Firefox/C2/Tabbed-Browsing-Blocking-Pop-ups/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोजिल्ला फायरफक्सको यस स्पोकन टिउटोरियलमा स्वागत छ
00:04 यस टिउटोरियलमा हामी ट्याबड् ब्राउजिङ, स्टोरिङ कन्टेन्ट अफलाइन, ब्लकिङ पोप्-अप्स् को बारेमा सिक्ने छौं
00:13 यस टिउटोरियलमा हामी उबुन्टु १०.०४मा फायरफक्स ७.० संस्करण प्रयोग गर्नेछौं
00:21 मोजिल्ला फायरफक्सले ब्राउजर विन्डो भित्र धेरै वेबपेजहरु छुट्टा-छुटै ट्याबमा खोल्न दिन्छ
00:29 यसको सबैभन्दा ठूलो फाईदा यो हुन्छ कि यसले धेरै ब्राउजर विन्डोहरु खोल्ने आवश्यकतालाई हटाई दिन्छ
00:36 अनि यसले तपाईंको डेस्कटप लाई अव्यवस्थित हुन दिँदैन
00:40 हरेक ट्याबले ब्राउजरको सम्पुर्ण देखिने ठाउँलाई ओगटेको हुन्छ
00:45 यसले खोलेको ब्राउजर विन्डोहरुलाई घरिघरि आकार र स्थानको परिवर्तन गर्नुपर्ने आवश्यकतालाई हटाई दिन्छ
00:52 ट्याबड् ब्राउजिङले टाइल्ड-विन्डो ब्राउजिङ भन्दा थोरै मेमोरि र अपरेटिङ सिस्टम संसाधन प्रयोग गर्दछ
01:00 प्रयोगकर्ताले एकै पल्टमा धेरै ट्याबहरु खोलेको हुनुहुँदैन
01:05 मानौं तपाईं कुनै निश्चि्त वेबपेजमा हुनुहुन्छ
01:08 यहाँ एउटा लिन्क छ - “Firefox for Desktop”
01:11 तपाईंले यो लिन्कलाई एउटा नयाँ ट्याबमा खोल्न सक्नुहुन्छ
01:14 यसो गर्नलाई लिन्कमा राइटक्लिक गर्नुहोस्
01:17 अब क्नटेक्सट् मेनुमा ‘ओपन लिङ्क इन न्यू ट्याबमा’ क्लिक गर्नुहोस्
01:21 तपाईं याद गर्नुहोस् कि त्यही ब्राउजर विन्डोमा भइरहेको ट्याबको दायाँ नयाँ ट्याब खोलिन्छ
01:28 यसरी विन्डोलाई बन्द वा नचलाईकन त्यहि विन्डोमा तपाईं अर्को वेबपेज खोल्न सक्नुहुन्छ
01:34 तपाईं फाइल अनि न्यू ट्याबमा गएर पनि नयाँ ट्याब खोल्न सक्नुहुन्छ
01:40 यसको सर्टकट की CTRL+T हो
01:44 याद गर्नुहोस् कि जब तपाईं नयाँ ट्याब खोल्नुहुन्छ, नयाँ ट्याब तुरुन्तै सक्रिय हुन्छ
01:50 अब URL बारमा गएर ‘www.google.com’ टाईप गर्नुहोस्
01:56 प्रत्येक छुट्टाि-छुटै वेबपेज सहित अब तपाईंसँग 3 वटा ट्याबहरु हुने छन्
02:01 तपाईंले सबैभन्दा दायाँ ट्याबको दायाँ तिर भएको ‘+’ बटनलाई क्लिक गरेर पनि नयाँ ट्याब खोल्नसक्नु हुन्छ
02:08 हामी ट्याबहरुलाई हाम्रो आवश्यकता अनुरुप मिलाउन पनि सक्छौं
02:11 खालि एउटा ट्याबमा क्लिक गरेर अनि माउस बटन नछोडी यसलाई चाहिएको ठाउँमा सार्न सक्नुहुन्छ
02:17 अब माउस बटनलाई छोड्नुहोस्
02:20 ट्याब अब हामीले चाहेको ठाउँमा छ
02:23 मोजिल्ला फायरफक्सले हामीलाई गर्नदिने केही आधारभूत कार्यहरु हेरौं
02:29 सर्च इन्जिनलाई “google” मा परिवर्तन गरौं
02:32 अब सर्च बारमा ‘इमेल विकिपिडिया’ टाईप गरी सर्च बारको दायाँतिर भएको म्यागनिफाइङ ग्लासमा क्लिक गर्नुहोस्
02:40 मिल्ने विकिपेडिया पेज खोजीको पहिलो परिणाम हो
02:44 लिन्कमा क्लिक गरेर यो पेज खोल्नुहोस्
02:48 अब फाइलमा अनि “सेभ पेज ऐज”मा क्लिक गर्नुहोस्
02:52 यो फाईललाई ‘search.html’ नाम दिएर डेस्कटपमा सेभ गर्नुहोस्
02:59 अब हामी फाइल अनि न्यू ट्याबमा क्लिक गरी ब्राउजर विन्डोमा नयाँ ट्याब खोलौं
03:05 अब हाम्रो सेभ गरेको पेज यो नयाँ ट्याब विन्डोमा खोलौं
03:10 फाइल अनि ओपन फाइलमा क्लिक गर्नुहोस्
03:12 ब्राउज गरेर सेभ गरेको फाइल खोल्नुहोस्
03:17 URL बारमा तपाईं देख्नु्हुन्छ कि त्यो एड्रेस, इन्टरनेट एड्रेस नभइ तपाईंको क्म्प्यूटरको लोकल स्थान हुन्छ
03:25 अब तपाईंले यो पेज तपाईं अफलाइन हुदाँ पनि पढ्न सक्नुहुन्छ
03:29 पोप्-अप्स भनेको ती विन्डोहरु हुन् जो तपाइको अनुमतिबिना आफै देखापर्छन
03:34 Firefox ले हामीलाई प्रिफ्रेन्स विन्डो भित्रको कन्टेन्ट ट्याबबाट दुबै पोप्-अप्स र पोप्-अन्डर्सलाई नियन्त्रण गर्न दिन्छ
03:42 Windows मा यो अप्सन विन्डो भित्र हुनसक्छ
03:46 डिफल्ट बाटै पोप्-अप ब्लकिंगलाई चालु गरिन्छ
03:50 एडिट अनि प्रिफरेन्सेसमा क्लिक गर्नुहोस्
03:52 विन्डोज प्रयोगकर्ताहरु कृपया टुलस् अनि अप्सनमा क्लिक गर्नुहोस्
03:56 ‘कन्टेन्ट’ ट्याबमा, डिफल्टमा नै पहिलो अप्सन ‘ब्लक पोप-अप विन्डोज्’ लाई चेक गरिएको हुनेछ
04:02 यदि छैन भने कृपया यो अप्सनलाई चेक गर्नुहोस्
04:05 यस डायलग बक्सको विभिन्न अप्सनहरु अर्को टिउटोरियलमा चर्चा गरिने छ
04:11 क्लोज बटनमा क्लिक गर्नुहोस्
04:13 यसरी हामी ट्यूटोरीयलको अन्त्यमा आइपुगेका छौं
04:16 हामीले सिकेको कुराको संक्षिप्त विवरण यस प्रकार छ:
04:19 ट्याबड् ब्राउजिङ, स्टोरिङ कन्टेन्ट अफलाइन, ब्लकिङ पोप्-अप्स्
04:25 यो बोध कार्य गर्नुहोस्
04:29 नयाँ ट्याब खोल्नुहोस् ,सर्च इन्जिनलाई ‘google’ मा परिवर्तन गर्नुहोस्
04:33 ‘The history of email’ सर्च गर्नुहोस्
04:36 पहिलो नतिजालाई सेभ गर्नुहोस् र यसलाई अफलाइन डकुमेन्टको रुपमा हेर्न नयाँ ट्याबमा खोल्नुहोस्
04:43 सर्च इन्जिनलाई ‘bing’मा परिवर्तन गर्नुहोस्
04:46 फेरि ‘The history of email’ सर्च गर्नुहोस्
04:49 ‘History of Email & Ray Tomlinson’भन्ने लिंकलाई सेभ गर्नुहोस र यसलाई अफलाइन डकुमेन्टको रुपमा हेर्न नयाँ ट्याबमा खोल्नुहोस्
04:58 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
05:02 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्तो विवरण दिन्छ
05:04 यदि तपाईंसंग राम्रो ब्याडविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:09 स्पोकन टयुटोरियल प्रोजेक्ट टिम, स्पोकन टुयुटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:14 अनलाईल टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:18 थप जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुाहोस्
05:25 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
05:29 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:37 यस मिशन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
05:48 यो ट्युटोरीअल मा मन्दिरा थापाको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya, Pratik kamble