44 यो फायल सेभ गर्न,मेनुबारको “File” अनि “Save As” विकल्पमा क्लिक गर्नुहोस
06:51 एउटा डायलग बक्स देखापर्छ जहाँ तपाइले “Name” फिल्डमा आफ्नो फायलको नाम इन्टर गर्नुपर्छ
06:59 फायलको नाम “Personal Finance Tracker”इन्टर गर्नुहोस
07:04 “Name” फिल्ड मुनि “Save in folder” फिल्ड रहेको छ जहाँ तपाइको फायल रहने फोल्डरको नाम राख्नुपर्छ
07:14 त्यसैले “Save in folder” फिल्डको डाउन एरोमा क्लिक गर्नुहोस
07:18 फोल्डरको सूची देखापर्छ, यहाँ हामी आफुले चाहेको फोल्डर छान्न सक्छौं
07:26 हामी “Desktop” विकल्पमा क्लिक गर्छौं
07:28 र फायल डेस्कटपमा सेभ हुनेछ
07:34 अब, डायलग बक्सको “File type” बिकल्पमा क्लिक गर्नुहोस
07:37 यसले तपाइलाई धेरै फायलको प्रकार वा एक्सटेन्सन देखाउछ जसमा हामी हाम्रो फायल सेभ गर्नेछौं
07:46 लिब्रे अफिस क्याल्कको डिफल्ट फायलको प्रकार “ODF Spreadsheet” हो जसले “डट ods”एक्सटेन्सन दिन्छ
07:56 ODFको मतलब Open Document Format हो
08:01 dot ods फर्म्याटमा सेभ गरेको फायल लिब्रे अफिस क्याल्कमा खोल्न सकिन्छ, साथै तपाइको फायललाई dot xml, dot xlsx र dot xls फर्म्याटमा सेभ गरि MS Office Excel प्रोग्राममा खोल्न सकिन्छ
08:20 अर्को चर्चित फायल एक्सटेन्सन जुन प्राय प्रोग्राममा खुल्छ त्यो dot csvहो
08:28 यो प्राय स्प्रेडसिट डाटालाई टेक्स्ट फायल फर्म्याटमा भण्डार गर्न प्रयोग गरिन्छ जसले फायलको साइज उल्लेख्य मात्रामा घटाउछ र सजिलै सार्न पनि सकिन्छ
08:38 हामी “ODF Spreadsheet” विकल्पमा क्लिक गर्छौं
08:43 तपाई फायलको प्रकार, “ODF Spreadsheet र ब्राकेट भित्र, dot ods” “File type” बिकल्प संगै देख्नुहुनेछ
08:53 “Save” बटनमा क्लिक गर्नुहोस
08:55 यसरी तपाई क्याल्क विन्डोमा फर्कनुहुनेछ जसको टाइटल बारमा तपाइले दिएको फायलको नाम र एक्सटेन्सन छ
09:03 माथि चर्चा गरिएका फर्म्याट बाहेक, स्प्रेडसिटलाई “dot html” फर्म्याटमा पनि सेभ गर्न सकिन्छ जुन एउटा वेबपेज फर्म्याट हो
09:13 यो पहिले बर्णन गरेजस्तै गरिन्छ
09:18 मेनुबारको“File” विकल्पमा अनि “Save As” बिकल्पमा क्लिक गर्नुहोस
09:24 अब, ”File Type” विकल्प अनि “HTML Document र ब्राकेटभित्र OpenOffice dot org Calc” बिकल्पमा क्लिक गर्नुहोस
09:36 यो विकल्पले डकुमेन्टलाई “dot html” एक्सटेन्सन दिन्छ
09:41 “Save” बटनमा क्लिक गर्नुहोस
09:44 अब डायलग बक्सको“Ask when not saving in ODF format” बिकल्पमा एउटा चेक राख्नुहोस
09:50 अन्त्यमा “Keep Current Format” बिकल्पमा क्लिक गर्नुहोस
09:54 तपाई देख्नुहुनेछ कि डकुमेन्ट dot html एक्सटेन्सनमा सेभ हुन्छ
10:00 यो फर्म्याट हामीले हाम्रो स्प्रेडसिटलाई वेबपेजको रुपमा वेब ब्राउजरले खोल्न चाहेमा प्रयोग गर्न सक्छौं
10:10 डकुमेन्टलाई खाली स्ट्याण्डर्ड टूलबारको “Export Directly as PDF”बिकल्प क्लिक गरि PDF फर्म्याटमा लैजान सकिन्छ
10:20 पहिले जस्तै सेभ गर्न चाहेको स्थान छान्नुहोस्
10:24 बैकल्पिक रुपमा तपाई मेनुबारको “File” बिकल्प अनि “Export as pdf” बिकल्पमा क्लिक गरि सो कार्य गर्न सक्नुहुन्छ
10:33 देखापरेको डायलग बक्सको “Export” बिकल्पमा क्लिक गरि “Save” बटन क्लिक गर्नुहोस
10:40 एउटा पिडिएफ फायल बन्नेछ
10:44 फायल अनि क्लोजमा क्लिक गरि यो फायल बन्द गरौँ
10:50 अब, हामी कसरी लिब्रे अफिस क्याल्कमा भइरहेको डकुमेन्ट खोल्ने भनि सिक्नेछौ
10:56 हाल भएको डकुमेन्ट खोल्न, मेनुबारको “File” मेनु अनि “Open” बिकल्पमा क्लिक गर्नुहोस
11:06 स्क्रिनमा एउटा डायलग बक्स देखापर्छ
11:09 यहाँ तपाइले आफ्नो डकुमेन्ट सेभ गर्नुभएको फोल्डर पत्ता लगाउनुहोस
11:14 अनि डायलग बक्सको माथिल्लो बायाँ कुनाको सानो पेन्सिल बटनमा क्लिक गर्नुहोस यसको नाम, “Type a file name”रहेको छ
11:23 यसले “Location Bar” फिल्ड खोल्छ
11:25 यहाँ,तपाइले खोज्नुभएको फायलको नाम टाइप गर्नुहोस
11:30 हामी फायलको नाम“Personal Finance Tracker”टाइप गर्छौं
11:35 अब, देखापर्ने फायलको सूचीमा “Personal Finance Tracker dot ods”छान्नुहोस्
11:43 अब, “Open” बटनमा क्लिक गर्नुहोस
11:45 तपाई Personal Finance Tracker.ods फायल खुलेको देख्नुहुन्छ
11:51 बैकल्पिक रुपमा तपाई भइरहेको फायल टूलबारको माथि “Open” आइकनमा क्लिक गरेर र बाकी प्रकृया पहिले जस्तै गर्न सक्नुहुन्छ
12:02 तपाई क्याल्कमा Microsoft Excelको dot xls” र “dot xlsx”एक्सटेन्सन फायल पनि खोल्न सक्नुहुन्छ
12:13 अर्को कसरी कुनै फायललाई हेरफेर गरि सोहि फायलको नाममा सेभ गर्ने हेर्नेछौं
12:20 फायलको हेडिंगलाई गाढा र यसको फन्ट साइजलाई ठुलो बनाएर हेरफेर गरौँ
12:26 पहिले A1कोठामा क्लिक गर्नुहोस,लेफ्ट माउस बटन क्लिक गरि यसलाई सबै हेडिंगतिर तानेर “SN”, “Cost”, “Spent”, “Received”, “Date” र “Account” छान्नुहोस्
12:42 यसले टेक्स्ट छानी यसलाई रंगिन बनाउछ,अब माउस बटन छोड्नुहोस,टेक्स्ट रंगिन भएको हुनुपर्छ,अब, स्ट्याण्डर्ड टूलबारको “Bold” आइकनमा क्लिक गर्नुहोस
12:56 हेडिंग अब गाढा हुन्छ
12:59 अब, हेडिंगको फन्ट साइज बढाऔं
13:03 हेडिंग छानौं र टूलबारको “Font Size” फिल्डमा क्लिक गर्नुहोस
13:09 ड्रपडाउन मेनुबाट, “14”छानौं
13:13 अब तपाई हेडिंगको फन्ट साइज बढेको देख्नुहुनेछ
13:17 अब, हामीले प्रायोग गरिरहेको फन्ट स्टाइल बदलौं
13:21 त्यसैले “Font Name” फिल्डको ड्रपडाउनमा क्लिक गरि फन्टको नाम “Bitstream Charter”छान्नुहोस्
13:31 चाहिएको फेरबदल गरेपछि “Save” आइकनमा क्लिक गर्नुहोस
13:36 यदि तपाई डकुमेन्ट सेभ गरेपछि यसलाई बन्द गर्न चाहनुहुन्छ भने मेनुबारको “File” मेनुको “Close” बिकल्पमा क्लिक गर्नुहोस
13:46 यसले तपाइको फायल बन्द गर्छ
13:50 यसरी हामी यस लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आएका छौं
13:54 संक्षिप्तमा हामीले यी कुरा सिक्यौं:
13:57 लिब्रे अफिस क्याल्कको परिचय
14:01 लिब्रे अफिस क्याल्कको विभिन्न टूलबारहरु
14:04 क्याल्कमा कसरि नयाँ डकुमेन्ट खोल्ने
14:07 भइरहेको डकुमेन्ट कसरी खोल्ने
14:10 कसरी क्याल्कमा कुनै डकुमेन्ट सेभ र बन्द गर्ने
14:14 बोध कार्य, क्याल्कमा एउटा डकुमेन्ट खोल्नुहोस्
14:20 यसलाई “Spreadsheet Practice.ods” को नाममा सेभ गर्नुहोस
14:25 हेडिंगको नाम “Serial number”, “Name”, “Department” र “Salary”लेख्नुहोस
14:31 हेडिंग अन्डरलाइन गरि यसको साइज १६मा बढाउनुहोस र फायल बन्द गर्नुहोस
14:39 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
14:42 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
14:45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
14:49 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
14:52 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14:59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15:00 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
15:05 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
15:10 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
15:17 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
15:21 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
15:28 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble