Linux-AWK/C2/More-on-Single-Dimensional-Array-in-awk/Nepali

From Script | Spoken-Tutorial
Revision as of 08:47, 16 July 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 नमस्कार! More on single dimensional array in awk स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं -

फाइलमा awk अरे प्रयोग गर्न,

00:13 एउटा अरे को एलिमेंटहरू स्क्यान गर्न,
00:16 स्टेटमेन्ट डिलिट गर्न,
00:18 ARGV अरे ENVIRON अरे
00:22 यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं
00:25 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टमgedit टेक्स्ट एडिटर ३.२०.१ प्रयोग गर्द छु
00:37 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:41 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले यो वेबसाइटका अघिल्ला अरेका awk ट्युटोरियलहरू हेरेको हुनुपर्छ
00:48 तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को आधारभूत ज्ञान हुनुपर्छ
00:55 अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला
01:00 यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ

तिनीहरूलाई डाउनलोड गरी एक्सट्रयाक्ट गर्नुहोला

01:10 अघिल्लो पटक, हामीले awk अरे का केही पक्षहरू समेटेका थियौँ
01:14 अब, हामी एउटा फाइलमा awk अरे प्रयोग गर्न सिक्ने छौं
01:19 हामीले पहिले प्रयोग गरेको awkdemo.txt फाइल नै प्रयोग गर्ने छौं
01:25 यहाँ, पहिलो फिल्ड बिद्ध्यार्थीको रोल नम्बर रहेको छ र छैठौँ फिल्ड मा भत्ता छ
01:32 अब, सम्पूर्ण बिद्ध्यार्थीको लागि HRA हिसाब गरौं
01:36 यहाँ, HRA भत्ताको रकमको ३०% रहेको छ
01:41 मैले पहिले नै एउटा कोड लेखेकी छु र यसलाई calculate_hra.awk मा सेभ गरेकी छु

अब, यो फाइलमा हेरौं

01:51 BEGIN सेक्सन भित्र, फिल्ड सेपरेटर मा पाइप चिन्ह राखिएको छ
01:57 अनि, हामी action सेक्सन भित्र अरे एलिमेंटहरू इनिसियलाइज गर्दै छौं
02:02 यो इन्पुट फाइलको प्रत्येक लाइनको लागि एकपटक एक्जिक्युट हुनेछ
02:08 मैले HRA लाई एउटा अरे भेरिएबलडलर वान लाई इन्डेक्स को रूपमा घोषणा गरेकी छु
02:14 यहाँ, डलर 1 ले पहिलो फिल्ड मतलब रोल नम्बर जनाउँछ

र मान चाहिँ डलर 6 गुणा जिरो पोइन्ट 3 रहेको छ, जहाँ dollar 6 भत्ताको रकम हो

02:27 त्यसैले, अरे HRA को रोल नम्बर इन्डेक्स को मानमा सम्बन्धित HRA रकम हुन्छ
02:35 हामी यो अरे को सम्पूर्ण एलिमेंटहरू कसरी स्क्यान गर्न सक्छौं त?
02:39 तपाईले यस्तो किसिमको for लूप प्रयोग गर्नुपर्छ
02:43 यो लूप ले अरे को प्रत्येक इन्डेक्स को लागि स्टेटमेन्टहरू एकपटक एक्जिक्युट गर्छ
02:48 भेरिएबल var मा एक-एक गरी इन्डेक्स का मानहरू राखिन्छ
02:53 कोड END सेक्सन भित्र लेखिएको छ
02:57 awk ले इन्पुट फाइलको सम्पूर्ण लाइनहरू प्रोसेस गरेपछि यो सेक्सन एक्जिक्युट हुनेछ
03:04 भेरिएबल i मा एक-एक इन्डेक्स को मान वा रोल नम्बर रहने छ
03:10 for लूप को प्रत्येक पटकमा, एउटा निश्चित रोल नम्बरको HRA प्रिन्ट हुने छ
03:16 टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गरौं

टर्मिनल खोल्न Ctrl, AltT किहरू एकैपटक थिचौं

03:24 cd कमाण्ड प्रयोग गरी तपाईले Code Files डाउनलोड गरेको फोल्डरमा जाऊ
03:31 अब, टाइप गरौं: awk स्पेस हाइफन सानो f स्पेस calculate_hra.awk स्पेस awkdemo.txt

एन्टर थिचौं

03:45 आउटपुटमा सम्पूर्ण बिद्ध्यार्थीहरूको रोल नम्बर र HRA देखिन्छ
03:50 मानौं, म रोल नम्बर S02 भएको बिद्ध्यार्थीको रेकर्ड मेट्न चाहन्छु
03:56 त्यसको लागि, हामीले अरे एलिमेंट को इन्डेक्स S02 डिलिट गर्नुपर्छ
04:01 म यसको लागि calculate_hra.awk कोड प्रयोग गर्छु
04:06 for लूप अगाडी एन्टर थिचौं र तलको कोड टाइप गरौं:

delete स्पेस hra स्क्वायर ब्राकेट भित्र दोहोरो उद्दरणमा S02

04:19 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
04:23 टर्मिनल क्लियर गर्छु
04:26 अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं

एन्टर थिचौं

04:33 आउटपुटमा रोल नम्बर S02 भएको बिद्ध्यार्थीको रेकर्ड प्रिन्ट भएको छैन
04:39 यसरी, delete कमाण्ड प्रयोग गरी कुनै पनि अरे एलिमेंट मेट्न सकिन्छ
04:44 हामीले इन्डेक्स सहितको अरे को नाम उल्लेख गर्नुपर्छ
04:48 यदि हामीले सम्पूर्ण अरे मेट्न चाहेमा के गर्ने?

यसको लागि डिलिट स्टेटमेन्ट मा अरे को नाम मात्र उल्लेख गर्नुपर्छ

04:56 ल, यो गरेर हेर्न कोडमा जाऊ
04:59 delete स्टेटमेन्ट को उद्दरणहरू र स्क्वायर ब्राकेटहरू सहित इन्डेक्स S02 डिलिट गर्नुहोस्
05:07 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
05:10 टर्मिनल क्लियर गरौं

अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं एन्टर थिचौं

05:19 हामीले आउटपुटमा केही पनि देख्दैनौं

सम्पूर्ण अरे नै मेटिएको छ

05:25 याद गरौं, हामीले अघिल्लो awk को बिल्ट-इन् भेरिएबलहरू ट्युटोरियलमा -

ARGC ले कमाण्ड लाइन आर्गुमेंटहरू को नम्बर दिन्छ भनेका थियौँ

05:36 ARGV कमाण्ड लाइन आर्गुमेंटहरू भण्डार गर्ने एउटा अरे हो

हामी तिनीहरूको मान कसरी देखाउन सक्छौं त? ल, हेरौं

05:45 मैले पहिले नै argc_argv.awk मा कोड लेखेकी छु

अब, यसको सामग्रीहरू हेरौं

05:53 कोड awk BEGIN सेक्सन भित्र लेखिएको छ
05:57 पहिले, हामी आर्गुमेंटहरू को नम्बर मतलब ARGC को मान प्रिन्ट गर्दै छौं
06:03 अर्को, हामी for लूप प्रयोग गरी i को मान 0 देखि ARGC-1 सम्म लूपमा चलाउदै छौं
06:11 र हामी ARGV को इन्डेक्स i प्रिन्ट गर्ने छौं

टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गरौं

06:19 अब, टर्मिनल मा टाइप गरौं- awk स्पेस हाइफन सानो f स्पेस argc अन्डरस्कोर argv डट awk स्पेस one स्पेस two स्पेस three
06:35 यहाँ, one two three कमाण्ड लाइन आर्गुमेंटहरू हुन्

कमाण्ड एक्जिक्युट गर्न एन्टर थिचौं

06:43 हामीले आर्गुमेंटहरू को नम्बरमा 4 पाउँछौं

तर याद गरौं, हामीले ३ वटा मात्र आर्गुमेंटहरू दिएका थियौँ

06:50 अब प्रत्येक आर्गुमेंटहरू हेरौं

पहिलो आर्गुमेंट वा argv एट इन्डेक्स 0 वास्तवमा awk छ, जुन कमाण्डको नाम हो

07:02 अर्को, हामीले कमाण्ड लाइन मा तीन आर्गुमेंटहरू दिएका थियौँ
07:07 त्यसैले गर्दा, ARGC को मान सधैँ हामीले कमाण्ड लाइनमा दिएको आर्गुमेंटहरू को नम्बर प्लस एक हुन्छ
07:16 अब, अर्को एउटा उदाहरण हेरौं

बिल्ट-इन् भेरिएबल ENVIRON इन्भायरोमेन्ट भेरिएबलहरू को एसोसिएटिभ अरे हो

07:24 अरे एलिमेंटको इन्डेक्स भनेको इन्भायरोमेन्ट भेरिएबल को नाम हुन्छ

अरे एलिमेंट को मानमा सम्बन्धित इन्भायरोमेन्ट भेरिएबलको मान हुन्छ

07:35 अब हामी विभिन्न इन्भायरोमेन्ट भेरिएबलहरू को मान कसरी हेर्ने सिकौं
07:40 पहिले, हाम्रो युजरनेम प्रिन्ट गरौं
07:43 हामीले इन्भायरोमेन्ट भेरिएबल USER को मान प्रिन्ट गर्नुपर्छ
07:48 कमाण्ड प्रम्प्टमा तलको टाइप गरौं
07:53 एन्टर थिचौं
07:55 आउटपुटमा लगिन गरेको युजरको नाम देखिन्छ
08:00 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

सङ्क्षेपमा हेरौं

08:05 यो ट्युटोरियलमा, हामीले यी कुराहरू सिक्यौं-

फाइलमा awk अरे प्रयोग गर्न,

08:11 एउटा अरे को एलिमेंटहरू स्क्यान गर्न,
08:14 Delete स्टेटमेन्ट,

ARGV अरे ENVIRON अरे

08:20 कार्यको रूपमा -

पास भएका बिद्ध्यार्थीहरूको निश्चित भत्ता हिसाब गर्नुहोस्

08:25 पेपर प्रस्तुतिको लागि भत्ताको ८०%
08:30 कार्य प्रदर्शनीको आधारमा भत्ताको २०%
08:35 भत्ताहरू दुई भिन्न अरेहरू मा भण्डार गर्नुहोस्
08:38 प्रत्येक भत्ताको लागि जम्मा चाहिने रकम र औसत हिसाब गर्नुहोस्
08:43 awk प्रोग्रामबाट इन्भायरोमेन्ट भेरिएबल PATH को मान प्रिन्ट गर्नुहोस्
08:48 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

08:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ

र प्रमाणपत्र प्रदान गर्छ

09:05 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
09:08 कृपया, जिज्ञासा रहेको स्थानको समय सहित यो फोरममा पोस्ट गर्नुहोला
09:12 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

09:24 आइआइटि बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira