Difference between revisions of "Health-and-Nutrition/C2/Side-lying-hold-for-breastfeeding/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{|border=1 |<center>Time</center> |<center>Narration</center> |- |00:01 |स्तनपानको लागि उपयोगी '''साइड लायिंग'''...")
 
Line 32: Line 32:
 
|00:45
 
|00:45
 
| र बच्चाले पर्याप्त दूध प्राप्त गर्छ
 
| र बच्चाले पर्याप्त दूध प्राप्त गर्छ
 
  
 
|-  
 
|-  
Line 55: Line 54:
 
र ओबानो पार्नुपर्छ
 
र ओबानो पार्नुपर्छ
 
   
 
   
 
 
|-  
 
|-  
 
|01:14
 
|01:14

Revision as of 06:04, 12 April 2019

Time
Narration
00:01 स्तनपानको लागि उपयोगी साइड लायिंग होल्डको स्पोकन ट्युटोरियल मा तपाईँको स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं: स्तनपानको लागि आमा र बच्चाको लागि सही आसन
00:13 स्तनपानको अघि आमाले गर्नुपर्ने तयारीहरू र साइड लायिंग होल्ड को तरिका
00:20 सुरु गरौं, संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन्
00:27 अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै,

स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको - स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो,

00:40 जसमा आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुग्छ
00:45 र बच्चाले पर्याप्त दूध प्राप्त गर्छ
00:49 अब साइड-लायिंग' पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ
00:54 यो पकड रातितिर स्तनपानको लागि उपयोगी हुन्छ
00:59 अथवा आमाले सिजेरियन सेक्सन डेलिभरी गरेकी छिन् भने
01:03 वा आमा एकदमै थकित छिन् भने
01:06 स्तनपान गराउनु अघि आमाले साबुन पानीले आफ्ना हातहरू धुनुपर्छ

र ओबानो पार्नुपर्छ

01:14 त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ
01:18 स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्

त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ

01:30 अब, आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ
01:35 स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन
01:41 त्यसपछि, आमाले स्तनपान गराउन चाहेको स्तनपट्टि ढल्किनु पर्छ
01:48 उनले आफ्नो टाउको एउटा तकियामा राख्नुपर्छ, र आफ्नो खुट्टाहरूको बीचमा अर्को एउटा तकिया राख्नुपर्छ जसले गर्दा सुत्दा खेरी खुट्टाहरू दायाँबायाँ हुँदैनन्
01:57 यो चित्रमा, आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन्, त्यसैले, उनी आफ्नो दायाँपट्टि ढल्केर बसेकी छिन्
02:06 अब, बच्चाको शरीर कसरी उचित रूपमा मिलाउने जानौं
02:12 आमाको पेटले बच्चाको पेटमा हल्का थिच्ने गरी बच्चालाई आमाको छेउमा राख्नुपर्छ
02:21 आमाले आफू ढल्केको पट्टिको हातले बच्चाको शरीरमा आड दिनुपर्छ
02:29 यो चित्रमा आमाले आफ्नो दायाँ हातले बच्चाको ढाडमा आड दिँदै छिन्
02:36 आमाले आफ्नो ढाडमा एउटा तकिया राख्न सक्छिन् जसले गर्दा उनी बच्चा नजिक हुन्छिन्
02:42 उनीहरूको शरीर बीचको दूरी कम भएमा बच्चालाई स्तनसम्म पुग्न सजिलो हुन्छ
02:49 र यसले गर्दा बच्चालाई स्तन भित्रसम्म च्याप्न सजिलो हुन्छ
02:55 याद राखौं – आमाले कहिल्यै पनि आफ्नो ढाड बंग्याएर स्तन बच्चा सम्म पुर्याउनु हुँदैन

यस्तो गर्दा बच्चाको पेट र आमाको शरीर बीचको दूरी बढ्ने छ

03:06 उनले सधैँ आफ्नो ढाड सिधा राखी बच्चालाई आफ्नो स्तन नजिक लग्नुपर्छ
03:12 दोस्रो महत्त्वपूर्ण कुरो भनेको बच्चाको शरीर कुन दिशामा मिलाउने भन्ने हो
03:21 तपाईले यो कुरो याद गर्नुभएको छ होला - हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर सधैँ एउटै दिशामा पर्छन्
03:31 त्यसैगरी - स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै दिशामा पर्नुपर्छ
03:39 यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ
03:44 अब, बच्चाको शरीर मिलाउने तेस्रो तरिकाको बारेमा जानौं
03:50 आमाले बच्चाको सम्पूर्ण शरीरमा आड दिनुपर्छ
03:54 अन्यथा, बच्चालाई स्तन भित्रसम्म च्याप्न सार्है दुख हुन्छ
04:01 अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं
04:07 बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ
04:13 र, चिउँडो भने अलि अगाडी स्तनको नजिकै हुनुपर्छ
04:17 यसो गर्दा, बच्चाले तल्लो एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ
04:25 र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ
04:32 कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो
04:39 अब, बच्चा सही पकडमा छ र अब स्तनपानको लागि मुख जोड्ने तरिका सिकौं
04:46 आमाले आफ्नो खाली हातका औँलाहरू प्रयोग गरी स्तनमा ‘सि’ पकडमा समाउनुपर्छ
04:55 यो चित्रमा आमाले आफ्नो बायाँ हातले आफ्नो दायाँ स्तन समाएकी छिन्
05:05 स्तन समाउने औँलाहरू बच्चाको ओठको दिशामा हुनुपर्छ
05:13 किन? यसको लागि एउटा उदाहरण हेरौं
05:18 हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो मुख र ओठ तेर्सो खुल्छन्
05:25 हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं
05:31 यहाँ, बूढी औँला र अन्य औँलाहरू, ओठको दिशामा हुन्छन्
05:37 यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं
05:44 यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं

यहाँ, ओठ तेर्सो छ

05:51 त्यसैले, आमाको औँलाहरू स्तनमा तेर्सो राख्नुपर्छ
05:59 यसले गर्दा बच्चालाई स्तनको मुन्टोको धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ
06:05 बच्चाको ओठको दिशामा हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ
06:18 हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुने छ
06:28 यदि एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन
06:34 त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ
06:40 यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ
06:49 यो दूरीले आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन्
06:58 आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले -
07:05 मुन्टोको घेरा तल रहेका दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ
07:12 र बच्चाको मुख उचित तरिकाले स्तनमा पुर्याउन स्तनको आकार सही बस्ने छ
07:19 अब फेरि बडा पाव र बर्गरको उदाहरण प्रयोग गरौं
07:24 बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं
07:32 त्यसैगरी, आमाले आफ्नो ‘सि’ आकारको पकडले स्तनमा हल्का थिच्नु पर्छ

यसरी बच्चालाई स्तनको ठूलो भाग मुखमा लिन सजिलो हुन्छ

07:46 तर आमाले आफ्नो स्तन कैँची आकारमा थिच्न भने हुँदैन
07:53 कैँची आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउने छ
08:00 साथै थिच्दा खेरी सबै औँलाहरूको बराबर जोड पर्नुपर्छ
08:07 नत्रभने, स्तनको मुन्टो तल-माथि भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ
08:14 र बच्चाको पहुँच स्तनको भित्रसम्म पुग्न सक्दैन
08:19 अहिले बच्चा साइड लायिंग होल्डमा छ र स्तनपानको लागि तयार छ
08:27 सही रूपमा बच्चालाई स्तनसम्म पुर्याउने तरिका यसै श्रृंखलाको अर्को ट्युटोरियलमा वर्णन गरिएको छ
08:34 बच्चाको मुख स्तनमा राम्ररी पुर्याए पछि आमाले आफ्नो हात स्तनबाट हटाउनु पर्छ
08:41 उनले सो हात बच्चाको ढाडमा आड दिन प्रयोग गर्नुपर्छ र बच्चालाई आफ्नो शरीर नजिक राख्नुपर्छ
08:49 साथै, उनले आफ्नो अर्को हात भने बच्चाको ढाडबाट सारेर आफ्नो शरीरको ९० डिग्रीमा राख्न सक्छिन्
08:58 उनले आफ्नो कुहिनो फर्काएर हात तकिया मुनि राख्नुपर्छ
09:04 यो चित्रमा आमाले आफ्नो दायाँ स्तनबाट बायाँ हात हटाएकी छिन्
09:11 उनले आफ्नो बायाँ हात बच्चाको ढाडमा आड दिन र बच्चालाई आफू नजिक राख्न प्रयोग गरेकी छिन्
09:19 उनले बच्चाको ढाडबाट दायाँ हात हटाएकी छिन्
09:22 उनले सो हातलाई शरीरको ९० डिग्रीमा राखेकी छिन्
09:26 उनको दायाँ कुहिनो बांगिएको छ
09:29 उनले दायाँ हात तकिया तल राखेकी छिन्
09:33 पहिलो स्तनबाट स्तनपान गराएपछि -

यदि आमाले आफ्नो अर्को स्तनबाट स्तनपान गराउन चाहन्छिन् भने उनी अर्को तर्फ पल्टिनु पर्छ

09:43 यो चित्रमा आमाले आफ्नो बायाँ स्तनबाट स्तनपान गराउन बायाँपट्टि फर्केकी छिन्
09:50 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira