LibreOffice-Suite-Base/C3/Create-Subforms/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा, हामी यी कुराहरु कसरी गर्ने सिक्छौं
00:07 एउटा Subform बनाउन
00:09 यसको लागि, हाम्रो परिचित डाटाबेस उदाहरण हेरौं
00:15 र हामी तलको अवस्थाहरु मान्नेछौं:
00:18 हामी कसरी लाइब्रेरीको सम्पूर्ण सदस्यहरुलाई सुचिकृत गर्न सक्छौं?
00:22 र प्रत्येक सदस्यको लागि, हामी कसरी ती व्यक्तिले फिर्ता नगरेका किताबहरु मात्र हेर्न सक्छौं?
00:31 लाइब्रेरीको सम्पूर्ण सदस्य सुचिकृत गर्न फर्म बनाउने एउटा तरिका हो
00:36 र यसको तल सदस्यले अहिले सम्म नफर्काएको किताबहरु सुचिकृत गर्न एउटा सबफर्म बनाउने हो
00:44 हामीले एकपटक यो फर्म डिजाइन गरेपछि हामी फर्म अपडेट गर्न सक्छौं
00:49 उदाहरणको लागि, जब एउटा सदस्यले किताब फर्काउछ, हामी यो जानकारी अपडेट गर्न सक्छौं
00:55 र, यहाँ हामीले डिजाइन गर्ने फर्मको नमुना स्क्रिनसट छ
01:01 याद गरौँ यसले तल एउटा सबफर्म पनि देखाउँछ
01:06 हाम्रो लाइब्रेरी डाटाबेस खोलौं
01:09 हाम्रो अघिल्लो ट्युटोरियलमा, हामीले ‘History of Books Issued to Members’ क्वेरी बनायौं
01:17 अब हामी यो क्वेरी र मेम्बर्स टेबल हाम्रो नयाँ फर्म बनाउने आधारको रुपमा प्रयोग गर्छौं
01:25 पहिले क्वेरी नेममा राइट क्लिक गरि यो क्वेरी कपि गरौँ र पेस्टमा क्लिक गरौँ
01:34 पप-अप विन्डोमा हामी नयाँ क्वेरी नेम टाइप गरौँ: ‘Books Not Returned’
01:42 ‘Books Not Returned’ क्वेरी एडिट मोडमा खोलौं
01:48 Query Design विन्डोमा, खाली चेक्ड इन् भएका किताबहरु मात्र थप्न एउटा मापदण्ड थपौं
01:58 यसको लागि, CheckedIn मुनिको Criterion कोलममा ‘equals 0’ टाइप गरौँ
02:06 र इन्टर थिचौं
02:09 अब क्वेरी सेभ गरौँ र विन्डो बन्द गरौँ
02:13 मुख्य बेस विन्डोमा, बायाँ प्यानलमा Forms आइकनमा क्लिक गरौँ
02:20 र अनि ‘Use Wizard to create Form’ विकल्पमा क्लिक गरौँ
02:25 अब हामी परिचित फर्म विजार्ड देख्छौं
02:28 हाम्रो फर्म रचना गर्न बायाँ भएको ८ कदमहरु पालना गरौँ
02:34 पहिलो कदममा, field selection, ‘Table: Members’ छानौं
02:40 अनि, सबै फिल्डहरु दायाँ पट्टि सारौँ
02:46 र Next बटनमा क्लिक गरौँ
02:49 हामी दोस्रो कदममा छौं, एउटा सबफर्म सेट गरौँ
02:54 त्यसैले यहाँ, ‘Add subform’ चेकबक्स चेक गरौँ
02:59 र ‘Subform based on manual selection of fields’ बिकल्पमा क्लिक गरौँ
03:07 तेस्रो कदममा जाउँ, सबफर्म फिल्ड थपौं
03:11 यहाँ हामीले केहि मिनेट अगाडी बनाएको हाम्रो नयाँ क्वेरी कल गर्नेछौं
03:18 त्यसैले Tables वा Queries ड्रप-डाउनबाट ‘Query: Books Not Returned’ छानौं
03:26 र हामी स्क्रिनको दायाँ उपलब्ध फिल्डहरु मध्ये छानिएका फिल्डहरु देख्छौं
03:37 Next मा क्लिक गरौँ
03:39 चौथो कदम, Get joined fields
03:43 यहाँ माथिको दुई ड्रप डाउन बक्सहरुबाट हामी MemberId फिल्ड छान्नेछौँ किनकि यो मात्र सम्बन्ध जनाउने फिल्ड हो
03:53 र Next बटनमा क्लिक गरौँ
03:57 पाँचौं कदम, Arrange Controls
04:00 यहाँ हामी तेस्रो विकल्प छान्नेछौँ, दुवै फर्म र सबफर्मको लागि Data sheet
04:08 र Next बटनमा क्लिक गरौँ
04:11 छैठौं कदम, Set data entry
04:15 यहाँ, हामी विकल्पहरु छोडेर Next मा क्लिक गर्छौं
04:22 सातौं कदम, Apply Styles
04:26 फर्मको पृष्ठभूमिमा ग्रे छानौं
04:29 र अन्तिम कदममा जाउँ
04:32 आठौँ कदम, Set Name
04:36 हाम्रो फर्मलाई एउटा अर्थपूर्ण नाम दिउँ: ‘Members Who Need to Return Books’
04:45 र हामी केहि थप परिवर्तनहरु गर्न गइरहेकोले Modify form अप्सन क्लिक गरौँ
04:53 अब Finish बटनमा क्लिक गरौँ
04:56 फर्म डिजाइन विन्डोमा, त्यहाँ दुई तालिकामा डाटा सिट क्षेत्रहरु भएको याद गरौँ
05:04 माथिको लाई फर्म भनिन्छ र तलको लाई सबफर्म भनिन्छ
05:11 अब, फर्म माथि एउटा लेबल थपौं
05:15 हामी माथि फर्म कन्ट्रोलस् टूलबारको लेबल आइकनमा क्लिक गर्नेछौं र यसलाई फर्ममा कोर्नेछौँ
05:25 लेबल मा दोहोरो क्लिक गर्नाले यसको प्रोपर्टीज देखाउँछ
05:31 यहाँ हामी लेबलमा ‘Members of the Library’ टाइप गर्नेछौं
05:37 र फन्ट स्टाइललाई Arial, Bold र Size 12 मा बदलौं
05:47 यसैगरी, स्क्रिनमा देखाए जस्तै सबफर्म माथि एउटा दोस्रो लेबल थपौं
05:55 र यसलाई ‘List of Books to be returned by the member’ भनौं
06:00 अब, स्क्रिनमा देखाए जस्तै फर्मको लम्बाई घटाउँ
06:07 अनि फर्ममा Name फिल्डको लम्बाई बढाउँ
06:13 यसैगरी, सबफर्ममा बुक टाइटल फिल्ड लम्ब्याउ
06:21 यहाँ फन्ट Arial, Bold र Size 8 मा बदलौं
06:28 र फर्मको लागि पृष्ठभूमिको रंग सेतो र सबफर्मको लागि Blue 8 मा बदलौं
06:37 अर्को, MemberId कोलममा राइट क्लिक गरेर Hide कोलम विकल्प छानी यसलाई लुकाऊ
06:47 ल, हाम्रो काम सकियो,त्यसैले फर्म डिजाइन सेभ गरौँ र यसलाई जाचौं
06:54 मुख्य बेस विन्डोमा, ‘Members Who Need to Return Books’ मा दोहोरो क्लिक गरेर खोलौं
07:03 त्यहाँ फर्म छ
07:05 माथि वा तल गर्ने कि प्रयोग गरि मेम्बर्समा ब्राउज गरौँ
07:12 वा सामान्य रुपमा विविध सदस्य नामहरुमा क्लिक गरेर
07:16 याद गरौँ तलको सबफर्म रिफ्रेस हुन्छ र फिर्ता गर्नुपर्ने किताबहरु देखाउँछ
07:23 सबफर्ममा कुनै रेकर्ड छानौं
07:27 र वास्तविक फिर्ता गर्ने मितिमा ‘12/7/11’ टाइप गरौँ र CheckedIn चेक गरौँ
07:41 र इन्टर थिचौं
07:45 तलको Form Navigation टूलबारको Refresh आइकनमा क्लिक गरि फर्म रिफ्रेस गरौँ
07:56 हामीले भर्खर सम्पदान गरेको रेकर्ड यहाँ सुचिकृत नभएको याद गरौँ
08:02 मतलब किताब फिर्ता वा चेक्ड इन् भएको छ
08:07 ल, त्यहाँ, हाम्रो एउटा सबफर्म सहितको फर्म छ
08:11 यसले हामीलाई लिब्रे अफिस बेसको Subforms ट्युटोरियलको अन्त्यमा ल्याएको छ
08:17 संक्षेपमा हेर्दा, हामीले कसरी
08:20 एउटा सबफर्म बनाउने सिक्यौं
08:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ, यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya