Linux/C2/Installing-Software-16.04/Nepali

From Script | Spoken-Tutorial
Revision as of 18:47, 30 July 2019 by PoojaMoolya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार! उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टममा सफ्टवेयर इन्स्टल गर्ने बारेको स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:10 यो ट्युटोरियलमा हामी यी तरिकाबाट उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टममा सफ्टवेयर इन्स्टल गर्न सिक्ने छौं:

टर्मिनल

00:21 सिन्याप्टिक प्याकेज म्यानेजरउबुन्टु सफ्टवेयर सेन्टर
00:27 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छु
00:34 यो ट्युटोरियलमा अघि बढ्न तपाईसँग इन्टरनेट हुनुपर्छ
00:39 सफ्टवेयर इन्स्टल गर्न तपाई एउटा सिस्टम एड्मिनिस्ट्रेटर वा एड्मिनिस्ट्रेटरको अधिकार भएको हुनुपर्छ
00:46 सिन्याप्टिक प्याकेज म्यानेजर a p t को लागि एउटा ग्राफिकल प्रोग्राम हो
00:51 यो apt-get कमाण्ड लाइन युटिलिटीको GUI हो
00:57 डिफल्टमा, उबुन्टु लिनक्स १६.०४ मा पहिले नै सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल भएको हुँदैन
01:05 अब, टर्मिनल प्रयोग गरी कसरी इन्स्टल गर्ने जानौं
01:10 किबोर्डको Ctrl, AltT किहरू एकैसाथ थिचेर टर्मिनल खोलौं
01:18 अब, टर्मिनल मा टाइप गरौं: sudo स्पेस a p t हाइफन get स्पेस install स्पेस s y n a p

Tab कि थिचौं

01:34 यसले s y n a p बाट सुरु हुने सफ्टवेयर को सूची देखाउने छ
01:40 अब, synaptic शब्द पूरा गरौं र Enter थिचौं
01:46 यसले एड्मिनिस्ट्रेटर को पासवर्ड माग्ने छ
01:51 एडमिनको पासवर्ड इन्टर गरौं
01:54 टर्मिनल मा पासवर्ड टाइप गर्दा देखिदैन, त्यसैले ध्यान दिएर टाइप गर्नुपर्छ
02:02 इन्टर थिचौं
02:04 टर्मिनल मा इन्स्टल गर्नुपर्ने प्याकेजहरू देखिन्छन्
02:09 साथै डाउनलोड गर्नुपर्ने फाइलको साइज र इन्स्टल गरे पछिको डिस्कको स्पेसको पनि जानकारी रहेको छ
02:17 यसलाई पक्का गर्न Y थिचौं
02:19 इन्टर थिचौं
02:22 अब इन्स्टल हुने प्रक्रिया सुरु हुन्छ, तपाईको इन्टरनेट को गति अनुसार यसमा केही समय लाग्न सक्छ
02:31 अब हामीले सफलतापूर्वक सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल गरेका छौं
02:36 टर्मिनल बन्द गरौं
02:39 इन्स्टल भएको पक्का गर्न, ड्याश होम मा जाऊ, अनि सर्चबार मा synaptic टाइप गरौं
02:46 हामी खोजको नतिजामा सिन्याप्टिक प्याकेज म्यानेजर आइकन देख्न सक्छौं
02:51 अब, सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी सफ्टवेयर इन्स्टल गर्न सिकौं
02:57 सिन्याप्टिक प्याकेज म्यानेजर आइकन मा क्लिक गरौं
03:01 आधिकारिकताको लागि एउटा डायलग बक्सले पासवर्ड माग्ने छ
03:06 एडमिन पासवर्ड टाइप गरौं र इन्टर थिचौं
03:10 हामीले पहिलोपटक सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्दा एउटा परिचयात्मक डायलग बक्स देखापर्छ
03:17 यो डायलग बक्समा सिन्याप्टिक प्याकेज म्यानेजर कसरी प्रयोग गर्ने जानकारी रहेको छ
03:23 यो डायलग बक्स बन्द गर्न Close बटन क्लिक गरौं
03:27 अब सिन्याप्टिक प्याकेज म्यानेजर मा ProxyRepository कन्फिगर गरौं
03:33 हामीले कुनै एप्लिकेसन वा प्याकेज इन्स्टल गर्नु अघि यसो गर्नुपर्छ
03:38 Settings मा जाऊ र Preferences मा क्लिक गरौं
03:42 Preferences विन्डोमा विभिन्न ट्याबहरू रहेका छन् जुन स्क्रिनमा देखिन्छन्
03:48 Proxy सेटिंग कन्फिगर गर्न Network मा क्लिक गरौं
03:52 Proxy Server भित्र दुई विकल्पहरू रहेका छन्– Direct ConnectionManual Proxy
04:00 Direct Connection प्रयोग गर्ने छु

तपाई आफ्नो रोजाईको विकल्प प्रयोग गर्न सक्नुहुन्छ

04:06 विन्डो बन्द गर्न विन्डोको तल रहेको OK बटन क्लिक गरौं
04:11 अब पुन: Settings मा जाऊ र Repositories क्लिक गरौं
04:16 स्क्रिनमा Software & Updates विन्डो देखापर्ने छ
04:20 उबुन्टु सफ्टवेयर डाउनलोड गर्ने विभिन्न स्रोतहरू रहेका छन्
04:24 Download From ड्रप डाउन मेनु क्लिक गरी बटन थिची राखौं, यसले रिपोजिटरी को सूची देखाउने छ
04:31 Other ले संसार भरको सर्भरहरू को सूची देखाउने छ
04:36 यो विन्डो बन्द गर्न, तल रहेको Cancel बटन क्लिक गरौं
04:41 म यहाँ देखाए झैँ, Server for India प्रयोग गर्दै छु
04:45 Software Sources विन्डो बन्द गर्न Close क्लिक गरौं
04:50 यदि तपाई पहिलोपटक सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईले प्याकेजहरू रिलोड गर्नुपर्छ
04:57 यसो गर्न, टूलबारको Reload बटनमा क्लिक गरौं
05:02 यसलाई केही सेकन्ड लाग्न सक्छ
05:05 यहाँ हेरौं, हामी प्याकेजहरू इन्टरनेट मार्फत डाउनलोड र अपडेट भइरहेको देख्न सक्छौं
05:13 उदाहरणको लागि, म VLC player इन्स्टल गर्ने छु
05:18 टूलबारमा रहेको सर्च फिल्ड मा जाऊ
05:23 Search डायलग बक्समा, vlc टाइप गरौं, अनि Search बटन क्लिक गरौं
05:29 यहाँ हामी प्याकेजहरू सूचिकृत भएको देख्न सक्छौं
05:34 VLC प्याकेज छान्न, चेकबक्समा राइट क्लिक गरौं

अनि देखापर्ने मेनुबाट Mark for installation छानौं

05:45 सम्पूर्ण रिपोजिटरी प्याकेजहरू को सूची सहित एउटा डायलग बक्स देखापर्ने छ
05:51 अन्य निर्भर प्याकेजहरू स्वत: छान्न Mark बटन क्लिक गरौं
05:57 टूलबारमा जाऊ र Apply बटनमा क्लिक गरौं
06:01 इन्स्टल गर्नुपर्ने प्याकेज को विस्तृत जानकारी सहितको एउटा Summary विन्डो देखापर्छ
06:07 इन्स्टल गर्न सुरु गर्न तलको Apply बटनमा क्लिक गरौं
06:12 इन्स्टल हुन केही समय लाग्ने छ
06:16 यो इन्स्टल गर्नुपर्ने प्याकेजहरू को संख्या र साइजमा भर पर्छ
06:21 इन्स्टल गर्ने प्रक्रिया पूर्ण भएपछि, Applying Changes विन्डो बन्द हुनेछ
06:27 सिन्याप्टिक प्याकेज म्यानेजर विन्डो बन्द गरौं
06:31 अब, VLC player राम्ररी इन्स्टल भए/नभएको जाँचौं
06:37 ड्याश होम मा जाऊ
06:39 सर्चबार मा vlc टाइप गरौं
06:42 सूचीमा हामी VLC आइकन देख्न सक्छौं

यसलाई खोल्न क्लिक गरौं

06:49 यसैगरी, हामी सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी अन्य एप्लिकेसन हरू इन्स्टल गर्न सक्छौं
06:56 अब, हामी उबुन्टु सफ्टवेयर सेन्टर मार्फत सफ्टवेयर इन्स्टल गर्न सिक्ने छौं
07:02 उबुन्टु सफ्टवेयर सेन्टर, उबुन्टु लिनक्स ओएस को सफ्टवेयर व्यवस्थापन गर्न दिने एउटा एप्लिकेसन हो
07:10 तपाई एउटा सफ्टवेयर खोज्न, डाउनलोड गर्न, इन्स्टल गर्न, अपडेट वा अनइन्स्टल गर्न सक्नुहुन्छ
07:17 यसले तपाईले सफ्टवेयर प्रयोग गर्नु भन्दा पहिले नै यसको जानकारी दिन्छ
07:23 उबुन्टु सफ्टवेयर सेन्टर खोल्न, लन्चर मा जाऊ
07:27 Ubuntu Software आइकन मा क्लिक गरौं
07:31 उबुन्टु सफ्टवेयर सेन्टर विन्डो देखापर्छ
07:35 त्यसको माथि हामी, ३ ट्याबहरू - All, InstalledUpdates देख्न सक्छौं
07:42 All ट्याब क्लिक गरौं
07:44 माथि हामी एउटा सर्च बार देख्न सक्छौं
07:47 यसले सफ्टवेयर खोज्न सघाउने छ
07:51 अब, Inkscape सफ्टवेयर इन्स्टल गरौं
07:55 सर्च बारमा, inkscape टाइप गरौं
07:59 Inkscape को बारेमा छोटो जानकारी देखाइएको छ
08:03 अब दायाँ कुनाको Install बटन क्लिक गरौं
08:07 Authentication डायलग बक्स देखापर्छ
08:10 तपाईको एडमिन पासवर्ड इन्टर गर्नुहोस् र Authenticate बटन क्लिक गरौं
08:16 प्रोग्रेस बारले Inkscape इन्स्टल भइरहेको जनाउँछ
08:21 इन्स्टल भइरहेको प्याकेज को संख्या र साइज अनुसार इन्स्टल हुन केही समय लाग्ने छ
08:28 माथिको Installed ट्याबमा पनि प्रगति देख्न सकिन्छ

यसमा क्लिक गरौं

08:35 इन्स्टल हुने क्रममा हामी अन्य एप्लिकेसन हरू प्रयोग गर्न सक्छौं
08:41 Inkscape शब्द क्लिक गरौं
08:44 यसले Inkscape को बारेमा जानकारी देखाउने छ
08:48 इन्कस्पेस इन्स्टल भएपछि, हामी यो सँगै दुई बटनहरू RemoveLaunch देख्न सक्छौं
08:55 यदि तपाई सफ्टवेयर अनइन्स्टल गर्न चाहनु हुन्छ भने, Remove बटन क्लिक गरौं
09:00 एप्लिकेसन खोल्न, Launch बटन क्लिक गरौं

म यसमा क्लिक गर्ने छु

09:06 यसले इन्कस्पेस एप्लिकेसन खोल्ने छ
09:10 उबुन्टु सफ्टवेयर सेन्टर मा फर्कौं

माथि बायाँ रहेको ब्याक एरो बटनमा क्लिक गरौं र मुख्य स्क्रिनमा फर्कौं

09:18 अब Updates ट्याब क्लिक गरौं
09:21 हामी देख्न सक्छौं कि यसले Software is up to date देखाएको छ
09:25 माथि बायाँको refresh आइकन क्लिक गरौं

यसले नयाँ अपडेटहरू खोज्ने छ

09:31 हामीले एउटा OS अपडेट पाएका छौं
09:34 विस्तृत विवरणको लागि यसमा क्लिक गरौं, म यो बन्द गर्ने छु
09:39 यदि तपाई यो अपडेट इन्स्टल गर्न चाहनुहुन्छ भने Install बटन क्लिक गरौं,

नत्रभने यतिकै छोडौं

09:46 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

सङ्क्षेपमा हेरौं

09:52 यो ट्युटोरियलमा हामीले यी तरिकाहरूबाट उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम मा सफ्टवेयर इन्स्टल गर्न सिक्यौं:

टर्मिनल

10:02 सिन्याप्टिक प्याकेज म्यानेजरउबुन्टु सफ्टवेयर सेन्टर
10:07 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

यसलाई डाउनलोड गरी हेर्नुहोला

10:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:24 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
10:28 समय सहितको तपाईका जिज्ञासाहरू यो फोरममा पोस्ट गर्नुहोला
10:32 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ

10:44 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ

आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya