Difference between revisions of "Linux-AWK/C2/Variables-and-Operators-in-awk/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 | <center>'''Time'''</center> | <center>'''Narration'''</center> |- | 00:01 |नमस्कार! '''awk कमाण्ड ''' को भेरिएबल...")
 
(No difference)

Latest revision as of 07:43, 12 July 2019

Time
Narration
00:01 नमस्कार! awk कमाण्ड को भेरिएबल र अपरेटरहरूको बारेमा रहेको यस स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियल मा हामी यी कुराहरू सिक्ने छौं - user-defined variable हरू
00:12 अपरेटरहरू

BEGIN र END स्टेटमेन्टहरू

00:17 हामी यसको लागि केही उदाहरणहरू प्रयोग गर्ने छौँ
00:20 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६. ०४ प्रयोग गर्दै छु
00:26 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले यो वेबसाइटमा रहेका अघिल्ला लिनक्स ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ
00:33 तपाईलाई सामान्य प्रोग्रामिङ्ग ल्याङ्ग्वेज, C वा C++ मा प्रयोग गरिने बेसिक अपरेटरहरू को ज्ञान हुनुपर्छ
00:41 यदि छैन भने, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियल हेर्नुहोला
00:47 awk मा एउटा फिल्टर र एउटा प्रोग्रामिङ्ग ल्याङ्ग्वेज दुवैको क्षमता हुन्छ
00:52 त्यसैले, यसले variable, constant, operatorहरू आदि सबैमा काम गर्छ
00:58 अब, awk को भेरिएबल को बारेमा जानौं
01:02 एउटा भेरिएबल भनेको एउटा मान जनाउने सूचक हो
01:07 Awk मा दुवै user-defined variable built-in variable हरूको प्रयोग हुन्छ
01:12 यो ट्युटोरियलमा, हामी user-defined variable हरू को बारेमा जान्ने छौं
01:17 user-defined variable हरूमा भेरिएबल घोषणा गर्नु आवश्यक छैन
01:22 भेरिएबल हरू लाई सधैँ इनिसियलाइज गर्ने पर्छ भने हुँदैन
01:26 Awk ले स्वत: तिनीहरूको मान शून्य वा नल स्ट्रिंग राख्ने छ
01:32 एउटा भेरिएबल सधैँ एउटा अक्षर बाट सुरु भई यसमा अन्य अक्षर, नम्बर र अन्डरस्कोरहरू आदि को प्रयोग हुन्छ

भेरिएबलहरू केस-सेन्सिटिभ हुन्छन्

01:43 त्यसैले, ठूलो “S” भएको Salary र सानो “s” भएको salary दुई भिन्न भेरिएबल हरू हुन्
01:50 केही उदाहरण हरू हेरौं
01:53 CTRL + ALT र T किहरू एकसाथ थिचेर टर्मिनल खोलौं
01:58 टर्मिनल मा टाइप गरौं- awk स्पेस खुल्ने एउटा उद्दरण चिन्ह, खुल्ने एउटा कर्ली ब्राकेट, सानो x इक्वल टु 1 सेमिकोलन ठूलो X इक्वल टु दोहोरो उद्दरण भित्र ठूलो A सेमिकोलन सानो a इक्वल टु दोहोरो उद्दरण भित्र awk सेमिकोलन सानो b इक्वल टु दोहोरो उद्दरण भित्र tutorial
इन्टर  थिचौं 
02:25 टाइप गरौं: print सानो x
इन्टर थिचौं 
02:29 print ठूलो X , इन्टर थिचौं
02:34 print a इन्टर थिचौं
02:37 print b इन्टर थिचौं
02:40 print a स्पेस b , इन्टर थिचौं
02:44 print सानो x स्पेस b , इन्टर थिचौं
02:49 print सानो x प्लस ठूलो X बन्द हुने कर्ली ब्राकेट, बन्द हुने उद्दरण इन्टर थिचौं
02:57 हामीले फाइल को नाम नदिएको भएर awk ले स्ट्यान्डर्ड इन्पुट बाट इन्पुट लिने छ
03:03 त्यसैले, हामी कुनै पनि अक्षर टाइप गर्न सक्छौं, जस्तै: a अनि इन्टर थिचौं
03:10 यो उदाहरण बाट यी कुराहरू बुझ्न सकिन्छ

भेरिएबल हरू मा एउटा नम्बर राख्न सकिन्छ

03:18 यसमा एउटा अक्षर वा एउटा स्ट्रिंग पनि राख्न सकिन्छ
03:23 यदि मान कुनै अक्षर वा एउटा स्ट्रिंग भएमा , भेरिएबलमा मान दिँदा दोहोरो उद्दरण भित्र दिनुपर्छ
03:31 हामी भेरिएबलहरू को मान देख्न सक्छौं
03:35 सानो x र ठूलो X लाई भिन्न भेरिएबल को रूपमा लिइएको याद गरौं
03:41 यसले भेरिएबल हरू केस सेन्सिटिभ भएको पुष्टि गर्छ
03:45 साथै, यसले, दुई स्ट्रिंगहरू कसरी जोड्ने देखाउँछ
03:50 यहाँ भेरिएबलहरू , सानो a र सानो b जोडिएका छन्
03:55 त्यसैले, स्ट्रिंग जोड्ने अपरेटर भनेको एउटा स्पेस हो
04:00 त्यसैगरी, जब हामीले सानो x लाई स्ट्रिंग b सँग जोड्ने छौं, x एउटा नम्बर भएकोले, यो स्वत: स्ट्रिंग मा बदलिने छ

र हाम्रो कन्क्याटिनेट गरिएको आउटपुट 1tutorial हुन्छ

04:13 यो किन स्वत: स्ट्रिंग मा बदलिन्छ त ?
04:16 यो किनभने awk ले xb को बीचमा एउटा स्ट्रिंग जोड्ने अपरेटर स्पेस फेला पार्छ
04:25 अब, सानो x प्लस ठूलो X को आउटपुट हेरौं

यहाँ, हामीसँग अंकगणितीय अपरेटर प्लस रहेको छ

04:33 X स्वत: शून्य नम्बरमा बदलिने छ

र जोडिएको आउटपुट एउटा नम्बर 1 हुनेछ

04:42 अहिलेसम्म हामीले केही अपरेटर हरू हेर्यौं

अब, हामीले प्रयोग गर्न सक्ने अन्य अपरेटरहरू को बारेमा जान्ने छौं

04:49 एक्सप्रेसनहरू मा विभिन्न प्रकारका अपरेटरहरू प्रयोग गर्न सकिन्छ
04:53 कृपया, एकछिन भिडियो रोकेर यहाँ उल्लेखित सम्पूर्ण अपरेटरहरू हेरौं
04:58 म तपाई यी आधारभूत अपरेटरहरू सँग परिचित रहेको ठान्ने छु
05:02 अन्यथा, कृपया हाम्रो वेबसाइटमा रहेको C र C++ श्रृंखलाको अपरेटरहरू ट्युटोरियल हेर्नुहोला
05:09 म यी सबै अपरेटरहरू को बारेमा थप चर्चा गर्ने छैन
05:14 यसको अपवादमा, string matching operator रहेको छ, जुन तपाईको लागि नयाँ हुन सक्छ

एउटा उदाहरण सहित बुझौं

05:23 Code files लिङ्कमा awkdemo.txt नामक एउटा फाइल रहेको छ

कृपया यसलाई आफ्नो कम्प्युटरमा डाउनलोड गर्नुहोला

05:31 टर्मिनल मा जाऊ

अघिल्ला प्रक्रियाहरू अन्त्य गर्न CtrlD किहरू एकैसाथ थिचौं

05:38 टर्मिनल क्लियर गर्ने छु
05:41 cd कमाण्ड प्रयोग गरी तपाईले awkdemo.txt सेभ गरेको फोल्डरमा जानुहोस्
05:48 अब, यो फाइलमा एकपटक हेरौं
05:52 मानौं, हामी उत्तीर्ण भएका तर ८० भन्दा कम नम्बर ल्याएका बिद्यार्थीहरू खोज्न चाहन्छौं
05:58 यसको लागि, हामीले दुई भिन्न फिल्डहरू दाज्न पर्छ
06:02 यस्तो अवस्थाको लागि, हामी awk को रिलेसनल अपरेटरहरू प्रयोग गर्न सक्छौं
06:07 यी अपरेटरहरू ले दुवै स्ट्रिंगहरूनम्बरहरू दाँज्न सक्छन्
06:12 त्यसैले, टर्मिनल मा टाइप गरौं

awk स्पेस हाइफन ठूलो F दोहोरो उद्दरण भित्र ठाडो बार स्पेस उद्दरण भित्र डलर 5 इक्वल टु इक्वल टु दोहोरो उद्दरण भित्र Pass स्पेस एम्परस्याण्ड एम्परस्याण्ड स्पेस डलर 4 लेस द्यान 80 स्पेस कर्ली ब्राकेट भित्र print स्पेस प्लस प्लस x कमा डलर 2 कमा डलर 4 कमा डलर 5 स्पेस awkdemo.txt र इन्टर थिचौं

06:54 यो कमाण्डमा धेरै कुराहरू देख्न सकिन्छ

पहिलो, हामीले पाँचौं फिल्ड लाई एउटा स्ट्रिंग सँग दाज्यौं

07:01 दोस्रो, चौथो फिल्डलाई एउटा नम्बरसँग मात्र दाज्यौं
07:06 तेस्रो, हामी दुई वा बढि अभिव्यक्तिहरू दाँज्न एम्परस्याण्ड अपरेटर प्रयोग गर्न सक्छौं
07:13 कुनै निश्चित नम्बर वा स्ट्रिंगहरू को सट्टामा, हामी नियमित एक्प्रेसनहरू पनि दाँज्न सक्छौं
07:19 हामीले स्लाइडमा देखे झैँ, tildeexclamation tilde अपरेटरहरू यसको लागि हो
07:27 अब, मानौं, हामी उत्तीर्ण भएका कम्प्युटर साइन्सका बिद्यार्थीहरू खोज्न चाहन्छौँ
07:32 कम्प्युटरमा दुवै सानो र ठूलो C हुन सक्ने भएकोले, हामी एउटा नियमित एक्सप्रेसन प्रयोग गर्ने छौं
07:40 यस्तो टाइप गरौं:

awk स्पेस हाइफन ठूलो F दोहोरो उद्दरण भित्र पाइप चिन्ह स्पेस उद्दरण भित्र डलर 5 इक्वल टु इक्वल टु दोहोरो उद्दरण भित्र Pass एम्परस्याण्ड एम्परस्याण्ड स्पेस डलर 3 tilde स्ल्याश स्क्वाएर ब्राकेट भित्र सानो c ठूलो C computers स्ल्याश स्पेस कर्ली ब्राकेट भित्र print स्पेस प्लस प्लस सानो x कमा डलर 2 कमा डलर 3 कमा डलर 5 स्पेस awkdemo.txt र इन्टर थिचौं

08:24 यदि हामी यो तुलना गर्न चाहदैनौं भने यसको लागि exclamation tilde operator प्रयोग गर्न सकिन्छ
08:30 मानौं, हामी कम्प्युटर बाहेकका उत्तीर्ण बिद्यार्थीहरू को सूची चाहन्छौं
08:35 अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि प्रयोग गरौं
08:39 डलर 3 सँगै बिस्मयादिबोधक चिन्ह थपौं र इन्टर थिचौं
08:47 अब, यो फाइलमा रहेका खाली लाइनहरू को संख्या गनौं
08:52 फाइल खोलौं र यसमा भएका खाली लाइनहरू हेरौं,

यसमा ३ खाली लाइनहरू रहेका छन्

09:00 अब, awk प्रयोग गरी खाली लाइनहरू गिन्ती गर्न, टाइप गरौं:

awk स्पेस उद्दरण भित्र, फ्रन्ट स्ल्याश भित्र क्यारेट चिन्ह डलर स्पेस कर्ली ब्राकेट भित्र x इक्वल टु x प्लस 1 सेमिकोलन स्पेस print x स्पेस awkdemo.txt

इन्टर  थिचौं 
09:26 हामीले उत्तरको अन्त्यमा 3 पाएका छौं
09:30 क्यारेट चिन्हले लाइन सुरु भएको जनाउँछ भने डलरले लाइनको अन्त्य भएको जनाउँछ
09:37 त्यसैले, एउटा खाली लाइन चिन्न - नियमित एक्सप्रेसनमा क्यारेट-डलर प्रयोग गरिन्छ
09:43 याद गरौं, हामीले x मा कुनै मान राखेका छैनौं

Awk ले x को सुरुको मान शून्य राखेको छ

09:51 यो कमाण्डले खाली लाइनको हालको संख्या दिन्छ

किनभने प्रत्येक पटक एउटा खाली लाइन भेटिए पछि, x को मान बढ्ने छ र प्रिन्ट हुने छ

10:02 हामीले हाम्रो अन्तिम कमाण्डमा खाली लाइनहरूको गिन्ती देख्यौं

तर मानौं, हामी खाली लाइनहरूको जम्मा संख्या मात्र चाहन्छौं

10:12 त्यसको लागि, हामीले सम्पूर्ण फाइल पढेपछि एकपटक मात्र x प्रिन्ट गर्नुपर्छ
10:19 हामी आउटपुटको मतलब बुझाउन एउट शिर्षक पनि दिन सक्छौं
10:25 यसको लागि, awk मा BEGIN END सेक्सनहरू उपलब्ध छन्
10:30 BEGIN सेक्सनमा प्रक्रिया पूर्वका विधिहरू रहेका छन्
10:34 यो सेक्सन main input loop भन्दा पहिले एक्जिक्युट हुन्छ
10:40 END सेक्सनमा प्रक्रिया पश्चात् का विधिहरू हुन्छन्
10:45 यो सेक्सन मुख्य इन्पुट लूप सकिए पछि मात्र एक्जिक्युट हुन्छ
BEGIN END  विधिहरू वैकल्पिक हुन् 
10:55 अब यो कसरी प्रयोग गर्ने सिकौं

टर्मिनलमा टाइप गरौं - awk स्पेस खुल्ने उद्दरण ठूलो अक्षरमा BEGIN कर्ली ब्राकेट भित्र print स्पेस दोहोरो उद्दरण भित्र The number of empty lines in awkdemo are इन्टर थिचौं

11:14 फ्रन्ट स्ल्याश भित्र क्यारेट चिन्ह डलर चिन्ह, स्पेस कर्ली ब्राकेट भित्र x इक्वल टु x प्लस 1
इन्टर  थिचौं 
11:26 end स्पेस कर्ली ब्राकेट भित्र print स्पेस x बन्द हुने उद्दरण स्पेस awkdemo.txt र इन्टर थिचौं
11:39 यहाँ, हामीले चाहे जस्तो आउटपुट पाएनौं

हामीले आउटपुट मा 3 पाउनुपर्छ किनभने फाइलमा ३ वटा खाली लाइनहरू छन्

11:48 तपाईलाई के भयो जस्तो लाग्यो?

वास्तवमा , हामीले end लाई ठूलो अक्षरमा लेख्नुपर्थ्यो

11:54 त्यसैले, अब कमाण्ड बदलौं
11:57 टर्मिनल मा अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो थिचौं
12:03 अब सानो end लाई ठूलो END मा बदलौं

इन्टर थिचौं

12:11 अहिले, आउटपुटमा जम्मा खाली लाइनहरूको संख्या देखाइएको छ
12:16 अब, awkdemo.txt ' फाइलमा भएका बिद्यार्थीहरूको औसत तलब खोजौं
12:24 त्यसको लागि, देखाए झैँ कमाण्ड टर्मिनल मा टाइप गरौं

इन्टर थिचौं र हामीले चाहेको आउटपुट पाउने छौं

12:35 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
12:40 यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं

awk मा User defined variable हरू

12:45 अपरेटरहरू

BEGIN र END स्टेटमेन्टहरू

12:49 कार्यको लागि: अन्तिम फिल्डमा ५००० भन्दा बढि मान भएका र Electrical department मा आबद्ध बिद्यार्थी भएका प्रत्येक लाइनहरू प्रिन्ट गर्नुहोस्
13:00 आउटपुटमा, “Average marks” शिर्षक सहित बिद्यार्थीहरूको औसत अङ्क प्रिन्ट गर्नुहोस्
13:07 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

13:14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ

र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

13:23 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
13:27 के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केहि जिज्ञासा रहेको छ?

कृपया यो साइटमा जानुहोला

13:32 तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र समय छान्नुहोस्

प्रश्न छोटकरीमा व्याख्या गर्नुहोला हाम्रो टिमबाट यसको जवाफ दिइनेछ

13:42 स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियल सम्बन्धित जिज्ञासाको लागि हो
13:47 कृपया विषय बाहिरको र सामान्य प्रश्नहरू पोस्ट नगर्नुहोला
13:51 यसले अस्तव्यस्तता घटाउने छ

जसले गर्दा, यी छलफलहरूलाई अध्ययनको सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ

13:59 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो सम्बन्धि थप जानकारी तलको लिङ्कमा उपलब्ध छ

14:10 आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira