Blender/C2/Installation-Process-for-Windows/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:04 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00:08 यो ट्युटोरीअलले कसरि ब्लेंडर २.५९ पाउने, यसलाई कसरी विन्डोज अपरेटिंग सिस्टम मा स्थापना गर्ने र चलाउने जानकारी दिन्छ
00:21 यो ट्युटोरीअल को लागि म विन्डोज एक्स पी अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
00:28 यो ट्युटोरीअल मा मन्दिरा थापा को योगदान रहेको छ
00:37 तपाइको इन्टरनेट ब्राउजर खोल्नुहोस् म फायरफक्स ३.०९ प्रयोग गर्दैछु, एड्रेसबारमा www.blender.org टाइप गर्नुहोस र Enter key थिच्नुहोस
00:54 यसरी तपाई आधिकारिक ब्लेंडर वेबसाइट मा पुग्नुहुन्छ
01:01 ब्लेंडर निशुल्क र खुला स्रोत हो
01:05 इन्स्टलर वा स्रोत कोड डाउनलोड गर्नलाई ब्लेंडर वेबसाइटमा उपलब्ध छ
01:10 यहाँ हेडर पेज भन्दा मुनिको लिंकमा डाउनलोड ब्लेंडर छ,
01:15 डाउनलोड पेजमा जनलाई हामीले यो लिंकमा क्लिक गर्नुपर्छ
01:22 तपाइ देख्न सक्नुहुन्छ कि यो ब्लेंडर को सबैभन्दा स्थिर संस्करण हो
01:28 यहाँ तपाई संग दुई विकल्प छ -३२ बिट वा ६४ बिट इन्स्टलर
01:39 तपाई आफ्नो कम्प्युटरमा लागु हुने गरि कुनै पनि डाउनलोड गर्न सक्नुहुन्छ
01:44 ३२ बिट र ६४ बिट सिस्टमहरुको बारेमा जान्न हाम्रो Blender Hardware Requirements ट्युटोरीअल हेर्नुहोला
01:56 वेबसाइटमा ब्लेंडर प्रोग्राम फायल को जिप्ड आर्काइभ पनि उपलब्ध छ
02:01 यसले ब्लेंडर रन गर्न आवश्यक सबै फायल हरु रहेका छ
02:06 तपाइले आफ्नो रोजाइको फोल्डर मा फायलहरु unzipextract गर्नुपर्छ र चलाउन लायक ब्लेंडर लाई रन गर्नुपर्छ
02:15 म यो देखाऊदैछु
02:17 इन्स्टलर र आर्काइभ को मुख्य भिन्नता भनेको -
02:22 इन्स्टलर ले ब्लेंडर एप्लिकेसन फायल लाई C DRIVE को प्रोग्राम फायल्स मा राख्छ र स्टार्ट मेनु मा एउटा आइकन सेट गरिदिन्छ
02:31 डेस्कटप मा एउटा आइकन, र डिफल्टमा .blend फायलहरु ब्लेंडर मा रन गर्छ
02:40 जिप आर्काइभ मा सबै फायलहरु र एउटा फोल्डरमा एक्जिक्युटेबल ब्लेंडर फायल रहेका छन
02:48 जसलाई कम्प्युटरको कुनै पनि ड्राइभमा कपि गर्न सकिन्छ
02:53 अब यदि म आर्काइभ प्रयोग गर्न चाहन्छु भने मलाई ३२-बिट आर्काइभ आवश्यक पर्छ
03:02 ३२-बिट को डाउनलोड लिंकमा लेफ्ट क्लिक गरयो भनेडाउनलोड सुरु हुन्छ
03:09 मैले पहिले भने जस्तै मेरो इन्टरनेट ब्राउजर फायरफक्स ३.०९ हो
03:16 यहाँ देखाइएको डाउनलोड प्रकृया अरु ब्राउजर हरु पनि समान छन
03:23 तपाइले यहाँ डाउनलोड को प्रगति देख्न सक्नुहुन्छ
03:26 यो हरियो ठाडो धर्कोसहितको तेर्सो डाउनलोड बारले कति डाउनलोड भयो भनि देखाउछ
03:44 डाउनलोड गति तपाइको इन्टरनेट मा भर पर्छ
03:48 कृपया यो नसके सम्म कुर्नुहोस
04:02 अर्काइभ एक्सट्रयाक्ट गर्न , पहिले download मा राइट क्लिक गर्नुहोस
04:08 Open containing folder मा लेफ्ट क्लिक गर्नुहोस र zip मा दुई चोटी क्लिक गर्नुहोस
04:16 यो आर्काइभर जस्तै Winzip मा खुल्छ, जो डिफल्टमा हरेक विन्डोज कम्प्युटर मा स्थापित हुन्छ
04:24 EXTRACT लेफ्ट क्लिक गर्नुहोस र तपाइको सूचिको लक्षित फायल छान्नुहोस्
04:32 My Documents मा संग्रह गदैछु, Extract मा लेफ्ट क्लिक
04:40 यो हरियो बार सहितको प्रगति बारले कति संग्रह भयो देखाउछ
04:56 अब तपाई extracted folder देख्न सक्नुहुन्छ
05:00 फोल्डर खोल्न दुई चोटी लेफ्ट क्लिक गर्नुहोस, Blender executable लाई पनि दुई चोटी लेफ्ट क्लिक गर्नुहोस
05:08 विन्डोज ले एउटा security warning दिन्छ जसले - the publisher could not be verified. भन्छ
05:14 यो चिन्ता गर्न पर्ने कुरो होइन खाली Run बटन मा क्लिक गर्नुहोस
05:27 अब यदि तपाई ब्लेंडर प्रयोग गर्न चाहनुहुन्छ भने फेरी ब्लेंडर वेबसाइटमा जाऊ
05:35 पेजमा माथिको Downloadमा क्लिक गर्नुहोस, तपाई डाउनलोड पेज मा पुग्नुहुन्छ
05:44 मेरो कम्प्युटर को लागि मलाई 32-Bit installer चाहिन्छ
05:48 त्यसैले मैले ३२ बिट इन्स्टलरको डाउनलोड लिंकमा क्लिक गर्छु र डाउनलोड सुरु हुन्छ
06:03 देखाउन सजिलो होस् भनेर मैले पहिले नै ब्लेंडर वेबसाइट बाट मेरो कम्प्युटर मा इन्स्टलर डाउनलोड गरिसकेको छु
06:11 अब म स्थापना गर्ने प्रकृया देखाउदैछु, installer मा दुई चोटी लेफ्ट क्लिक गर्नुहोस
06:22 विन्डोजले security warning देखाउछ जसले - the publisher could not be verified भन्छ
06:29 यो चिन्ताको कुरो होइन, खाली Run बटन मा क्लिक गर्नुहोस
06:35 Blender Setup Wizard यस्तो देखिन्छ
06:39 स्थापना प्रकृया को अर्को भागमा जान Next मा क्लिक गर्नुहोस
06:48 प्राय सफ्टवेर जस्तै यसमा एउटा License Agreement देखाउछ
06:53 बाकी सम्झौता हेर्न page down थिच्नुहोस
07:07 म तपाइलाई यो राम्रोसंग पढ्न सल्लाह दिन्छु
07:11 ध्यान दिनुहोस, ब्लेंडर एउटा निशुल्क र खुला स्रोत हो
07:14 तपाइले ब्लेंडर स्थापना गर्न लाइसेन्स एग्रिमेन्ट स्वीकार्नुपर्छ
07:21 जारी राख्न I agree बटनमा क्लिक गर्नुहोस
07:27 यसले तपाइलाई स्थापना गर्ने अंगहरु छान्न दिन्छ
07:32 म तपाइलाई डिफल्ट मा छानिएका सबै अंग हरु स्थापना गर्ने सल्लाह दिन्छु र स्थापना जारी राख्न next बटन मा क्लिक गर्नुहोस
07:41 यहाँ तपाई लाई ब्लेंडर स्थापन गर्ने स्थान छान्न सक्नुहुन्छ
07:48 डिफल्ट मा प्रोग्राम फायल्स छानिएको छ
07:51 जुन ब्लेंडर स्थापना गर्न राम्रो स्थान हो, अघि बढ्नुहोस र Install बटन क्लिक गर्नुहोस
08:04 हरियो बार सहित को प्रगति बारले स्थापना कार्य कति सकियो भनेर देखाउछ
08:10 प्राय यसले एक मिनेट भन्दा कम समय लिन्छ
08:33 Blender Setup पुरा भयो
08:36 ब्लेंडर तपाइको कम्प्युटर मा स्थापना भएको छ
08:39 Run Blender चेकबक्स चन्नुहोस
08:42 Finish बटन क्लिक गर्नुहोस
08:45 ब्लेंडर आफै चल्न सुरु गर्नुपर्छ
08:52 यदि ब्लेंडर बाइनरी, सक्कली एक्सट्रयाकटेड डाइरेक्टरी भित्र छ भने यसो हुदैन
08:57 ब्लेंडर थप केहि मा निहित नभई सोझै बक्स बाट चल्न थाल्छ
09:03 कुनै सिस्टम लाइब्रेरी वा सिस्टम क प्राथमिकता फेरिएको छैन
09:10 यसरी हामीले यो ट्युटोरीअल मा कसरी विन्डोज अपरेटिंग सिस्टम मा ब्लेंडर स्थापना गर्ने सिकेउ
09:19 अब ब्लेंडर वेबसाइट बाट ब्लेंडर डाउनलोड गरि आफ्नो कम्प्युटर मा स्थापना गर्नुहोस
09:28 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
09:37 यो सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध रहेको छoscar.iitb.ac.in
09:45 spoken-tutorial.org/NMEICT-Intro
09:55 स्पोकन ट्युटोरीअल प्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
10:01 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र पनि प्रदान गर्छ
10:06 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोला
10:13 सहभागीट को लागि धन्यवाद
10:16 र म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira