Health-and-Nutrition/C2/Non-vegetarian-recipes-for-6-month-old-babies/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:00 ६ महिनाको शिशुको लागि मांसाहारी खुराक बनाउने विधि को बारेमा रहेको स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं - बच्चाको खानामा मांसाहारी खुराक प्रयोग गर्दा हुने फाईदाहरू
00:17 यी मांसाहारी खुराकहरू कसरी बनाउने -
00:22 अन्डाको लेदो,
00:24 माछाको लेदो,

काँचो केरा र माछाको खीर,

00:27 कुखुराको कलेजोको लेदो र कुखुरो र गाजरको लेदो
00:31 सुरु गरौं -

सधैँ यो याद राखौं – बच्चा ६ महिनाको भएपछि बच्चालाई एकदमै धेरै पोषक तत्त्वको आवश्यकता पर्छ

00:42 बच्चालाई परिपूरक खानाबाट २०० क्यालोरी सम्म उर्जा आवश्यक पर्छ
00:48 स्तनपान सँगै, परिपूरक खुराक पनि खुवाउन सुरु गर्नुपर्छ
00:53 यसका साथै, बच्चा बढ्दै जाँदा खानाको परिमाण र नियमितता बदल्नुपर्छ
01:03 बच्चालाई खाना खुवाउँदा, खानाको परिमाण, कप वा चम्चाले नाप्नुपर्छ
01:12 यसको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ
01:18 बच्चा छ महिनाको पुगे पछि, दिनको दुई चम्चाबाट सुरु गर्नुपर्छ र बिस्तारै दिनको ४ चम्चा खुराक खुवाउनुपर्छ
01:29 र राम्ररी पकाएको र लेदो पारिएको खाना मात्र खुवाउनु पर्छ
01:35 अब हामी, बच्चालाई मांसाहारी खाना किन महत्त्वपूर्ण छ भनेर जान्ने छौं
01:40 सम्पूर्ण मांसाहारी खानामा प्रचुर मात्रामा चिल्लो पदार्थ, प्रोटिन र अन्य सूक्ष्म पोषक तत्त्वहरू पाइन्छन्
01:48 यी पोषक तत्त्वहरू बच्चाको सही विकास र तिनीहरूको मस्तिस्क विकासमा आवश्यक हुन्छ
01:57 बच्चालाई यी खानाहरू दिनु राम्रो मानिन्छ – पिंजरा मुक्त कुखुराको अन्डा र मासु,
02:02 शेलफिस बाहेकका अन्य सबै प्रकारका माछाहरू, शेलफिस १ वर्षपछि दिन सकिन्छ
02:12 बच्चालाई मांसाहारी खाना दिनु अघि तलका कुराहरू याद राखौं
02:18 बच्चालाई कुनै पनि प्रशोधित मासु वा काँचो खाना दिनु हुँदैन
02:23 यसलाई राम्ररी पकाउनु पर्छ
02:26 र सबैभन्दा महत्त्वपूर्ण भनेको बच्चाको खाना बनाउँदा माइक्रोवेभको प्रयोग गर्नु हुँदैन
02:34 हामीले ६ महिनाको बच्चाको आवश्यकता र मांसाहारी खुराकको महत्त्वको बारेमा चर्चा गर्यौं
02:43 अब हामी यी मांसाहारी खुराकहरू कसरी बनाउने सिक्ने छौं
02:48 अन्डाको लेदोको पहिलो विधि सहित सुरु गरौं
02:53 अन्डाको लेदो बनाउन, हामीलाई यी सामाग्रीहरू आवश्यक पर्छन् -

एउटा अन्डा र आधा चम्चा घ्यू वा नौनी

03:01 यसलाई तयार पार्न, अन्डा फुटाएर एउटा कचौरामा फिटौं
03:06 अनि, एउटा स्टिलको भाँडोमा घ्यू तताऊ

अब फिटेको अन्डालाई तातेको भाँडोमा खन्याऊ र सानो आँचमा चलाउन सुरु गरौं

03:15 लगातार पकाउँदा डढ्न सक्ने भएकोले बीच बीचमा आगो बाट निकाल्नुपर्छ
03:21 यो बाक्लो भएर नपाकेसम्म यसलाई चलाउनु पर्छ
03:25 आगो बन्द गरौं, र हाम्रो अन्डाको लेदो तयार भएको छ
03:30 यसलाई केही समय चिसो हुन दिएपछि बच्चालाई खुवाउन सकिन्छ
03:34 हाम्रो दोस्रो खुराकको विधि भनेको माछाको लेदो हो
03:37 यसको लागि, हामीलाई दुईवटा स्थानीय रूपमा उपलब्ध हुने माछाहरू चाहिन्छ जस्तै-

कालो पम्फ्रेट, बम्बे डक, सेतो पम्फ्रेट र स्क्विड

03:50 सफा अनि पखालेको दुईवटा माछालाई एउटा स्टिलको भाँडोमा राखौं
03:54 अनि, माछा डुब्ने गरी पानी हालौं र यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा राखौं
04:00 र यसलाई ३ देखि ४ सिट्ठी लगाएर पकाऊ
04:04 त्यसपछि, एकछिन सेलाएपछि माछाका टुक्राहरू एउटा प्लेटमा राखौं
04:10 अब, होसियारी पूर्वक सबै हड्डीहरू हटाऊ
04:13 बच्चालाई खुवाउनु अघि माछाको हड्डीहरू सम्पूर्ण रूपमा निकाल्नु अति आवश्यक छ किनभने बच्चालाई हड्डी अड्किन सक्छ
04:22 अब, एउटा मिक्सरमा उसिनेको माछाको लेदो बनाऊ र बच्चालाई खुवाऊ
04:28 तेस्रो विधि काँचो केरा र माछाको खीर हो
04:32 यसको लागि, हामीलाई दुई चम्चा काँचो केराको धूलो आवश्यक पर्नेछ

र चारवटा बम्बे डक वा अन्य स्थानीय माछा

04:41 पहिले, हामी काँचो केराको धूलोबाट सुरु गर्छौं
04:46 तपाईको क्षेत्रमा पाइने कुनैपनि प्रकारको २ वटा काँचो केरा प्रयोग गर्न सकिन्छ
04:51 केरालाई ताछेर पातलो टुक्रामा काट्नु पर्छ
04:58 यी टुक्राहरूलाई झुरुम्म नभए सम्म १ देखि २ दिनसम्म छाँयामा सुकाउनु पर्छ
05:05 अब यी टुक्राहरूलाई एउटा मिक्सरमा राखेर धूलो बनाउनुपर्छ
05:10 यो धूलोलाई एउटा छान्नीमा छानेर ठूलो टुक्राहरू छुट्ट्याउनुपर्छ
05:13 काँचो केराको धूलो तयार भएको छ
05:17 अब माछाको लेदो बनाउन अघिल्लो विधिमा उल्लेखित प्रक्रियाहरू अपनाऊ
05:24 त्यसपछि, एउटा कचौरामा दुई चम्चा काँचो केराको धूलो लिऊ
05:29 यसमा ३ चम्चा पानी राखेर गाँठो नपर्ने गरी राम्रो सँग चलाउनु पर्छ
05:35 आवश्यक परेमा थप पानी हाल्न सकिन्छ
05:38 अब, यो मिश्रणलाई सानो आँचमा ५ देखि ७ मिनेटसम्म पकाऊ
05:43 त्यसपछि, यसमा पकाएको माछाको लेदो हालौं
05:47 यसलाई ४-५ मिनेटसम्म सानो आँचमा चलाउँदै पकाउनुपर्छ
05:53 काँचो केरा र माछाको खीर तयार भएको छ, यसलाई केही समय सेलाउन दिएर बच्चालाई खुवाउन सकिन्छ
06:01 अब हामी चौथो विधि – कुखुराको कलेजोको लेदो बनाउन सिक्ने छौं
06:06 यो बनाउन, एउटा कुखुरोको कलेजो आवश्यक पर्छ
06:09 विधि: एउटा स्टिलको भाँडोमा सफा र पखालेको कुखुरोको कलेजो लिऊ
06:15 यो डुब्ने गरी पानी हालौं
06:18 अब, यो भाँडोलाई एउटा प्रेसर कुकरमा राखौं
06:21 यसलाई ३-४ सिट्ठी सम्म पकाउनुपर्छ
06:25 यो सेलाएपछि एउटा प्लेटमा राखौं
06:29 मिक्सर प्रयोग गरी उसिनेको कुखुरोको कलेजोको लेदो तयार पारौं र यो बच्चालाई खुवाऊ
06:37 अब हामी पाँचौं विधिको चर्चा गर्ने छौं - कुखुरा र गाजरको लेदो
06:43 हामीलाई कुखुरोको छातीको ४-५ टुक्रा र एउटा गाजर आवश्यक पर्नेछ
06:50 एउटा स्टिलको भाँडोमा पखालेको मासुको टुक्रा लिऊ

अनि, मासु डुब्ने गरी पानी हालौं

07:00 अब, यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा ३-४ सिट्ठीसम्म पकाऊ
07:07 यसलाई केही समयको लागि सेलाउन दिनुपर्छ अनि मासुको टुक्राहरूलाई एउटा प्लेटमा निकालेर पुनः सेलाउन दिनुपर्छ
07:15 त्यसपछि, गाजरलाई १० मिनेटसम्म उसिनौं र सेलाउन दिऊ
07:20 अब एउटा मिक्सर प्रयोग गरी उसिनेको मासु र गाजरको लेदो बनाऊ
07:26 अब, यी सबै खुराकहरूमा पाइने पोषक तत्त्वहरूको चर्चा गरौं – याद गरौं, सम्पूर्ण खुराकहरू मा प्रचुर मात्रामा तलका पोषक तत्त्वहरू पाइन्छन्-

प्रोटिन,

07:36 ओमेगा 3 फ्याटी असिडहरू - DHAEPA,
07:42 कोलिन,
07:45 भिटामिन ए,
07:49 भिटामिन डी,
07:52 भिटामिन B3,
07:57 भिटामिन B6,
08:01 फोलेट,
08:04 भिटामिन B12,
08:08 जिंक,
08:11 म्याग्नेसियम,
08:14 आइरन,
08:18 फोस्फोरस,
08:21 कपर र सेलेनियम
08:28 यी पोषक तत्त्वहरू मांसाहारी खानामा सजिलै पाइन्छन्
08:33 त्यसैले, यिनीहरूले बच्चाको शरीर विकास, मस्तिस्क विकास र प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोग गर्छन्
08:40 यसरी हामी यो ६ महिनाको शिशुको लागि मांसाहारी खुराक बनाउने विधिको ट्युटोरियलको अन्त्यमा आएका छौं

म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira