GIMP/C2/The-Curves-Tool/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:25 Meet The GIMP को ट्युटोरियलमा स्वागत छ
00:28 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:33 अब आजको ट्युटोरियल सुरु गरौँ
00:35 यो कर्भको बारेमा छ
00:37 पहिले म टूलबक्समा Curves टूल एक्टिभेट गर्छु र इमेजमा क्लिक गर्छु
00:44 तपाई कर्भ्स टूलमा एउटा हिस्टोग्राम देख्न सक्नुहुन्छ र यहाँ ग्रे स्केल सहितको दुई बारहरु छन्
00:58 अनि त्यहाँ कर्भ्स टूलहरु छान्ने विकल्पहरु जस्तै preview, save, open आदि बटनहरु छन्
01:06 तर अहिलेको लागि हामी कर्भ टूलको ग्रे स्केलको बारमा ध्यान दिउँ
01:11 यहाँ यो बारले स्रोत इमेजको बिभिन्न रंगको शृंखलाहरु देखाउँछ
01:20 र यो बारमा हामीसँग यहाँ केहि पिक्सलहरु गाढा र केहि चम्किलो छन् र बीचमा गाढा देखि हल्का सम्मका रंगहरु छन्
01:33 यहाँ यो तेर्सो बारमा बिभिन्न २५६ रंगहरु छन्
01:39 यो बारको सुरुको बिन्दु शुन्य हो जुन कालो छ र अन्त्यमा बिन्दु २५५ छ जुन सेतो छ
01:49 र उदाहरणको लागि यहाँ यो 184 र ग्रे छ
01:53 यो इमेजमा रंगहरु छन् र म यहाँ च्यानलहरु प्रयोग गरि बिभिन्न रंगहरु देखाउन सक्छु
02:01 कलर च्यानलमा रातो छानौं र तपाई इमेजमा रातो रंग पाउनुहुनेछ
02:07 यसैगरी तपाई चाहेको रंग प्राप्त गर्न यसलाई हरियो र निलोमा पनि बदल्न सक्नुहुन्छ
02:14 र यो इमेजमा यो नौलो छैन की हरियो च्यानल बढि हावी भएको छ र यसमा धेरै मानहरु पनि छ
02:24 अब रिसेट च्यानलमा क्लिक गरौँ
02:27 प्रत्येक टोन माथि रहेको कर्भको हिस्टोग्राम ल्युमिनोसिटि भएको पिक्सलको गिन्ती हो
02:38 र हामीसँग एउटा क्षेत्र छ जहाँ यो टर्मिनल र बारको टर्मिनल सरहको पिक्सल संख्या छ
02:49 हिस्टोग्रामले यहाँ उच्च रंगको शृंखला रहेको छ
02:56 जब कर्भ टूल एक्टिभ हुन्छ र माउस कर्सर एउटा सानो ड्रपर मा बदलिन्छ, हामी इमेजमा जानेछौं, जब म यहाँ क्लिक गर्छु, हिस्टोग्रामको लाइन त्यो पोइन्टमा सर्छ
03:10 तपाई इमेजमा क्लिक गर्न सक्नुहुन्छ र कुन टोन कहाँ छ भनि जान्न इमेजमा हेर्न सक्नुहुन्छ
03:18 अब यहाँ हामीले तेर्सो बारको चर्चा गर्यौं
03:22 र यहाँ आउटपुट छ
03:26 र यहाँ पनि २५६ भिन्न मानहरु छन् र तिनीहरुले इमेज बनाउछन्
03:33 तेर्सो बारमा डाटा हुन्छ जुन कर्भमा राखिन्छ र ठाडो बारमा डाटा हुन्छ जुन बाहिर राखिन्छ
03:44 यो ग्राफ काटेर जाने लाइन ट्रांस्लेसन फंक्सन हो
03:53 म मध्यम ग्रे बाट ट्रांस्लेसन कर्भतिर जान्छु र बायाँ ठाडो बारतिर जान्छु, म मध्यम ग्रे पाउछु
04:04 म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ
04:13 र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु
04:23 यहाँ तपाई तल्लो बार, मेरो मूल इनपुट देख्नुहुन्छ र ठाडो बार मेरो कर्भ टूलको आउटपुट हो
04:34 म यो कर्भ विविध तरिकामा प्रयोग गर्न सक्छु, जसको कुनै सिमा नै छैन
04:43 एउटा सिमितता यो हो की म यो कर्भलाई पछाडी तान्न सक्दिनँ र मैले त्यसो गरेको समयमा कर्भ टूल हराउनेछ
04:53 तर यदि म इमेजमा कुनै चम्किलो पिक्सल हेर्न चाहन्न भने, म सबै पोइन्टहरु तान्न सक्छु र इमेज झन्डै कालो हुन्छ
05:10 यो पोइन्टलाई यहाँ सम्म तानौं र तपाई यहाँ केहि चम्किलो बस्तुहरु भेट्नुहुनेछ
05:17 तपाई बर्षौं पहिलेको चल्तीको जस्तो इमेज नपाउन्जेलसम्म Curves टूल प्रयोग गर्न सक्नुहुन्छ
05:28 हामी रिसेट बटनमा थिचेर कर्भ पुन सुरु गर्न सक्छौं र मूल कर्भ पाउन सक्छौं
05:34 कर्भ टूलमा अन्य थप विकल्पहरु छन् जस्तै Linear Mode र Logarithmic Mode
05:42 logarithmic mode मा तपाई साना मानहरु ठूलो पार्न सक्नुहुन्छ
05:49 लिनियर मोडमा यो लाइनको मान यहाँ भन्दा दोब्बर हुन्छ
05:56 लग्यारिदमिक मोडमा यो लाइन 1 हुनसक्छ, यो 10, यो 100 र यो 1000 हुनसक्छ
06:06 हरेक स्टेप ले तपाईलाई १० गुणा बढि मान दिन्छ र यसमा तपाईले साना पिक्सलहरु पनि देख्नुहुनेछ जो लिनियर मोडमा अदृश्य हुन्छन्
06:17 तपाई यसलाई यो कुनामा देख्नुहुन्छ, तपाई २५० भन्दा बढि मान भएको पिक्सल छ/छैन भन्न सक्नुहुन्न
06:27 तर लग्यारिदमिकमा, तपाई हामीसँग इमेजको पुरा शृंखलामा पिक्सल देख्न सक्नुहुन्छ
06:40 अनि यहाँ एउटा Curve type नामक बटन छ, अहिले सम्म मैले यहाँ टूल प्रयोग गरें जहाँ कर्भले कर्भ दिन्छ र जब म कर्भ टाइप बदल्छु म वास्तबमा कर्भ पेन्ट गर्छु र मैले कहिल्यै प्रयोग नगरेको केहि रमाईला सामग्रीहरु पाउनेछु
07:12 अनि त्यहाँ सेभ डाइलग र ओपन डाइलग बटन छ
07:17 जब तपाई कर्भ बदल्न सक्नुहुन्छ तपाई यसलाई पछि प्रयोग गर्नको लागि सेभ गर्न सक्नुहुन्छ र चाहेको बेलामा पुन प्रयोग गर्न सक्नुहुन्छ
07:28 मैले धेरै विवाह खिच्ने एकजना व्यक्ति चिनेको छुँ र उनीसँग बिशेष चम्किलो सट कर्भ छ जुन सेतो ड्रेसलाई राम्रो स्वरूप दिन प्रयोग गरिन्छ
07:42 म कसरी यो इमेजमा कर्भ टूल प्रयोग गर्छु हेरौं
07:47 म इमेजको गाढा भाग अझ गाढा बनाउन चाहन्छु
07:52 म मध्यम खण्ड यतिकै राख्न चाहन्छु र चम्किलो भाग अझ चम्किलो बनाउन चाहन्छु
08:00 र यसो गर्न मलाई लाग्छ म ‘S’ कर्भ प्रयोग गर्नेछु
08:06 म कर्भलाई तल्लो भागमा अलि तल तान्छु र तपाई गाढा खण्ड अझ गाढा भएको देख्न सक्नुहुन्छ र कर्भ माथि सारे चम्किलो खण्ड अझ चम्किलो बनाउन सकिन्छ
08:25 तपाई थप चम्किलोपनाको लागि कर्भ अलि माथि तान्न सक्नुहुन्छ
08:39 जब म OK क्लिक गर्छु कर्भको मानहरु भण्डारण हुनेछन
08:44 र जब म यो प्रक्रिया दोहोराउने छुँ, तपाई हिस्टोग्राम बदलिएको देख्नुहुन्छ
08:52 यहाँ तपाई पिक्सल विनाको कुनै पनि मानहरु देख्नुहुन्न र जब म लग्यारिदमिक मोडमा क्लिक गर्छु, त्यहाँ पनि केहि निश्चित पिक्सलको मान देख्न सक्नुहुन्न
09:04 प्रत्येक पटक तपाईले कर्भ टूल हेर्दा तपाईले इमेजको केहि पिक्सलहरु पाउनुहुनेछ
09:12 त्यसैले उल्टो गरेर कर्भको काम अंडू गर्न नखोजौं मतलब यहाँ कर्भलाई माथि तानेर र यहाँ तल तानेर
09:24 OK क्लिक गरौँ र तपाई अब यो नराम्रो भएको देख्नुहुन्छ, तपाईले अन्तमा एउटा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ
09:38 त्यसैले तपाईले कर्भ टूल एउटा मात्र परिवर्तन गर्न प्रयोग गर्नुपर्छ र यसलाई ध्यान पुर्वक प्रयोग गर्नुपर्छ नत्रभने तपाईले इमेजको पिक्सल गुमाउनुहुनेछ र यसमा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ
09:56 मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
10:01 र म आशा गर्छु तपाई अर्को ट्युटोरियलको पर्खाइमा बस्नुहुन्छ
10:08 तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोस् र मेरो ब्लगमा प्रतिक्रिया छोड्नुहोस्, म तपाईको प्रतिक्रियाको प्रतिक्षामा रहनेछु
10:23 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana