Difference between revisions of "LaTeX-Old-Version/C2/LaTeX-on-Windows-using-TeXworks/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border = 1 |'''Time''' |'''Narration''' |- | 00:01 | “LaTeX on Windows using TeXworks” स्पोकन ट्युटोरियलमा स्वागत छ |-...")
 
(No difference)

Latest revision as of 15:05, 16 October 2019

Time Narration
00:01 “LaTeX on Windows using TeXworks” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 MikTeX डाउनलोड र इन्स्टल गर्न
00:11 TeXworks प्रयोग गरि आधारभूत LaTeX डकुमेन्ट लेख्न
00:15 छुटेका प्याकेजहरु डाउनलोड गर्न MikTeX कन्फिगर गर्न
00:19 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, विन्डोज अपरेटिंग सिस्टम र MikTeX २.९ प्रयोग गर्दै छुँ
00:27 अब TeXworks को बिशेषताहरु हेरौं
00:31 यो प्ल्याटफर्ममा भर पर्दैन
00:33 यसमा एउटा पिडिएफ रिडर रहेको हुन्छ
00:36 यसमा इन्डियन ल्याङ्ग्वेज टाइपसेटिंग प्रयोग गर्न सकिन्छ
00:39 यसमा TeXworks सुरु गर्नुपूर्व MikTeX इन्स्टल गर्नुपर्छ
00:44 MikTeX TeX वा LaTeX र विन्डोज सम्बन्धित प्रोग्रामहरुको नयाँ अपडेट लागु भएको हो
00:52 यसमा विन्डोजमा लेटेकमा आधारभूत डकुमेन्ट सिर्जना गर्न आवश्यक प्याकेजहरु रहेका हुन्छन
00:58 साथै, TeXworks MikTeX इन्स्टल गर्दा उपलब्ध हुने डिफल्ट एडिटर हो
01:04 www.miktex.org मा जाउँ
01:10 दिएको MikTeX इन्स्टलरको डाउनलोड लिंकमा क्लिक गरौँ
01:15 यसले MikTeX इन्स्टलर डाउनलोड गर्छ
01:18 यसलाई डाउनलोड गरौँ र आफ्नो डेस्कटपमा सेभ गरौँ
01:22 यो लगभग १५४ मेगाबाइटको एउटा ठूलो फाइल छ
01:25 त्यसैले यो डाउनलोड हुन केहि समय लाग्नेछ
01:27 मैले यो फाइल पहिले नै डाउनलोड गरेको छुँ, यो यहाँ छ
01:32 इन्स्टल सुरु गर्न यो फाइलमा दोहोरो क्लिक गरौँ
01:36 चेकबक्समा ठिक गरौँ र Next मा क्लिक गरौं
01:40 सम्पूर्ण डिफल्ट बिकल्पहरु क्लिक गरौँ
01:43 इन्स्टल हुन लगभग ५ देखि १० मिनेट लाग्नेछ
01:47 मैले मेरो कम्प्युटरमा पहिले नै MikTeX इन्स्टल गरेको छुँ
01:50 त्यसैले म इन्स्टल गर्ने छैन
01:54 आफ्नो कम्प्युटरमा सफलतापूर्वक MikTeX इन्स्टल गरेपछि,
01:58 MikTeX मा उपलब्ध TeXworks एडिटर कसरी प्रयोग गर्ने हेरौं
02:03 विन्डोज स्टार्ट बटनमा क्लिक गरौँ
02:07 All Programs मा क्लिक गरौँ
02:09 MikTeX 2.9 मा क्लिक गरौँ
02:12 TeXworks मा क्लिक गरौँ
02:15 TeXworks एडिटर खुल्ने छ
02:18 म पहिले नै भएको एउटा LaTeX डकुमेन्ट खोल्ने छुँ
02:21 म File मा क्लिक गर्छु अनि Open र डीरेक्टरी छान्ने छुँ
02:28 अनि म hello.tex फाइल खोल्ने छुँ
02:32 तपाई यो फाइलमा लेखिएको टेक्स्ट रंगिन देख्न सक्नुहुन्छ
02:37 यसलाई सिनट्याक्स हाइलाइटिंग भनिन्छ
02:41 यसले युजरलाई युजरको सामग्री र लेटेकको सिनट्याक्स बिचको भिन्नता छुट्टयाउन दिन्छ
02:47 यदि लेटेक सिनट्याक्स रंगिन छैन भने तलको गरौँ
02:52 TeXworks विन्डोमा,मेनुबारमा उपलब्ध Format बटन क्लिक गरौँ
02:58 Syntax Colouring छानौं र LaTeX मा क्लिक गरौँ
03:03 यदि तपाईले प्रत्येक पटक एउटा लेटेक डकुमेन्ट सिर्जना गरि TeXworks ले सिनट्याक्स हाइलाइटिंग गराउन चाहनुहुन्छ भने यसो गरौँ
03:10 मेनुबारमा Edit अनि Preferences मा क्लिक गरौँ
03:16 एडिटर ट्याबमा Syntax Colouring को विकल्पहरु पाउन ड्रप डाउन मेनुमा क्लिक गरौँ
03:22 LaTeX छानौं अनि Ok क्लिक गरौँ
03:26 यसरी भविष्यमा सिर्जना हुने सम्पूर्ण डकुमेन्टहरुमा सिनट्याक्स हाइलाइटिंग लागु हुनेछ
03:32 अब हामी हाम्रो लेटेक डकुमेन्ट कम्पाइल गर्न तयार छौं
03:36 कम्पाइल सुरु गर्न कन्ट्रोल र t कीहरु एकैसाथ थिचौं
03:42 एकपटक विना कुनै एरर डकुमेन्ट कम्पाइल भएपछि बनेको पिडिएफ डकुमेन्ट खुल्ने छ
03:49 याद गरौँ यो पिडिएफ रिडर TeXworks संगै आउँछ
03:53 यो TeXworks ले कम्पाइल गरेको पिडिएफ डकुमेन्ट देखाउन प्रयोग गर्ने डिफल्ट पिडिएफ रिडर हो
03:59 अब एउटा Beamer डकुमेन्ट कम्पाइल गरौँ
04:02 डिफल्टमा हामीले इन्स्टल गरेको MikTeX सेटअपमा बिमर प्याकेज संलग्न हुदैन
04:08 यसको मतलब हामीले
04:10 यसलाई कुनै स्रोतबाट डाउनलोड गर्नुपर्छ र हालको MikTeX वितरणमा थप्नुपर्छ
04:15 एउटा छुटेको प्याकेज इन्स्टल गर्न दुई तरिकाहरु छन्
04:19 एउटा तरिका भनेको हामीले एउटा लेटेक डकुमेन्ट कम्पाइल गर्दा यसलाई फ्लाईमा इन्स्टल गर्ने हो
04:24 यो लेटेक डकुमेन्टलाई MikTeX वितरणमा उपलब्ध नभएको प्याकेज चाहिन्छ
04:31 अर्को तरिका भनेको आफैं MikTeX को प्याकेज म्यानेजर प्रयोग गरि कुनै प्याकेज छान्ने र इन्स्टल गर्ने हो
04:37 पहिलो तरिका हेरौं
04:40 हामी एउटा लेटेक डकुमेन्ट खोली कम्पाइल गर्ने छौँ जसको लागि MikTeX मा प्याकेजहरु इन्टरनेटबाट इन्स्टल गर्नुपर्छ
04:47 पहिले TeXworks एडिटर बन्द गरौँ
04:51 हामीले tex फाइल एड्मिनिस्ट्रेटरको रुपमा खोल्नुपर्ने हुन्छ
04:56 स्टार्ट बटनमा क्लिक गरौँ
04:59 अनि All programs मा क्लिक गरौं
05:02 MikTeX 2.9 मा क्लिक गरौँ
05:05 TeXworks मा राइट क्लिक गरौँ र Run as Administrator छानौं
05:11 यसले एड्मिनिस्ट्रेटरको अधिकार सहितको TeXworks एडिटर खोल्ने छ
05:16 अब फाइलमा क्लिक गरौँ
05:19 अनि Open मा क्लिक गरौँ
05:21 beamer.tex फाइल छानौं
05:24 कम्पाइल गर्न सुरु गर्न Ctrl र t किहरु एकसाथ थिचौं
05:29 एउटा प्याकेज इन्स्टलेसन डाइलग बक्स देखापर्छ
05:33 यसले छुटेको प्याकेज beamer.cls इन्स्टल गर्न भन्ने छ
05:38 यो डाइलग बक्सको Change बटनमा क्लिक गरौँ
05:43 Change Package Repository डाइलग बक्स खुल्ने छ
05:47 Packages shall be installed from the internet विकल्प छानौं
05:52 Connection Settings मा क्लिक गरौँ
05:55 यसले तपाईलाई प्रक्सी सेटिंग कन्फिगर गर्न भन्ने छ
05:59 यदि तपाई एउटा प्रक्सी नेटवर्कमा हुनुहुन्न भने Use proxy server चेकबक्स यतिकै छोडौं
06:06 म एउटा प्रक्सी नेटवर्कमा भएकोले म चेकबक्स ठिक गरि यो विकल्प सक्रिय गर्ने छुँ
06:12 म प्रक्सी एड्रेस इन्टर गर्ने छुँ
06:16 म प्रक्सी पोर्ट नम्बर इन्टर गर्ने छुँ
06:19 म Authentication required विकल्पको चेकबक्समा क्लिक गरी सक्रिय गर्ने छुँ
06:25 Ok क्लिक गरौं र Next मा क्लिक गरौँ
06:30 यसले हामीसँग प्रक्सी युजरनेम र पासवर्ड माग्ने छ
06:34 म जानकारी इन्टर गर्ने छुँ र OK मा क्लिक गर्ने छुँ
06:39 यसले एउटा रिमोट प्याकेज रिपोजिटरीको एउटा सुची देखाउने छुँ
06:44 सुचीबाट एउटा छानौं र Finish मा क्लिक गरौँ
06:48 Install मा क्लिक गरौँ
06:51 यसले beamer.cls प्याकेज इन्स्टल गर्ने छ
06:55 पुन: एकपटक प्याकेज इन्स्टलेसन डाइलग बक्स खुल्ने छ
07:00 यसले छुटेको प्याकेज pgfcore.sty इन्स्टल गर्न भन्ने छ
07:06 तपाई Always show this dialog before installing packages विकल्प अनचेक गर्न सक्नुहुन्छ
07:12 यदि तपाईले यसो गर्नुभयो भने, MikTeX ले एउटा प्याकेज छुटेमा तपाईलाई पुन: सोध्ने छैन
07:19 इन्स्टलमा क्लिक गरौँ
07:21 अब यदि कुनै प्याकेजहरु छुटेमा यसले स्वत: तपाईको अनुमति नमागी यसलाई इन्स्टल गर्ने छ
07:31 एकपटक इन्स्टल गर्न सकिएपछि, यसले कम्पाइल गरी सक्ने छ र पिडिएफ आउटपुट खोल्ने छ
07:38 हामीले सफलतापूर्वक एउटा बिमर डकुमेन्ट कम्पाइल गरेको देख्न सक्छौं
07:42 अब छुटेका प्याकेजहरु इन्स्टल गर्ने दोस्रो तरिका हेरौं
07:47 विन्डोज स्टार्ट बटनमा क्लिक गरौँ
07:50 All Programs मा क्लिक गरौँ
07:53 MikTeX 2.9 मा क्लिक गरौँ
07:55 Maintenance (Admin) मा क्लिक गरौँ
07:58 Package Manager (Admin) मा क्लिक गरौँ
08:02 यसले उपलब्ध बिभिन्न प्याकेजहरुको सुची देखाउने छ
08:07 अब पहिले यो सुचीमा एकपटक हेरौं
08:10 यो सुचीमा छ कोलमहरु छन्
08:13 ती हुन्: Name, Category, Size, Packaged date, Installed on date र Title
08:21 Installed on कोलम हामीलाई सबैभन्दा महत्वपूर्ण छ
08:25 यो कोलमको लागि खाली प्याकेजले यी प्याकेजहरु इन्स्टल नभएको जनाउँछ
08:32 अब एउटा निश्चित प्याकेज कसरी इन्स्टल गर्ने हेरौं
08:36 उदाहरणको लागि म प्याकेज abc छान्ने छुँ
08:41 याद गरौँ मैले प्याकेज छान्दा माथि बायाँको प्लस बटन सक्रिय हुनेछ
08:48 प्लस बटन इन्स्टल बटन हो
08:51 प्लस बटनमा क्लिक गरौँ
08:53 एउटा विन्डो खुल्ने छ जसले तपाईले इन्स्टल वा अनइन्स्टल गर्न छानेका प्याकेजहरु सुचिकृत गर्ने छ
09:00 Proceed मा क्लिक गरौँ
09:04 मैले एउटा प्रक्सी नेटवर्क कनेक्सन कन्फिगर गर्ने भएकोले यसले मसँग युजरनेम र पासवर्ड माग्ने छ
09:11 म मेरो युजरनेम र पासवर्ड टाइप गर्ने छुँ
09:14 Ok मा क्लिक गरौँ
09:16 इन्स्टल गर्न छानिएको प्याकेजहरुको डाउनलोड प्रगति देखाउन एउटा विन्डो खुल्ने छ
09:23 रिमोट सर्भर कनेक्टिभिटी को कारणले कुनै चाहेको प्याकेज डाउनलोड नहुन सक्छ
09:29 त्यस्तो अवस्थामा प्याकेज रिपोजिटरी बदल्नुहोस् र पुन: प्रयास गर्नुहोस्
09:34 हामी छानिएको प्याकेजको इन्स्टलेसन पुरा भएको देख्न सक्छौं
09:39 Close मा क्लिक गरौँ
09:41 प्याकेजको सुची रिफ्रेस हुनेछ
09:44 याद गरौँ प्याकेज abc को Installed on कोलममा 11 september 2013 देखापर्छ
09:52 यसरी LaTeX on Windows using TeXworks ट्युटोरियल पुरा हुन्छ
09:58 यो ट्युटोरियलमा हामीले सिक्यौं -
10:00 MikTeX डाउनलोड र इन्स्टल गर्न
10:02 TeXworks प्रयोग गरि आधारभूत लेटेक डकुमेन्ट लेख्न
10:06 छुटेका प्याकेजहरु डाउनलोड गर्न २ भिन्न तरिकामा MikTeX कन्फिगर गर्न
10:11 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
10:14 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:17 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:23 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:27 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:30 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:48 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org /NMEICT-Intro
10:59 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Nancyvarkey