LibreOffice-Suite-Calc/C2/Formatting-Data/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस क्याल्कको फर्मेटिंग डाटा इन् क्याल्कको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी यो कुरा सिक्नेछौं: फर्मेटिंग बोडर्स, पृष्ठभूमिको रंग
00:12 टेक्स्टको धेरै लाइनहरु Automatic Wrapping प्रयोग गरि फर्मेटिंग गर्ने
00:18 कोठाहरु मर्ज गर्ने, टेक्स्टलाई कोठामा ठिक हुने गरि मिलाउने
00:22 यहाँ हामी उबुन्टु लिनक्स१०.०४ अपरेटिंग सिस्टम र लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्दैछौं
00:33 पहिले लिब्रे अफिस क्याल्कमा फर्मेटिंग बोडर्सबारे जानौं
00:39 हाम्रो “personal finance tracker.ods” फायल खोलौं
00:45 बोडर्सको फर्मेटिंग एउटा कोठामा वा कोठाहरुको ब्लकमा गर्न सकिन्छ
00:50 उदाहरणको लागि हेडिंगहरु “Serial Number”, “Item”, “Cost”, “Spent”, ”Received”, ”Date” र ”Account” फर्मेटिंग गरौँ
01:01 अब, पहिले “SN”ले जनाउने सिरियल नम्बरको हेडिंगमा क्लिक गरौँ
01:08 अब लेफ्ट माउस थिची राखी यसलाई हेडिंगहरु भएको कोठाहरु तिर तानौं
01:14 हेडिंगहरु भएको पुरै तेर्सो पंक्ति छानेपछि फर्मेटिंग टूलबारको “Borders”आइकनमा क्लिक गर्नुहोस
01:23 विभिन्न बोडर शैली सहितको एउटा ड्रप डाउन बक्स खुल्छ
01:28 तपाइले बोडरमा लागू गर्न चाहनुभएको एउटा शैलीमा क्लिक गर्नुहोस
01:33 म अन्तिम विकल्पमा क्लिक गर्दैछु,हामी बोडर हामीले छानेको शैली अनुसार परिवर्तन भएको देख्छौं
01:39 यो बदलाव अंडू गरौँ
01:45 छानिएका कोठाहरु अझै रंगिन छन, छानिएको ठाउँमा राइट क्लिक गर्नुहोस र “Format Cells” बिकल्प छान्नुहोस्
01:54 अब, “Borders” ट्याबमा क्लिक गर्नुहोस
01:56 तपाई “Line arrangement”, “Line”, “Spacing to contents” र “Shadow style”का विकल्पहरु देख्नुहुनेछ
02:05 यी हरेकमा देखाईएका क्याल्कको डिफल्ट सेटिंग हो
02:10 तर हामी हाम्रो आवश्यकता अनुसार यी मध्ये कुनैपनि छान्न सक्छौं
02:14 “User-defined”भित्र,तपाई एउटा सानो प्रिभ्यु विन्डोमा छानेको प्रिभ्यु देख्न सक्नुहुन्छ
02:22 म “Default”भित्रको तेस्रो बिकल्प छान्छु र तपाई यसको प्रिभ्यु, प्रिभ्यु विन्डोमा देख्न सक्नुहुन्छ
02:29 म “Style”, “Width” र “Color”पनि बदल्नेछु
02:33 फेरी प्रिभ्यु विन्डोमा बदलाव हेर्नुहोस
02:38 सामग्रीको अन्तरमा“Synchronize” विकल्प छानिएको छ
02:42 यसको मतलब सबै मार्जिनमा उही अन्तरमा राखिएका छन
02:47 तपाई यसलाई अनचेक गरि आफ्नो आवश्यकता अनुसार मार्जिनको अन्तर बदल्न सक्नुहुन्छ
02:53 म “Top” र “Bottom” मार्जिनलाई 1.4ptमा बदल्छु
03:00 म तपाइलाई विभिन्न Shadow शैलीहरु आफै पत्ता लगाउन छोड्दैछु
03:04 OKमा क्लिक गर्नुहोस
03:06 यसले छानेको शैली छानिएको कोठाहरुमा लागु गर्छ
03:11 कसरी बोडर्स फर्मेट गर्ने सिकेपछि, अब कसरी कोठाको पृष्ठभूमिमा रंग भर्ने हेरौं
03:18 कोठाहरुमा पृष्ठभूमि रंग भर्न, क्याल्कमा “Background Color”भन्ने विकल्प फर्मेटिंग बारमा रहेको छ
03:27 यो कसरी लागु हुन्छ हेरौं
03:30 उदाहरणको लागि,हेडिंग रहेका कोठाहरुमा पृष्ठभूमि रंग भरौं
03:36 पहिले, “SN”ले जनाउने सिरियल नम्बर हेडिंगको कोठामा क्लिक गरौँ
03:44 अब, लेफ्ट माउस बटन थिची राखी यसलाई अन्य हेडिंग भएका कोठातिर तान्नुहोस
03:50 हेडिंग भएका सबै पंक्तिहरु छानेपछि, फर्मेटिंग टूलबारको “Background Color” विकल्पमा क्लिक गर्नुहोस
04:00 एउटा मेनु देखापर्छ जहाँ तपाई चाहेको रंग पृष्ठभूमिमा भर्न छान्न सक्नुहुन्छ
04:08 “Grey” रंगमा क्लिक गर्नुहोस
04:11 तपाई हेडिंग भएका कोठाको पृष्ठभूमि कैलो भएको देख्न सक्नुहुन्छ
04:17 क्याल्कमा धेरै टेक्स्टको लाइन फर्मेट गर्ने बिभिन्न विकल्पहरु रहेका छन
04:22 पहिलो “Automatic Wrapping”प्रयोग गर्ने हो
04:26 "Automatic Wrapping” ले युजरलाई धेरै लाइन टेक्स्ट एकै कोठामा इन्टर गर्न दिन्छ
04:33 अब यो कसरी गरिन्छ हेरौं
04:37 अब, हाम्रो “personal finance tracker.ods” सिटको एउटा खाली कोठामा क्लिक गर्नुहोस
04:44 उदाहरणको लागि,कोठा नम्बर “B12”मा क्लिक गरौँ
04:49 अब कोठामा राइट क्लिक गर्नुहोस अनि “Format Cells” विकल्पमा क्लिक गर्नुहोस
04:54 डायलग बक्सको “Alignment” ट्याबमा क्लिक गर्नुहोस
04:58 डायलग बक्सको तल “Wrap text automatically” विकल्पमा क्लिक गरौँ र “OK” बटनमा क्लिक गरौँ
05:08 अब, टाइप गरौँ, “THIS IS A PERSONAL FINANCE TRACKER. IT IS VERY USEFUL”
05:11 हामी देख्न सक्छौं कि धेरै बाक्यहरु एकै कोठामा अटेका छन
05:19 बदलाव अंडू गरौँ
05:21 “Automatic Wrapping”को बारेमा जनेपछि, हामी क्याल्कमा कसरी कोठाहरु गाभ्ने सिक्छौं
05:29 हाम्रो “personal finance tracker.ods” फायलमा, यदि हामी “SN” हेडिंगको सिरियल नम्बर र तिनीहरुको सम्बन्धित बस्तुहरु भएको कोठाहरु जोड्न चाहन्छौं भने पहिले “SN” हेडिंग मुनिको डाटा इन्ट्री '1' मा क्लिक गर्नुहोस
05:46 अब, किबोर्डबाट “Shift” कि थिची राखी “Salary”र यसको सम्बन्धित बस्तुहरुको कोठामा क्लिक गर्नुहोस
05:55 यसरी दुई गाभिने कोठाहरु रंगिन हुन्छन्
05:59 अब मेनुबारको “Format” विकल्पमा क्लिक गर्नुहोस र “Merge Cells” विकल्प क्लिक गर्नुहोस
06:07 देखिने साइडबारमा “Merge Cells” विकल्पमा क्लिक गर्नुहोस
06:12 दुबै कोठाहरुको सामग्री एकै कोठामा सार्न, देखापर्ने डायलग बक्समा “Yes”विकल्पमा क्लिक गर्नुहोस
06:21 तपाई छानिएका कोठाहरु एकै कोठामा जोडिएका देख्नुहुनेछ र सामग्री पनि गाभिएको कोठामा सर्छ
06:31 अब “CTRL+Z”, एकैचोटी थिची हामीले गरेको गाभिएको कार्य अंडू गरौँ
06:37 अर्को हामी टेक्स्ट कसरी कोठामा अटाउने सिक्छौं
06:41 कोठामा डाटाको फन्टसाइज आफै ठिक भएर बस्छ
06:49 यो कसरी गर्ने हेरौं,B14कोठा सन्दर्भमा यो टेक्स्ट टाइप गरौँ, “This is for the month of January”
07:00 तपाई देख्नुहुन्छ कि टेक्स्ट कोठामा ठिक हुदैन
07:03 टेक्स्टलाई यसमा मिलाउन,पहिले कोठा सन्दर्भ B14 मा क्लिक गर्नुहोस
07:11 अब, मेनुबारको “Format” विकल्प अनि “Cells”मा क्लिक गरौँ
07:18 वैकल्पिक रुपमा, कोठामा राइट क्लिक गरि “Format Cells”मा क्लिक गर्नुहोस
07:24 तपाई “Format Cells” डायलग बक्स खुलेको देख्नुहुन्छ
07:28 डायलग बक्सको “Alignment” ट्याबमा क्लिक गरौँ
07:31 डायलग बक्सको तल, “Shrink to fit cell size” चेक बक्समा क्लिक गर्नुहोस र अनि “OK” बटनमा क्लिक गरौँ
07:41 तपाई सबै टेक्स्ट खुम्चिएको देख्नुहुन्छ र यसले आफ्नो फन्ट घटाई टेक्स्ट B14 कोठा सन्दर्भमा अटाउछ
07:54 बदलाव अंडू गरौँ
07:57 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
08:02 संक्षेपमा,हामीले यो कुराहरु सिक्यौं: क्याल्कमा फर्मेटिंग बोडर्स,पृष्ठभूमि रंग
08:09 Automatic Wrapping प्रयोग गरि धेरै लाइन टेक्स्ट फर्मेट गर्ने
08:14 कोठाहरु मर्जिंग गर्ने, टेक्स्ट कोठामा Shrink गर्ने
08:19 बोध कार्य
08:21 “spreadsheet practice.ods” सिट खोलौं
08:25 सबै हेडिंग छानौं
08:27 हेडिंगको पृष्ठभूमिमा निलो रंग भर्नुहोस्
08:31 “Automatic Wrapping” प्रयोग गरि यो टेक्स्ट टाइप गरौँ, “This is a Department Spreadsheet”
08:37 यो टेक्स्टलाई एउटा कोठामा Shrink गर्नुहोस
08:40 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
08:43 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
08:46 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:51 स्पोकन ट्युटोरीअल प्रोजेक्ट स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:56 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र परदन गर्छ
09:00 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
09:06 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
09:11 यसलाई नेसनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:18 यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
09:29 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ,कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद!नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble