Health-and-Nutrition/C2/Vegetarian-recipes-for-6-month-old-babies/Nepali

From Script | Spoken-Tutorial
Revision as of 08:49, 6 July 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 छ महिनाको शिशुको लागि शाकाहारी खुराक बनाउने विधिको बारेमा रहेको स्पोकन ट्युटोरियल मा स्वागत छ
00:09 यो ट्युटोरियलमा हामी, शिशुलाई परिपूरक खुराक खुवाउन सुरु गर्ने बारे जान्ने छौँ
00:15 साथै, शाकाहारी खुराकहरू बनाउने विधि जान्ने छौँ, जस्तै - बोडी को लेदो
00:22 फर्सी को लेदो
00:24 कोदोको खिर

जूनेलो को खिर

00:27 र पालुंगोको पात को लेदो
00:31 सुरु गर्नु अघि, याद राखौं, पहिलो छ महिनासम्म बच्चालाई स्तनपान मात्र गराउनु एकदमै महत्त्वपूर्ण हुन्छ
00:41 बच्चा छ महिना पुरा भएपछि आमाको दूध ले मात्र पुग्दैन
00:47 त्यसैले, स्तनपान सहित बच्चालाई घरमै बनाएको अन्य खानेकुरा पनि दिनुपर्छ
00:53 यसलाई परिपूरक खुराक भनिन्छ
00:57 बच्चालाई एकपटकमा एउटा मात्र परिपूरक खानेकुरो दिएमा,
01:04 बच्चालाई कुनै खानेकुराको एलर्जी छ कि छैन भन्ने बारे थाहा हुन्छ

बच्चालाई समस्या नभएका खानेकुरा थाहा भएपछि सबै थरी मिसाएर दिन सकिन्छ

01:15 सुरु गर्दा, दिन मा दुई पटक एक चिया चम्चा खुराक दिएर बिस्तारै दिनको दुई पटक चार चिया चम्चासम्म दिन सकिन्छ
01:24 यो बाहेक, बच्चाको खानेकुरो तयार पार्न सधैँ स्थानीय रूपमा पाईने र मौसमी सामाग्रीहरू प्रयोग गर्नुपर्छ
01:34 र बच्चा एक वर्षको नभएसम्म बच्चाको खानामा चिनी, नुन वा अन्य कुनै मसलाहरू हाल्नु हुँदैन
01:43 बच्चा छ महिनाको भएपछि, बच्चालाई परिपूरक खुराकबाट २०० क्यालोरी सम्म ऊर्जा आवश्यक पर्छ
01:52 राम्ररी पाकेको र लेदो पारिएको खाना मात्र दिनुपर्छ
01:57 अब हाम्रो विधि सुरु गरौँ, तर यो याद राखौँ कि तलका विधिहरूको लागि तपाई आमाको दूध, नरिवलको दूध वा उमालेको वा चिसो पानी प्रयोग गर्न सक्नुहुन्छ
02:12 पहिलो विधिमा बोडीको लेदो रहेको छ
02:16 यसको लागि हामीलाई - एक चिया चम्चा उमारेको बोडी आवश्यक पर्छ
02:23 गेडागुडी उमार्ने जानकारी यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ
02:31 अब विधि सुरु गर्न उम्रिएको बोडीलाई हल्का पानीले पखालौं
02:37 यी गेडागुडीलाई एउटा स्टिलको भाँडोमा राखेर, एक वा दुई घण्टा सम्म भिजाऊ
02:44 त्यसपछि, औँलाहरूले हल्का माडेर बोक्रा निकालौँ
02:49 अब बोक्राहरू छुट्टयाएर गेडागुडी लाई एउटा स्टिलको भाँडोमा राखौँ
02:54 अब बोडी नडुबे सम्म पानी हालौं

अब यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा राखौँ

03:01 यसलाई ४-५ सिट्ठी लगाएर पकाऊ, अनि, आगोबाट निकालेर यसलाई केहीबेर सेलाउन दिऊ
03:09 अब, पाकेको बोक्रा बाँकी भएमा छुट्ट्याऊ
03:14 अब, एउटा मिक्सर वा सिलौटो प्रयोग गरी उसिनेको बोडीको लेदो बनाऊ
03:21 यसमा अलिकति उमालेको पानी वा कुकरमा बाँकी भएको पानी थपौं
03:27 र बोडी को लेदो तयार भएको छ
03:32 यो बोडीको लेदोमा प्रचुर मात्रामा तलका पोषक तत्त्वहरू पाइन्छन् -

प्रोटिन

03:36 फोस्फोरस
03:39 आइरन
03:42 जिङ्क म्याग्नेसियम
03:46 तपाई तलका अन्य स्थानीय रूपमा पाईने गेडागुडीको पनि लेदो बनाउन सक्नुहुन्छ -

मोठ, बेंगल चना, पहेँलो केराऊ

03:59 मुसुरोको दाल

हरियो केराऊ

04:02 राज्मा सिमी

चना गहत आदि

04:07 अब फर्सीको लेदो बनाउने दोस्रो विधि हेरौं :
04:10 हामीलाई २५० ग्राम पहेँलो फर्सी आवश्यक पर्छ
04:14 यसलाई तयार पार्न: सफा र पखालेको फर्सीको बिया निकालौं
04:20 यसलाई सानो सानो टुक्रामा काटौं
04:23 अनि, यसलाई एउटा स्टिमरमा १५ मिनेटसम्म पकाऊ
04:28 यसलाई आगोबाट निकालेर केहि समय सेलाउन दिऊ
04:32 अब, एउटा मिक्सर वा सिलौटोमा पाकेको फर्सीको लेदो बनाऊ
04:39 फर्सीको लेदो तयार भएको छ
04:42 यो फर्सीमा यी पोषक तत्त्व पाइन्छन् - भिटामिन ए
04:45 फोलेट
04:48 कोलिन
04:50 पोटासियमसल्फर
04:54 यदि फर्सी पाइदैन भने हरियो फर्सी वा सेतो फर्सी पनि प्रयोग गर्न सकिन्छ
05:04 अब, हामी कोदोको खिर बनाउने तेस्रो विधि सिक्ने छौँ
05:08 यसको लागि, एक चिया चम्चा कोदोको धूलो चाहिन्छ
05:13 यो याद गरौँ: कोदोको धूलो कोदोको पिठो भन्दा भिन्न हुन्छ
05:18 यसको विधिको लागि, हामीलाई कोदोको धूलो आवश्यक पर्छ

त्यसैले, हामी पहिले कोदोको धूलो बनाउन सिक्ने छौँ

05:27 यो बनाउन - कोदोलाई ९ देखि १२ घण्टासम्म भिजाऊ
05:33 यसलाई एउटा छान्नीमा तराएर पानीले राम्ररी पखालौं
05:38 सबै पानी जान दिऊ
05:41 अनि, यसलाई सफा सूतीको कपडामा बाँधौं
05:45 यसलाई यतिकै छोडी उम्रिन दिऊ, यो प्रक्रियालाई जर्मिनेसन भनिन्छ
05:51 त्यसपछि, यसलाई एक वा दुई दिन घाममा सुकाऊ
05:57 अनि, यसलाई कम आँचमा १०-१२ मिनेटसम्म भुटौं
06:03 यसलाई निरन्तर चलाउन आवश्यक छ
06:06 यो सम्पूर्ण प्रक्रियाले खानामा हुने फाईटिक एसिड घटाउने छ
06:11 अब, एउटा मिक्सर वा सिलौटो प्रयोग गरी यसको धूलो बनाऊ
06:17 हामी यो धूलोलाई एउटा हावा नछिर्ने भाँडोमा एक हप्तासम्म भण्डार गर्न सक्छौं
06:24 अब, कोदोको खीर बनाउन एक चम्चा कोदोको धूलो लिऊ
06:30 यसमा उमालेको वा चिसो पानी हालौँ, पहिले उल्लेख गरे अनुसार अन्य विकल्पहरू पनि प्रयोग गर्न सकिन्छ
06:36 यसमा डल्ला पर्न नदिन राम्ररी चलाऊ
06:39 यो मिश्रणलाई सानो आँचमा ७ देखि १० मिनेटसम्म पकाऊ
06:44 पकाउँदा खेरी पानी चाहिएमा अलिकति पानी थप्न सकिन्छ
06:48 यसले खीरको मिश्रण ठिक्कको बनाउँछ
06:52 तर, यो याद राखौँ कि यो एकदमै पातलो वा पानी जस्तो हुनु हुँदैन
07:00 कोदोको खीर तयार भएको छ
07:03 कोदोको खीरमा विभिन्न प्रकारका पोषक तत्त्वहरू पाइन्छन्, जस्तै -

प्रोटिन

07:08 क्याल्सियम

आइरन

07:13 पोटासियम सल्फर
07:19 चौथो विधि जूनेलोको खीर हो
07:23 त्यसको लागि, हामीलाई - दुई चियाचम्चा जूनेलो को धूलो चाहिन्छ , धूलो बनाउन :

जूनेलोलाई ७ देखि ८ घण्टा सम्म पानीमा भिजाउनु पर्छ

07:34 त्यसपछि, यसलाई एउटा छान्नीमा राखेर राम्ररी पखालौं
07:39 सबै पानी जान दिऊ
07:42 अब यसलाई एउटा सफा सूतीको कपडामा बाँधौं र यतिकै छोडी उम्रिन दिऊ
07:50 अब, उम्रिएको जूनेलोलाई एक वा दुई दिनसम्म घाममा सुकाऊ
07:55 यसलाई सानो आँचमा १० देखि १२ मिनेटसम्म भुटौं
08:01 अनि यसलाई पिसेर धूलो पारौं
08:05 यो धूलोलाई एक हप्तासम्म हावा नछिर्ने भाँडोमा भण्डार गर्न सकिन्छ
08:12 यो धूलोको दुई चम्चा एउटा कचौरामा लिऊ
08:17 यसमा ४ देखि ५ चियाचम्चा उमालेको वा चिसो पानी राखौं अथवा पहिले उल्लेख गरे झैं अन्य विकल्पहरू पनि प्रयोग गर्न सकिन्छ
08:25 डल्ला पर्न नदिन मिश्रण राम्ररी चलाउनु पर्छ
08:27 अब, यो मिश्रण लाई ४ देखि ६ मिनेटसम्म सानो आँचमा पकाऊ
08:33 र जूनेलोको खिर तयार भएको छ
08:36 याद गरौँ - जूनेलोको खिरमा यी पोषक तत्त्वहरू पाइन्छ -

प्रोटिन

08:40 फोस्फोरस
08:43 पोटासियम
08:46 म्याग्नेसियम
08:48 सेलिनियम
08:52 सल्फर र आइरन
08:58 अब, पालुङ्गोको सागको लेदो बनाउने, पाँचौं विधि हेरौं:
09:02 पालुङ्गोको लेदो बनाउन हामीलाई २ कप सफा र काटेको पालुंगोको पात र

एक चियाचम्चा घ्यू चाहिन्छ

09:12 प्रक्रिया: १ चियाचम्चा घ्यू एउटा भाँडोमा तताऊ
09:16 यसमा सफा काटेको पालुङ्गोको पात हालौं
09:20 यसलाई सानो आँचमा ५-७ मिनेट सम्म पकाऊ
09:24 अब, पकाएको पातलाई एउटा प्लेटमा निकालौँ

र एउटा सिलौटो वा एउटा मिक्सर प्रयोग गरी यसको लेदो बनाऊ

09:34 अब, पालुङ्गोको लेदो तयार भएको छ
09:38 पालुङ्गोको पातमा यी पोषक तत्त्व पाइन्छन्

भिटामिन ए फोलेट

09:43 भिटामिन सि

आइरन

09:48 म्याग्नेसियम क्याल्सियम
09:52 यस्तो लेदो बनाउन तपाई स्थानीय रूपमा पाइने हरियो सागपातहरू मात्र प्रयोग गर्न सक्नुहुन्छ
09:59 उदाहरणको लागि: रातो लट्टेको पात
10:02 ड्रमस्टिकको पात

मुलाको पात

10:05 मेथी र तोरीको पात
10:10 यसरी हामी छ महिनाको शिशुको लागि शाकाहारी खुराक बनाउने बारेमा रहेको यस स्पोकन ट्युटोरियलको अन्त्यमा आएका छौँ

म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira