Linux-AWK/C2/Loops-in-awk/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:14, 15 July 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 नमस्कार, awk का लूपहरूको बारेमा रहेको स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं-

awk मा while, do-while, for र अन्य थप लूपिंग कन्सट्रक्टहरू

00:16 यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं
00:20 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु:

उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम gedit टेक्स्ट एडिटर ३.२०.१

00:32 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:36 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले हाम्रो वेबसाइटको अघिल्ला awk ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ
00:43 तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै: C वा C++ को ज्ञान हुनुपर्छ
00:50 अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला
00:56 यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ

तिनीहरूलाई डाउनलोड गरी प्रयोग गर्नुहोला

01:06 एउटा लूप ले हामीलाई एक वा एक भन्दा बढि कार्यहरू दोहोराउन दिन्छ
01:12 awk मा उपलब्ध लूपहरू मा while, do-while for छन्
01:18 यहाँ 'while' लूप को सिन्ट्याक्स देख्न सकिन्छ
01:22 While लूप ले पहिले दिएको कन्डिसन सही छ कि जाँच्ने छ
01:27 यदि सही भएमा, यसले बडी भित्रको कोड एक्जिक्युट गर्ने छ

यो लूप दिएको while कन्डिसन सही भएसम्म दोहोरिने छ

01:37 हामी, पहिले प्रयोग गरेको awkdemo.txt फाइल नै प्रयोग गर्ने छौं
01:43 मैले पहिले नै एउटा स्क्रिप्ट लेखेर while_loop.awk मा राखेकी छु
01:48 सोही फाइल यो ट्युटोरियलको Code Files लिंकमा पनि उपलब्ध छ
01:53 यहाँ, हामीले फिल्ड सेपरेटर मा पाइप चिन्ह राखेका छौं
01:58 सुरुमा हामीले लूप भेरिएबल i को मान 1 राखेका छौं
02:04 यहाँ, हामीले अर्को एउटा भेरिएबल f मा पनि 1 राखेका छौं
02:10 भेरिएबल f ले फिल्ड काउन्टर वा प्रत्येक रेकर्ड को फिल्ड हरूको स्थान बुझाउँछ
02:17 अब, हामी while कन्डिसन मा i ३ भन्दा कम छ कि जाँच्ने छौं
02:23 यो सही भएकोले awkdemo.txt फाइलको रेकर्ड को f फिल्डको मान प्रिन्ट गर्ने छ
02:31 अनि, हामी फिल्ड काउन्टर f लाई १ ले बढाउने छौं
02:36 त्यसपछि हामी लूप भेरिएबल i को मान पनि १ ले बढाउने छौं
02:43 यो printf ले प्रत्येक पङ्क्तिको अन्त्यमा एउटा न्यूलाइन क्यारेक्टर प्रिन्ट गर्ने छ
02:49 यो लूप awkdemo.txt फाइलको सम्पूर्ण रेकर्डहरूको लागि एक्जिक्युट हुनेछ
02:55 जसको मतलब, प्रत्येक रेकर्डको लागि पहिलो ३ फिल्डहरू प्रिन्ट हुने छन्
03:00 अब यो कोड एक्जिक्युट गरौं
03:03 टर्मिनल खोल्न Ctrl, AltT किहरू थिचौं
03:09 cd कमाण्ड प्रयोग गरी Code Files लिंकबाट डाउनलोड गरेको फाइल रहेको फोल्डरमा जाऊ
03:16 अब टाइप गरौं: awk स्पेस हाइफन् सानो f स्पेस while_loop.awk स्पेस awkdemo.txt

एन्टर थिचौं

03:29 हामीले आउटपुटमा सम्पूर्ण पङ्क्तिहरूको पहिलो तीन फिल्डहरू देख्ने छौं
03:35 अब do-while लूप प्रयोग गरी सोही कार्य गरौं
03:38 do-while लूप को सिन्ट्याक्स यहाँ देख्न सकिन्छ
03:42 do-while लूप ले सधैँ बडी भित्र रहेको कोड एकपटक एक्जिक्युट गर्ने छ
03:47 अनि, दिएको कन्डिसन जाँच्ने छ, दिएको कन्डिसन सही भएसम्म बडी भित्रको कोड दोहोराउने छ
03:56 मैले पहिले नै do_loop.awk मा एउटा स्क्रिप्ट लेखेकी छु

सो फाइल Code Files लिंकमा पनि उपलब्ध छ

04:06 यो कोडमा do लूप भित्र स्टेटमेन्ट हरू छन् जो पहिले नै एक्जिक्युट हुन्छन्

यो जाँचिने कन्डिसन हो

04:15 त्यसपछि कन्डिसन सही भएसम्म लूप भित्रका स्टेटमेन्टहरू एक्जिक्युट हुने छन्
04:23 यो लूप awkdemo.txt फाइलको सम्पूर्ण रेकर्डहरूको लागि दोहोरिने छन्

जसको मतलब, सम्पूर्ण रेकर्डहरूको पहिलो ३ फिल्डहरू प्रिन्ट हुने छन्

04:33 अब, टर्मिनल मा जाऊ, म टर्मिनल क्लियर गर्ने छु
04:38 अब, टाइप गरौं: awk स्पेस हाइफन् सानो f स्पेस do अन्डरस्कोर loop डट awk स्पेस awkdemo डट txt

एन्टर थिचौं

04:52 हामीले एकै आउटपुट प्राप्त गर्छौं, त्यसो भए हामीसँग किन दुई भिन्न while do-while लूपहरू छन् त?
04:58 अब भिन्नता बुझौं
05:00 while अन्डरस्कोर loop डट awk फाइलमा जाऊ
05:05 अब, loop काउन्टर i को मान 1 बाट 4 मा बदलौं
05:11 यसले दिएको कन्डिसन सुरुबाटै गलत हुन्छ

यसको मतलब, हामीले आउटपुटमा केही पनि पाउनु हुँदैन

05:19 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
05:22 टर्मिनल क्लियर गरौं

अब, while loop एक्जिक्युट गर्ने कमाण्ड प्राप्त नभएसम्म अप एरो कि थिचौं

05:30 अब, एन्टर थिचौं
05:32 हामीले आउटपुटमा खाली लाइनहरू मात्र प्राप्त गरेको देख्छौं
05:37 awkdemo.txt फाइलको प्रत्येक रेकर्डको लागि आउटपुटमा एउटा खाली लाइन प्रिन्ट भएको छ
05:44 अब, do loop फाइलमा केही परिवर्तन गरौं
05:48 अब, do अन्डरस्कोर loop डट awk फाइलमा जाऊ
05:53 अब i को मान 1 बाट 4 मा बदलौं
05:57 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
06:01 टर्मिनल क्लियर गरौं

अब, do loop को कमाण्ड प्राप्त नभएसम्म अप एरो कि थिचौं एन्टर थिचौं

06:10 आउटपुटमा, प्रत्येक पङ्क्तिको पहिलो फिल्ड मात्र प्रिन्ट भएको छ

यो किन भयो होला?

06:16 प्रत्येक पंक्तिको लागि, awk ले पहिले पहिलो फिल्ड को मान प्रिन्ट गर्ने छ किनभने भेरिएबल f को सुरुको मान 1

अनि मात्र कन्डिसन जाँच्ने छ

06:28 लूप काउन्टर i को मान 4 भएकोले कन्डिसन गलत भएको छ

त्यसैले, त्यो रेकर्डको लागि लूप त्यही अन्त्य हुन्छ

06:39 यो लूप awkdemo.txt फाइलको सम्पूर्ण रेकर्डहरूको लागि दोहोरिन्छ
06:44 जसको मतलब, प्रत्येक रेकर्ड को पहिलो फिल्ड प्रिन्ट हुनेछ
06:49 हामीले कम्तिमा पनि एउटा रेकर्डको एउटा आउटपुट प्राप्त गरेका छौं
06:53 कन्डिसन जे भएपनि कुनै पनि कार्यलाई कम्तिमा एकपटक एक्जिक्युट गर्नुपरेमा do-while loop प्रयोग गर्नुहोस्
07:01 हामी for लूप प्रयोग गरेर पनि यस्तो गर्न सक्छौं
07:05 यहाँ, for लूप को सिन्ट्याक्स रहेको छ
07:09 'for' स्टेटमेन्ट, सुरुको मान बाट एक्जिक्युट हुन सुरु हुन्छ
07:14 अनि, कन्डिसन सही भएसम्म, यस भित्रका स्टेटमेन्टहरू दोहोरिएर एक्जिक्युट हुने छन् र मान बढ्ने छ
07:23 म तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै: C वा C++ को ज्ञान रहेको ठान्छु, त्यसैले सिन्ट्याक्सको विस्तृत चर्चा गर्ने छैन
07:30 यो कन्डिसन को लागि for लूप यस्तो देखिन्छ
07:35 यहां, मान सुरु गर्ने, कन्डिसन र भेरिएबलको मान बढाउने काम सबै एकै लाइनमा गरिन्छ
07:43 यो आफैँ गरेर हेर्नुहोस्
07:46 हामीसँग अन्य थप लूपिंग कन्स्ट्रक्टहरू रहेका छन्:

break, continue, exit

07:53 हामी आगामी ट्युटोरियलहरूमा केही सान्दर्भिक उदाहरणहरू हेर्ने छौं
07:58 हामीसँग हाम्रो फाइलमा एक वा एकभन्दा बढि लाइनका कमेन्ट हरू हुन सक्छन्
08:03 यहाँ, याद गरौं, एकल लाइन कमेन्टहरू एउटा ह्याश (#) चिन्हले परिभाषित गरिन्छ
08:10 एकभन्दा बढि कमेन्टहरू को लागि दोहोरो ह्याश (##) चिन्हको प्रयोग गरिन्छ
08:16 अब, कमेन्टहरू जाँच्ने र आउटपुटमा प्रिन्ट गर्नुको कुनै फायदा छैन
08:22 हामीले यी ह्याश (##) चिन्हहरूबाट सुरु हुने लाइनहरू छोड्नुपर्छ

हामी यो कसरी गर्न सक्छौं त?

08:28 हामीले ८००० भन्दा बढि पाउनेलाई ५०% भत्ता बढाएको उदाहरण सम्झौं
08:36 हामी कमेन्टहरू छोड्न सोही उदाहरण प्रयोग गर्ने छौं
08:40 मैले एक्जिक्युट गर्न यहाँ देखाए झैं next.awk नामक फाइल सृजना गर्ने छु
08:47 अब, यो कमाण्ड को मतलब के हो त?
08:50 awk ले प्रत्येक लाइनको सुरुमा क्यारेट चिन्ह र ह्याश चिन्ह (^#) खोज्ने छ
08:57 यदि भेटिएमा next किवर्डले awk लाई हालको लाइन तुरुन्तै छोड्न भन्छ
09:04 अनि awk ले अर्को लाइनबाट प्रोसेस गर्न सुरु गर्छ

यसले प्रोसेस गर्ने समय बचाउँछ

09:12 टर्मिनल मा जाऊ र देखाएको कमाण्ड टाइप गरौं

एन्टर थिचौं

09:20 हामीले कुनैपनि कमेन्टहरू विनाको आउटपुट प्राप्त गरेका छौं
09:24 मानौं, हामीसँग बिद्ध्यार्थीहरूको रेकर्ड एकभन्दा बढि फाइलहरूमा एकै फर्म्याटमा रहेको छ

मानौं, awkdemo_mod.txtawkdemo2.txt मा

09:37 यो हाम्रो अघिल्लो फाइल जस्तै रहेको हेरौं
09:41 यसमा पनि ह्याश चिन्ह सहित सुरु हुने कमेन्टहरू रहेका छन्
09:45 र, यसको अन्त्यमा दोहोरो ह्याश चिन्ह सहित एकदमै धेरै टेक्स्टहरू रहेका छन्
09:50 अब, हाम्रो डेटा दुई भिन्न फाइलहरूमा रहेको छ

awk ले बिद्यार्थीहरूको भत्ता बढाउन दुवै फाइलहरू प्रोसेस गर्नुपर्छ

09:59 हामीले पहिलो फाइलमा दोहोरो ह्याश(##) चिन्ह सहितको लाइन भेटेपछि, awk ले त्यो फाइल प्रोसेस गर्न रोक्नुपर्छ
10:06 त्यसपछि, यसले अर्को फाइल एक्जिक्युट गर्नुपर्छ

यसरी प्रोसेस गर्ने समय बच्ने छ

10:13 यहाँ देखाए झैँ next.awk परिमार्जन गरौं
10:17 मैले BEGIN स्टेटमेन्ट तल यो थपेकी छु: डलर जिरो टिल्डे स्ल्याश क्यारेट चिन्ह दोहोरो ह्याश स्ल्यास ब्राकेट भित्र nextfile सेमिकोलन
10:29 यसले प्रत्येक लाइनको सुरुमा दोहोरो ह्याश # चिन्ह खोज्ने छ
10:34 यदि भेटिएमा, awk ले हालको फाइल छोडेर अर्को फाइल एक्जिक्युट गर्ने छ
10:39 यो फाइल सेभ गरौं
10:41 टर्मिनल मा जाऊ र तलको कमाण्ड टाइप गरौं

एन्टर थिचौं

10:48 हामीले दुवै फाइलहरूबाट आउटपुट प्राप्त गरेका छौं
10:53 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

सङ्क्षेपमा हेरौं

10:58 यो ट्युटोरियलमा हामीले awk मा यी लूपहरू सिक्यौं - while, do… while, for, next, र nextfile
11:06 कार्यको रूपमा - awkdemo2.txt फाइलको बिद्ध्यार्थीहरूको रेकर्डबाट इन्पुट फाइल को फिल्डहरू को संख्या जतिसुकै भएपनि यसका जोड फिल्डहरू (जस्तै: फिल्ड 2, फिल्ड 4 आदि) मात्र प्रिन्ट गर्नुहोस्
11:22 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

11:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ

र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्

11:43 के तपाईसँग यो ट्युटोरियलको बारेमा कुनै जिज्ञासा छ ?

कृपया यो साइट हेर्नुहोला

11:49 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

12:01 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमको योगदान रहेको छ

आइआइटि बम्बेको तर्फबाट म मन्दिरा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira