BASH/C2/Case-statement/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, Case स्टेटमेन्ट in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं,case स्टेटमेन्ट को महत्व, case स्टेटमेन्ट को सिनट्याक्स साथै एउटा उदाहरण
00:17 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग Shell Scripting को आधारभूत ज्ञान हुनुपर्छ
00:23 यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया हाम्रो वेबसाइटमा जानुहोस्
00:29 यो ट्युटोरियलको लागि म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टमGNU BASH संस्करण ४.१.१० गर्दैछुँ
00:39 कृपया याद गरौँ, यो ट्युटोरियल अभ्यास गर्न GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:47 Bash शेलमा दुई प्रकारका कन्डिसनल स्टेटमेन्टहरु रहेका छन्,if स्टेटमेन्टcase स्टेटमेन्ट
00:56 Case स्टेटमेन्ट वैकल्पिक रुपमा if-else स्टेटमेन्ट को स्थानमा प्रयोग गर्न सकिन्छ
01:03 धेरै बस्तुहरु छान्नुपर्ने अवस्थामा case स्टेटमेन्ट बढि रुचाइन्छ
01:09 यो एउटा स्क्रिप्टमा मेनुहरु लागु गर्न प्रयोग गरिन्छ
01:14 सिनट्याक्स हेरौं case स्पेस $(डलर)VARIABLE स्पेस in match_1 बन्द हुने ब्राकेट स्पेस कमाण्डहरु र सेमिकोलन दुईपटक
01:27 match_n बन्द हुने ब्राकेट स्पेस कमाण्डहरु र सेमिलोलन दुईपटक एस्टरिस्क बन्द हुने ब्राकेट स्पेस डिफल्टमा एक्जिक्युट हुने कमाण्ड र सेमिकोलन दुईपटक esac
01:45 VARIABLE match_1 सँग तुलना गरिन्छ
01:48 यदि यो मिलेन भने, यो अर्को केसमा जानेछ जुन match_n हो
01:54 यसले यी स्ट्रिंगहरु मध्ये कुनै VARIABLE मिल्छ कि जाच्ने छ
02:01 यदि मिल्छ भने दुई सेमिकोलन(;;) सम्मका सम्पूर्ण कमाण्डहरु एक्जिक्युट हुनेछन्
02:07 यदि कुनै पनि मान VARIABLE सँग मिलेन भने एस्टरिस्क सम्बन्धित कमाण्डहरु एक्जिक्युट हुनेछन्
02:14 यो डिफल्ट केस कन्डिसन हो किनभने एस्टरिस्क सबै स्ट्रिंगहरु सँग मिल्छ
02:21 esac ले case ब्लक को अन्त्य जनाउँछ
02:26 एउटा उदाहरण सहित case स्टेटमेन्ट बुझौं
02:32 मैले पहिले नै प्रोग्राम टाइप गरिसकेको छुँ, त्यसैले म फाइल case.sh खोल्ने छुँ
02:38 प्रोग्रामले डिस्क स्पेसले एउटा निश्चित सिमा पार गरेपछि एउटा चेतावनी संदेश प्रिन्ट गर्छ
02:45 यो shebang लाइन हो
02:47 अन्य Linux हरु जस्तै CentOS, RedHat आदिमा ब्याश को स्थान फरक हुन्छ
02:55 अघिल्लो पटक प्रयोग गरिएको /bin/bash ले सिधै बाइनरी फाइल लाई जनाउँछ
03:01 यहाँ रहेको env ले bash रहेको स्थान निकाल्ने छ
03:07 यो shebang लाइनले कुनै पनि GNU/Linux सिस्टममा स्क्रिप्टको सहजता सुधार्छ
03:16 df -(हाइफन्)h ले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेस देखाउँछ
03:22 आउटपुट sort -rk5 मा पठाइएको छ जसले पाँचौं कोलमलाई उल्टो क्रममा राख्ने छ
03:31 अनि आउटपुट awk 'FNR == 2 {print $5}' मा पठाइन्छ
03:38 जसले दोस्रो लाइनको पाँचौं स्थान निकाल्ने छ
03:43 अन्तमा, आउटपुट cut -(हाइफन्)d “% -(हाइफन्)f1” % चिन्ह निकाल्न पठाइन्छ
03:55 यो case स्टेटमेन्ट को पहिलो लाइन हो
03:59 यहाँ, हामी 0 र 69 बिचको स्पेस तुलना गर्नेछौं
04:04 यदि मिल्ने भेटमा, यसले "Everything is OK” प्रिन्ट गर्ने छ
04:08 अर्को, यसले 70 र 89 वा 91 देखि 98 सम्मको स्पेस तुलना गर्ने छ;
04:17 यदि मिलेमा यसले “Clean out. There's a partition that is $(डलर)स्पेस % full” प्रिन्ट गर्ने छ
04:27 यहाँ, यसले स्पेस लाई 99 सँग तुलना गर्छ
04:30 यदि मिलेमा यसले “Hurry. There's a partition at $(डलर) स्पेस %!” प्रिन्ट गर्ने छ
04:39 यो डिफल्ट केस कन्डिसन हो किनभने एस्टरिस्क सम्पूर्ण स्ट्रिंगहरुसँग मिल्ने छ
04:45 र यो case स्टेटमेन्ट को अन्त्य हो
04:48 अब फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टर्मिनल मा जाऊ
04:52 टाइप गरौँ, chmod plus x case डट sh
04:57 टाइप गरौँ, डट slash case डट sh
05:02 Everything is OK., याद गरौँ, आउटपुट तपाईको सिस्टम अनुसार फरक पर्ने छ
05:10 मेरो कम्प्युटरमा, 0 र 69 बिचको मिलेकोले यसले Everything is OK प्रिन्ट गर्छ
05:18 तपाईको कम्प्युटरमा प्रिन्ट भएको संदेश हेर्नुहोस्
05:20 तपाई कुन case स्टेटमेन्ट एक्जिक्युट भएको बुझ्न सक्नुहुनेछ
05:27 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
05:31 यो ट्युटोरियलमा हामीले सिक्यौं, case स्टेटमेन्ट को महत्व र case स्टेटमेन्ट को सिनट्याक्स साथै डिस्क स्पेस उदाहरण
05:41 कार्यको रुपमा गणितीय हिसाबको लागि एउटा मेनु सहितको प्रोग्राम लेख्नुहोस्
05:47 यसले युजर इन्पुट ab लिनुपर्छ
05:51 यसले गणितीय अपरेटरहरुको लागि सोध्नुपर्छ (प्लस +, माइनस -, भाग / र गुणा *), हिसाब गर्नुहोस् र आउटपुट प्रिन्ट गर्नुहोस्
06:02 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:06 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:08 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
06:16 स्पोकन ट्युटोरियलहरु प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:23 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
06:31 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:35 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:

http://spoken-tutorial.org\NMEICT-Intro

06:48 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
06:53 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya