GIMP/C2/Selecting-Sections-Part-2/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:23 मिट द गीम्पमा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 आज हामी Fuzzy Select Tool को चर्चा गर्नेछौं
00:36 यो सेलेक्ट बाई कलर टूलसँग सम्बन्धित छ
00:40 फजी सेलेक्ट टूलले एउटा संक्रामक क्षेत्रमा मात्र छान्छ तर कलर सेलेक्ट टूल ले समान रंगहरु भएको सबै क्षेत्रहरु छान्छ
00:54 त्यहाँ हालको छनोटमा केहि समान विकल्पहरु छन् जस्तै Replace, Add, Subtract र Intersect र Replace छानौं
01:08 यहाँ तपाईले उहि विकल्प देख्न सक्नुहुन्छ: Antialiasing
01:13 यदि हामीले एन्टीएलिएजिंग छान्यौं भने सेलेक्सनको सीमा प्रष्ट हुनेछैन र तपाई सम्म परेको कुना भेट्नुहुन्छ
01:23 र यदि यो सेलेक्ट गरिएको छैन भने तपाईले छानेको र नछानेको बीच एउटा बोर्डर देख्न सक्नुहुन्छ
01:33 Feather Edges र Select Transparent Areas अन्य विकल्पहरु हुन्
01:41 Select Transparent Areas तपाईले मास्क सेन्सर प्रयोग गर्दा उपयोगी हुनेछ
01:50 Sample merged अन्य जस्तै छ र यसले सबै दृश्यात्मक लेयरहरुलाई छान्छ
01:58 यदि यो छानिएको छैन भने यसले हालको लेयरमा काम गर्छ
02:04 यदि तपाई चित्रको पुरै आउटपुटबाट केहि छान्न चाहनुहुन्छ भने यो विकल्प छानौ
02:11 यहाँ थ्रेसहोल्ड छ जसले छनोटमा वा केहि छनोट बाहिर हुदाँ रंगहरु बीच कति फरक हुनुपर्छ भनि परिभाषित गर्छ
02:24 यसले एउटा निश्चित रंग भएको पिक्सलहरु छान्न सहयोग गर्छ
02:30 अर्को महत्वपूर्ण छनोट भनेको तपाईले छनोटमा कुन मोड चाहनुहुन्छ भन्ने हो
02:37 कम्पोजिट मोड रातो, हरियो र निलो च्यानलहरुको ग्रे मान हो
02:44 तपाई आफ्नो छनोटको आधारको रूपमा रेड, ग्रीन,ब्लु च्यानल वा ह्यु, स्याचुरेसन वा भ्याल्यु च्यानल छान्न सक्नुहुन्छ
02:56 अब, फजी सेलेक्ट टूल प्रयोग गरौ
03:01 म इमेजमा क्लिक गर्छुं र थ्रेसहोल्ड जिरो छ ल अब के हुन्छ हेरौं
03:08 मैले साइजमा 1 पिक्सल सेट गरेको छुँ
03:13 अब म थ्रेसहोल्ड बढाउँछु, मानौं 30 र इमेजमा क्लिक गरौ र यहाँ टगल क्विक मास्कमा क्लिक गरौ
03:28 अब तपाई छानिएको क्षेत्र देख्न सक्नुहुन्छ
03:37 म क्विक मास्क टगललाई डी-सेलेक्ट गर्छु, टूलबक्स पाउन ट्याबमा थिचौं र सबै अनसेलेक्ट गर्न Shift+Ctrl+A थिचौं
03:49 म यो अलग तरिकाले गर्न सक्छु र त्यसको लागि म थ्रेसहोल्डलाई जेरोसम्म घटाउछु र इमेजमा क्लिक गर्छु र अब म माउसलाई तल र दायाँतिर सार्छु
04:03 जब म थ्रेसहोल्ड बढाउछुँ, तपाई म यो निलो क्षेत्रमा जादै गरेको देख्न सक्नुहुन्छ तर म अझ भित्तामा छुँ
04:13 मलाई लाग्छ यो टूल ग्राफिक डिजाइनरहरुको लागि बढी उपयोगी छ र फोटोग्राफरको लागि छैन
04:22 तपाई थ्रेसहोल्डलाई मात्र माउस थिचेर बदल्न सक्नुहुन्छ
04:26 यसले कलर सेलेक्सन टूलमा सोहि काम गर्छ
04:32 म Select by लाई Composite बाट Hue मा छान्नेछुँ र सोहि पोइन्टमा क्लिक गरौँ र तल कोरौं
04:43 तपाई देख्न सक्नुहुन्छ की मैले भित्ताको निलो र हरियो खण्ड पहिलेको भन्दा राम्रो सँग छनोट गरेको छुँ
04:54 त्यसैले सहि कलर स्पष्टता छान्नाले यो टूलले राम्रो परिणाम दिन्छ
05:05 म क्विक मास्कमा क्लिक गर्छु र यहाँ तपाई यो लगभग पूर्ण भएको देख्न सक्नुहुन्छ, खाली केहि खण्डहरु मा सुधार गर्नुपर्छ र म त्यो क्विक मास्कमा पेन्ट गरेर गर्छु र यी छनोट टूलहरुले होइन
05:25 यदि तपाई मोड छनोट गर्ने बारेमा अल्मलिनु भएको छ भने तपाई तपाईको इमेज च्यानल मोडमा बिभिन्न च्यानलहरु देख्न सक्नुहुन्छ
05:41 ब्लु च्यानल छानौ र तपाई सबै कुराको लगभग उहिँ निलो मान भएको देख्न सक्नुहुन्छ
05:50 हरियो च्यानलमा केहि भिन्नताहरू छन्
05:55 रातो च्यानलमा, यो लगभग उस्तै हो
05:59 त्यसैले म छनोट गर्नको लागि हरियो छान्छु वा यो अवस्थामा ह्यु च्यानल
06:10 यहाँ अर्को टूल रंग छान्ने हो र यसका कार्यहरु र विकल्पहरु उहिँ छन्
06:19 यसमा एउटा मात्र फरक छ
06:22 यदि, तपाईले यहाँ क्लिक गर्नुभयो भने यो रंगका सबै क्षेत्रहरु छानिनेछन र संक्रामक क्षेत्र होइन
06:32 कलर सेलेक्सन टूलले समान रंगका सबै क्षेत्रहरु छान्छ
06:41 अर्को टूल इन्टेलिजेंट सिजर्स वा सिजर्स सेलेक्सन टूल हो
06:48 यो अल्गोरिदमले धारहरु खोज्छ र छनोट अनुसार गर्ने अनुसरण गर्न खोज्छ
06:56 र म यहाँ यी लेटर बक्सहरूलाई छान्न चाहन्छु
07:10 त्यसैले म सेलेक्सन टूललाई एक्टिभ गर्छु र म यहाँ पोइन्टलाई तान्छु र म कर्सर नजिक प्लस चिन्ह पाउँछु र म पोइन्ट छान्छु
07:42 अल्गोरिदम बोर्डर अनुसार हुनेछ र तपाई यहाँ यसले अर्को तरिकामा नगरेको देख्न सक्नुहुन्छ, यसले भित्री तरिका प्रयोग गरेको छ
07:56 म इमेजमा जूम गर्छु र अब म यहाँ सम्म यो पोइन्ट कोर्छु र त्यहाँ यो पोइन्ट छान्दा एउटा गल्ती भएको छ
08:13 त्यसैले म यो पोइन्ट माथि तान्छु र यदि तपाईले अपनाउने सही जानकारी दिनुभयो भने तपाई अल्गोरिदम बोर्डरमा गएको देख्नुहुन्छ
08:30 यो धेरै राम्रो देखिरहेको छ तर म प्राय यो प्रयोग गर्दिन किनकी त्यहाँ यसो गर्ने अझ राम्रो उपाय छ
08:44 मलाई लाग्छ म कलर सेलेक्सन टूल छान्नेछुँ किनभने यसले सधै गलत तरिका लिन्छ
08:56 त्यसैले म सेलेक्सनको काम सक्छु
09:10 म यहाँ पहिलो पोइन्टमा क्लिक गर्छु र कर्सर प्लसमा परिणत हुन्छ
09:17 अब अर्को पोइन्ट राखौ, मसँग यसबाट यो दुई चक्रहरु छन्
09:25 म अझ यसको वरिपरी पोइन्ट घुमाउन सक्छु र छनोट अझ रामो बनाउछु
09:33 त्यसैले, जब म अब सेलेक्सन दोस्रो पटक क्लिक गर्छु, सेलेक्सन छानिन्छ
09:42 अनि क्वालिटी हेर्न, म क्विक मास्क एक्टिभ गर्छु र यसलाई जूम गर्छु
09:57 अब म सेलेक्सनको वरिपरि हेर्छु
10:04 यहाँ मेरो गल्ति छ, मैले यहाँ क्लिक गरेको हुनुपर्छ
10:10 ल, यो फेयरली इन्टलिजेंट सिजर्स हो
10:17 आज मैले चर्चा गर्ने अर्को र अन्तिम टूल foreground selection tool हो
10:24 केहि समय पहिले अल्गोरिदम देखापर्दा रमाइलो भएको थियो र गिम्प प्रयोग गर्दा त्यति रमाइलो भएको थिएन
10:37 तर यो गरेर हेरौं
10:41 यहाँ उहिँ मोडेहरू छन् र एन्टिएलिएजिङ एक्टिभ छैन
10:48 र यहाँ म एउटा क्षेत्र छान्न चाहन्छु र म मूर्ति छान्न चाहन्छु
10:57 त्यसैले म राम्रो कन्ट्रोल पाउन पहिला इमेजमा जूम गर्छु
11:06 अब म सेलेक्सन टूललाई छान्छु र म संक्रामक क्षेत्रहरु छान्न सक्छु वा अन्य क्षेत्र हरु तर म संक्रामक क्षेत्र छान्छु
11:21 पहिले अटोमेटिक लेजर टूलले एउटा रफ सेलेक्सन गर्छु र तपाई नछानिएको क्षेत्रहरु निलो रंगमा देख्नुहुन्छ
11:44 मैले यहाँ एउटा ब्रस छानेको छुँ र म यहाँ यो स्लाइडरले ब्रसको ब्यास नियन्त्रण गर्न सक्छु र मैले छान्न चाहेको सामग्रीमा पेन्ट गर्छु
11:59 म इमेजमा नचाहेको सामग्रीहरु छानेको छैन भनि पक्का गर्न इमेजमा हेर्छु
12:17 जब म माउस बटन छोड्छु, अल्गोरिदमले काम गर्न सुरु गर्छ र यहाँको केहि क्षेत्रहरु छान्नुपर्छ
12:27 प्रत्येक पटक छनोट अपडेट हुन्छ र मैले भर्खर पेन्ट गरेको जस्तै सामग्रीहरु छानिनेछन्
12:42 अब म Mark Background मा क्लिक गर्छु र मैले इमेजमा नचाहेको पृष्ठभूमि पेन्ट गर्न सुरु गर्छु
12:54 जब त्यहाँ छानिएको र नछानिएका सामग्रीहरु बीच थप ठाउँ भयो भने यो टूलले अझ राम्रो काम गर्छ र यहाँ भिन्नता त्यति धेरै छैन
13:12 छनोट गर्न इन्टर थिचौं
13:17 तपाईले यो टूलले कसरी काम गर्छ भन्ने थाहा पाउनुभयो
13:27 पाथ टूलले यो खण्डलाई पनि जनाउछ तर म त्यो पछि कुनै समयमा चर्चा गर्नेछु
13:36 सेलेक्ट मेनुमा तपाईले सेलेक्सनमा गर्न सक्ने अरु सामग्रीहरु पनि छन् र म त्यो पनि पछि चर्चा गर्नेछु
13:48 ल यो ट्युटोरियल यति नै
13:52 म प्रतिक्रिया को अपेक्षा गर्दछु र म अर्को पटक एकदमै नयाँ सामग्रीमा चर्चा गर्नेछु जुन viewer Generated content हो
14:05 तपाई meetthegimp.org को यो फाइलको शो नोटमा एउटा लिंक पाउनु हुनेछ र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया त्यसो गर्नुहोला
14:19 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana