Linux/C2/Ubuntu-Desktop-16.04/Nepali

From Script | Spoken-Tutorial
Revision as of 08:30, 2 July 2019 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 उबुन्टु लिनक्स डेस्कटप १६.०४ स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:09 यो ट्युटोरियल मा हामी gnome इन्भाइरोमन्टमा उबुन्टु लिनक्स डेस्कटप को बारेमा सिक्ने छौं
00:17 उबुन्टु डेस्कटप का केही सामान्य एप्लिकेसनहरू सिक्ने छौं
00:22 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ ओ.एस. प्रयोग गर्दै छुँ
00:29 उबुन्टु डेस्कटप यस्तो देखिन्छ
00:33 तपाई स्क्रिनको बायाँपट्टि लन्चर देख्न सक्नुहुन्छ
00:37 हामी लन्चर लाई कसरी नदेखिने बनाउन सक्छौं?
00:40 यसो गर्न, बायाँपट्टिको लन्चर मा जाऊ

अनि, System Settings आइकन मा क्लिक गरौं

00:47 System Settings विन्डोमा Appearance मा क्लिक गरौं
00:51 Appearance विन्डोमा Behavior ट्याबमा क्लिक गरौं
00:56 यहाँ, Auto-hide the Launcher लाई ON मा बदलौं
01:01 अब, लन्चर देखिने छैन
01:04 यदि लन्चर यहाँ देखाए झैं नदेखिने भएमा, यसलाई हामी पुन: देखिने बनाउन सक्छौं
01:10 यसो गर्न, कर्सरलाई स्क्रिनको बायाँ कुनामा लगौं
01:15 लन्चर देखिने छ
01:18 कर्सर पर सारेमा, लन्चर पुन: हराउने छ
01:23 Appearance विन्डोमा फर्कौं र Auto-hide the Launcher लाई OFF मा बदलौं
01:30 यो बन्द गर्न विन्डोको माथिल्लो बायाँपट्टि रहेको सानो X आइकन मा क्लिक गरौं
01:37 याद गरौं, डिफल्टमा लन्चर मा केही आइकनहरू हुने छन्
01:42 लन्चर को माथि एउटा ड्याश होम आइकन देख्न सक्छौं
01:47 ड्याश होम ले उबुन्टु लिनक्स को स्क्रिन भित्र भएका सम्पूर्ण एप्लिकेसन हरूमा पहुँच हुने गरी एउटा इन्टरफेस को काम गर्छ
01:55 ड्याश होम खोल्न यसमा क्लिक गरौं
01:59 माथि, हामी एउटा सर्च बार फिल्ड देख्न सक्छौं
02:04 अब, हामी कसरी कुनै निश्चित एप्लिकेसन खोज्छौं त? आफूले चाहेको एप्लिकेसनको नाम टाइप गरौं, हामी त्यो तुरुन्तै देख्ने छौं, यो यति सरल छ!
02:16 Calculator एप्लिकेसन खोजेर हेरौं
02:20 सर्च बार फिल्ड मा, C a l c टाइप गरौं
02:26 नाममा c a l c भएका सबै एप्लिकेसनहरू सुचिकृत हुने छन्
02:32 याद गरौं, यहाँ दुवै- LibreOffice CalcCalculator सुचिकृत भएका छन्
02:37 Calculator आइकन मा क्लिक गरौं

स्क्रिनमा क्यालकुलेटर एप्लिकेसन खुल्छ

02:45 क्यालकुलेटर ले अंकगणित, वैज्ञानिक वा वित्तीय हिसाबमा सघाउँछ
02:52 केही सरल हिसाबहरू हेरौं
02:55 5 एस्टरिस्क् 8 टाइप गरौं र इक्वल टु चिन्ह क्लिक गरौं
03:02 इक्वल टु चिन्ह क्लिक गर्नुको सट्टा, तपाई किबोर्डको Enter की थिच्न पनि सक्नुहुन्छ
03:09 क्यालकुलेटर मा उत्तर देखिने छ
03:13 यसैगरी, हामी क्यालकुलेटर एप्लिकेसन प्रयोग गरी विभिन्न किसिममा हिसाबहरू गर्न सक्छौं
03:20 अब, विन्डोको माथिल्लो बायाँपट्टिको सानो X आइकन क्लिक गरी क्यालकुलेटर बन्द गरौं
03:28 उबुन्टु लिनक्स ओ.एस का अन्य केही महत्त्वपूर्ण एप्लिकेसन हरू बारे जानकारी लिऊ
03:34 यसको लागि, ड्याश होम मा फर्कौं
03:38 सर्च बार मा, gedit टाइप गरौं, gedit उबुन्टु लिनक्स ओ.एस. को डिफल्ट टेक्स्ट एडिटर हो
03:48 यहाँ टेक्स्ट एडिटर आइकन देखापर्छ, यसलाई खोल्न यसमा क्लिक गरौं
03:55 अहिले तपाईले स्क्रिनमा gedit टेक्स्ट एडिटर विन्डो देख्न सक्नुहुन्छ
04:00 यहाँ, केही टेक्स्ट टाइप गरौं

उदाहरणको लागि, "Hello World" टाइप गरौं

04:07 फाइल सेभ गर्न, किबोर्डको Ctrl S कि एकैपटक थिच्नुपर्छ
04:14 वैकल्पिक रूपमा, हामी File अनि Save मा क्लिक गर्न सक्छौं
04:20 अब, एउटा “Save as” नामक डाइलग बक्स खुल्छ

यसले एउटा फाइलनेम माग्छ र एउटा सेभ गर्ने ठाउँ पनि दिनुपर्छ

04:31 त्यसैले, फाइलको नाम "Hello.txt" दिऊ
04:36 .txt एउटा टेक्स्ट फाइल को डिफल्ट एक्सटेन्सन हो
04:41 सेभ गर्ने ठाउँमा Desktop छानौं

र तलको Save बटन क्लिक गरौं

04:49 अब विन्डोको माथिल्लो बायाँ कुनाको सानो X आइकन मा क्लिक गरी gedit विन्डो बन्द गरौं
04:57 अब, हामी डेस्कटप' मा फाइल Hello.txt देख्न सक्छौं

यसको मतलब, हाम्रो टेक्स्ट फाइल सफलतापूर्वक सेभ भएको छ

05:05 यसलाई खोल्न फाइल मा दोहोरो क्लिक गरौं
05:09 हाम्रो टेक्स्ट फाइल, हामीले लेखेको टेक्स्ट सहित खुलेको छ
05:14 इन्टरनेट मा gedit टेक्स्ट एडिटर को बारेमा धेरै जानकारी रहेको छ
05:19 हाम्रो वेबसाइटमा यो शिर्षकमा केहि स्पोकन ट्युटोरियलहरू पनि उपलब्ध छन्
05:25 अब यो टेक्स्ट एडिटर बन्द गरौं र अर्को एउटा एप्लिकेसन मतलब, टर्मिनल को बारेमा जानौं
05:32 त्यसैले, पुन: ड्याश होम मा जाऊ

अब, सर्च बार फिल्ड मा , terminal शब्द टाइप गरौं

05:41 तल देखापर्ने टर्मिनल आइकनमा क्लिक गरौं
05:45 स्क्रिनमा टर्मिनल विन्डो खुल्छ

कृपया याद गरौं: टर्मिनल खोल्ने सर्टकट कि भनेको Ctrl+Alt+T किहरू हुन्

05:55 टर्मिनल लाई कमाण्ड लाइन पनि भनिन्छ

किनभने यहाँबाट हामी कम्प्युटरलाई कमाण्ड दिन सक्छौं

06:02 वास्तवमा, यो GUI भन्दा शक्तिशाली छ
06:06 Terminal विन्डोमा फर्कौं
06:09 अब, टर्मिनल को बारेमा जान्न एउटा सरल कमाण्ड टाइप गरौं

'ls' टाइप गरौं र Enter थिचौं

06:18 हामी हालको डिरेक्टरी भित्र भएका सम्पूर्ण फाइल वा फोल्डर हरू देख्न सक्छौं
06:23 यहाँ, अहिले हामी Home फोल्डर को फाइलफोल्डर हरू देख्न सक्छौं
06:28 यो ट्युटोरियलमा पछि हामी Home फोल्डर के हो जान्ने छौं
06:33 अब हामी टर्मिनल मा धेरै समय बिताउने छैनौं
06:37 विन्डोको माथिल्लो बायाँ कुनाको सानो X आइकन मा क्लिक गरी टर्मिनल बन्द गरौं
06:43 यो वेबसाइटको Linux स्पोकन ट्युटोरियल श्रृंखलामा टर्मिनल को बारेमा विस्तृत जानकारी रहेको छ
06:49 अब, अर्को एप्लिकेसन, फायरफक्स वेब ब्राउजर को बारेमा जानौं
06:55 फेरी पनि, ड्याश होम खोलौं र सर्च बार मा Firefox टाइप गरौं
07:01 Firefox Web Browser आइकनमा क्लिक गरौं
07:05 फायरफक्स वेब ब्राउजर वर्ल्ड वाइड वेब को लागि प्रयोग गरिन्छ

अब हामी फायरफक्स ब्राउजर विन्डो खुलेको देख्छौं

07:15 अब स्पोकन ट्युटोरियल वेबसाइटमा जाऊ

त्यसको लागि, एड्रेस बार मा क्लिक गरौं वा किबोर्डको F6 थिचौं

07:24 अब, "spoken-tutorial.org" टाइप गरौं र Enter थिचौं
07:31 यदि तपाईसँग इन्टरनेट जडान भएमा फायरफक्स ले दिएको वेबसाइटमा पुर्याउने छ
07:37 ब्राउजरमा स्पोकन ट्युटोरियल होमपेज खुल्छ
07:41 पहिले चर्चा गरे झैँ यसलाई बन्द गरौं र अर्को एप्लिकेसन को बारेमा हेरौं
07:47 पुन: ड्याश होम मा जाऊ र सर्च बार मा office टाइप गरौं
07:53 हामी LibreOffice का विभिन्न एप्लिकेसनहरू देख्छौं जस्तै:

Calc, Impress, Writer Draw

08:01 LibreOffice उबुन्टु लिनक्स ओएस को डिफल्ट अफिस एप्लिकेसन हो
08:07 स्पोकन ट्युटोरियल वेबसाइटमा यी एप्लिकेसनहरूका उत्कृष्ट ट्युटोरियलहरू उपलब्ध छन्
08:13 अब, Video विकल्पको बारेमा जानौं
08:17 सर्च बार मा video टाइप गरौं
08:20 अहिले देखिएको सूचीमा, Videos नामक एप्लिकेसन रहेको छ
08:25 Videos भिडीयो र गीतहरु प्ले गर्न प्रयोग गरिन्छ, डिफल्टमा यसले ओपन फर्म्याट का भिडियोहरू मात्र प्ले गर्छ
08:34 त्यसैले, म मेरो पेन-ड्राइभको भिडियो प्ले गरी देखाउने छुँ
08:38 अब, म कम्प्युटरको usb स्लट मा मेरो पेन-ड्राइभ छिराउँदै छु
pen-drive फोल्डर स्वत: खुल्ने छ
08:47 यदि यो आफैँ खुलेन भने, हामी यसलाई लन्चर प्रयोग गरी खोल्न सक्छौं
08:52 लन्चर मा पेन ड्राइभ आइकन खोजौं
08:56 हामीले यसमा क्लिक गरेमा, यसले पेन ड्राइभ मा भएका सम्पूर्ण फाइलफोल्डर हरू देखाउने छ
09:02 अब, म big buck bunny.ogv नामक मुभी फाइल प्ले गर्ने छु
09:08 मेरो फाइल यहाँ छ, म यसलाई खोल्न दोहोरो क्लिक गर्ने छु
09:14 डिफल्टमा यो Videos मा खुल्ने छ
09:17 म फिल्म प्ले गर्न रोक्ने छु
09:20 अब, डेस्कटप मा जान Ctrl, Windows D कि थिचौं
09:26 अब, यो डेस्कटप का अन्य महत्त्वपूर्ण कुराहरू हेरौं
09:31 लन्चर मा रहेको फोल्डर आइकन याद गरौं, यसमा क्लिक गरौं
09:37 Home फोल्डर खुल्ने छ
09:39 उबुन्टु लिनक्स मा प्रत्येक युजर को एउटा भिन्न फोल्डर हुन्छ
09:44 हामी Home फोल्डर लाई हामीले हाम्रो फाइलफोल्डर हरू भण्डार गर्न सक्ने "हाम्रो घर " को रूपमा बुझ्न सक्छौं, हाम्रो अनुमति विना अरूले तिनीहरूलाई देख्न सक्दैनन्
09:56 फाइल पर्मिसन सम्बन्धि थप जानकारी Linux स्पोकन ट्युटोरियल श्रृंखलामा उपलब्ध छ
10:03 अब फेरी होम फोल्डरमा फर्कौं

हाम्रो होम फोल्डर मा हामी अन्य फोल्डरहरू जस्तै, Desktop, Documents, Downloads, आदि देख्न सक्छौं

10:14 लिनक्स मा हरेक कुरो एउटा फाइल हुन्छ

डेस्कटप फोल्डर मा दोहोरो क्लिक गरी यसलाई खोलौं

10:21 यहाँ हामीले टेक्स्ट एडिटर मा सेभ गरेको "hello.txt" फाइल देख्न सक्छौं
10:28 त्यसैले, यो फोल्डरDesktop एकै हुन्
10:32 अब, म यो फोल्डर बन्द गर्ने छु

यो ट्युटोरियलको लागि यति नै, संक्षेपमा हेरौं

10:39 यो ट्युटोरियलमा हामीले, उबुन्टु डेस्कटप, लन्चर र यसमा उपलब्ध केही आइकन हरूको बारेमा सिक्यौं
10:49 केही प्रचलित एप्लिकेसन हरू जस्तै Calculator, Text Editor, Terminal, Firefox Web Browser, Videos LibreOffice Suite का अन्य अङ्गहरू र Home फोल्डर को बारेमा जान्यौं
11:04 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

11:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्

11:25 के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केही जिज्ञासा छ?

त्यसो भए यो साइट हेर्नुहोला

11:30 प्रश्नमा तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र सेकन्ड उल्लेख गर्नुहोस्

प्रश्नलाई छोटकरीमा व्याख्या गर्नुहोस् हाम्रो टिमबाट यसको उत्तर दिइनेछ

11:40 स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियल सम्बन्धि जिज्ञासाहरूको लागि हो

यसमा विषय बाहिरका र सामान्य प्रश्नहरू पोस्ट नगरी दिनुहोला

11:50 यसले गर्दा अस्तव्यस्त हुँदैन

जसले गर्दा, यी छलफलका विषयहरूले जानकारी मुलुक सामाग्रीको काम गर्छन्

11:59 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ

12:11 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ

आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira