GIMP/C2/Colours-And-Dialogs/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:23 Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:32 यहाँ अग्रभूमि र पृष्ठभूमि कलर डाइलग छ, तपाई ६ भिन्न तरिकाहरुमा रंगहरु छान्न सक्नुहुन्छ
00:47 पहिलो तरिकामा, तपाई H, S, V, R, G, B आदि स्लाइडरहरु देख्न सक्नुहुन्छ र तिनीहरुको मतलब क्रमश hue, saturation,value,red, green,blue हुन्छ
01:04 यहाँ म मेरो पृष्ठभूमि रंगको रुपमा कालो छान्छु र तपाई Hue,Saturation,Value,red,green,blue सबैको मान शुन्य देख्न सक्नुहुन्छ
01:20 र जब मैले Hue को मान बढाउछुँ केहि पनि फेरिदैन
01:28 कालो कालो नै रहन्छ किनभने मान शुन्य छ र जब म मान बढाउछुँ, म बिभिन्न ग्रे रंग पाउनेछु
01:41 म मान शुन्य हुदाँ स्याचुरेसन बढाउन सक्छु तर केहि बदलिदैन
01:50 तर तपाई देख्न सक्नुहुन्छ जब म स्याचुरेसन बढाउछुँ, अर्को पट्टिको रंग अलिकति बदलिन्छ
01:59 यदि मैले Hue ताने भने केहि पनि हुदैन तर मैले स्याचुरेसन तान्दा रंगको मान केहि बदलिएर निलो झैँ हुन्छ
02:12 यदि तपाई HSV सिस्टमले रंग छान्न चाहनुहुन्छ भने मात्र Saturation र Value स्लाइडर तानौं र तपाई Hue स्लाइडरमा इन्द्रेणीका बिभिन्न रंगहरु पाउनुहुनेछ र तपाई यी रंगहरु बाट छान्न सक्नुहुन्छ
02:48 यहाँ तपाई रातो, हरियो र निलो स्लाइडरमा रंग HSV स्लाइडर अनुसार बदलेको देख्न सक्नुहुन्छ र रंग छान्न सजिलो हुन्छ
03:03 यदि तपाई एउटा हल्का रंग चाहनुहुन्छ भने स्याचुरेसन स्लाइडर मिलाउनुहोस र तपाई कडा रंगहरुको मिश्रण चाहनूहुन्छ भने सोहीअनुसार स्लाइडरमा मान छान्नुहोस् र रातो,हरियो वा निलो स्लाइडरमा एउटा परिमाण छानौं
03:23 त्यसैले, Hue, Saturation र Value बुझ्न त्यति सजिलो छैन तर रंग छान्ने राम्रो तरिका हो
03:44 म यो डाइलग मलाई निश्चित रंग छान्न परेमा मात्र प्रयोग गर्छु
03:51 उदाहरणको लागि म ठिक मध्यम ग्रे चाहन्छु अनि म Value स्लाइडरलाई 50 मा पुर्याउछु, त्यसैले मान 0% र 100% को बिचमा भाग गरिन्छ र RGB स्लाइडरमा म 127 नम्बर पाउछु र तपाई ठिक मध्यम ग्रे पाउनुहुन्छ
04:28 अब अन्य डाइलगहरुमा हेरौं
04:33 यो डाइलग HSV कलर मोडेलमा आधारित छ र पहिले वृतमा तपाईले चाहनुभएको रंग छान्नुपर्छ
04:50 अनि त्रिकोणमा Value र Saturation छानौं
05:02 त्यसैले जब एउटा Hue छानिन्छ, तपाई त्यहाँ सोहि Hue को लागि Value र Saturation को बिभिन्न मानहरु पाउनुहुन्छ
05:22 अर्को डाइलग यो जस्तै छ
05:27 यो डाइलगमा तपाईसँग Hue छान्न एउटा स्ट्रिप छ, र तपाईले यो वर्गमा त्रिकोणमा भएको रंगहरु पाउनुहुनेछ र अब तपाई यो क्षेत्रबाट आफ्नो रंग छान्न सक्नुहुन्छ वा तपाई यहाँ ह्यु बदल्न सक्नुहुन्छ र तपाईको नयाँ रंग छान्न सक्नुहुन्छ
05:58 यहाँ तपाई स्याचुरेसनमा पनि जान सक्नुहुन्छ
06:02 र Value यसरी स्लाइड गरेर छान्न सक्नुहुन्छ र Hue यसरी स्लाइड गरेर छान्न सक्नुहुन्छ
06:12 यहाँ तपाई कडा रंग पाउन मान राख्न सक्नुहुन्छ र सोहीअनुसार स्याचुरेसन र ह्यु बदल्न सक्नुहुन्छ
06:33 सोहि तरिकामा यसले रातो,हरियो र निलोलाई काम गर्छ
06:40 म मैले चाहेको रंगहरुमा निलोको मात्रा मिलाउन सक्छु अनि सोहि तरिकाले रातो र हरियोको पनि
06:55 यो डाइलग अघिल्लो जस्तो रचनात्मक छैन
07:01 अर्को डाइलग वाटर कलर मिक्सअप हो
07:10 यहाँ यो स्लाइडरले रंगको भाडाहरुमा टिपिंगको प्रगाढता मिलाउछ
07:18 र तपाई यो बक्सबाट एउटा रंग छान्न सक्नुहुन्छ
07:32 र नतिजामा यहाँ यस्तो रंग देखिन्छ
07:37 तपाई एउटा रंग छान्न सक्नुहुन्छ मानौं यो पहेंलो र म यसमा अलिकति निलो र रातो थप्न सक्छु र नतिजामा रंग त्यति राम्रो देखिदैन
07:56 म यो डाइलग प्राय जसो प्रयोग गर्दिन
08:02 यो डाइलगले एक्टिभ प्यालेट देखाउछ र तपाई प्यालेट अन्त कतै राख्न सक्नुहुन्छ
08:10 यो ग्राफिक डिजाइन र वेब डिजाइन गर्न मात्र उपयोगी हुन्छ, मैले वास्तबमै यो डाइलगमा त्यति काम गरेको छैन
08:20 अर्को एउटा कुरो भनेको यहाँ प्रिन्टर रंगहरुको जानकारी लिने हो
08:31 मलाई लाग्छ यो डाइलग व्यवसायिक प्रिन्टरहरुको लागि मात्र उपयोगी छ र प्रिन्टरहरुले रातो, हरियो र निलोको सट्टामा सायन,म्यागेन्डा र येलो प्रयोग गर्छन् किनभने तिनीहरुले रंग घटाउछन्
08:54 रातो, हरियो र निलो मिसिन्छ र सेतो मा मिल्छ र यदि मैले प्रिन्ट गर्दा सायन,म्यागेन्डा र येलो लाई शुन्य राखे भने सेतो पेपर प्रिन्ट हुन्छ
09:11 यदि मैले कालो रंग प्रिन्ट गर्न चाहेमा म सायन,म्यागेन्डा र येलो लाई 100 मा सेट गर्न सक्छु र म पुरै कालो पेपर पाउछु
09:37 यी रंगहरु, डाईहरु प्रकाशबाट घटाईन्छ र यसले सायन मात्र फर्काउछ
09:46 र तिनीहरुलाई मिश्रण गरेर तपाई अझ घटाउन सक्नुहुन्छ र प्रकाशबाट पनि थप र तपाईले प्रिन्टगर्न सक्ने सबै रंगहरु प्राप्त गर्न सक्नुहुन्छ
09:58 त्यहाँ केहि देखिने रंगहरु छन् जुन प्रिन्ट गर्न सकिदैन त्यसैले तपाइको परिणाम फेरिन सक्छ
10:35 चौथो स्लाइडर k हो जसले कालो जनाउछ
10:41 निलो सँगको बेमेल हटाउन Blackलाई K मा सेट गरिएको छ
10:51 जब म मेरो पृष्ठभूमि रंग सेतो क्लिक गर्छु, तपाईले केहि पनि नबदलिएको देख्न सक्नुहुन्छ
11:08 रंगहरु उही छन् तर खाली सायन स्लाइडर तल झरेको छ, K स्लाइडर माथि गएको छ
11:18 यो पुन गरौँ
11:20 Y स्लाइडरलाई 40, M लाई 80 र C लाई 20 मा सारौँ
11:29 जब म रंग छान्छु तपाई M स्लाइडर 75, Y मा 26 र K मा 20 पाउनुहुनेछ
11:41 त्यसैले तपाई रंग नफेरिएको देख्नुहुन्छ तर त्यहाँ पहिले भएको सायन,म्यागेन्डा र येलो को मिश्रण म्यागेन्डा, येलो र ब्ल्याकमा बदलिएको छ
11:59 कालो मसी अलि सस्तो छ त्यसैले यहाँ स्ट्याटिक पोइन्टको लागि सायन,म्यागेन्डा र येलो को macky मिश्रण को सट्टामा म्यागेन्डा, येलो र ब्ल्याक को मिश्रण प्रयोग गरिन्छ
12:22 ल, अब हामीले रंग छनोटको सबै छ डाइलगहरुको चर्चा गरेका छौं
12:28 तर यो दुई रंग स्वाप गर्ने बाकि छ
12:32 अगाडिको रंग मेरो अग्रभूमि छ र अर्को मेरो पृष्ठभूमि रंग छ, जब म यसमा क्लिक गर्छु, तपाई यहाँ रंग सेट गर्न सक्नुहुन्छ
12:46 र यदि तपाई यी रंगहरु तपाईको इमेजमा चाहनुहुन्छ भने यी रंगहरुलाई ती इमेजहरु माथि तानौं र यो त्यो रंगले भरिने छ
13:02 तपाईसँग यो कलर स्वाप टूलबक्समा हुन्छ
13:14 File, Preferences अनि टूलबक्समा जानुहोस् र यहाँ तपाई अग्रभूमि रंग देख्नुहुन्छ र साथै ब्रस र एक्टिभ इमेज पनि
13:37 म यो अफ गर्नेछु किनभने यसले मेरो टूलबक्समा धेरै ठाउँ ओगट्छ
13:46 यो माथिल्लो दायाँ कुनाको कलर स्वाप आइकन अग्रभूमि र पृष्ठभूमिको रंग फेर्न हो
13:56 सोहि काम 'X' की थिचेर पनि गर्न सकिन्छ
14:03 यो तल्लो बायाँ कुनाको आइकन अग्रभूमि र पृष्ठभूमिको रंग कालो र सेतो बनाउन हो
14:14 यो एउटा राम्रो नयाँ बिशेषता हो, यो एउटा कालो पिकर हो र तपाई आफुले चाहेको कुनै पनि रंग स्क्रिन वा वेबसाइट बाट छान्न सक्नुहुन्छ
14:31 र अन्तमा त्यहाँ एउटा क्षेत्र छ जहाँ तपाईले रंगहरु परिभाषित गर्न हेक्स कोड लेख्न सक्नुहुन्छ
14:45 र जब मैले रंग फेर्छु तपाई हेक्स कोड कसरी बदलिएको छ देख्न सक्नुहुन्छ र म हेक्समा टाइप गरेर रंग प्राप्त गर्न वा रंगको नाम पनि टाइप गर्न सक्छु
15:06 उदाहरणको लागि म 'L'टाइप गर्छु र तपाईले सबै लन ग्रीन रगंहरु पाउनुहुन्छ, यो लन ग्रीन हो, ल, यो कलर डाइलगको विवरण थियो
15:19 मलाई लाग्छ मैले धेरै बोलें
15:23 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana