Health-and-Nutrition/C2/Nipple-conditions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:09, 9 April 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 स्तनपान गराउने आमाहरूमा हुन सक्ने मुन्टोको सङ्क्रमण को बारेको स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी - चर्किएको या फुटेको स्तनको मुन्टो र
00:11 सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोहरूको बारेमा जान्ने छौं
00:15 यो अवस्थामा स्तनका मुन्टोहरू चर्किने र फुट्ने गर्छन्
00:20 यस्तो अवस्थामा मुन्टोहरू फुटेर रगत बग्न थाल्ने छ
00:26 यसले गर्दा मुन्टोहरू चिलाउने र सुक्खा हुन्छन्
00:30 अब, मुन्टोहरू सुन्निनु र फुट्नुको कारणहरू जानौं-
00:36 बच्चाले मुन्टो मात्र चुस्नु,
00:38 फंगल वा ब्याक्टेरियाको सङ्क्रमण,
00:41 प्रत्येक स्तनपान पछि मुन्टोहरू सफा गर्ने बानी र
00:45 बच्चामा जिब्रोको समस्या
00:47 अब स्तनको मुन्टो मात्र चुस्नुको असर बारे जानौं
00:50 मुन्टो चर्किनु र फुट्नुको कारणहरूमा बच्चाले मुन्टो मात्र चुस्नु प्रमुख कारण हो
00:56 मुन्टोमात्र चुस्दा मुन्टो बच्चाको मुखभित्रको तालुमा रगडिन्छ
01:03 बच्चाले मुन्टो मुखको जिब्रो र तालु बीचको कडा भागमा रगड्छ
01:08 यसले गर्दा स्तनपान पीडादायक हुन्छ र फलस्वरूप मुन्टो चर्किने र फुट्ने गर्छ
01:17 बच्चाको पहुँच स्तनसम्म राम्ररी नभएमा बच्चाले मुन्टो मात्र चुस्ने छ
01:20 त्यसैले, सही तरिकाले स्तन बच्चाको मुख सम्म पुर्याउन सके मुन्टो सुन्निने र फुट्ने समस्याबाट बच्न सकिन्छ
01:29 याद राखौं, हामीले सही तरिकाले बच्चाको मुख स्तनसम्म पुर्याउने बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरेका छौं
01:37 यो पनि सम्झौं, चर्किएको र फुटेको मुन्टोले गर्दा सही स्तनपानको तरिका अपनाउँदा पनि दुख्छ
01:43 यदि आमाले सधैँ सही स्तनपानको प्रक्रिया प्रयोग गर्न थालेमा बिस्तारै पीडा कम हुँदै जान्छ
01:51 अब, फंगस् वा ब्याक्टेरियाको सङ्क्रमणको बारेमा जानौं
01:56 यदि आमालाई फंगस् वा ब्याक्टेरियाको सङ्क्रमण भएमा डाक्टरसँग परामर्श लिनुपर्छ
02:03 अर्को भनेको, केही महिलाहरू प्रत्येक स्तनपान पछि स्तनको मुन्टो सफा गर्छन्
02:09 यसले गर्दा मुन्टोहरू सुक्खा हुन्छन्
02:13 त्यसैले, सधैँ सफा गर्न छोड्नुपर्छ
02:16 याद गरौं, आमाले स्नानको समयमा मुन्टोहरू सफा गर्न सक्छिन्
02:21 तथापि, मुन्टोहरू फुट्न थालेपछि भने प्रत्येक स्तनपान पछि मुन्टो सफा गर्नुपर्छ
02:28 सफा गरेपछि, घाउमा उनले आफ्नो पहेँलो बाक्लो दूध लगाउनु पर्छ
02:32 किनभने बाक्लो दूधमा चाडै घाउ भर्ने र सङ्क्रमण सँग लड्ने तत्त्वहरू हुन्छन्
02:39 जसले गर्दा बच्चाको मुखका जीवाणुहरू फुटेको मुन्टोबाट भित्र पस्न सक्दैनन्
02:46 अब, टंग टाई को समस्या सहित जन्मिएका बच्चाहरूको कुरा गरौं
02:50 टंग टाई भनेको यस्तो अवस्था हो जब बच्चाको जिब्रोको टुप्पो मुखको भित्री भागमा जोडिएको हुन्छ
02:58 यो एकदमै दुर्लभ अवस्था हो
03:01 सामान्यतया, यस्ता बच्चाहरूले मुन्टो मात्र चुस्ने गर्छन्
03:06 यदि, बच्चामा यस्तो समस्या छ भने सही स्तनपानको आसनले मात्र समस्या समाधान नहुने हुनाले शल्यक्रिया नै गर्नुपर्छ
03:16 त्यसैले, त्यस्तो अवस्थाहरूमा आमाले सधैँ डाक्टरसँग परामर्श लिनुपर्छ
03:22 अब, सुन्निएका र फुटेको स्तनको मुन्टोहरूको उपचारको बारेमा जानौं
03:27 यदि आमाका मुन्टोहरू सुन्निएका वा फुटेका छन् भने, स्वास्थ्य कर्मीले आमाको स्तन र मुन्टोको परीक्षण गर्नुपर्छ
03:37 अनि स्तनपान गर्नु अघि आमाले केही दूध फालेर मात्र स्तनपान गराउनु पर्छ
03:42 यसले स्तन नरम बनाउँछ र बच्चाले सजिलै स्तन आफ्नो मुखमा लिन सक्छ
03:47 यी बाहेक, स्तन निचोरेर दूध फालेमा मुन्टोको छिद्र बाट हुने सङ्क्रमण र मस्टाईटिस बाट बच्न सकिन्छ
03:55 त्यसपछि आमाले बच्चालाई राम्रोसँग स्तनमा पुर्याउन सिक्नुपर्छ
04:01 याद गरौं, स्तनपानको मात्राले आमाको दूध उत्पादनमा असर पार्छ
04:09 त्यसैले, आमाले कहिल्यै पनि स्तनपान गराउन छोड्न हुँदैन
04:13 स्तनपानको समयमा – उनले आफूलाई कम पीडा हुने स्तनबाट स्तनपान गराउन सुरु गर्नुपर्छ
04:20 यदि स्तनपान अझै पीडादायी भएमा उनले दूध हातले निचोरेर चम्चा वा कपको सहयोगले बच्चालाई खुवाउन सक्छिन्
04:32 साथै, पहिले उल्लेख गरे अनुसार प्रत्येक स्तनपानको समयमा बाक्लो दूध स्तनको घाउ भएको ठाउँमा लगाउनु पर्छ
04:42 चर्किएको र फुटेको स्तनका मुन्टोहरूमा मात्र नभएर स्वस्थ मुन्टोहरूमा पनि तलका सामग्रीहरू प्रयोग नगर्नुहोला
04:49 साबुन, तेल, लोसन, बाम र पर्फ्युमहरू
04:54 तिनीहरूको प्रयोगले झन् चिलाउन सक्छ
04:57 यदि आमाका स्तनका मुन्टोहरू चर्किएको र फुटेका छन् भने यसले झन् खराब बनाउन सक्छ
05:03 एकदमै पीडा भएको खण्डमा आमाले डाक्टर वा स्वास्थ्य कर्मीको परामर्श लिनुपर्छ
05:09 चर्किएको र फुटेको मुन्टोहरूबाट बच्न, बच्चा जन्मिने वितिक्कै देखि स्तनपान गराउनु पर्छ
05:15 स्तनपानको समयमा बच्चाको पहुँच आमाको स्तनको भित्रसम्म हुनुपर्छ
05:22 अब, हामी सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोको बारेमा चर्चा गर्ने छौं
05:28 सम्म मुन्टोहरू एरियोला को घेरा भन्दा बाहिर आउँदैनन्
05:33 भने, भित्र फर्किएको मुन्टोहरू प्राय जसो भित्रतिर फर्किएको हुन्छन्
05:38 आमाले यो जान्न महत्त्वपूर्ण छ कि सम्म वा भित्र फर्किएको मुन्टोले स्तनपानमा कुनै बाधा पुर्याउँदैन
05:48 किनभने, सही स्तनपानमा बच्चाको मुख स्तनको मुन्टोमा मात्र नभएर स्तनको गाढा घेरा सम्म पुग्छ
05:56 ध्यान दिऊ कि मुन्टोहरू सम्म वा भित्र फर्किएको छ भने आमालाई गर्भवती भएको पहिलो हप्तामा सहयोगी चाहिन्छ
06:03 यो समयमा, स्वास्थ्य कर्मीले आमाले बच्चालाई सही तरिकाले स्तनसम्म पुर्याउने जानकारी दिनुपर्छ
06:08 यसले गर्दा आमाको आत्मविश्वास बलियो हुन्छ
06:11 यदि आमाका स्तनका मुन्टोहरू सम्म वा भित्र फर्किएका भएमा स्तनपान गराउने सबैभन्दा प्रभावकारी पकड भनेको क्रस क्रेडल होल्ड,
06:22 फुटबल होल्ड र सेमी-रिक्लाइनिंग आसन हुन्
06:26 अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, कुनै पनि पकड होस् सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आमाले आफ्नो स्तन सही तरिकाले समाउनु हो
06:37 जसले गर्दा बच्चाको ओठ र आमाका औँलाहरू एकै दिशामा पर्छन्
06:42 स्तनपान गराउँदा बच्चाको पहुँच स्तन भित्र सम्म नभएमा मुन्टोहरू दुख्ने गर्छन्
06:47 दूध खुवाउन बोतलको प्रयोगका साथै नक्कली मुन्टोहरूको छेकबार प्रयोग गर्नु हुँदैन
06:52 यस्तो गर्दा बच्चालाई सम्म वा भित्र फर्किएका मुन्टोहरू भएका स्तनबाट स्तनपान गर्न अप्ठेरो हुन्छ
07:00 आमाको र बच्चाको शरीर राम्ररी टाँसिएको हुनुपर्छ
07:04 यसले अक्सिटोसिन रिफ्लेक्स सृजना गर्छ र आमाको दूध सजिलै बाहिर आउँछ
07:12 सधैँ यो याद राखौं कि मुन्टोको समस्याहरूको प्रमुख समाधान भनेको सही रूपमा बच्चालाई स्तनसम्म पुर्याउनु हो
07:19 यसरी हामी यो स्तनपान गराउने महिलाहरू मा हुने मुन्टोका समस्याहरूको ट्युटोरियलको अन्त्यमा आएका छौं
07:26 यो ट्युटोरियलमा हामीले मुन्टो दुख्ने र फुट्ने समस्याहरूको साथै
07:31 सम्म वा भित्र फर्किएका मुन्टोहरूको बारेमा जान्यौं
07:34 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेको योगदान रहेको छ
07:40 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
07:47 यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:52 यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान पनि रहेको छ
07:59 यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो
08:04 यो ट्युटोरियलको विषयक समीक्षकहरू बालरोग विशेषज्ञ डा. रूपल दलाल र स्त्रीरोग विशेषज्ञ डा. तरू जिन्दल हुनुहुन्छ

आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira