Geogebra/C2/Introduction-to-Geogebra/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबैलाई, इन्ट्रोडक्सन टू जिओजेब्रा को टिउटोरीअल मा स्वागत छ, यो टिउटोरीअलमा म तपाईलाई जिओजेब्रा सुरु गर्ने सामान्य ज्ञान दिन्छु
00:09 जिओजेब्रा के हो? यो निशुल्क गणित सफ्टवेर हो र डाउनलोड गर्न www.geogebra.org मा उपलब्ध छ
00:17 यो कम्प्युटर ऐडेड लर्निंग को लागि उपयोगी छ किनकि यो अन्तरक्रियात्मक छ र तपाईले ज्यामितीय चित्र को बिजगणितीय अभिब्यक्ति र त्यसैको उल्टो देख्न सक्नुहुन्छ
00:25 यसले ज्यामिति, बिजगणित र क्याल्कुलस लाई जोड़दछ, त्यसैले तपाई जिओमेट्रीक चित्र बनाउन, इक्वेसन इन्टर गर्न र भ्यरिएब्लस्, भेक्टर्स संग कम गर्न आदि सक्नुहुन्छ
00:35 जिओजेब्रा सुरु गर्न, म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ एलटिएस् र जिओजेब्रा ३.२.४०.० प्रयोग गर्दैछुं
00:47 तपाईले पहिले नै जिओजेब्रा स्थापना गरिसक्नु भएको छ भने, उबुन्टु मेनु आइटम एप्लिकेसन, एजुकेसन वा साइन्स मा जानुहोस् र जिओजेब्रा एप्लिकेसन मा क्लिक गर्नुहोस्
00:58 यदि तपाइले जिओजेब्रा स्थापना गर्नुभएको छैन भने, कृपया सिस्टम, एड्मिनिस्ट्रेसन, सिन्याप्टिक म्यानेजरमा जिओजेब्रा स्थापना गर्न जानुहोस्
01:08 अब जिओजेब्रा विन्डोलाई हेरौं, यो टिउटोरीअलमा म छोटकरीमा मेनु बार, टूल बार र टूल भ्यू, ग्राफिक्स भ्यू र अल्जेब्रा भ्यू को बारेमा वर्णन गर्नेछुं, इनपुट बार र कमाण्ड हरु
01:20 जिओजेब्रा सामान्यत: यस्तो देखिन्छ यसमा कुनै विन्डो सम्बन्धित एप्लिकेसनमा जस्तै स्ट्याण्डर्ड मेनु हुन्छ
01:28 टूलबार जिओजेब्रा को कम्पास जस्तै हो
01:32 टूल भ्यू ले तपाईलाई कुन टूल छानिएको छ र प्रयोग गर्न तयार छ भनि बताउछ
01:36 ग्राफिक्स भ्यू जिओजेब्रा को ड्रइंग प्याड हो, तपाई यो प्याडमा ज्यामितीय चित्रहरु बनाउन सक्नुहुन्छ
01:42 यो अल्जेब्रिक भ्यू हो, यो विन्डोमा तपाइले ड्रइंग प्याडमा बनाएको सबै ज्यामितीय चित्रहरुको बिजगणितीय अभिब्यक्ति हरु देख्न सक्नुहुन्छ
01:50 इनपुट बारले तपाइलाई बिजगणितिय समीकरण हाल्न दिन्छ जुन ड्रइंग प्याड साथै अल्जेब्रा भ्यूमा पनि देखिन्छ
01:59 इनपुट बारमा जिओजेब्राले काम गरेको कमाण्डहरु यो ड्रप डाउन मेनुमा छ
02:05 जिओजेब्रामा ड्रइंग प्याड सधैँ देखिन्छ र बन्द गर्न सकिदैन
02:10 तपाई ड्रइंग प्याडको भ्यूमा गएर ग्रिड विकल्पलाई गरी ग्रिड प्रयोग गर्न सक्नुहुन्छ
02:17 यसैगरी तपाई एक्सेस् हेर्न चाहनु हुन्न भने यसलाई अनचेक गर्न सक्नुहुन्छ, यो टिउटोरीअलमा हामी ग्रिड र एक्सेस लाई देखिने बनाउछौं
02:25 यदि तपाई अल्जेब्रा भिउ वा इनपुट बार बन्द गर्न चाहनुहुन्छ भने त्यसो गर्न तपाई भ्यूमा गई अप्सन लाई अनचेक गर्नु पर्छ, यो टिउटोरीअल बाट इनपुट बार हटाऔँ
02:38 अब अझ बिस्तृत रुपमा टूल बार वा कम्पास बक्सको बारेमा जानौं, कुनै टूल प्रयोग गर्न एउटा चिजमा क्लिक गर्नुहोस्
02:47 यो ध्यान दिनुहोस्, जब तपाईले यसमा क्लिक गर्नुहुन्छ, एउटा गाढा निलो घेरा त्यो चिजको वरिपरि देखापर्छ जसले त्यो छानिएको जनाउछ र यसको नाम र यसलाई कसरी प्रयोग गर्ने भन्ने संकेत पनि टूल भ्युमा देखापर्छ
02:59 सबै भन्दा दायाँको टूल आइटम मुभ ड्रइंग प्याड हो, यसमा क्लिक गर्नुहोस, माउसको बायाँ बटन लाई क्लिक गरि राखी ड्रइंग प्याडलाई चाहेको ठाउँमा लैजानुहोस्
03:13 हामीले कम्पास बक्समा पेन्सिल संगै सुरु गरेउ भने हामी जिओमेट्री मा एक बिन्दु कोर्न सक्छौं
03:19 पेन्सिल टूल् यहाँ छ , यदि तपाईले टूलको कुनाको सानो रातो त्रिभुजमा क्लिक गर्नु भयो भने तपाईले पेन्सिल वा पोइन्ट टूल देख्न सक्नुहुन्छ
03:29 यसैगरी टूल आइटमको अर्को सेट चाही लाइन को लागि हो, यी लम्ब रेखाहरु ,(बाइसेक्टर ) द्विभाजक, ( पोलिगन) बहुभुज, ( सर्कल ) वृत आदि हुन्
03:42 यो टिउटोरीअलमा म तपाइलाई रेखांकन बिन्दुहरु, रेखा खण्डहरु , समानान्तर र लम्ब रेखाहरु , मापनका बस्तुहरु , बस्तुहरुका गुण परिबर्तन गर्ने र फायल बचाउने आदि कार्य गर्नेछौं
04:01 अब विन्दुहरू कोरौं , नयाँ बिन्दु छान्नुहोस्,ड्रइंग प्याड को कुनै पनि ठाउँमा क्लिक गर्नुहोस् , तपाईले नयाँ बिन्दुहरु पाउनुहुनेछ
04:12 यो ध्यान दिनुहोस कि बिन्दु ड्रइंग प्याड को साथै अलजेब्रा भ्यू मा पनि देखापर्छ
04:19 जिओजेब्रामा,ड्रइंग प्याड मा कोरिएको सबै सामग्री लाई अब्जेक्ट भनिन्छ
04:24 ए र बि विन्दुहरू स्वतन्त्र अब्जेक्ट हुन् जुन कुनै अरु अब्जेक्टमा निर्भर हुदैनन्
04:32 तपाई “सेग्मेंट बिथविन टू पोइन्ट्स” मा गई भएको दुई विन्दुहरू जस्तै ए र बि प्रयोग गरि रेखा कोर्न सक्नुहुन्छ वा ड्रइंग प्याड मा अन्त कतै क्लिक गर्नुहोस् र तपाईले नयाँ विन्दुहरू र बिन्दुहरु बिचको भाग पाउनुहुनेछ
04:51 यसैगरी तपाई एक बिन्दुमा क्लिक गरेर लम्ब रेखा खिच्न सक्नुहुन्छ र रेखा D बिन्दु बाट CD खण्डमा लम्ब भएको पाउनु हुनेछ
05:10 एक समानान्तर रेखा, म कुनै एउटा बिन्दु मा क्लिक गर्नेछु र AB छान्छुं, म E बिन्दु बाट AB संग समानान्तर रेखा पाउछु
05:25 यदि तपाई यो तूल मा गएर यहाँ इन्टरसेक्ट टू अब्जेक्ट्स मा क्लिक गर्नु भयो भने तपाई ले दुई बस्तु हरुको पोइन्ट अफ इन्टरसेक्सन यानी प्रतिच्छेद बिन्दु पाउनुहुनेछ
05:32 जब तपाई प्रतिच्छेद यानी इन्टर सेक्सन माथि माउस चलाउनु हुन्छ , दुवै आकृतिहरु रंगिन हुनेछन , क्लिक गर्नुहोस्, तपाइले दुई अब्जेक्ट्स को प्रतिच्छेद पाउनुहुनेछ
05:44 दुरी नाप्न लाई , दायाँ टूल बार बाट चौथों मा क्लिक गर्नुहोस् र Distance or length tool छान्नुहोस्
05:52 तपाई DF क्लिक गरेर, दुई बिन्दुहरु छानेर , बिन्दु हरु बिचको दुरी नाप्न सक्नुहुन्छ वा तपाई पुरै रेखाखण्ड छान्न सक्नुहुन्छ
06:02 ध्यान दिनुहोस, ग्रिड मा कुनै इकाई छैन , हामी इकाई हरु को नाम हरु पछि को बिषय मा गर्नेछौं
06:12 तपाई हरेक बस्तु हरु को गुण हरु फेर्न सक्नुहुन्छ जस्तै लेबल र रंगहरु , त्यो भन्दा पहिले
06:19 यदि तपाई कुनै बस्तु कोर्न चाहनुहुन्न भने , यहाँ एरो कि प्रयोग गर्नुहोस् , जब तपाई ले त्यो प्रयोग गर्नुहुन्छ, कुनै पनि बस्तु ड्रइंग प्याड मा कोरिने छैन
06:30 अब बस्तुको गुण परिबर्तन गर्न, तपाइको माउस लाई बेतु को माथि चलाउनुहोस, र जब यो रंगिन देखिन्छ, राइट क्लिक गर्नुहोस् र अब्जेक्ट प्रोपरटिज मा क्लिक गर्नुहोस्
06:41 यहाँ, म तपाई लाई केहि सामान्य प्रोपरटिज को बारेमा जानकारी दिनेछु, थप जानकारी पछिको बिषयमा
06:48 नाम फेर्न , नयाँ नाम टाइप गर्नुहोस्, तपाई क्याप्सन पनि टाइप गर्न सक्नुहुन्छ , तपाई बस्तु देखाउने वा नदेखाउने भनि छान्न सक्नुहुन्छ
07:02 तपाई लेबल नदेखाउन छान्न सक्नुहुन्छ वा तपाई यी मध्ये कुनै विकल्प देखाउनसक्नुहुन्छ, क्याप्सन लाई अन राखौं
07:11 कलर ट्याब मा तपाई रेखाको रंग फेर्न सक्नुहुन्छ
07:14 स्टाईल ट्याब मा तपाई मोटाई र स्टाईल फेर्न सक्नुहुन्छ
07:19 जब यसलाई बन्द गर्नुहुन्छ , तपाई रेखाको नयाँ आकृति देख्नुहुन्छ
07:25 सबै भन्दा बायाँ को टूल आइटम, मुभ टूल सिकाउनलाई एकदमै उपयोगी साधन हो किनकि यसले पाठहरू गतिशील र अन्तरक्रियात्मक बनाउछ
07:34 सबै स्वतन्त्र बस्तुहरु सर्न सकिन्छ
07:38 स्वतन्त्र बस्तुहरु सार्दा, तिनीहरुमा निहित बस्तुहरु पनि तिनीहरुको गुण सहित सर्छ
07:45 उदाहरण को लागि यदि हामीले A वा B विन्दुहरू सारेउ भने तपाई यो देख्नुहुन्छ कि समानान्तर रेखा हरु पनि समानान्तर रुपमै सर्छ
07:57 फायल सेभ गर्न, file छानी Save As छानौं, फोल्डर छान्नुहोस् , मा जिओजेब्रा डकुमेन्ट्स छान्दैछु, फायलको नाम इन्टर गर्नुहोस् र सेभ गर्नुहोस्
08:20 यो ध्यान दिनुहोस् को नाम माथिल्लो प्यानल मा देखापर्छ र यो अरु जिओजेब्रा फायल जस्तै .ggb फायल को रुपमा सेभ भएको छ
08:28 अब कुनै फायल खोल्न लाई फायल, ओपन क्लिक गरि कुनै एक फायल छान्नुहोस्
08:38 अन्त्यमा कार्य
08:44 कार्यमा म चाहन्छु कि तपाई दुई बिन्दुहरुका टूल बिचको खण्ड प्रयोग गरि एक आयत कोर्नुहोस,
08:53 त्यसपछि समानान्तर र लम्ब रेखाहरु प्रयोग गर्नुहोस् , र Intersect two objects र distance वा length tools हरु प्रयोग गर्नुहोस्
09:00 अन्त्यमा तपाइले बनाउनु भएको आयतलाई move tool प्रयोग गरि जाच्नुहोस र फ्री आकृति लाई मुभ गर्नुहोस्
09:07 मैले यहाँ पहिले नै यो कार्य बनाईसकेको थिएँ, मैले AB रेखा खण्ड प्रयोग गरि ABCD आयत बनाई सके
09:20 अब यदि हामीले मुभ टूल आइटम मा क्लिक गर्यौ र फ्री अब्जेक्ट्स मुभ गर्यौ भने मेरो आयत जुन स्थान मा पनि आयत नै रहन्छ , यदि आयत राम्रो संग बनाएको छ भने
09:37 म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो
09:43 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09:48 र तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ
09:53 कारखाना नेपाल बाट म मन्दिरा बिदा लिन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble