Advanced-Cpp/C2/Static-Members/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 C++ को static members स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 Static किवर्ड Static भेरिएबल
00:12 Static फंक्सन
00:14 हामी उदाहरण प्रयोग गरि यो सब गर्ने छौँ
00:17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:20 Ubuntu अपरेटिंग सिस्टम संस्करण ११.०४
00:24 g++ कम्पाइलर संस्करण ४.६.१
00:29 static को परिचय सँगै सुरु गरौँ
00:33 Static भेरीएबल मा पहिलो object सिर्जना गर्नुपूर्व मान शुन्य रहनेछ
00:39 सम्पूर्ण प्रोग्रामको लागि स्ट्याटिक भेरिएबलको एक प्रति मात्र रहेको छ
00:44 सम्पूर्ण अब्जेक्टहरुले त्यो भेरिएबल प्रयोग गर्नेछन्
00:47 यो प्रोग्रामको अन्त्यसम्म मेमोरीमा रहनेछ
00:52 Static फंक्सन
00:54 एउटा स्ट्याटिक फंक्सन कुनै अब्जेक्टमा भर नपरी आफै कल गर्न सकिन्छ
01:00 एउटा स्ट्याटिक फंक्सन उपयोग गर्न,
01:03 classname :: (स्कोप रिजोलुसन अपरेटर) र static function();
01:09 अब स्ट्याटिक मेम्बरहरुको एउटा उदाहरण हेरौं
01:13 मैले पहिले नै एडिटरमा कोड टाइप गरेको छुँ
01:17 याद गरौँ, हाम्रो फाइलको नाम static dot cpp हो
01:21 अब म कोड वर्णन गर्ने छुँ
01:24 iostream हाम्रो हेडरफाइल हो,
01:27 यहाँ हामी std namespace प्रयोग गर्छौं
01:31 अनि हामीसँग class statex
01:34 यसमा हामीसँग एउटा ननस्ट्याटिक भेरिएबल x private को रुपमा घोषणा गरिएको छ
01:40 अनि हामीसँग एउटा स्ट्याटिक भेरिएबल sum, public घोषणा गरिएको छ
01:45 यो हाम्रो constructor statex हो
01:48 यहाँ हामीले sum बढाएका छौं
01:52 अनि sum को मान x मा भण्डार गरिएको छ
01:55 यहाँ हामीसँग एउटा static फंक्सन stat
01:58 यसमा हामी sum प्रिन्ट गर्छौं
02:01 अनि हामीसँग फंक्सन number
02:04 यहाँ हामी नम्बर x प्रिन्ट गर्ने छौं
02:07 यहाँ क्लास बन्द भएको छ
02:10 हामी ग्लोबल static भेरिएबल घोषणा गर्न स्कोप रिजोलुसन अपरेटर प्रयोग गर्छौं
02:15 एउटा static भेरिएबल प्रयोग गर्न टाइप गरौँ:
02:19 datatype classname scope resolution operator र static भेरिएबल name
02:26 अब भेरिएबल sum मा भण्डारण गरिएको छ
02:31 यसको मान 0 राखिएको छ
02:33 यो हाम्रो main फंक्सन हो
02:35 यहाँ हामीले statex क्लासको अब्जेक्ट बनाएका छौं
02:39 यसरी: o1, o2o3
02:42 अनि हामी अब्जेक्टहरु o1, o2 र o3 प्रयोग गरि फंक्सन नम्बर कल गर्छौं
02:49 यहाँ Static फंक्सन stat
02:52 class name स्कोप रिजोलुसन अपरेटर को प्रयोगले उपयोग गरिएको छ
02:56 यहाँ हामी स्ट्याटिक भेरीएबल sum प्रिन्ट गर्ने छौं
03:00 र यो return स्टेटमेन्ट हो
03:03 प्रोग्राम एक्जिक्युट गरौँ
03:05 तपाईको किबोर्डको Ctrl, Alt र T कीहरु एकैचोटी थिचेर टर्मिनल विन्डो खोलौं
03:13 कम्पाइल गर्न टाइप गरौँ
03:15 g++ space static dot cpp space hyphen o space stat, इन्टर थिचौं
03:24 टाइप गरौँ, ./stat (डट स्ल्याश stat), इन्टर थिचौं
03:28 आउटपुट यस्तो देखिन्छ
03:30 Number is: 0, 1, 2
03:33 Result is: 3
03:35 Now static var sum 3
03:38 अब म आउटपुट वर्णन गर्ने छुँ,म विन्डो रिसाइज गर्ने छुँ
03:42 यहाँ, number को मान 0 छ मतलब x 0 छ
03:49 पहिलो अब्जेक्टले मान 0 दिन्छ
03:53 अनि हामीसँग मान 1 छ, मतलब x =1
03:58 दोस्रो अब्जेक्टले मान 1 दिन्छ
04:01 र तेस्रो अब्जेक्टले मान 2 दिन्छ
04:05 अनि stat फंक्सन कल गर्छौं जसले sum को मान दिन्छ
04:10 Result is sum
04:13 यहाँ योगफल बढ्छ र x मा भण्डार हुन्छ
04:18 तसर्थ यसले मान 3 दिनेछ
04:22 त्यसैले अन्तिम नतिजा यस्तो हुन्छ
04:25 Static var sum is 3
04:28 अब यहाँ अर्को अब्जेक्ट o4 सिर्जना गरौँ
04:34 हामी object o4 प्रयोग गरि फंक्सन number कल गर्ने छौं
04:43 Save मा क्लिक गरौँ
04:45 एक्जिक्युट गरौँ
04:48 अप एरो कि दुईपटक थिचौं
04:51 पुन: अप एरो कि दुईपटक थिचौं
04:54 तपाई Result is 4 देख्न सक्नुहुन्छ
04:57 Now static var sum is 4
05:00 जब चौथो अब्जेक्ट रचना हुन्छ
05:03 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
05:06 स्लाइडमा फर्कौं
05:08 संक्षेपमा हेरौं
05:10 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:12 static किवर्ड. Static भेरिएबल
05:15 उदाहरण: static int sum;
05:18 Static फंक्सन उदाहरण: static void stat()
05:22 कार्यको रुपमा एउटा static भेरिएबल घोषणा गर्ने अब्जेक्ट सिर्जना गरौँ
05:26 भेरिएबल डीक्रीमेन्ट गरौँ
05:29 र मान प्रिन्ट गरौँ
05:31 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:34 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:37 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
05:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
05:44 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
05:47 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:51 बिस्तृत जानकारीको लागि कृपया contact@spoken hyphen tutorial dot org मा लेख्नुहोस्
05:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:02 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:08 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:13 म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya