Netbeans/C3/Connecting-to-a-MySQL-Database/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:22, 28 October 2020 by PoojaMoolya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार,
00:02 'Connecting to a MySQL Database' स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 MySQL सर्भर प्रपर्टीहरु कन्फिगर गर्न
00:14 MySQL सर्भर सुरु गर्न
00:17 डाटाबेस बनाउन र कनेक्ट गर्न
00:20 डाटाबेस टेबलहरु बनाउन, जहाँ हामी दुई तरिकाहरु हेर्नेछौं
00:26 sql एडिटर प्रयोग गर्ने
00:29 create table dialog प्रयोग गर्ने र अन्त्यमा
00:33 एउटा SQL स्क्रिप्ट रन गर्न
00:37 यो देखाउन म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १२.०४, प्रयोग गर्दै छुँ
00:44 नेटबिन्स IDE संस्करण ७.१.१
00:48 तपाईलाई Java Development Kit (JDK) संस्करण ६ पनि आवश्यक पर्छ
00:54 MySQL डाटाबेस सर्भर
00:57 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई डाटाबेस ब्यबस्थापनको आधारभूत ज्ञान हुनुपर्छ
01:03 थप जानकारीको लागि तलको लिंकको PHPandMySQL स्पोकन ट्युटोरियल हेर्नुहोस्
01:10 यो ट्युटोरियलमा प्रोग्रामिंगका अन्य स्ट्याण्डर्ड शब्दहरु प्रयोग गरिएका छन्
01:16 यो ट्युटोरियलमा Netbeans IDE मा कसरी एउटा MySQL database कनेक्ट गर्ने जानकारी रहेको छ
01:24 एकपटक कनेक्सन भएपछि IDE's Database एक्सप्लोररमा MySQL मा काम गर्नेछौं
01:31 अब IDE मा जाउँ
01:36 Netbeans IDE को साथमा MySQL RDBMS पनि उपलब्ध हुन्छ
01:42 तपाईले Netbeans मा MySQL डाटाबेस सर्भर प्रयोग गर्नु पहिले MySQL सर्भर प्रपर्टीहरु कन्फिगर गर्नुपर्छ
01:51 Services विन्डोको Databases नोडमा राइट क्लिक गरौँ
01:56 MySQL server properties डाइलग बक्स खोल्न Register MySQL Server छानौं
02:05 सर्भर होस्ट र पोर्टको नाम सहि भएको पक्का गरौँ
02:10 याद गरौँ, IDE ले डिफल्ट सर्भर होस्टको नाम localhost राख्छ
02:18 डिफल्ट सर्भर पोर्ट नम्बर 3306 छ
02:23 Administrator Username देखाइएको छैन भने इन्टर गरौँ
02:27 मेरो कम्प्युटरमा Administrator username root
02:33 Administrator पासवर्ड इन्टर गरौँ
02:36 मेरो कम्प्युटरमा पासवर्ड खाली छ
02:40 डाइलग बक्सको माथि Admin Properties ट्याबमा क्लिक गरौँ
02:45 यसले तपाईलाई MySQL server नियन्त्रण गर्ने जानकारीहरु इन्टर गर्न दिन्छ
02:51 Path/URL to admin tool: फिल्डमा,
02:56 तपाईको MySQL Administration भएको स्थानमा जानुहोस् वा टाइप गर्नुहोस्
03:02 मेरो कम्प्युटरमा टूलको स्थान /usr/bin/mysqladmin
03:12 Arguments फिल्डमा एडमिन टूलको लागि कुनै आर्गुमेंट टाइप गरौँ
03:18 यसलाई पनि खाली छोड्न सकिन्छ
03:22 Path to start command: फिल्डमा
03:25 MySQL start command टाइप गरौँ वा त्यहाँ जाउँ
03:29 मेरो कम्प्युटरमा यो /usr/bin/mysqld_safe
03:38 Arguments फिल्डमा स्टार्ट कमाण्डको लागि कुनै आर्गुमेंट टाइप गरौँ
03:42 यहाँ म टाइप गर्ने छुँ, -u space root space start
03:51 Path to stop command: मा
03:54 MySQL stop कमाण्डको स्थानमा जाउँ वा टाइप गरौँ
03:58 यो MySQL' इन्स्टलेसन डिरेक्टरीको bin फोल्डर को mysqladmin को पाथ हो
04:06 मेरो कम्प्युटरमा यो /usr/bin/mysqladmin
04:14 यदि कमाण्ड mysqladmin, छ भने Arguments फिल्डमा टाइप गरौ, -u space root space stop
04:27 सकिएपछि, Admin Properties ट्याबले स्क्रिनमा देखाएको जनाउनुपर्छ
04:33 OK क्लिक गरौँ
04:36 पहिले आफ्नो कम्प्युटरमा MySQL डाटाबेस रन भइरहेको पक्का गरौँ
04:42 Service विन्डोको MySQL सर्भर नोडले MySQL database सर्भर कनेक्ट भए वा नभएको जनाउँछ
04:52 यो रन भइरहेको पक्का गरेपछि Databases मा राइट क्लिक गरौँ >> MySQL server नोड र Connect छानौं
05:05 विस्तार गर्दा MySQL सर्भर नोडले उपलब्ध सम्पूर्ण MySQL डाटाबेस हरु देखाउने छ
05:13 डाटाबेस सँग अन्तरक्रिया गर्ने सामान्य तरिका भनेको SQL Editor को प्रयोग हो
05:19 यसको लागि Netbeans मा एउटा बिल्ट-इन् SQL Editor हुन्छ
05:23 यो प्रयोग गर्न तपाई कनेक्सन मोडमा राइट क्लिक गर्न सक्नुहुन्छ
05:29 अब SQL Editor प्रयोग गरि एउटा नयाँ database इन्सट्यान्स बनाऊ
05:34 Services विन्डोमा MySQL सर्भर नोडमा राइट क्लिक गरौँ र Create Database छानौं
05:44 Create Database dialog मा नयाँ डाटाबेस को नाम टाइप गरौँ
05:50 mynewdatabase टाइप गर्ने छुँ
05:56 तपाई दिइएका युजरहरुलाई पूर्ण पहुँच पनि प्रदान गर्न सक्नुहुन्छ
06:01 डिफल्टमा, एडमिन युजरले मात्रै केहि निश्चित कमाण्डहरु प्रयोग गर्न सक्छन
06:08 ड्रप डाउन सुचीले तपाईलाई निश्चित युजरलाई यी अनुमतिहरु प्रदान गर्न दिन्छ
06:13 युजरलाई ड्रप टेबलस् बाहेक सबै अनुमतिहरु प्रदान गर्नु राम्रो हो
06:18 र युजरलाई आफ्ना एप्लिकेसनले बनाईएका डाटाबेस हरु मात्र परिमार्जन गर्न दिन्छ
06:25 तर अहिलेको लागि हामी चेक्बक्स नछानी यसै छोड्छौं
06:30 OK क्लिक गरौँ
06:34 अब टेबलहरु रचना गरौँ, तिनीहरुमा डाटा थपौं र टेबलमा राखिएका डाटा परिमार्जन गरौँ
06:41 हाल mynewdatabase खाली छ
06:44 अब टेबलमा डाटा थप्ने पहिलो तरिका हेरौं
06:48 Database एक्सप्लोररमा mynewdatabase कनेक्सन नोड विस्तार गरौँ
06:58 त्यहाँ तीन सब फोल्डरहरु छन्
07:00 Tables, ViewsProcedures
07:04 Tables फोल्डरमा राइट क्लिक गरौँ र Execute Command छानौं
07:11 मेन विन्डोको SQL Editor मा एउटा कालो क्यानभास खुल्ने छ
07:16 यो SQL' एडिटरमा एउटा सरल क्वेरी टाइप गरौँ
07:30 मैले SQL एडिटरमा एउटा सरल क्वेरी टाइप गरेको छुँ
07:36 यो अहिले हामीले बनाउन गइरहेको Counselor टेबलको टेबल परिभाषा हो
07:42 यो क्वेरीबाट निस्कन, माथिको टास्कबारको Run SQL आइकनमा राइट क्लिक गरौँ
07:51 वा SQL Editor भित्र राइट क्लिक गरौँ र Run Statement छानौं
08:00 IDE ले डाटाबेस मा Counselor टेबल रचना गर्छ
08:04 तपाई यो सन्देस Output विन्डोमा देख्न सक्नुहुन्छ
08:12 जसले कमाण्ड सफलतापूर्वक एक्जिक्युट भएको जनाउँछ
08:17 यी परिवर्तनहरु पुष्टि गर्न Database एक्सप्लोरर को Tables नोडमा राइट क्लिक गरौँ
08:25 Refresh छानौं
08:28 यसले तोकिएको database को हालको अवस्था अपडेट गर्छ
08:32 अब Tables विकल्प मूनि नयाँ Counselor टेबल देखापर्छ
08:40 यदि तपाईले टेबल नोड विस्तार गर्नुभयो भने तपाईले रचना गर्नुभएको टेबलहरु देख्न सक्नुहुन्छ
08:46 अब टेबल इन्पुट गर्ने अर्को तरिकाको बारेमा बुझौँ
08:51 मतलब Create Table Dialog प्रयोग गरी
08:54 Database एक्सप्लोररमा Tables नोडमा राइट क्लिक गरौँ र Create Table छानौं
09:03 Create Table डाइलग खुल्छ
09:06 Table नेम टेक्स्ट फिल्डमा Subject टाइप गरौँ
09:13 Add Column मा क्लिक गरौँ
09:16 Add Column dialog को Name फिल्डमा id टाइप गरौँ
09:22 Type ड्रप डाउन मेनुबाट डाटाटाइपको लागि SMALLINT छानौं
09:30 Add Column dialog बक्सको Primary Key चेकबक्स छानौं
09:35 यो तपाईको टेबलको प्राइमरी कि तोक्न हो
09:39 याद गरौँ, तपाईले Key चेक्बक्स छानेपछि IndexUnique चेकबक्सहरु स्वत: छानिने छन्
09:49 साथै Null चेकबक्स छानिएको हट्नेछ
09:53 यो किनभने प्राइमरी किहरु database को भिन्न रो छान्न प्रयोग गरिनेछ
09:59 OK क्लिक गरौँ
10:03 स्क्रिनमा देखाए जस्तै बाँकी कोलमहरु थप्न यो प्रक्रिया दोहोराऊ
10:09 अब हामीले एउटा Subject नामक टेबल बनाएका छौं, यसमा Name, Description,Counselor ID का डाटा रहनेछन्
10:20 OK क्लिक गरौँ
10:23 हामी एउटा डाटाबेस मा SQL क्वेरीहरु रन गरेर डाटाबेस संरचनाहरुमा रहेका डाटा परिमार्जन गर्न र मेट्न सक्छौं
10:32 Counselor टेबलमा एउटा रेकर्ड थपौं
10:35 Tables नोड कन्टेक्स्ट मेनुबाट Execute Command छानौं
10:43 मेन विन्डोमा एउटा नयाँ SQL एडिटर खुल्छ
10:47 SQL Editor मा एउटा सरल क्वेरी टाइप गरौँ:
11:00 यो क्वेरी एक्जिक्युट गर्न, सोर्स एडिटरमा क्लिक गरौँ र Run Statement छानौं
11:07 टेबलमा नयाँ रेकर्ड थपिएको पुष्टि गरौँ
11:12 Counselor टेबलमा राइट क्लिक गरौँ र View Data क्लिक गरौँ
11:18 मेन विन्डोमा एउटा SQL Editor खुल्छ
11:21 स्वत: टेबलको सम्पूर्ण डाटा छान्न एउटा क्वेरी बन्ने छ
11:27 वर्कस्पेस तल यो स्टेटमेन्टको परिणाम देखाइएको छ
11:41 याद गरौँ, हामीले भर्खरै दिएको डाटा सहित एउटा नयाँ रेकर्ड थापिको छ
11:46 हामी IDE मा सिधै एउटा बाह्य SQL स्क्रिप्ट रन गर्न सक्छौं
11:52 प्रदर्शनको लागि मसँग यहाँ एउटा SQL क्वेरी छ
11:59 यो स्क्रिप्टले हामीले भर्खर रचना गरेको जस्तो दुई स्क्रिप्टहरु रचना गर्नेछ
12:04 मतलब CounselorSubject
12:09 किनभने स्क्रिप्टले यी टेबलहरुमा ओभरराइट गर्ने छ
12:12 यदि पहिले नै यी टेबलहरु छन् भने हामी तिनीहरु मेट्ने छौं
12:16 टेबलहरु मेट्न, Counselor टेबलमा राइट क्लिक गरौँ
12:21 Delete छानौं
12:24 Confirm Object Deletion डाइलग बक्समा Yes क्लिक गरौँ
12:31 Subject टेबलको लागि सोहि प्रक्रिया दोहोराऊ
12:38 अब, तपाईको कम्प्युटरको हालको SQL क्वेरी फाइल खोलौं
12:43 File मेनुबाट Open File छानौं
12:48 यो फाइल रहेको स्थानमा जाउँ
12:54 यो स्क्रिप्ट स्वत: SQL एडिटरमा खुल्ने छ
12:59 mynewdatabase मा कनेक्सन छानिएको पक्का गरौँ
13:03 एडिटरको माथि टूलबारको कनेक्सन ड्रप-डाउनबाट यो छानौं
13:13 टास्कबारको Run SQL बटन क्लिक गरौँ
13:17 र छानिएको डाटाबेस को लागि स्क्रिप्ट एक्जिक्युट हुनेछ
13:22 mynewdatabase कनेक्सन नोड राइट क्लिक गरौँ र Refresh छानौं
13:28 यसले तोकिएको डाटाबेस हालको अवस्थामा डाटाबेस कम्पोनेन्ट अपडेट गर्ने छ
13:34 अब यिनीहरु मध्ये कुनै एक टेबलमा राइट क्लिक गरौँ, र View Data छानौं
13:41 र वर्कस्पेस तल तपाई नयाँ टेबलहरुमा डाटा देख्न सक्नुहुन्छ
13:52 यो ट्युटोरियलमा हामीले सिक्यौं
13:54 तपाईको कम्प्युटरमा MySQL कन्फिगर गर्न
13:57 IDE बाट डाटाबेस सर्भर कनेक्सन सेट अप गर्न
14:02 SQL क्वेरीहरु रचना गर्न, मेट्न,
14:06 डाटा परिमार्जन गर्न र रन गर्न
14:10 एउटा कार्यको रुपमा,टेबलसँग अर्को डाटाबेस इन्सट्यान्स रचना गरौँ
14:15 तपाईको व्यक्तिगत लाइब्रेरीको डाटा राख्न यी टेबलहरुमा आवश्यक डाटाहरु थपौं
14:21 र डाटा हेर्न यी SQL स्टेटमेन्टहरु रन गरौँ
14:29 मैले आफ्नो व्यक्तिगत मुभी लाइब्रेरी विवरणको लागि एउटा यस्तै डाटाबेस रचना गरेको छुँ
14:37 तपाईको कार्य यस्तो हुनुपर्छ
14:44 यो URLमा उपलब्ध भिडियो हेर्नुहोस्
14:48 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
14:51 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नसक्नुहुन्छ
14:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
15:01 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15:04 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
15:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
15:15 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
15:20 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
15:27 म मन्दिरा थापा बिदा हुदैछुँ,
15:30 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya