LibreOffice-Suite-Base/C2/Modify-a-Report/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी यो कुरा सिक्नेछौं
00:09 रिपोर्टको लेआउट र यसको रुपरंग अनुकुल बनाएर फेरबदल गर्ने
00:16 यसको लागि हामी हाम्रो परिचित Library डाटाबेस लिन्छौं
00:23 अघिल्लो टूयूटोरियालमा हामीले एउटा रिपोर्ट कसरी बनाउने सिक्यौं
00:28 र हामीले ‘Books Issued to Members: Report History’ नामक एउटा रिपोर्ट बनायौं अब हामी यो रिपोर्ट कसरी फेरबदल गर्ने सिक्छौं
00:40 यो Library डाटाबेसमा,
00:42 बायाँ पट्टिको Reports आइकनमा क्लिक गरौँ
00:47 दायाँपट्टि, हामी रिपोर्ट लिस्टमा ‘Books Issued to Members: Report History’ रिपोर्ट देख्छौं
00:57 यसमा राइट क्लिक गरौँ र त्यसपछि रिपोर्ट फेरबदल वा सम्पादन गर्न Edit मा क्लिक गरौँ
01:08 अब हामी नयाँ विन्डो देख्छौं जसलाई Report Builder window भनिन्छ
01:14 यो स्क्रीन मुख्य तीन खण्डले बनेको छ
01:19 Page Header र Footer खण्डले माथि र तलको भाग जनाउँछ
01:26 त्यसपछि Header खण्ड
01:29 र Detail खण्ड
01:34 हामी एउटा रेकर्ड हेडर र फूटर खण्ड थप्न सक्छौं
01:40 मुख्य स्क्रिनको सेतो क्षेत्रमा राइट क्लिक गरेर ‘Insert Report Header/Footer’मा क्लिक गरौँ
01:51 हामी स्क्रीनको बायाँपट्टि सुन्तला रंगको क्षेत्रमा दोहोरो क्लिक गरेर यी खण्डहरुलाई घटाउन र बढाउन सक्छौं
02:00 हामी अगाडी बढ्नु अघि Report डिजाइन विन्डोको स्क्रीनसट हेरौं
02:06 हामी हाम्रो रिपोर्ट डिजाइन यस्तो देखियोस् भनेर बदल्दैछौं
02:11 हामी केही टेक्स्ट लेबलहरु, फन्ट, फर्मेटिंग थप्नेछौँ र बिभिन्न खण्डहरु बीचको ठाउँ मिलाउनेछौं
02:20 ल अब हामी रिपोर्टमा केही हेडर र फूटर थपौं
02:27 यसो गर्न, हामी Label फिल्ड आइकनमा क्लिक गरौँ
02:31 माथिको मेनूबार मूनिको Report Controls टूलबारमा
02:40 अहिले देखाएको जस्तै यसलाई Report Header क्षेत्रमा कोरौं
02:48 र यसको प्रोपर्टीज दायाँपट्टि ल्याउन Label मा दोहोरो क्लिक गरौँ
02:55 यहाँ ‘Books Issued to Members:’ टाइप गरौँ
03:00 लेबलमा Report History’ लेखौं र Enter थिचौं
03:07 फन्ट स्टाइल बदलौं; Arial Black, Bold र Size 12 छानौं
03:17 र Ok बटन मा क्लिक गरौँ
03:21 अब स्क्रीनमा देखाए जस्तै हामी अर्को लेबल, रिपोर्ट फूटरमा थपौं
03:31 उदाहरण, ‘Report Prepared by Assistant Librarian’ टाइप गरौँ
03:42 र त्यसपछि फन्ट स्टाइललाई Arial, Bold Italic र Size 8 मा बदलौं
03:51 अब हामी त्यहि कदमहरु पुन दोहराउछौँ र Page Footer क्षेत्रमा लेबल थप्छौँ
03:59 अब हामी लेबलमा, ‘Nehru Library, New Delhi’ टाइप गर्छौं
04:09 र फन्ट स्टाइललाई Arial, Bold Italic र Size 8 मा बदल्छौँ
04:20 अब हामी स्पेसिंग मिलाउछौँ
04:24 सुरुमा हामी Page Header र Report Header को बीचको ग्रे लाइनमा दोहोरो क्लिक गरेर Page Header क्षेत्र कम गर्छौं
04:37 र हामी click, drag र drop प्रक्रिया प्रयोग गरि यसलाई माथि लानेछौँ
04:47 अर्को Report हेडर क्षेत्र घटाउन
04:52 रिपोर्ट हेडर र हेडर बीचको ग्रे लाइनमा दोहोरो क्लिक गरौँ
05:01 हामी Report footer र Page footer बीचको ठाउँ घटाउन सोहि कदम दोहोराउछौँ
05:13 अब Header लेबललाई बीचमा राखौं
05:18 हामी यसो गर्न सुरुमा Book Title मा क्लिक गरि सबै लेबलहरु छान्नेछौँ
05:26 र Shift कि थिच्ने बेलामा हामी देखाए जस्तै बाकी रहेको लेबलमा क्लिक गर्छौं
05:35 अब हामी यिनीहरुलाई बीचमा ल्याउन अप एरो की प्रयोग गरौँ
05:41 हामी अब हेडरमा हल्का निलो रंगको पृष्ठभूमि राख्छौं
05:47 यसो गर्न हामी प्रोपर्टीजमा गई Background transparent लाई No मा बदल्छौँ
05:55 र त्यसपछि Background कलरको लागि सूचीबाटBlue 8 छानौं
06:03 हामी Detail खण्डमा पनि यहि नै गर्ने छौं
06:09 यसको लागि सुरुमा हामी Detail र फूटर खण्ड बीचको भाग बढाउने छौं
06:20 र त्यसपछि फिल्डहरु बीचमा राख्छौं
06:24 हामी देखाए जस्तै Light खण्डमा Light ग्रे पृष्ठभूमि छान्छौँ
06:32 अर्को हामी Checked In फिल्डको डाटा फर्मेटिंग बदल्छौँ
06:39 यसमा Checked In रहेकोले यसले True वा False देखाउँछ
06:47 हामी यसलाई फेर्छौं र मिल्दो Yes वा No विकल्प देखाउछौं
06:53 यसको लागि हामी Detail खण्डमा CheckedIn फिल्डको दायाँ दोहोरो क्लिक गर्छौं
07:01 अब प्रोपर्टीजको दायाँमा, हामी सुरुमा Data ट्याबमा क्लिक गरौँ
07:08 हामी Data फिल्डको बटन next मा क्लिक गरौँ जसले CheckedIn भन्छ
07:15 यसले Function wizard नामक एउटा नयाँ पप-अप विन्डो खोल्छ
07:20 यहाँ सुरुमा दायाँ मूनिको Formula टेक्स्ट बक्स खाली गरौँ
07:27 त्यसपछि Category ड्रप डाउनमा क्लिक गरौँ, र फेरी ‘IF’ मा डबल क्लिक गरौँ
07:35 अब हामी दायाँ पट्टि new controls देख्छौं
07:40 पहिलो टेक्स्ट बक्सको दायाँ पट्टिको Select आइकनमा क्लिक गरौँ
07:49 यहाँ हामी CheckIn मा डबल क्लिक गर्नेछौँ
07:53 अब दोस्रो टेक्स्ट बक्समा हामी डबल-quotes भित्र Yes टाइप गर्छौं
08:01 र त्यसपछि तेस्रो टेक्स्ट बक्समा No टाइप गर्छौं
08:12 अब हामी Properties खण्डको General ट्याबमा जान्छौं
08:18 र मूनिको Formatting बटनमा क्लिक गर्छौं
08:24 यहाँ हामी Category लिस्टको ‘Text’मा क्लिक गर्छौं
08:28 र त्यसपछि OK बटनमा क्लिक गर्छौं
08:32 अब हामी रिपोर्ट सेभ गर्छौं
08:36 ल, अब हामी हाम्रो फेरबदल गरेको रिपोर्ट रन गरौँ
08:41 यसको लागि हामी माथिको Edit मेनूमा क्लिक गर्छौं र त्यसपछि Execute Reportमा क्लिक गर्छौं
08:50 र त्यहाँ Books issued to the Library members मा हाम्रो रिपोर्ट लेखा रहेको छ
08:57 स्पेसिंग,हेडर,फूटर,फन्टहरु याद राखौं
09:01 र CheckedIn फिल्ड जसले Yes वा No भन्छ
09:06 र हामीले हाम्रो रिपोर्ट फेरबदल गरिसकेका छौं
09:11 यसरी हामी लिब्रे अफिस बेसको Modifying Report ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
09:17 संक्षेपमा, हामीले यी कुरा सिक्यौं
09:20 रिपोर्टको लेआउट र यसको रुपरंग अनुकुल बनाएर फेरबदल गर्न
09:26 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ!यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ!यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ!
09:48 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya