Health-and-Nutrition/C2/Kangaroo-Mother-Care/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:00 कंगारू मदर केयर स्पोकन ट्युटोरियलमा तपाईको स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी सिक्ने छौं -
00:08 कंगारू मदर केयर के हो?
00:10 यसका अङ्गहरू र महत्त्व र
00:13 कंगारू मदर केयर को प्रक्रिया
00:17 अब, कंगारू मदर केयर को परिचय बाट सुरु गरौं
00:22 नामले भने झैँ -
00:24 यसमा आमा र बच्चाको शरीरको सम्पर्क हुन्छ
00:29 र यसलाई KMC पनि भनिन्छ
00:32 याद गरौं, बच्चा जन्मने बितिक्कै KMC को प्रयोग गर्नुपर्छ
00:39 यो कम तौलका बच्चालाई बढि आवश्यक हुन्छ जस्तै -
00:44 जसको तौल २.५ किलोग्राम भन्दा पनि कम छ र
00:48 जसलाई निरन्तर निरीक्षण आवश्यक पर्दैन
00:52 तथापि, यो सामान्य रूपमा, पूर्ण अवधि पुरा गरी जन्मिएका बच्चाहरूलाई पनि दिन सकिन्छ
00:59 KMC मा मुख्य दुई भाग छन्:
01:03 निरन्तर र लामो समयसम्म हुने आमा र बच्चाको शरीरको सम्पर्क
01:09 र स्तनपान मात्र गराउने
01:13 अब, यिनीहरूको बारेमा विस्तृत रूपमा चर्चा गरौं
01:17 पहिलो भाग भनेको दुई शरीरको सम्पर्क हो
01:21 यसले लेट डाउन रिफ्लेक्समा मद्दत गर्छ
01:24 र अन्ततः यसले आमाको दूध उत्पादन बढाउने छ
01:28 लेट डाउन रिफ्लेक्सको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ
01:34 अर्को भाग भनेको स्तनपान मात्र गराउनु हो
01:38 याद राखौं -
01:40 पहिलो ६ महिनासम्म स्तनपान मात्र गराउनु राम्रो मानिन्छ
01:45 अब, कंगारू केयरको महत्त्वको चर्चा गरौं
01:50 KMC मा हुने लामो समयको आमा र बच्चाको शरीरको सम्पर्कले बच्चाको शरीरको तापक्रम उचित अवस्थामा राख्छ
01:57 र बच्चाले सुरक्षित महसुस गर्छ
02:01 KMC ले यी कुराहरू घटाउने छ -
02:03 सङ्क्रमणको मात्रा र
02:05 बच्चामा हुने एपप्नियाको मात्रा
02:09 एपप्निया भनेको लामो समय रोकिएर सास लिनु हो
02:13 यी बाहेक -
02:15 KMC ले स्तनपानको मात्रा र अवधिमा पनि सुधार ल्याउने छ
02:20 र यसले आमा र बच्चा बीचको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने छ
02:26 KMC ले बच्चालाई यी कुराहरूमा सघाउँछ -
02:28 अन्य परम्परागत प्रक्रिया भन्दा धेरै वजन बढाउन जस्तै -
02:33 बच्चालाई विकिरणको तापमा राख्ने
02:36 जसले आमा र बच्चा दुवैमा तनाव पैदा हुन्छ
02:40 यसले आमाको सन्तुष्टि र आत्मविश्वास बढाउन पनि सहयोग गर्छ
02:45 किनभने उनले आफ्नो बच्चाको लागि थप मेहनत गर्छिन्
02:49 रमाइलो यो छ कि, KMCआमाले बाहेक-
02:54 बुबाले वा
02:56 परिवारको अन्य कोही वयस्क व्यक्तिले पनि दिन सक्छन्
02:58 अब हामी KMC दिने व्यक्तिले पालना गर्नुपर्ने प्रक्रियाको चर्चा गर्ने छौं:
03:04 KMC दिने व्यक्ति स्वस्थ र निरोगी हुनुपर्छ
03:09 उनले सामान्य सरसफाइका प्रक्रियाहरू पालना गर्नुपर्छ जस्तै-
03:14 हात धुने,
03:16 दिनहुँ नुहाउने,

नङ काट्ने,

03:18 कपाल बाँध्ने
03:20 र सफा कपडा लगाउने
03:22 उनले आफ्नो शरीरमा कुनै पनि गरगहना, घडी र धागोहरू लगाउनु हुँदैन-
03:26 किनभने यिनीहरू सरसफाईका बाधक बन्न सक्छन्
03:31 र बच्चालाई चोटपटक लाग्न सक्छ
03:35 अब, KMC दिने व्यक्तिले लगाउनुपर्ने कपडाहरूको बारेमा जानौं-
03:42 कपडा अगाडी खुल्ने, र हल्का हुनुपर्छ
03:46 उदाहरणको लागि, सारी-ब्लाउज वा अगाडी खुल्ने गाउन
03:51 याद गरौं,
KMC दिने व्यक्तिले यस्तो अगाडी खुल्ने गाउन वा ब्लाउज KMC को र्याप बाहिर लगाउनु पर्छ
03:58 कंगारू ब्याग बाइण्डर बजारमा किन्न सकिन्छ
04:04 यदि लामो समयसम्म KMC गर्नुपर्ने भएमा यी उपयोगी हुने छन्
04:09 वैकल्पिक रूपमा, KMC दिने व्यक्तिले सुति को कपडा लगाउन सक्छन्
04:16 KMC को समयमा बच्चाले भने-
04:19 एउटा टोपी र टालो लगाएको हुनुपर्छ
04:22 यदि KMC को समयमा बच्चाले दिसा वा पिसाब गरेमा -
04:27 उसलाई सफा गरेर ओबानो पार्नुपर्छ
04:30 अब, हामी कंगारू केयर को प्रक्रिया विस्तृत रूपमा जान्ने छौं
04:36 पहिलो, आमाले सिधा उभिनुपर्छ
04:40 अनि एउटा स्वास्थ्यकर्मी वा परिवारको कुनै सदस्यले तलका चरणबद्ध प्रक्रिया पालना गर्नुपर्छ-
04:48 बच्चाको जिऊ तल र टाउकोमा आड दिएर -
04:51 बच्चालाई आमाको नाङ्गो स्तनहरू बीच मास्तिर फर्काएर राख्नुपर्छ
04:56 अनि, बच्चाको टाउको एकातिर फर्काउनु पर्छ
05:00 यो पक्का गरौं,

बच्चाको टाउको हल्का पछिल्तिर ढल्किएको छ

05:04 यो आसनले -

बच्चाको नाकको प्वाल खुला राख्छ

05:08 र बच्चालाई आमाको आँखासँग आँखा जुधाउन दिन्छ
05:14 अब बच्चाको फिलालाई हल्का बाहिरतिर फर्काउनुपर्छ
05:18 याद राखौं -

बच्चाको पाखुरा आमाको स्तन माथि राख्नुपर्छ

05:23 गोडाहरू आमाको स्तन तल हुनुपर्छ
05:27 बच्चाको पेट आमाको छातीमा हुनुपर्छ
05:29 बच्चालाई कपडाले बेर्नु पहिले -
05:32 यदि मौसम चिसो छ भने एउटा कम्बल ओडाउनु पर्छ
05:36 यसले बच्चा र आमालाई न्यानो राख्छ
05:39 अनि,

बच्चा र आमाको छाती र पेट वरिपरि एउटा कपडा बेर्नुपर्छ

05:45 कपडा बेर्दा यी कुराहरू पक्का गरौं -
05:47 कपडाको बीच भाग बच्चामा परेको छ
05:50 कपडाको दुवै छेउ -
05:53 आमाको काखी मुनि भएर जानुपर्छ
05:56 र ढाडमा छड्के पारी
05:59 दुवै टुप्पोहरू अगाडी ल्याउनुपर्छ
06:03 यी टुप्पोहरूले बच्चाको तल पर्ने गरी राम्ररी गाँठो कस्नुपर्छ
06:09 यो आरामदायी हुन्छ र बच्चाले आड पाउँछ
06:14 यसले बच्चालाई सर्न दिदैँन
06:17 याद राखौं-

आमाले पछि गएर आफैँ कपडा बाँध्न सिक्नुपर्छ

06:24 KMC को क्रममा आफैँ कपडा बाँध्ने तरिका भने यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिने छ
06:32 यसले आमाको आत्मबल बढाउने छ र उनी आत्मनिर्भर हुने छिन्
06:37 यदि आमालाई कपडा प्रयोग गर्दा असहज महसुस भएमा तन्किने फित्ता प्रयोग गर्न सक्छिन्
06:43 यो प्रयोग गर्न सजिलो र आरामदायी हुन्छ
06:46 तन्किने फित्ता प्रयोग गर्दा -
06:49 बच्चाको टाउकोमा आड दिन, फित्तालाई बच्चाको कानसम्म पुर्याउनु पर्छ
06:54 त्यसपछि, बच्चाको टाउको हल्का ढल्काउनु पर्छ-
06:57 जसले गर्दा सास फेर्न सजिलो हुन्छ र
06:59 पहिले उल्लेख गरे जस्तै आमासँग आँखा जुधाउन पनि मिल्छ
07:04 बाँधिएको कपडा वा तन्किने फित्ता एकदमै कसिएको वा खुकुलो हुनु हुँदैन
07:11 यो बच्चाले सहजै सास फेर्न सक्ने हुनुपर्छ
07:15 याद राखौं, बच्चालाई KMC मा बोकेपछि, आमाले यी काम हरू गर्न सक्नुपर्छ -
07:20 हिँड्न,

उठ्न,

बस्न वा

07:23 विभिन्न क्रियाकलापहरू गर्न
07:26 यदि आमालाई एकदमै आराम मिलेको छ भने
07:29 उनी कंगारू केयर को क्रममा पूर्ण रूपमा ढल्किएर वा आधा ढल्किएर सुत्न सक्छिन्
07:35 अब, KMC को क्रममा स्तनपान कसरी गराउने सिकौं-
07:40 आमाले बच्चालाई स्तनपान गराउन -
07:43 बाँधिएको कपडा खुकुलो पार्न सक्छिन् र
07:46 बच्चालाई स्तनपानको आसनमा राख्न सक्छिन्
07:50 वा हातले स्तन निचोरेर
07:54 बच्चालाई कप वा चम्चाले खुवाउन सक्छिन्
07:57 याद राखौं,

बच्चा प्रत्येक दिन २५-३० ग्राम बढ्नु पर्छ

08:03 बच्चाको प्रति महिना अनुमानित ९०० देखि १००० ग्राम वजन बढ्ने छ
08:10 त्यसैले, आमा वा स्वास्थ्य-कर्मीले -
08:13 बच्चाको वजनको नियमित निरीक्षण गर्नुपर्छ
08:17 यदि बच्चाको पर्याप्त वजनमा वृद्धि हुँदैन भने -
08:21 स्वास्थ्य-कर्मीले आमाको स्तनपान गराउने तरिका निरीक्षण गर्नुपर्छ वा
08:25 बच्चाले कति पटक पिसाब फेर्छ जाँच्नु पर्छ
08:28 साथै, आमालाई बच्चालाई स्तन सम्म पुर्याउने सही तरिका सिकाउनु पर्छ
08:32 बच्चालाई स्तन सम्म पुर्याउने सही तरिकाको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ
08:39 अब, बच्चालाई बाँधिएको कपडाबाट कसरी निकाल्ने सिकौं -
08:44 पहिले, आमा सिधा बस्नुपर्छ
08:48 अनि, एउटा हातले गाँठो फुकाउन सुरु गर्नुपर्छ र
08:53 अर्को हातले भने बच्चाको तल्लो भागमा आड दिनुपर्छ
08:58 त्यसपछि – अघि गाँठो खोलेको हातले कपडा खुकुलो पार्नुपर्छ
09:04 अनि बच्चाको तल्लो भागमा आड दिइरहेको हात बदल्नु पर्छ र
09:11 अब अर्को हातले बच्चाको तल्लो भागमा आड दिनुपर्छ
09:16 अनि, बच्चालाई उचालेर बेरिएको कपडा बाहिर निकाल्नुपर्छ
09:21 त्यसपछि, बच्चाको टाउको समाउने तरिका सम्झौं -
09:26 आमाको बूढी औँला एउटा कान पछाडी हुनुपर्छ र
09:28 बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ
09:30 KMC को क्रममा-
09:32 तलका अवस्थाहरूमा तुरुन्तै डाक्टर वा स्वास्थ्य-कर्मीसँग परामर्श लिनुपर्छ -
09:37 बच्चा चनाखो र फुर्तिलो छैन
09:41 बच्चा एकदमै छिटो-छिटो वा ढिलो सास फेरिरहेको छ
09:46 बच्चाको ओठ वा जिब्रो निलो भएको छ
09:50 वा बच्चाका गोडाहरू चिसो छन्
09:53 यसरी हामी कंगारू मदर केयर स्पोकन ट्युटोरियलको अन्त्यमा आएका छौं
09:58 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira