Health-and-Nutrition/C2/Powder-recipes-for-6-to-24-months-old-children/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:54, 12 April 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 ६ देखि २४ महिनाका बच्चाहरूको लागि पोषक सातु बनाउने तरिकाको बारेमा रहेको यस स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामी यी विभिन्न पोषक सातुहरू बनाउन सिक्ने छौं -
00:15 एमलेस पाउडर,
00:17 बियाँहरूको सातु,
00:18 बदाम र बियाँहरूको सातु
00:20 गेडागुडीको सातु,
00:22 करी पत्ताको सातु
00:24 ड्रमस्टिकको पातको धुलो
00:27 घरमै धेरै दुख नगरी विभिन्न किसिमका पोषक सातुहरू बनाउन सकिन्छ
00:33 अब यी पोषक सातुहरू कसरी बनाउने सिकौं
00:38 यी सातुहरूमा, शिशुहरू बढ्न र उनीहरूको विकासको लागि आवश्यक पोषक तत्त्वहरू हुन्छन्
00:44 बच्चा ६ महिना पूरा भएपछि मात्र सातु खुवाउनु राम्रो हुन्छ
00:52 बच्चालाई कुनै पनि नयाँ खाना पहिलोचोटि दिँदा, लगातार ३ वा ४ दिनसम्म सोही खानेकुरो दिनुपर्छ
01:00 ३ वा ४ दिनपछि, बच्चालाई अर्कै कुनै नयाँ खानेकुरो दिनुपर्छ
01:05 यी दुवै खानेकुरो मिसाएर, दिन पनि सकिन्छ तर पहिले दुवै भिन्नाभिन्नै दिनुपर्छ, र बच्चाको अनुहार वा शरीरमा डाबर उठ्ने वा सुन्निने जस्ता एलर्जीहरू देखिनु हुँदैन
01:20 जहिले पनि एलर्जी हुन सक्ने खानेकुरो, जस्तै बदामहरू, बच्चालाई खुवाउँदा, पहिले एकदमै थोरै बाट सुरु गर्नुपर्छ जस्तै एक चिम्टी
01:30 १० मिनेटसम्म कुरी विस्तारै अलि-अलि बच्चालाई खुवाउनु पर्छ
01:35 बच्चा एक वर्षको नभएसम्म, कृपया बच्चाको खानामा कुनै पनि प्रकारको चिनी, नुन वा अन्य मसलाहरू दिनु हुँदैन
01:44 अब, - एमलेस पाउडर बनाउने तरिकाबाट सुरु गरौं
01:49 सबैभन्दा पहिले यसको फायदाको चर्चा गरौं
01:53 एमलेस खाना पचाउन आवश्यक पर्ने इन्जाइम वा केमिकल हो
01:59 यो बच्चाको शरीरमा सीमित रूपमा उत्पादन हुन्छ
02:03 यो पाउडरले थप एमलेस प्रदान गर्छ र खानाको पोषक तत्त्व बढाउन र सोस्न सघाउँछ
02:12 त्यसैले, बच्चालाई एमलेस युक्त सातु वा एमलेस पाउडर दिनुपर्छ
02:18 अब, एमलेस पाउडर बनाउने तरिका जानौं
02:22 एमलेस पाउडर बनाउन चाहिने सामग्रीहरू – आधा कप गहुँ,
02:27 आधा कप मूंग र
02:29 आधा कप कोदो
02:32 बनाउने विधि: पहिले, सबै सामग्रीहरूलाई पानीमा १० घण्टा जति भिन्नाभिन्नै भिजाउनुपर्छ
02:39 सामग्रीहरू भिजाए पछि यसको पानीको मात्रा बढ्ने छ
02:42 १० घण्टा पछि, सबै सामग्रीहरू पानीबाट निकालौं
02:46 त्यसको लागि तिनीहरूलाई छान्नीमा राखेर पानी जान दिनुपर्छ
02:50 अनि, सामग्रीहरूलाई एक-एक गरी एउटा सफा सुति को कपडामा बाँध्नुपर्छ
02:55 तिनीहरूलाई यतिकै राखी उम्रिन दिनुपर्छ
02:58 यो प्रक्रियालाई जर्मिनेसन भनिन्छ
03:01 याद गरौं, टुसा पलाउन केही सामग्रीहरूले कम र केहीले बढि समय लगाउने गर्छन्
03:08 यहाँ, अन्य सामग्रीहरू भन्दा कोदोले बढि समय लगाउने छ
03:14 टुसा पलाएपछि, सामग्रीहरू एक वा दुई दिन घाममा सुकाउनु पर्छ
03:19 यसरी सुकाएपछि, सबै पानी सुकाउन सम्पूर्ण सामग्रीहरूलाई सानो आँचमा भुट्नु पर्छ
03:25 भुट्दा खेरी निरन्तर चलाउन सम्झौं
03:30 अब, सफा हातले माडेर तिनीहरूको बोक्रो निकालौं
03:36 बोक्रो निकालेपछि, सबै सामग्रीहरू मिसाऊ
03:41 अब, ग्राइंडर प्रयोग गरी यसको पाउडर बनाऊ
03:45 र, एमलेस पाउडर तयार हुनेछ
03:48 एमलेस पाउडरलाई हावा नछिर्ने भाँडोमा राख्नुपर्छ
03:52 अब, तपाई बच्चाको खाना बनाउँदा एक चिया चम्चा एमलेस पाउडर हालेर बनाउन सक्नुहुन्छ
03:59 वा, एमलेस पाउडरकै खीर बनाउन पनि सक्नुहुन्छ
04:03 १ चिया चम्चा एमलेस पाउडरमा, करिब १८ क्यालोरी र ०.६ ग्राम प्रोटिन पाइन्छ
04:10 १०० ग्राम एमलेस पाउडरमा करिब ३६० क्यालोरी र १२ ग्राम प्रोटिन पाइन्छ
04:17 एमलेस पाउडरमा एउटा भिन्न विशेषता हुन्छ जसले गर्दा यो बच्चाहरूको लागि विशेष मानिन्छ
04:23 यसले खानाको बाक्लोपना घटाएर बच्चाले सजिलै पचाउन सक्ने बनाउँछ
04:28 यसले बच्चाको खानाको ऊर्जा शक्ति बढाउँछ
04:34 अब, हामी बियाँहरूको सातु बनाउन सिक्ने छौं
04:38 यसमा पर्याप्त मात्रामा जिंक, फाइबर, म्याग्नेसियम र क्याल्सियम हुन्छ
04:44 यी पोषण तत्त्वहरूले हड्डी विकासमा सहयोग गर्छन् र बच्चाको तागत पनि बढाउँछन्
04:50 यसमा, बच्चाको दिमागको विकासमा सहयोग गर्ने चिल्लो पदार्थ पनि पाइन्छ
04:57 यो सातु बनाउन आवश्यक तीन बियाँहरू यस प्रकारका छन् – आधा कप कालो तिल
05:03 आधा कप आलस र
05:05 आधा कप काँचो फर्सीको बियाँ
05:08 अब यसको विधि: एक-एक गरी सबै बियाँहरू ४ देखि ५ मिनेटसम्म सानो आँचमा भुट्नुपर्छ
05:16 भुटेको बियाँहरू सेलाएपछि, सबैको धूलो बनाउनुपर्छ
05:20 यो धूलोलाई हावा नछिर्ने भाँडोमा भण्डार गर्नुपर्छ
05:23 यो धूलो एक चम्चा बच्चाको खानामा हालेर खुवाउनु पर्छ
05:29 यसमा करिब ३० क्यालोरी र २.७ ग्राम प्रोटिन पाइन्छ
05:36 १०० ग्राम बियाँको धूलोले ६०० क्यालोरी र ५५ ग्राम प्रोटिन प्रदान गर्ने छ
05:43 अब, बदाम र बियाँहरूको सातु बनाउन सिकौं
05:47 यो सातुमा पर्याप्त मात्रामा जिंक, म्याग्नेसियम र आइरन पाइन्छ
05:53 यी खनिज पदार्थहरूले रातो रक्त कोषको उत्पादनमा मुख्य भूमिका खेल्छन्
05:57 साथै, यो सातु पनि चिल्लो पदार्थको राम्रो स्रोत हो जसले बच्चाको मस्तिष्क विकासमा सघाउँछ
06:04 यो सातु बनाउनका लागि आवश्यक सामग्रीहरू यी हुन् -
06:08 एक कप बदाम,
06:10 आधा कप कोरेको सुकेको नरिवल,
06:12 आधा कप आलस र
06:15 आधा कप कालो तिल
06:18 बनाउने विधि: प्रत्येक सामग्रीहरूलाई मध्यम आँचमा ४ देखि ६ मिनेट सम्म भुट्नु पर्छ
06:26 अनि, सिलौटो वा ग्राइंडर प्रयोग गरी भुटेका सामग्रीहरूको धूलो बनाऊ
06:33 यो सातुलाई एउटा हावा नछिर्ने भाँडोमा भण्डार गर्नुपर्छ
06:36 यो बच्चाको खानामा एक चम्चा हालेर खुवाउन सकिन्छ
06:42 यसले करिब २८ क्यालोरी र ०.९ ग्राम प्रोटिन प्रदान गर्छ
06:48 १०० ग्राम धूलोमा ६०० क्यालोरी र १९ ग्राम प्रोटिन पाइन्छ
06:56 अब, गेडागुडीको सातु बनाउने विधि सिकौं
06:59 यो सातुमा पर्याप्त मात्रामा पोटासियम, प्रोटिन, फोलेट र म्याग्नेसियम पाइन्छन्
07:05 यी पोषक तत्त्वहरूले बच्चाको हड्डी विकास र तागत बढाउन सहयोग गर्छन्
07:11 यिनीहरू रातो रक्त कोष उत्पादनमा पनि आवश्यक हुन्छन्
07:16 गेडागुडीको सातु बनाउने सामग्रीहरू: आधा कप मुंग,
07:22 आधा कप सुकेको हरियो केराऊ,
07:24 आधा कप चना र
07:27 आधा कप मोठ
07:30 बनाउने विधि: पहिले सबै सामग्रीहरूलाई भिन्नाभिन्नै १० घण्टा जति भिजाउनुपर्छ
07:35 भिजाउँदा गेडागुडीमा पानीको मात्रा बढ्ने छ
07:40 १० घण्टा पछि सम्पूर्ण सामग्रीहरूलाई पानीबाट निकालेर
07:43 एउटा छान्नीमा राख्नुपर्छ जसले गर्दा सबै पानी बाहिर जान्छ
07:47 अनि एक-एक गरी, सबै गेडागुडीलाई एउटा सफा सुतीको कपडामा बाँध्नुपर्छ
07:52 अब, तिनीहरूमा टुसा नपलाए सम्म यसै छोडौं
07:55 यो प्रक्रियालाई जर्मिनेसन भनिन्छ
07:59 कृपया यो याद राखौं, हामीले पहिले चर्चा गरे अनुसार प्रत्येक सामग्रीको टुसा पलाउने अवधि भिन्न हुन सक्छ
08:06 टुसा पलाएपछि, तिनीहरूलाई १ वा दुई दिनसम्म घाममा सुकाउनु पर्छ
08:11 अब, सम्पूर्ण सामग्रीहरू पूर्ण रूपमा सुक्खा नभए सम्म मध्यम आँचमा भुट्नु पर्छ
08:17 भुट्दा खेरी, निरन्तर चलाउन आवश्यक छ
08:20 नत्र, सामग्रीहरू डढ्न सक्छ
08:24 भुटेपछि, गेडागुडीको बोक्रो सफा हातले माडेर बाहिर निकाल्नुपर्छ
08:30 अब, सम्पूर्ण गेडागुडीलाई पिसेर यसको धूलो बनाउनु पर्छ
08:34 यो धूलोलाई एउटा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ
08:38 बच्चाको खाना बनाउँदा यो धूलोको दुई चम्चा राखेर बनाउन सकिन्छ
08:43 दुई चम्चा धूलोमा करिब ३३ क्यालोरी र १.८ ग्राम प्रोटिन हुन्छ
08:49 यो धूलोको १०० ग्राममा करिब २५० क्यालोरी र १५ ग्राम प्रोटिन पाइन्छ
08:57 अब, हामी करी पत्ताको धूलो बनाउने विधि जान्ने छौं
09:00 करी पत्तामा प्रचुर मात्रामा फाइबर, आइरन, क्याल्सियम र भिटामिन सि पाइन्छन्
09:06 यी सबै पोषक तत्त्वहरूले पाचन प्रणाली र दन्त विकासमा सहयोग गर्छन्
09:12 साथै, यिनीहरूले बच्चाको प्रतिरक्षा मजबुत बनाउने छ
09:16 यो धूलो बनाउन, करी पत्ताको आवश्यक पर्छ
09:19 बनाउने विधि – करी पत्तालाई राम्ररी धुनुपर्छ
09:23 तिनीहरूलाई छायाँमा राखी सुकाउनु पर्छ
09:26 अब, सुकेको पातहरूको धूलो बनाउनु पर्छ र यसलाई हावा नछिर्ने भाँडोमा भण्डार गर्नुपर्छ
09:33 १ चौथाई चिया चम्चा धूलो, बच्चाको खानामा राखेर खुवाउन सकिन्छ
09:39 यसले ९ मिलिग्राम जति क्याल्सियम प्रदान गर्छ
09:42 १०० ग्राम पाउडरबाट करिब ७०० मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ
09:48 अब, ड्रमस्टिकको पातहरूबाट पाउडर बनाउने विधि जानौं
09:53 यो पाउडरमा प्रचुर मात्रामा क्याल्सियम, आइरन, भिटामिन सि, भिटामिन ए, प्रोटिन र सल्फर पाइन्छ
10:01 यी पोषक तत्त्वहरू बच्चाको गिजा र स्वस्थ आँखाको विकासको लागि आवश्यक पर्छन्
10:07 तिनीहरूले सङ्क्रमणसँग लड्छन् र बच्चाको तागत बढाउन सघाउँछन्
10:12 यो पाउडर बनाउन ड्रमस्टिकका पातहरू आवश्यक पर्छन्
10:17 बनाउने विधि: सबैभन्दा पहिले ड्रमस्टिकका पातहरूलाई सफा पानीमा राम्ररी धुनुपर्छ
10:22 यी पातहरूलाई छाया मुनि राखेर सुकाउन सक्छौं
10:25 अब, सुकेका पातहरूको धूलो पारौं र हाम्रो ड्रमस्टिक पाउडर तयार भएको छ
10:31 यो धूलोलाई हावा नछिर्ने भाँडोमा राख्नुपर्छ
10:33 यो पाउडरको एक चौथाई बच्चाको खानामा राखेर खुवाउनु पर्छ
10:40 यसले करिब ५ मिलिग्राम क्याल्सियम प्रदान गर्छ
10:44 १०० ग्राम पाउडरबाट करिब ३५० मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ
10:50 सधैँ यो कुरा याद राखौं: यी विधिहरूको लागि स्थानीय रूपमा प्राप्त हुने र मौसमी बदाम, बियाँ र गेडागुडीहरू प्रयोग गर्नुपर्छ
10:58 हरेक खानामा भिन्नै पाउडर प्रयोग गर्नुपर्छ
11:01 उदाहरणको लागि: एक चिया चम्चा बदाम वा बियाँको पाउडर पकाएको खानामा हाल्न सकिन्छ
11:08 वा, खानामा करी पत्ता वा ड्रमस्टिकको पातको पाउडरको एक चौथाई हाल्न सकिन्छ वा
11:14 २ चम्चा गेडागुडीको सातु, पकाउने खानामा हाल्नुपर्छ
11:21 यो ट्युटोरियलमा तयार पारेका विधिहरू तलका तरिकाहरू प्रयोग गरी बनाइएका छन्-
11:26 भिजाएर, भुटेर र
11:28 टुसा उमारेर
11:30 यी सबै तरिकाहरूले खानामा हुने खनिज पदार्थ सोस्न रोक्ने फाइटिक एसिड घटाउन सहयोग गर्छ
11:38 र यसले खानाबाट पोषक तत्त्वहरू सोस्न सघाउँछ
11:42 यसरी हामी यो ६ देखि २४ महिनाको बच्चाको लागि सातु बनाउने विधिहरू बारे रहेको ट्युटोरियलको अन्त्यमा आएका छौं
11:51 यो ट्युटोरियलमा, हामीले यी पोषक सातुहरू बनाउने विधि सिक्यौं:
11:57 एमलेस पाउडर, बियाँहरूको पाउडर,
12:00 बदाम र बियाँहरूको सातु,
12:02 गेडागुडीको सातु,
12:04 करी पत्ताको पाउडर र
12:06 ड्रमस्टिक पातको पाउडर


12:08 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेको योगदान रहेको छ
12:14 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ

12:25 यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान पनि रहेको छ
12:32 यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो
12:36 यो ट्युटोरियलको विषयक समीक्षकहरू बालरोग विशेषज्ञ डा. रूपल दलाल र न्यूट्रिस्निस्ट् दिपाली फार्गेड हुनुहुन्छ
12:46 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira