KiCad/C2/Mapping-components-in-KiCad/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, KiCad मा Mapping components with footprints स्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो स्पोकन टुटोरियलमा हामी सिक्नेछौं
00:10 कम्पोनेन्टलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्न
00:13 यो टुटोरियलको पुर्बाधारमा तपाईसंग इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
00:18 युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने ज्ञान हुनुपर्छ
00:23 र इलेक्ट्रिक रुल जाच्न र नेटलिस्ट बनाउन
00:26 सान्दर्भिक टुटोरियलको लागि, कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा सम्पर्क गर्नुहोस्
00:33 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:37 साथै यो टुटोरियलको लागि KiCad 2011 हाइफन 05 हाइफन 25
00:47 KiCad सुरु गर्न,
00:49 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
00:52 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
00:56 सर्च बारमा, टाइप गरौँ 'KiCad' र इन्टर थिचौं
01:04 यसले KiCad मुख्य विन्डो खोल्नेछ
01:07 EEschema खोल्न, माथिको प्यानलमा जाउँ, EEschema ट्याबमा क्लिक गरौँ
01:17 एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले यसले खाका नभेटेको भन्छ
01:21 OK मा क्लिक गरौँ
01:24 म पहिले नै बनाईएको Astable multivibrator को सर्किट खाका प्रयोग गर्छु
01:30 यसो गर्न, म फाइल मेनुमा जानेछुँ र Open मा क्लिक गर्नेछुँ
01:37 म यो विन्डोलाई देख्न सक्ने क्षेत्रमा लानेछुँ
01:44 फाइल सेभ गरिएको फोल्डर छानौं
01:50 र Open क्लिक गरौँ
01:55 यसले सर्किटको खाका खोल्ने छ
01:57 म माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
02:02 हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएको छौं
02:07 अब, खाकामा प्रयोग भएका कम्पोनेन्टहरु फुटप्रिन्टमा म्याप गर्ने प्रक्रियाहरु हेरौं
02:14 फुटप्रिन्ट Printed Circuit Board मा राखिएको कम्पोनेन्टको वास्तविक लेआउट हो
02:21 कम्पोनेन्ट म्यापिंग सुरु गर्न,
02:24 EEschema विन्डोमा जाउँ
02:28 Run Cvpcb बटनमा क्लिक गरौँ
02:33 यसले Cvpcb विन्डो खोल्नेछ
02:37 यसले Component Library Error नामको डायलग बक्स पनि खोल्नेछ
02:42 यसलाई बन्द गर्न OK बटनमा क्लिक गरौँ
02:47 याद गरौँ यसले project1.net फाइल खोल्छ, कृपया सम्झनुहोस्, यो फाइल हामीले नेटलिस्ट जेनेरेसन टुटोरियलमा बनाएका थियौं
02:58 Cvpcb विन्डो दुई प्यानलमा विभाजित भएको छ
03:03 बायाँ प्यानलको पहिलो कोलोम सिरियल नम्बर हो
03:07 दोस्रो कोलमले खाकामा प्रयोग गरिएका कम्पोनेन्टहरुको सूचिको रेफ़रेंस आइडी देखाउँछ
03:14 तेस्रो कोलमले सम्बन्धित कम्पोनेन्टहरुको मान देखाउछ
03:19 दायाँ प्यानलले उपलब्ध फुटप्रिन्टहरुको एउटा सूची देखापर्छ
03:25 अब, हामी कम्पोनेन्टहरुलाई तिनीहरुको सम्बन्धित फुटप्रिन्ट संग म्यापिंग गर्नेछौं
03:30 हामी छानिएको कम्पोनेन्टहरुको लागि कम्पोनेन्टहरुको सूची देख्न सक्छौं त्यो हो Cvpcb विन्डोको दायाँ खण्डमा C1
03:41 अब, हामी छानिएको कम्पोनेन्टको सम्बन्धित फुटप्रिन्ट हेर्नेछौं
03:45 Cvpcb विन्डोको माथिको प्यानलमा View selected footprint मा क्लिक गरौँ
03:53 यसले छानिएको फुटप्रिन्टको इमेज देखाउने फुटप्रिन्ट विन्डो देखाउनेछ
04:02 हामी विभिन्न फुटप्रिन्टहरुमा क्लिक गरि तिनीहरुको इमेज पनि हेर्न सक्छुं
04:12 म अहिले फुटप्रिन्ट विन्डो बन्द गर्नेछुँ
04:15 पहिलो कम्पोनेन्ट C1को लागि, हामीले दायाँ प्यानलबाट फुटप्रिन्ट C1 छानेका छौं
04:22 पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राख्न, फुटप्रिन्टमा दोहोरो क्लिक गरौँ
04:27 तपाई देख्नुहुन्छ, सूचिको पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राखिएको छ
04:34 यसैगरी दोस्रो कम्पोनेन्ट C2 को लागि पनि हामी फुटप्रिन्ट C1 मा दोहोरो क्लिक गरि फुटप्रिन्ट C1 छान्नेछौँ
04:43 दोस्रो कम्पोनेन्ट D1 को लागि, हामी LED हाइफन 3MM छानौं
04:50 कनेक्टर P1 को लागि हामी दायाँ प्यानलबाट SIL हाइफन 2 छान्नेछौँ
05:02 म यसलाई छान्न दायाँ प्यानलमा स्क्रोल डाउन गर्नेछुँ
05:09 R1 लाई R3 छानौं
05:13 R2 लाई हामी R3 छानौं
05:17 R3 को लागि हामी R3 छान्छौँ
05:22 U1 मतलब LM555 को लागि, हामी DIP हाइफन 8 अन्डरस्कोर 300 अन्डरस्कोर ELL छानौं जुन एउटा आठ पिनको स्ट्याण्डर्ड IC फुटप्रिन्ट हो
05:38 अब, हामी नेटलिस्ट, माथिल्लो प्यानलको Cvpcb विन्डोको Save netlist and footprint files बटनमा क्लिक गरेर सेभ गर्छु
05:48 यसले Save Net and Component List विन्डो खोल्नेछ
05:54 म राम्रोसंग हेर्नको लागि विन्डो रिसाइज गर्नेछु
06:00 फाइल सेभ गर्न Save मा क्लिक गरौँ, यसले फाइल सेभ गर्नेछ र Cvpcb विन्डो स्वतः बन्द गर्नेछ
06:13 अब, नेटलिस्ट फुटप्रिन्ट जानकारी सहित अपडेट भएको छ
06:18 यहाँ कम्पोनेन्ट म्यापिंग प्रक्रिया सकिएको छ
06:21 EEschema विन्डोमा जाउँ, यो विन्डो बन्द गरौँ
06:29 KiCad को मुख्य विन्डो पनि बन्द गरौँ
06:35 यसले हामीलाई टुटोरियलको अन्यमा ल्याएको छ
06:38 यो टुटोरियलमा हामीले सिक्यौं,
06:40 Cvpcb विन्डो प्रयोग गरि कम्पोनेन्टहरुलाई सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग गर्न
06:47 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
06:51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:56 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:04 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07:11 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:29 यो मिसन सम्बन्धि थप जानकारी
07:32 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:38 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble