Drupal/C3/Controlling-Display-of-Images/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Controlling Display of Images स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी Image stylesphoto gallery view बारेमा जान्ने छौं
00:12 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ: उबुन्टु लिनक्स अपरेटिंग सिस्टम, ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर
00:21 तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:25 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
00:29 ड्रुपल मा साइट को आवश्यकता अनुसार हामी कुनै पनि ईमेजको साइज र स्केल फेरबदल गर्न सक्छौं
00:37 ड्रुपलले मूल ईमेजलाई चाहेको साइज वा स्केल अनुसार परिवर्तन गर्न सकिन्छ
00:43 अनि, यसले फाइलको त्यो संस्करण सेभ गर्छ
00:46 Configuration मा क्लिक गरौं
00:48 यहाँ हामी २ ईमेज स्टाइल हरू सृजना गर्छौं
00:51 तल स्क्रोल गरी MEDIA ट्याब खोजौं
00:54 यहाँ, हामी Image Styles देख्न सक्छौं, यसमा क्लिक गरौं
00:58 हामी पहिले सेट अप गरेको टेबल को लागि एउटा Image style सृजना गर्ने छौं
01:03 र अर्को भ्यू लोगो को ग्रिड को लागि पनि सृजना गर्ने छौं
01:09 Add image styles मा क्लिक गरौं
01:12 Image style name मा हामी "Upcoming Events 150 x 150" टाइप गर्ने छौं
01:19 ड्रुपलले machine name आफैं भरेको याद गरौं
01:23 यो हाम्रो Image style name हो
01:26 अब, Create new style मा क्लिक गरौं
01:29 हाम्रो 600 बाई 800 को मूल ईमेज बायाँपट्टि रहेको छ भने सम्पादित संस्करण दायाँपट्टि रहेको छ
01:38 EFFECT भित्रको Select a new effect ड्रप-डाउनमा क्लिक गरौं
01:42 सूचीमा धेरै विकल्पहरू देखाएका छन्, "Scale and crop" ईफेक्ट छानौं
01:49 तपाई आफूले चाहेको कुनै पनि विकल्प छान्न सक्नुहुन्छ, उदाहरणको लागि: Rotate, Resize वा अन्य कुनै
01:56 Add बटन क्लिक गरौं
01:58 Width मा 150 Height मा 150 इन्टर गरौं
02:02 याद गरौं – कहिल्यै पनि Width Height मूल ईमेजको भन्दा ठूलो नबनाऊ
02:07 त्यसो गर्दा ईमेज पिक्सलमा विभाजित हुने छ
02:11 Add effect क्लिक गरौं
02:13 यहाँ हाम्रो नयाँ Image Style रहेको छ, ईमेजको बायाँपट्टि हेर्दा यो स्केल भएर क्रप भएको देखिन्छ
02:22 अर्को एउटा सृजना गरौं, Image styles मा क्लिक गरौं र Add image styles बटन क्लिक गरौं
02:29 यो पटक हामी Image style name मा यस्तो टाइप गर्ने छौं: "photo gallery of logos"
02:35 अनि, Create new style बटन क्लिक गरौं
02:38 यो तपाईको कम्प्युटरको कुनै पनि photo gallery को ईमेज हुन सक्छ
02:42 तपाई यसो कुनै पनि ईमेजमा, फिल्ड मा र कुनै पनि सामग्रीमा गर्न सक्नुहुन्छ
02:47 पुन एक पटक, Select a new effect मा क्लिक गरौं र "Scale and crop" विकल्प क्लिक गरौं
02:53 Add बटन क्लिक गरौं, Width मा 300 Height मा 300 थपौं
03:00 Add effect बटन क्लिक गरौं
03:03 बायाँ पट्टिको ईमेजको नयाँ नाप 300 बाई 300 भएको याद गरौं
03:09 यसले ड्रुपलले प्रत्येक ईमेज स्टाइल को ईमेज संस्करण स्वत: सृजना गरी साइटमा भण्डार गर्ने देखाउँछ
03:18 Structure क्लिक गरौं र Views मा क्लिक गरौं
03:21 Edit मा क्लिक गरी हाम्रो Upcoming Events अपडेट गरौं
03:27 Event Logo मा क्लिक गरौं र Image Style लाई "Upcoming Events" मा परिवर्तन गरौं
03:33 अनि Apply क्लिक गरौं
03:36 प्रिभ्यु क्षेत्रमा स्क्रोल गर्दा हाम्रा लोगोहरू समान भएको देख्ने छौं
03:42 अब, Save क्लिक गरौं
03:45 Back to site मा क्लिक गरौं, हाम्रो वेबसाइट यस्तो देखिन्छ
03:50 यो नै Image Styles ले गर्ने काम हो
03:53 अब सम्पूर्ण इभेन्टहरूको प्रयोग गरी एउटा नयाँ ग्रिड लेआउट भ्यू सृजना गरौं
03:59 यसो गर्न, Structures मा क्लिक गरौं अनि Views Add new view क्लिक गरौं
04:05 हामी यसलाई Photo Gallery नाम दिन्छौं
04:09 VIEW SETTINGS लाई Content - of type - Events सेट गरौं
04:14 यो भ्यू बिशेषत कुनै पनि कार्यक्रमको लागि photo-of-the-day वा ईमेजहरूको ग्यालेरीको रूपमा प्रयोग गर्न सकिन्छ
04:22 Create a page क्लिक गरौं
04:25 तल स्क्रोल गरी Grid of fields छानौं
04:29 हामीले ड्रुपल ड्रप डाउनमा उपलब्ध अन्य कुनै विकल्प पनि छन् सकिने याद गरौं
04:36 Items to display फिल्डमा 9 छानौं किनकी यसले एउटा 3 बाई 3 ग्रिड दिने छ
04:42 Create a menu link पनि ठीक गरौं
04:46 Menu ड्रप-डाउनमा "Main navigation" विकल्प छानौं
04:51 अनि Save and Edit क्लिक गरौं
04:54 अब हाम्रो ५ आवश्यकताहरू जाँचौं: डिस्प्ले एउटा पेज हो
04:59 फर्म्याट Grid छ,
05:01 यहाँ एउटा मात्र Title नामक फिल्ड छ र अन्त्यमा Filter Sort Criteria छन्
05:08 हामीले अहिलेको लागि यिनीहरूलाई यसै छोड्ने छौं
05:12 तल स्क्रोल गर्दा हामी ४ कोलम हरू र ९ कार्यक्रम हरू देख्न सक्छौं
05:17 Format को कोलमको संख्या बदल्न Settings क्लिक गरौं
05:22 अनि कोलमको संख्या 3 मा बदलौं र Apply क्लिक गरौं
05:28 यसले हामीलाई एउटा 3 बाई 3 ग्रिड दिन्छ
05:31 Fields मा Add क्लिक गरौं
05:34 Event Logo खोजेर एउटा ठीक चिन्ह राखौं अनि Apply क्लिक गरौं
05:40 यो पटक Image style मा "photo gallery of logos" छानौं
05:45 Link image to मा Content छानी Apply क्लिक गरौं
05:50 तुरुन्तै तलको Preview खण्डमा एउटा ग्रिड देखापर्छ
05:55 हामी एउटा ग्रिड लेआउट एउटा टेबल भन्दा भिन्न हुने देख्छौं
06:00 हामीले एउटा नोडबाट छान्ने सम्पूर्ण फिल्ड हरू एकै कोठामा रहेका छन्
06:05 र हामी कति कोठाहरू देखाउने रोज्न सक्छौं
06:09 Save मा क्लिक गरौं
06:12 Back to site बटन क्लिक गरौं अनि Photo Gallery क्लिक गरौं
06:17 यो अहिले धेरै राम्रो देखिन्छ
06:19 सानो डिभाइस जस्तै मोबाईलमा सम्पूर्ण ईमेजहरू 3 बाई 3 ग्रिडमा घट्ने छन्
06:26 र यो ड्रुपल ले ग्रिडमा गर्ने कार्य भयो
06:29 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
06:34 यो ट्युटोरियलमा हामीले: Image stylesphoto gallery view को बारेमा सिक्यौं
06:44 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
06:53 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
07:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
07:08 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई - NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
07:19 म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira