LibreOffice-Suite-Base/C4/Indexes-Table-Filter-SQL-Command-window/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:03 यो ट्युटोरियलमा, हामीले तलको बिषय हेर्नेछौं:

Indexes टेबल फिल्टर र SQL Command window

00:14 पहिले इन्डेक्स हरुको बारे जानौं
00:16 इन्डेक्स के हो?
00:18 एउटा इन्डेक्स डाटाबेसको रेकर्डहरु पत्ता लगाउने र क्रममा राख्ने छिटो तरिका हो
00:26 हामी रेकर्डलाई इन्डेक्स राख्नुपर्ने टेबलको एउटा वा बढि फिल्डहरु छान्न सक्छौं
00:36 इन्डेक्सले छानिएका फिल्डहरुको आधारमा रेकर्डहरुको स्थान भण्डार गर्छ
00:43 त्यसैले डाटा पुनर्प्राप्ति गर्न, बेसले इन्डेक्स प्रयोग गरि डाटाको स्थान सिधै सार्न सक्छ
00:51 र यो सबै रेकर्डहरुमा डाटा खोज्नु भन्दा धेरै छिटो हुन्छ
00:59 टेबलको प्राइमरी कि स्वत इन्डेक्समा रहन्छ
01:03 अब हामी लाइब्रेरी डाटाबेस उदाहरणमा एउटा इन्डेक्स बनाउँ
01:09 हामी किताबको शिर्षकहरु खोज्ने काम छिटो गर्न Books टेबलमा Title कोलममा एउटा इन्डेक्स राख्छौं
01:18 यदि पहिले नै खोलेको छैन भने हाम्रो लाइब्रेरी डाटाबेस खोलौं
01:34 र Books टेबल एडिट मोडमा खोलौं
01:39 टेबल डिजाइन विन्डोमामा, Tools मेनुमा जाउँ र Index Design छानौं
01:48 Indexes विन्डोमा, बेसले प्राइमरी कि लाई पहिले नै एउटा यूनिक इन्डेक्स को रुपमा समाबेस गरेको याद गरौँ
01:57 हाम्रो इन्डेक्स बनाउन सबैभन्दा बायाँको आइकन ‘New Index’ मा क्लिक गरौँ
02:05 र दायाँ रहेको इन्डेक्स फिल्डको ड्रप डाउन लिस्टको Title मा क्लिक गरौँ
02:14 यहाँ हामी Ascending वा Descending क्रम छान्न सक्छौं
02:19 र बायाँको तेस्रो आइकनमा क्लिक गरेर यो इन्डेक्सलाई ‘IDX_Title’ नाम दिउँ र यो सँगैको Save आइकनमा क्लिक गरेर यसलाई सेभ गरौँ
02:37 ल, टाइटल फिल्डमा हाम्रो इन्डेक्स छ
02:42 यसरी, हामी बेस प्रयोग गरि टेबलहरुको इन्डेक्स बनाउन, एडिट गर्न,पुन नामांकरण गर्न वा मेट्न सक्छौं
02:51 यहाँ, तपाइको लागि एक कार्य छ:
02:54 मेम्बर्स टेबलको नेम्स मा एउटा इन्डेक्स बनाउँ र यसलाई ‘IDX_MemberName’ लेखौं
03:03 एउटा टेबल फिल्टर के हो हेरौं
03:07 टेबल फिल्टरले बेस डाटाबेसलाई अन्य एप्लिकेसनहरुबाट लुकाउन दिन्छ
03:15 उदाहरणको रुपमा, लाइब्रेरी डाटाबेसको बुक्स टेबल बाहेक सबै टेबलहरु लुकाऊ
03:22 अब, टूल्स मेनु मुनि टेबल फिल्टर उपलब्ध छ
03:27 यहाँ, ‘All Views’ ठिक गरौँ र Books टेबल ठिक गरौँ
03:33 मतलब, हामीले बुक्स टेबललाई मात्र अन्य एप्लिकेसनहरुमा देखिने बनाउदै छौं
03:39 अब, Ok बटनमा क्लिक गरौँ
03:43 अर्को View मेनुमा अनि Refresh Table मा क्लिक गरौँ
03:50 यहाँ बुक्स टेबल मात्र देखिने भएको याद गरौँ
03:54 साथै लिब्रे अफिस राइटर वा क्याल्कबाट यो डाटाबेस प्रयोग गर्नुपूर्व, हामी त्यहाँ Books टेबल मात्र देख्छौं
04:04 यहाँ अर्को कार्य छ:
04:06 १. लिब्रे अफिस राइटर खोलौं, लाइब्रेरी डाटाबेस खोलौं र त्यहाँ उपलब्ध टेबल जाचौं
04:14 २. बेसका सबै टेबलहरु देखिने बनाऊ
04:19 ३. र टेबल उपलब्ध भए/नभएको जाच्न लिब्रे अफिस बेस पुन खोलौं
04:26 अन्तत, SQL कमाण्ड विन्डोको बारेमा सिकौं
04:31 SQL कमाण्ड विन्डो प्रयोग गर्न Tools मेनुबाट SQL छानिन्छ
04:41 हामी यो विन्डो, डाटाबेसमा SQL स्टेटमेन्टहरु जारी गर्न प्रयोग गर्छौं
04:47 अब, हामी SQL क्वेरी एक्जिक्युट गर्न क्वेरिज प्रयोग गर्न सक्छौं तर त्यहाँ हामी डाटाबेसबाट डाटा माग्नमा मात्र सिमित हुनेछौं
04:59 मतलब, हामी त्यहाँ SELECT स्टेटमेन्टहरु मात्र जारी गर्न सक्छौं
05:04 तर हामी SQL स्टेटमेन्टहरु डाटा र टेबल संरचना फेरबदल गर्न वा त्यहाँ नयाँ टेबल रचना गर्न प्रयोग गर्न सक्दैनौं
05:14 र SQL कमाण्ड विन्डोले हामीलाई Data Manipulation र Data Definition Statements वा Language प्रयोग गर्न सघाउँछ
05:24 यी Data Manipulation Language, वा DML हुन्:
05:31 INSERT, UPDATE र DELETE डाटा
05:37 र Data Definition Language, वा DDL,को उदाहरणहरु यी हुन्:
05:45 CREATE TABLE, DROP TABLE र ALTER स्टेटमेन्टहरु
05:51 हामी पहिले एउटा DML को उदाहरण हेर्नेछौं
05:55 बेस विन्डोमा टूल्स मेनुबाट SQL Command Window खोलौं
06:02 बुक्स टेबलमा एउटा नयाँ रेकर्ड राख्न, “Command to execute” टेक्स्ट क्षेत्रमा यो टाइप गरौँ:
06:12 INSERT INTO "Books" ( "Title", "Author", "PublishYear", "Publisher", "Price") VALUES ('The Hobbit', 'J.R.R Tolkien', 2002, 'Oxford', 500);
06:45 Execute बटन क्लिक गर्नुपूर्व, कमाण्डलाई राम्रो सँग हेरौं
06:52 INSERT स्टेटमेन्टले टेबल र फिल्डको नामहरु को साथै नयाँ रेकर्डमा जाने Values सुचिकृत गर्छ
07:03 टेबलको नाम र फिल्डको नाम दोहोरो उद्धरण भित्र रहेको याद गरौँ
07:11 हामीलाई बेस केस सेंसिटिभ भएको थाहा छ र दोहोरो उद्धरणले हामीले रचना गरेको नामहरु जस्ताको तस्तै बेसले प्राप्त गरेको पक्का गर्छ
07:22 यदि हामीले उद्धरण प्रयोग गरेनौं भने बेसले स्वत सबै नामहरु माथिल्लो केसमा बदल्छ
07:31 यदि डाटा टाइप TEXT भएमा हामीले एकल उद्धरण प्रयोग गर्नुपर्छ
07:37 NUMERIC फिल्डलाई कुनै उद्धरणमा राख्नुपर्दैन
07:43 साथै, हामीलाई BookId फिल्ड पनि समाबेस गर्नुपर्दैन किनभने यो एउटा AutoNumber फिल्ड हो
07:51 बेसले स्वत उत्पादन हुने नम्बरहरुको ध्यान दिन्छ
07:56 त्यसैले SQL एक्जिक्युट गरौँ, ‘Command successfully executed’ मेसेज याद गरौँ
08:05 यदि हामीले लेखेको SQL मा केहि गल्ति भएमा बेसले यसलाई चिन्ने छ
08:12 Books टेबलमा दोहोरो क्लिक गरौँ र हामीले भर्खर राखेको रेकर्ड हेरौं
08:18 यो अन्तिम पंक्तिमा जोडिएको छ
08:23 अब एउटा DDL उदाहरण हेरौं
08:27 हामी एउटा Authors नामक टेबल बनाउने छौं जसमा AuthorId, Author र Country फिल्डहरु छन्
08:36 SQL कमाण्ड विन्डोमा स्क्रिनमा देखाए जस्तै टाइप गरौँ:
08:43 र यसलाई एक्जिक्युट गरौँ
08:47 टेबल सूचीमा फर्कौं र भ्यू मेनुबाट टेबल रिफ्रेस गरौँ
08:54 त्यहाँ हामीले भर्खर बनाएको नयाँ Authors टेबल छ
08:59 DML को बारेमा थप जान्न स्क्रिनमा देखाएको वेबसाइटमा हेर्नुहोस्
09:06 DDL को बारेमा अझ जान्न स्क्रिनमा देखाएको Wikipedia वेबसाइटमा जानुहोस्
09:13 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
09:16 1. UPDATE स्टेटमेन्ट प्रयोग गरि BookId 3, भएको किताबको मूल्य Rs. 300 राखौं
09:26 2. ‘'The Hobbit' शिर्षक भएको किताब मेटौं
09:30 3. Authors टेबलमा लेखकको नाम‘J.R.R. Tolkien’,र देशमा ‘England’ थपौं
09:41 4. DROP स्टेटमेन्ट प्रयोग गरि डाटाबेसको Authors टेबल ड्रप गरौं
09:47 यसले हामीलाई लिब्रे अफिस बेसको ट्युटोरियलको अन्त्यमा ल्याएको छ
09:52 संक्षेपमा, हामीले तलको बिषयहरु सिक्यौं: इन्डेक्सहरु टेबल फिल्टर र SQL कमाण्ड विन्डो
10:01 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ!
10:13 यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ!
10:18 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya