LaTeX-Old-Version-Old-Version/C2/Letter-Writing/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लेटेक प्रयोग गरि कसरी चिठी लेख्ने ट्युटोरियलमा स्वागत छ
00:06 तपाई तीन विन्डोहरु देख्न सक्नुहुन्छ
00:08 यिनीहरुले लेटेक प्रयोग गरि टाइपसेटिंग गर्ने तीन भिन्न अवस्थाहरु जनाउँछन्:
00:13 सोर्स फाइलको सिर्जना, पिडिएफ फाइल बनाउन कम्पाइल गर्ने र यसलाई एउटा पिडिएफ रिडरको प्रयोग गरि हेर्ने
00:22 म Mac OSX मा निशुल्क पिडिएफ रिडर “Skim” प्रयोग गर्दै छुँ किनभने यसले हरेक पटक कम्पाइल गरेपछि सबैभन्दा नयाँ पिडिएफ लोड गर्छ
00:34 यस्तै क्षमता भएका पिडिएफ ब्राउजरहरु लिनक्स र विन्डोजमा पनि उपलब्ध छन्
00:42 सोर्स फाइलमा जाउँ र प्रत्येक कमाण्डले के गर्छ हेरौं
00:47 पहिलो लाइनले यसले लेटर डकुमेन्ट क्लासलाई जनाउने बताउँछ
00:54 12 पोइन्ट टेक्स्ट साइज हो
00:57 चिठीको पहिलो सेक्सन ‘प्रेषक ठेगाना’ हो, यो यहाँ ब्राकेट भित्र देखापर्छ
01:07 यसको नतिजा आउटपुट फाइलको माथि दायाँ कुनामा देखिन्छ
01:14 दुई लगातार स्ल्याशहरुले एउटा नयाँ लाइन सुरु गर्छ
01:19 यदि मैले यहाँबाट दोहोरो स्ल्याशहरु हटाएर–
01:25 सेभ र pdflatex प्रयोग गरि कम्पाइल गरेमा –
01:37 तपाई यी दुई लाइनहरु एकैमा जोडिएको देख्नुहुन्छ
01:43 पहिले हामीले दुई स्ल्याशहरु प्रयोग गरि लाइन टुक्र्याएका थियौं
01:49 अब यी उल्टो स्ल्याशहरु त्यहाँ छैनन् त्यसैले लेटेकलाइ त्यहाँ लाइन टुक्राउन पर्ने थाहा छैन
01:56 म स्ल्याशहरु पुन राख्दै छुँ
02:04 सेभ र कम्पाइल गरौँ
02:08 हामीले यो बुझ्नुपर्छ कि प्रत्येक बदलाव पछि हामीले कम्पाइल गर्नु अघि सेभ गर्नुपर्छ
02:15 हामीले खाली एड्रेस दिएमा के हुन्छ हेरौं
02:21 म यहाँ जादैछुँ
02:24 यसलाई चिन्ह लगाउ
02:27 लाइनको अन्त्यमा जाउँ, यसलाई मेटौं, सेभ गरौँ र कम्पाइल गरौँ
02:37 तपाई यहाँबाट प्रेषकको ठेगाना हराएको देख्न सक्नुहुन्छ
02:44 याद गरौँ, आजको मिति स्वत: अमेरिकन शैलीमा देखापर्छ: महिना,दिन अनि साल
02:54 यो प्राप्त गर्न कमाण्ड slash date slash today प्रयोग गरिन्छ
03:02 हामी अब यहाँ गर्ने जस्तै स्वत: देखापर्ने मिति बन्द गर्न सक्छौं
03:12 सेभ गरौँ
03:17 कम्पाइल गरौँ,मिति गएको छ
03:20 मानौं, हामी हाम्रो आफ्नै मिति राख्न चाहन्छौं, पहिले मिति यसरी इन्टर गरौँ
03:30 9th July 2007, सेभ अनि कम्पाइल गरौँ
03:40 हामीले मिति प्राप्त गर्यौं
03:43 यो मिति यो ट्युटोरियल पहिलोपटक सिर्जना गरिएको मिति हो
03:47 यसलाई कम्पाइल गर्दा, हामी आउटपुट फाइलमा यो इन्डियन फर्म्याट देख्छौं
03:53 पुन: एड्रेस राखौं
04:02 र डकुमेन्ट पुन: कम्पाइल गर्दा अघिल्लो अवस्थामा फर्किएको छ
04:08 चिठीको तल सिग्नेचर कमाण्ड आर्गुमेंट देखापर्छ
04:17 हामी डकुमेन्ट बिगिन गर्छौं अनि लेटर
04:22 पहिले ‘प्रापक ठेगाना’ आउँछ, यो आउटपुटको माथि बायाँ कुनामा देखापर्छ
04:30 मैले यो Mr. N. K. Sinha लाई एड्रेस गरेको छुँ
04:34 कमाण्ड ‘slash opening’प्रापकलाई एड्रेस गर्न प्रयोग गरिन्छ
04:40 तपाईले लेटेकमा सम्पूर्ण कमाण्डहरु एउटा उल्टो स्ल्याशमा सुरु भएको पनि याद गर्नुभयो होला
04:48 त्यसपछि चिठीको टेक्स्ट आउँछ
04:53 लेटेकमा अहिले हामीले देखाए जस्तै एउटा नयाँ प्याराग्राफ एउटा खाली लाइनमा सुरु हुन्छ
05:00 म यहाँ जान्छु, यहाँ ‘we are’ वाक्य सुरु हुने स्थानमा यहाँ
05:07 यसलाई खोलौं र अर्को लाइनमा लगौं
05:12 मैले एउटा खाली लाइन छोडेको छुँ, म यसलाई सेभ गर्ने छुँ
05:17 कम्पाइल गरौँ
05:19 तपाई यो एउटा नयाँ प्याराग्राफमा गएको देख्न सक्नुहुन्छ
05:25 एउटा नयाँ प्याराग्राफ सहित चिठी दुई पेजको भएको छ
05:29 अब यदि फन्ट साइज १० मा घटाएमा हामी चिठी एक पेजमा फर्काउन सक्छौं
05:37 म अब त्यो गर्दैछुँ
05:42 सेभ गरौँ
05:48 कम्पाइल गरौँ,तपाई पुरै चिठी एक पेजको भएको देख्न सक्नुहुन्छ
05:54 म यसलाई पुन: 12 pt मा राख्दै छुँ
06:00 र म यो प्याराग्राफ बिट पनि हटाउने छुँ
06:06 र म यो कम्पाइल गर्छु
06:12 ल, यो भयो
06:14 अब म बिगिन र एण्ड itemize कमाण्ड जोडीले सिर्जना गरेको itemize environment को वर्णन गर्न चाहन्छु
06:29 प्रत्येक ‘slash item’ बाट सुरु हुने कुराहरु एउटा बुँदाको रुपमा देखापर्छ
06:37 के म यहाँ बुँदामा नम्बर पाउन सक्छु?
06:41 तपाईले खाली itemize लाई अब मैले गरे जस्तै enumerate मा बदल्ने हो
06:46 म यसलाई enumerate मा बदल्दै छुँ
06:53 यसलाई सेभ गरौँ
07:00 पक्कै जति सक्दो लगातार सेभ गर्नु राम्रो अभ्यास हो
07:05 म यसलाई पुन: कम्पाइल गर्ने छुँ
07:09 तपाई बुँदाहरु अब नम्बरमा बदलिएको देख्नुहुन्छ
07:15 समापनमा मैले ‘Yours sincerely’ संलग्न गरेको छुँ जुन यहाँ आउँछ
07:22 हामीले पहिले नै हस्ताक्षरको चर्चा गरेका थियौं
07:26 अन्त्यमा कमाण्ड cc ले यो चिठीलाई अन्य प्रापकहरुको लागि अंकित गर्छ
07:35 म चिठी ‘end letter’ कमाण्ड सहित अन्त्य गर्ने छुँ अनि डकुमेन्ट ‘end document’ कमाण्ड सहित पुरा हुन्छ
07:44 सामग्रीहरु परिमार्जन गरि प्रयोग गर्नुहोस्
07:48 तपाई आत्मविश्वासी नभए सम्म एकपटकमा एक मात्र कुरा बदलौं र तुरुन्त कम्पाइल गरेर तपाईले गरेको परिवर्तन सहि भएको पक्का गरौँ
07:58 मैले म्याकमा चिठी लेख्ने प्रक्रियाको चर्चा गरेपनि, त्यहि सोर्स फाइलले लिनक्स र विन्डोज अपरेटिंग सिस्टम लगायत सम्पूर्ण लेटेक सिस्टममा काम गर्ने छ
08:10 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:13 सहभागिताको लागि धन्यवाद,म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Nancyvarkey