C-and-Cpp/C4/Working-With-Structures/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 स्ट्रक्चरस् इन् C इन् C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:08 एउटा स्ट्रक्चर के हो?
00:10 एउटा स्ट्रक्चर को घोषणा
00:13 हामी यसको लागि एउटा उदाहरण प्रयोग गर्ने छौं
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.०४,
00:22 gcc g++ कम्पाईलर संस्करण ४.६.१
00:28 स्ट्रक्चर को परिचय सँगै सुरु गरौँ
00:31 जब एक वा बढि भेरिएबलहरु एकै नाममा समुह्कृत हुन्छन्, त्यसलाई स्ट्रक्चर भनिन्छ
00:37 स्ट्रक्चर बिभिन्न प्रकारका डाटाहरु एउटा अब्जेक्टमा समुह्कृत गर्न प्रयोग गरिन्छ
00:42 यसलाई compound data-type पनि भनिन्छ
00:45 यो सम्बन्धित जानकारीहरु एकै ठाउँमा समुह्कृत गर्न प्रयोग गरिन्छ
00:49 अब हामी एउटा स्ट्रक्चर घोषणा गर्ने सिनट्याक्स हेर्नेछौं
00:52 struct किवर्डले कम्पाईलरलाई एउटा स्ट्रक्चर घोषणा भएको जनाउँछ
00:59 strcut_name स्ट्रक्चर को नाम हो
01:02 उदाहरण: struct employee;
01:04 तपाई कुनै पनि नाम दिन सक्नुहन्छ
01:07 अब हामी एउटा स्ट्रक्चर भेरिएबल कसरी घोषणा गर्ने हेर्नेछौं
01:10 यसको सिनट्याक्स:
01:13 struct struct_name र struct_var;
01:17 struct_var struc_name टाइपको भेरिएबल हो
01:21 उदाहरण, struct employee addr;
01:26 addr employee टाइपको भेरिएबल हो
01:30 अब हाम्रो उदाहरणमा जाऊ
01:33 मैले पहिले नै एडिटरमा प्रोग्राम टाइप गरिसकेको छुँ, त्यसैले म यो खोल्ने छुँ
01:37 याद गरौँ, हाम्रो फाइलको नाम structure.c
01:41 यो प्रोग्राममा हामी स्ट्रक्चर प्रयोग गरी तीन बिषयहरुको कुल अंक गणना गर्ने छौं
01:48 म कोड वर्णन गर्ने छुँ
01:51 यो हाम्रो हेडर फाइल हो
01:53 यहाँ हामीले एउटा स्ट्रक्चर student घोषणा गरेका छौं
01:57 अनि हामीले तीन इन्टिजर भेरिएबलहरु English, mathsscience घोषणा गरेका छौं
02:03 स्ट्रक्चर भित्र घोषणा गरिएका भेरिएबलहरुलाई स्ट्रक्चरको मेम्बर भनिन्छ
02:09 यो हाम्रो main() फंक्सन हो
02:11 यहाँ हामीले एउटा integer भेरिएबल 'total' घोषणा गरेका छौं
02:16 अब हामीले एउटा स्ट्रक्चर भेरिएबल stud घोषणा गरेका छौं, stud भेरिएबलको टाइप student हो, यो स्ट्रक्चर मेम्बरहरु प्रयोग गर्न र संशोधन गर्न प्रयोग गरिन्छ
02:28 यहाँ हामीले मेम्बरहरु संशोधन गरेका छौं
02:31 त्यसको लागि हामी तिनीहरुलाई मानहरु 75, 70 र 65 दिएका छौं
02:37 यहाँ हामीले तीन विषयहरुको कुल अंक गणना गर्ने छौं
02:41 अनि हामी नतिजा प्रिन्ट गर्ने छौं
02:44 यो हाम्रो return स्टेटमेन्ट हो
02:46 अब Save मा क्लिक गरौँ
02:48 प्रोग्राम एक्जिक्युट गरौँ
02:50 टर्मिनल विन्डो खोल्न
02:54 किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिचौं
02:59 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस structure.c स्पेस hyphen o स्पेस struct Enter थिचौं
03:12 एक्जिक्युट गर्न टाइप गरौँ, (dot slash)./struct, इन्टर थिचौं
03:17 आउटपुट यस्तो देखिन्छ:
03:20 Total is 210
03:22 अब हामी यहि प्रोग्राम C++ मा एक्जिक्युट गर्ने छौं
03:26 हाम्रो प्रोग्राममा फर्कौं
03:28 म यहिँ कोड सम्पादन गर्ने छुँ
03:30 किबोर्डको Shift, CtrlS कीहरु एकसाथ थिचौं
03:37 अब फाइल .cpp एक्सटेन्सन सहित सेभ गरौँ
03:41 र सेभमा क्लिक गरौँ
03:43 हेडर फाइललाई iostream मा बदलौं
03:47 अब using स्टेटमेन्ट संलग्न गरौँ
03:53 save मा क्लिक गरौँ
03:56 C++ मा स्ट्रक्चरको घोषणा C सरह छ
04:01 त्यसैले मैले यहाँ केहि पनि परिवर्तन गर्नुपर्दैन
04:05 अन्त्यमा हामी printf स्टेटमेन्टलाई cout स्टेटमेन्टले बदल्ने छौं
04:12 फर्म्याट स्पेसीफायर र (ब्याकस्ल्याश n) \n मेटौं
04:15 अब कमा मेटौं
04:17 दुई खुल्ने एंगल ब्राकेटहरु मेटौं
04:20 यहाँ, बन्द हुने ब्राकेट मेटौं
04:22 र दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ
04:25 र दोहोरो उद्धरण भित्र, टाइप गरौँ, \n (ब्याकस्ल्याश n)
04:29 अब Save मा क्लिक गरौँ
04:31 प्रोग्राम एक्जिक्युट गरौँ
04:33 हाम्रो टर्मिनलमा फर्कौं
04:35 कम्पाइल गर्न, टाइप गरौँ, g++ स्पेस structure.cpp स्पेस hyphen o स्पेस struct1
04:46 यहाँ हामीसँग struct1 छ किनभने हामी फाइल structure.c को लागि आउटपुट प्यारामिटर struct ओभरराइट गर्न चाहदैनौं
04:55 अब इन्टर थिचौं
04:57 एक्जिक्युट गर्न टाइप गरौँ, (डट स्ल्याश) ./struct1, इन्टर थिचौं
05:03 आउटपुट यस्तो देखिन्छ:
05:05 Total is 210
05:08 तपाई आउटपुट हाम्रो C कोड सरह भएको देख्न सक्नुहुन्छ
05:12 अब हाम्रो स्लाइडमा फर्कौं
05:14 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
05:18 स्ट्रक्चर,एउटा स्ट्रक्चरको सिनट्याक्स
05:20 उदाहरण: struct struct_name;
05:23 एउटा स्ट्रक्चरका मेम्बरहरु प्रयोग गर्न
05:25 उदाहरण: stud.maths = 75;
05:30 र स्ट्रक्चर भेरिएबलहरु थप्न
05:33 उदाहरण: total = stud.eng + stud.maths + stud.science;
05:40 कार्यको लागि,कामदारको रेकर्डहरु देखाउने एउटा प्रोग्राम लेख्नुहोस्
05:44 जस्तै नाम, ठेगाना, पद र तलब
05:49 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:54 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
06:01 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
06:04 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:08 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
06:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:18 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:25 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:29 म मन्दिरा थापा बिदा हुदैछुँ,
06:33 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya