Difference between revisions of "Linux/C2/Desktop-Customization-16.04/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with " {| border=1 |- || '''Time''' || '''Narration''' |- || 00:01 || नमस्कार! '''उबुन्टु लिनक्स १६.०४ अपरेटिंग स...")
 
 
Line 129: Line 129:
 
|| 04:02
 
|| 04:02
 
|| यहाँ, '''Enable workspaces ''' विकल्प छानौं
 
|| यहाँ, '''Enable workspaces ''' विकल्प छानौं
यसले '''लन्चर''' मा एक भन्दा बढि '''वर्कस्पेस आइकन ''' हरू देखाउने छ
+
यसले '''लन्चर''' मा एक भन्दा बढि '''वर्कस्पेस आइकनहरू ''' देखाउने छ
 
|-
 
|-
 
|| 04:11
 
|| 04:11

Latest revision as of 07:12, 4 July 2019

Time Narration
00:01 नमस्कार! उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम को Desktop Customization स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:11 यो ट्युटोरियलमा हामी लन्चर को बारेमा जान्ने छौं र यी कुराहरू गर्न सिक्ने छौं:

लन्चर मा एप्लिकेसन हरू थप्न र हटाउन

00:21 एक भन्दा बढि डेस्कटप हरू प्रयोग गर्न

डेस्कटप को थिम बदल्न

00:27 इन्टरनेट जडान, साउण्ड सेटिंगहरू
00:32 Time र Date सेटिंगहरू र अन्य युजर एकाउन्ट कसरी प्रयोग गर्ने
00:39 यो ट्युटोरियलको लागि, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छु
00:46 अब, लन्चर को प्रयोग हेरौं
00:49 लन्चर डिफल्टमा उबुन्टु लिनक्स डेस्कटप को बायाँपट्टिको प्यानल हो जसमा केही डिफल्ट

एप्लिकेसन हरू हुन्छन्

00:59 लन्चर ले बारम्बार प्रयोग गर्नुपर्ने एप्लिकेसन हरूको प्रयोग सजिलो बनाउँछ
01:05 त्यसैले, हामी लन्चर को डेस्कटप सर्टकट मा क्लिक गरेर एउटा प्रोग्राम सुरु गर्न सक्छौं
01:12 डिफल्टमा, लन्चर मा केही एप्लिकेसन हरू हुन्छन्
01:17 अब हाम्रो आवश्यकता अनुसार लन्चर लाई कसरी परिमार्जित गर्न सकिन्छ हेरौं
01:22 मलाई मेरो नियमित कामको लागि, Terminal, LibreOffice Writer, gedit, आदि जस्ता एप्लिकेसन हरू आवश्यक पर्छन्
01:34 अब, यी एप्लिकेसन हरू लन्चर मा थपौं
01:38 यसो गर्नु भन्दा पहिले, मलाई नचाहिने केही एप्लिकेसनहरू हटाउने छु
01:44 मानौं, म लन्चर बाट Amazon एप्लिकेसन हटाउन चाहन्छु
01:49 Amazon एप्लिकेसन आइकन मा जाऊ, अनि राइट क्लिक गरी Unlock from Launcher छानौं
01:58 हामी लन्चर बाट Amazon एप्लिकेसन आइकन हटेको देख्न सक्छौं
02:04 यसैगरी, हामी आफूले धेरै प्रयोग नगर्ने सम्पूर्ण सर्टकटहरू हटाउन सक्छौं
02:11 यहाँ तपाई, मैले लन्चर बाट अन्य केही एप्लिकेसन हरू हटाएको देख्न सक्नुहुन्छ
02:17 अब, म लन्चर मा Terminal सर्टकट थप्ने छु
02:22 लन्चर को माथि, ड्याश होम मा क्लिक गरौं
02:26 सर्चबार मा “terminal” टाइप गरौं

टर्मिनल आइकन क्लिक गरी यसलाई खोलौं

02:34 तपाई लन्चर मा टर्मिनल आइकन देख्न सक्नुहुन्छ
02:38 टर्मिनल आइकन लाई लन्चर मा कायम राख्न यसमा राइट क्लिक गरौं

अनि Lock to Launcher छानौं

02:47 यसो गर्ने अर्को तरिका भनेको एप्लिकेसन ड्रयाग अनि ड्रप गर्ने हो

अब, म यो गरेर देखाउने छु

02:57 ड्याश होम खोलौं र सर्चबार मा gedit टाइप गरौं
03:03 gedit आइकन लाई माउसले तानेर लन्चर मा लगौं
03:07 अब, gedit आइकनलाई लन्चर मा छोडौं

हामी gedit सर्टकट लन्चर मा थपिएको देख्न सक्छौं

03:16 यसरी हामी लन्चर मा सर्टकटहरू थप्न सक्छौं
03:21 उबुन्टु लिनक्स ओएस को अर्को महत्त्वपूर्ण विशेषता भनेको एकभन्दा बढि वर्कस्पेस वा डेस्कटप हो
03:28 कहिलेकाहीँ हामीलाई एकभन्दा बढि एप्लिकेसनमा काम गर्नुपर्ने हुन्छ
03:33 र हामीलाई एउटा एप्लिकेसन देखि अर्कोमा जान समस्या हुन सक्छ
03:38 यसलाई सहज बनाउन हामी Workspace Switcher प्रयोग गर्न सक्छौं
03:42 अब डेस्कटप मा फर्कौं
03:45 उबुन्टु १६.०४ मा एकभन्दा बढि वर्कस्पेस हरू डिफल्टमा देखिन्न
03:51 यसलाई सक्रिय पार्न, System Settings मा क्लिक गरौं

Appearance मा क्लिक गरौं

03:58 Appearance विन्डोमा, Behavior ट्याब क्लिक गरौं
04:02 यहाँ, Enable workspaces विकल्प छानौं

यसले लन्चर मा एक भन्दा बढि वर्कस्पेस आइकनहरू देखाउने छ

04:11 यो विन्डो बन्द गरौं
04:13 लन्चर मा Workspace Switcher icon खोजौं र यसमा क्लिक गरौं
04:19 यसले ४ चतुर्थ सहितको ४ डेस्कटप हरू देखाउने छ
04:24 डिफल्टमा, माथिल्लो बायाँ डेस्कटप छानिएको हुन्छ
04:29 त्यो अहिले हामीले काम गरिरहेको डेस्कटप हो
04:34 अब, दोस्रो डेस्कटपमा मा दुईपटक क्लिक गरेर यसलाई छानौं
04:39 लन्चर को टर्मिनल आइकन मा क्लिक गरेर टर्मिनल खोल्ने छु
04:45 अब, Workspace Switcher मा पुनः क्लिक गरौं
04:49 अब हामी टर्मिनल दोस्रो वर्कस्पेस मा देख्छौं भने हाम्रो डेस्कटप पहिलो मा देखिन्छ
04:55 यसरी, हामी एकभन्दा बढि डेस्कटप मा काम गर्न सक्छौं
04:59 अब, पहिलो डेस्कटप मा फर्कौं
05:03 लन्चर मा रहेको अर्को महत्त्वपूर्ण आइकन भनेको Trash हो
05:07 Trash मा डिलिट गरिएका फाइल र फोल्डरहरू हुन्छन्

यदि हामीले अकस्मात् कुनै फाइल डिलिट गरेमा, त्यसलाई Trash बाट पुनर्स्थापना गर्न सकिन्छ

05:17 यो प्रदर्शन गर्न, म मेरो डेस्कटप को Hello.txt फाइल डिलिट गर्ने छु
05:23 फाइलमा राइट क्लिक गरौं र Move to Trash विकल्प छानौं
05:29 यसलाई पुनर्स्थापना गर्न, लन्चर को Trash आइकन मा क्लिक गरौं

Trash फोल्डर खुल्छ

05:37 फाइल छानौं र यसमा राइट क्लिक गरी Restore विकल्पमा क्लिक गरौं
05:43 Trash फोल्डर विन्डो बन्द गरौं र डेस्कटप मा फर्कौं
05:48 हामी अब अघि डिलिट भएको फाइल पुन: देख्न सक्छौं
05:53 कुनै पनि फाइल आफ्नो कम्प्युटरबाट सधैँको लागि हटाउन, फाइल छानौं र ' Shift+Delete कि ' थिचौं
06:01 यस्तो एउटा डाइलग बक्स देखापर्छ: “Are you sure you want to permanently delete Hello.txt?

Delete बटन क्लिक गरौं

06:12 Trash आइकनमा पुन: क्लिक गरौं
06:15 अब हामी Trash फोल्डरमा फाइल भेट्दैनौं किनभने हामीले फाइल सदाको लागि डिलिट गरेका थियौं
06:23 तपाईलाई डेस्कटप को एकै थिम देखेर दिक्क लागेको छैन?

अब, हामी यसलाई बदलौं

06:28 लन्चर मा जाऊ र System settings छानौं

अनि Appearance क्लिक गरौं

06:35 Appearance विन्डो खुल्ने छ
06:38 यहाँ, Themes ट्याब भित्र, हामीले पहिले नै इन्स्टल गरेका धेरै थिमहरू छन्
06:44 यी मध्येको तपाईको रोजाई अनुसारको थिम प्रयोग गर्नुहोस्
06:47 तपाईले कुनै एकमा क्लिक गर्ने बितिक्कै, हामी यो डेस्कटप मा लागू भएको देख्न सक्छौं
06:54 विन्डो बन्द गर्न सानो X आइकन मा क्लिक गरौं
06:58 अब, हामी डेस्कटप को माथिल्लो दायाँ कुनामा केही आइकन हरू देख्न सक्छौं
07:04 पहिलो Internet connectivity रहेको छ
07:07 यदि तपाई कुनै पनि Lan वा Wifi नेटवर्क मा हुनुहुन्छ भने तपाई इन्टरनेट संजालमा जोडिनु हुनेछ
07:13 तपाई यिनीहरूलाई यहाँ देख्न सक्नुहुन्छ
07:16 तपाई आफ्नो पहुँच भएको नेटवर्क छान्न सक्नुहुन्छ
07:20 नेटवर्क Enable वा Disable गर्न Enable Networking विकल्प चेक वा अनचेक गर्नुपर्छ
07:27 हामी Edit Connections विकल्प प्रयोग गरेर पनि नेटवर्कहरू एडिट गर्न सक्छौं
07:32 अर्को आइकन Sound को रहेको छ
07:35 यहाँ तपाई एउटा स्लाईडर देख्न सक्नुहुन्छ
07:37 यसले हामीलाई हाम्रो रोजाई अनुसार अडियोको लेभल बढाउन वा घटाउन दिन्छ
07:43 हामी हाम्रो सिस्टमको साउण्ड लेभल मिलाउन Sound Settings मा क्लिक गर्न पनि सक्छौं

यो विन्डोको सेटिंगहरू आफैं प्रयोग गरी हेर्नुहोला

07:53 अर्को आइकन भनेको Time र Date हो

यदि हामीले यो आइकन मा क्लिक गरेमा, क्यालेन्डर खुल्ने छ

08:00 हामी अहिलेको मिति, महिना र साल देख्न सक्छौं
08:04 एरो बटनले हामीलाई आफूले चाहेको अन्य महिना वा सालमा जान दिन्छ
08:11 हामी Time & Date Settings मा क्लिक गरेर समय र मिति एडिट गर्न सक्छौं
08:16 यो विकल्पको बारेमा थप आफैँ प्रयोग गरी हेर्नुहोला
08:20 अर्को, व्हिल वा पावर आइकन मा क्लिक गरौं
08:24 यहाँ हामी Log OutShut Down विकल्पहरू सहित केही सर्टकट विकल्पहरू देख्न सक्छौं
08:31 यहाँ हामी हाम्रो सिस्टम मा उपलब्ध युजर एकाउन्ट पनि देख्न सक्छौं
08:36 हामी कुनैपनि युजर मा क्लिक गरेर आफूले चाहेको युजर एकाउन्ट प्रयोग गर्न सक्छौं
08:43 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

संक्षेपमा हेरौं

08:48 यो ट्युटोरियलमा हामीले लन्चर को बारेमा जान्यौं र यी कुराहरू सिक्यौं: लन्चर मा एप्लिकेसन हरू हटाउन र थप्न
08:55 एकभन्दा बढि डेस्कटप हरू प्रयोग गर्न

डेस्कटप को थिम बदल्न

09:01 इन्टरनेट जडान

Sound सेटिंगहरू

09:04 Time र Date सेटिंग र अन्य युजर एकाउन्टहरू प्रयोग गर्न
09:10 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

09:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:27 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
09:30 के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केही जिज्ञासा छ?

त्यसो भए, यो साइट हेर्नुहोला

09:35 प्रश्नमा तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र सेकन्ड उल्लेख गर्नुहोस्

प्रश्नलाई छोटकरीमा व्याख्या गर्नुहोस्

09:41 हाम्रो टिमबाट यसको उत्तर दिइनेछ
09:45 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ

09:57 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ

आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira