Difference between revisions of "LaTeX-Old-Version/C2/What-is-Compiling/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
m (Nancyvarkey moved page LaTeX/C2/What-is-Compiling/Nepali to LaTeX-Old-Version/C2/What-is-Compiling/Nepali without leaving a redirect)
 
(No difference)

Latest revision as of 15:24, 16 October 2019

Time Narration
00:00 लेटेक प्रयोग गरि एउटा सरल डकुमेन्ट बनाउने स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 म तपाईलाइ यो प्रकृया एउटा MacOSX अपरेटिंग सिस्टममा देखाउने छुँ
00:13 अन्य अपरेटिंग सिस्टमहरु जस्तै लिनक्स र विन्डोजको लागि पनि समान प्रक्रियाहरु छन्
00:19 तपाईले गर्नुपर्ने पहिलो कुरा भनेको तपाईको एडिटर प्रयोग गरि एउटा सोर्स फाइल सिर्जना गर्ने हो
00:24 मेरो मनपर्ने एडिटर Emacs हो, मैले फाइलको नाम hello.tex राखेको छुँ, फाइलको एक्सटेन्सन tex हो, यसको स्पेलिंग t-e-x भए पनि यसलाई ‘tec’ भनिन्छ, यो LaTeX को डिफल्ट हो
00:40 पहिलो कुरा भनेको लेटेकलाई हामी इच्छुक डकुमेन्ट क्लासको जानकारी दिने हो
00:46 म तल दिए अनुसार article क्लास प्रयोग गर्ने छुँ
01:01 यसलाई सेभ गरौँ
01:03 त्यहाँ अन्य थुप्रै क्लासहरु पनि छन्
01:06 हामी ती मध्ये केहिलाई अन्य ट्युटोरियलहरु मा हेर्नेछौं
01:10 म फन्ट साइजमा 12 पोइन्ट प्रयोग गर्दैछुँ
01:14 लेटेकमा दुई साना साइजहरु नामत: 11pt. र 10pt चर्चित छन्
01:23 म बिगिन डकुमेन्ट लेख्छु
01:29 म टेक्स्ट टाइप गर्छु, ‘Hello world!’
01:34 अब एण्ड डकुमेन्ट लेख्छु
01:36 म यसलाई सेभ गर्ने छुँ
01:39 बिगिन डकुमेन्ट र एण्ड डकुमेन्टको बिचमा आउने कुनैपनि कुराहरु मात्र अन्तिम आउटपुटमा हुनेछन्
01:47 यसलाई सोर्स फाइल भनिन्छ, मैले यसलाई hello.tex नाम दिएको छुँ
01:51 यसलाई कमाण्ड pdflatex प्रयोग गरि कम्पाइल गरौँ
01:55 हामी यहाँ कमाण्ड देखाउने छौं, ‘pdf latex hello. Tex’
02:08 हामी एक्सटेन्सन ‘tex’ विना कमाण्ड ‘pdf latex hello’ पनि प्रयोग गर्छौं
02:23 यो अवस्थामा डिफल्ट एक्सटेन्सन tex प्रयोग हुने छ
02:28 कमाण्ड pdf latex लेटेक सोर्स फाइलबाट एउटा pdf फाइल सिर्जना गर्न प्रयोग गरिन्छ
02:35 यो कमाण्ड एक्जिक्युट गर्दा लेटेकले केहि जानकारी भएका आउटपुट पनि दिनेछ, यी संदेशहरु हामीले यहाँ देखे जस्तै hello.log फाइलमा भण्डार हुनेछन्
02:48 हामीले अहिले सम्म सिर्जना गरेका फाइलहरु कति hello छ याद गरौँ
02:53 म hello.pdf फाइल खोल्ने छुँ
02:57 मेरो म्याक सिस्टममा म यसो गर्न ‘skim hello.pdf’ कमाण्ड प्रयोग गर्ने छुँ
03:12 ‘skim’ Mac OSX को एउटा निशुल्क पिडिएफ रिडर हो
03:18 यो कमाण्ड जारी गर्दा स्किमले hello.pdf फाइल खोल्ने छ
03:22 यसमा अपेक्षित एउटा मात्र लाइन छ, यो फाइल जूम गरौँ
03:33 स्किमले खोलिएको पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण देखाउने छ
03:37 उदाहरणको लागि, म यसलाई परिमार्जन गर्ने छुँ, म यहाँ अर्को ‘hello world’ थप्ने छुँ
03:48 म पहिले यसलाई सेभ गर्ने छुँ र कम्पाइल गर्ने छुँ
03:56 म यो allow गर्ने छुँ, यो अपडेट भएको छ
04:01 यसलाई मेटौं, सेभ गरौँ, कम्पाइल गरौँ, अब यो मूल फाइलमा फर्केको छ
04:14 याद गरौँ हामीले सधै फाइल सेभ गरेपछि मात्र कम्पाईल गरेका छौं
04:21 तपाई पहिले सेभ र कम्पाइल गर्नुहोस्, यदि तपाईले सेभ गर्नुभएन भने तपाईले अन्तिम पटक सेभ गरेपछि गर्नुभएका परिवर्तनहरु कम्पाइलमा समाबेस हुदैनन्
04:30 मैले यो स्पोकन ट्युटोरियल सिर्जना गर्न यी तीन विन्डोहरु संगठित गरेको छुँ
04:36 तपाईलाई डकुमेन्ट सिर्जना गर्न तिनीहरुलाई यसरी राख्नुपर्दैन तथापि कृपया यो याद गरौँ कि तपाई आफ्नो रोजाईको कुनै अन्य एडिटर र पिडिएफ रिडर प्रयोग गर्न सक्नुहुन्छ
04:45 लेटेक प्रयोग गर्न यी अवस्थाहरुबाट गुज्रनु पर्छ: स्रोतको सिर्जना, कम्पाइल गर्ने र पीडीएफ फाइल हेर्ने
05:08 म चाहन्छु कि तपाई स्रोत फाइल परिमार्जन गरि यी अवस्थाहरु हेर्नुहोस्
05:12 तपाई बिगिन र एण्ड डकुमेन्ट कमाण्डहरु बिच केहि थप टेक्स्टको लाइनहरु थप्न चाहनुहुन्छ होला
05:20 तपाई hello.log फाइल पनि प्रयोग गर्न सक्नुहुन्छ
05:24 म अब एउटा प्रस्तुति सहित ट्युटोरियल जारी राख्ने छुँ
05:28 म पहिले यो मेट्ने छुँ
05:38 म लेटेकको फाईदाहरुबाट सुरु गर्ने छुँ
05:42 लेटेक एउटा उत्कृष्ट टाइपसेटिंग सफ्टवेयर हो
05:47 लेटेकमा उत्पादित डकुमेन्टहरुको जस्तो गुणस्तर अन्यको हुदैन
05:51 लेटेक निशुल्क र ओपन सोर्स हो
05:53 यो विन्डोज साथै म्याक र लिनक्स लगायत अन्य सबै युनिक्स सिस्टमहरुमा उपलब्ध छ
06:00 लेटेकमा उत्कृष्ट बिशेषताहरु छन् जस्तैः इक्वेसन, च्यापटर, सेक्सन, चित्र र टेबलहरुलाई अटोमेटिक नम्बर दिने
06:08 लेटेकमा एक्दमै धेरै गणितीय एक्वेसनहरु सहितको डकुमेन्ट सजिलै बनाउन सकिन्छ
06:13 फ्लाईमा परिवर्तन गर्न सकिने गरि बिब्लियोग्राफिक इन्ट्रीहरु सजिलै बनाउन सकिन्छ
06:19 लेटेकले फर्म्याटिंग हेर्ने भएकोले लेखकले अन्य महत्वपूर्ण कुराहरुमा ध्यान दिन सक्छन जस्तै सामग्री उत्पादन र उपायहरुको तार्किक संगठन
06:31 लेटेकमा थप स्पोकन ट्युटोरियलहरु छन्,लेटेकका यी स्पोकन ट्युटोरियलहरुको लागि moudgalya.org मा हेर्नुहोस्: what is compilation, letter writing, report writing, mathematical typesetting, equations, table and figures, how to create bibliography, र Inside story of bibliography
06:53 राम्रो नतिजाको लागि ट्युटोरियलहरु यो क्रममा प्रयोग गर्नुहोस्
06:57 यी ट्युटोरियलहरु सिर्जना गर्न प्रयोग गरिएका सोर्स फाइलहरु यो वेबसाइटमा पनि उपलब्ध छन्
07:03 हामी विन्डोज ओएसमा लेटेक इन्स्टल गर्ने एउटा ट्युटोरियल थप्ने योजनामा छौं
07:09 निकट भबिष्यमा त्यहाँ अन्य ट्युटोरियलहरु पनि हुनेछन्, उदाहरणको लागि, स्लाइड प्रेजेन्टेसनको लागि बिमर
07:15 यो प्रस्तुति लेटेक प्रयोग गरि बिमरमा बनाइएको हो
07:21 केहि टिपहरु: सकेसम्म बढि स्पोकन ट्युटोरियलहरु हेर्नुहोस्
07:26 तिनीहरुको समानान्तर रुपमा अभ्यास गरौँ
07:28 एउटा लेटेक फाइल सहित सुरु गरौँ
07:31 एकपटकमा एउटा मात्र परिवर्तन गरौँ, अन्य परिवर्तन गर्नुपूर्व तपाईले गरेको हरेक बदलावहरु सेभ गरौँ र कम्पाइल गरौँ
07:40 कम्पाइल गर्नुपूर्व सोर्स फाइल सेभ गरौं
07:45 लेटेकमा थुप्रै किताबहरु छन्, हामी दुई सिफारिस गर्छौं
07:48 पहिले मूल लेटेकका सर्जकको हो, Leslie Lamport लेस्ली लाम्पोर्ट
07:53 यो किताब कम मूल्यको इन्डियन संस्करणमा पनि उपलब्ध छ
07:57 एडभान्सड युजरहरुले तलको किताब प्रयोग गर्न सक्छन, Latex companion
08:03 प्राय कामहरुको लागि पहिलो किताब र वेब सर्च पर्याप्त हुन्छ, तथापि सम्पूर्ण लेटेक सम्बन्धित सामग्रीहरुको लागि मुख्य साइट भनेको ctan.org हो
08:15 यो कार्यको लागि भारत सरकारको नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको अनुदान रहेको छ
08:24 यो मिसनको URL sakshat.ac.in हो, स्पोकन ट्युटोरियल गतिविधि ‘Talk to a Teacher’ प्रोजेक्टको एउटा सुरुवात हो, संयोजन CDEEP, IIT Bombay: cdeep.iitb.ac.in को रहेको छ
08:39 सर्बब्यापी सफ्टवेयर उत्पादन र यसको प्रयोगको लागि स्पोकन ट्युटोरियलको प्रयोग fosse.in मार्फत संयोजन गरिन्छ
08:47 Fossee को मतलब Free and Open source software in science and engineering education हो
08:52 यो प्रोजेक्टमा नेशनल मिसन अन एजुकेसनको पनि सहयोग रहेको छ
08:57 थप स्पोकन ट्युटोरियलहरु र तिनीहरुको अन्य भाषाको अनुवादको लागि तलको लिंकमा हेर्नुहोस्
09:05 यसरी हामी यो ट्युटोरियलको अन्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey