Health-and-Nutrition/C2/Hand-expression-of-breastmilk/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:22, 4 June 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 हातले स्तनबाट दूध निकाल्ने बारेको स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं: स्तनबाट दूध निकाल्नेको फाइदाहरू
00:11 हातले स्तनबाट कसरी दूध निकाल्ने र
00:15 आमाले कति पटकसम्म दूध निकाल्नुपर्छ
00:20 स्तनबाट दूध निकाल्नाको फाइदाहरू: ब्रेस्ट इन्गर्जमेन्टमा राहत दिन
00:25 स्तनको मुन्टो वरिपरिको गाढा भागको दुखाई र सुक्खा भएमा उपचार गर्न;
00:31 यदि बच्चालाई स्तनपान गराउँदा आमाको स्तनको मुन्टो एकदमै दुख्ने समस्या भएमा बच्चालाई दूध खुवाउन
00:38 आमाको दूधको उत्पादन बढाउन वा नियमित राख्न;
00:42 आमा काममा जाँदा बच्चाको लागि आमाको दूध उपलब्ध गराउन;
00:49 स्तनको मुन्टोको गाढा घेरा वरिपरिको भागलाई नरम पारी बच्चाको पहुँच स्तनसम्म पुर्याउन;
00:56 अर्को स्तन चुसाउनु अघि बच्चाले पहिलो स्तनबाट पूर्ण रूपमा स्तनपान गरेको जाँच्न
01:05 पानी वा गाईको दूधको सट्टामा आमाको दूध प्रयोग गरी बच्चाको लागि पोषक परिपूरक खाना बनाउन
01:14 र यस्ता शिशुहरूलाई दूध खुवाउन –
समय नपुगी जन्मेका बच्चाहरू
01:18 बिरामी बच्चाहरू
01:20 कमजोर मांसपेशी भएका बच्चाहरू
01:22 ओठ वा तालु खुँडे भएका बच्चाहरू र
01:27 स्तनको भित्रसम्म मुख पुर्याउन असहज हुने बच्चाहरू
01:32 अब स्तनबाट दूध कसरी निकाल्ने सिकौं
01:37 स्तनबाट दूध निकाल्ने सबैभन्दा उत्तम तरिका भनेको हातले निचोर्नु हो
01:44 किनभने यो तरिकामा स्तनको मुन्टो वरिपरिको गाढा भागमा कम असहज हुनेछ
01:51 साथै, यो तरिकामा कुनै साधन प्रयोग हुँदैन

जसले गर्दा आमाले जतासुकै र जुनसुकै समयमा पनि यसको प्रयोग गर्न सक्छिन्

02:00 हातले स्तन निचोर्ने भनेको एउटा सिक्ने कला हो र अभ्यास सँगै यसमा सुधार आउने छ
02:08 स्तन नरम भएको समय हातले निचोर्न सजिलो हुन्छ
02:13 त्यसैले, आमाले यो तरिका बच्चा जन्मिएको पहिलो वा दोस्रो दिनमा सिक्नुपर्छ
02:21 आमाले स्तन निचोर्नु अघि निचोरेको दूध जम्मा गर्न एउटा स्टिल वा सिसा को गिलास तयार राख्नुपर्छ
02:29 आमाले अलि चौडा मुख भएको कप, गिलास, जग वा जार प्रयोग गर्नुपर्छ
02:36 उनले उक्त भाँडोलाई साबुन पानीले धुनुपर्छ
02:41 त्यसपछि उनले उक्त भाँडोलाई उम्लिएको पानी मा राख्नुपर्छ वा त्यसमै उम्लिएको पानी हालेर केही मिनेट यसै छोड्नुपर्छ
02:52 अनि, त्यसपछि उनले भाँडोलाई यसै हावामा राखी वा सफा कपडाले ओबानो पार्न सक्छिन्
03:02 भाँडो ओबानो पार्न पहिले नै प्रयोग गरेको कपडा, जस्तै भान्छामा प्रयोग गरेको कपडा, प्रयोग गर्न हुँदैन
03:10 भाँडो सम्पूर्ण रूपमा ओबानो पारेपछि अर्को कदम भनेको स्तनबाट आमाको दूध निचोर्ने हो
03:17 दूध बहन सघाउन, आमाले आराम गर्नुपर्छ र बच्चासँग भावनात्मक रूपमा जोडिएको हुनुपर्छ
03:26 आमाले तलका तरिकाहरू अपनाउन सक्छिन्:

उनी एक्लै शान्त वा कुनै एक सहयोगीको साथमा बस्न सक्छिन्

03:34 कोही आमाहरू अन्य आमाहरूसँगै बसी सजिलै स्तनबाट दूध निचोर्न सक्छन्
03:41 आमाले बच्चालाई काखमा आफ्नो शरीरसँगको सम्पर्कमा राख्न सक्छिन्
03:46 वा उनले बच्चालाई हेर्न वा बच्चाको आवाज सुन्न पनि सक्छिन्
03:53 कहिलेकाहीँ उनलाई आफ्नो बच्चाको फोटो हेरेर वा बच्चाको कपडा सुँघेर पनि सजिलो हुन्छ
04:00 उनले केही मन तातो पिउन सक्छिन् तर कफी, कडा चिया, रक्सी वा कुनै प्रकारको उत्तेजना उत्पन्न गर्ने कुरो पिउनु हुँदैन
04:12 उनले दूधको सहज बहावको लागि आफ्ना स्तनहरू पनि न्यानो पार्न सक्छिन्
04:17 स्तनहरू न्यानो पार्न, आमाले तातो पानीमा भिजाएको कपडा स्तनमा राख्न सक्छिन् वा तातो पानीमा नुहाउन पनि सक्छिन्
04:28 उनले स्तनका मुन्टोहरू हल्का तानेर वा मुन्टोको वरिपरिका गाढा घेरामा औँलाहरू चलाएर उत्तेजना पैदा गर्न सक्छिन्
04:38 उनले हल्का गोलाकार चालमा स्तनमा मालिस पनि गर्न सक्छिन्
04:44 आमाले एउटा सहयोगीलाई आफ्नो ढाड माड्न लगाउन सक्छिन्
04:47 ढाड माड्नको लागि, आमा अगाडी ढल्किएर बस्नुपर्छ
04:53 उनले एउटा टेबलमा हात बाँधेर त्यसमाथि आफ्नो टाउको अडाउनु पर्छ
05:01 उनको स्तनहरू नढाकिएको र खुला हुनुपर्छ
05:07 सहयोगीले आमाको ढाडको दुवै पट्टि माड्नुपर्छ
05:12 यसको लागि उनले आफ्नो मुठी कस्नुपर्छ र बूढी औँला भने अघिल्तिर फर्किएको हुनुपर्छ
05:17 उनले आफ्ना बूढी औँलाहरू प्रयोग गरी साना गोलाकार चालले जोड दिएर थिच्नुपर्छ
05:25 उनले एकचोटीमा गर्दन देखि काँधको दुवै पाताहरूमा मालिस गर्नुपर्छ
05:34 यो उनले दुई वा तीन मिनेटसम्म गर्नुपर्छ
05:38 यी सबै कदमहरूले आमाको दूध निस्कन सघाउँछ
05:43 यसरी दूध निस्कने प्रक्रियालाई अक्सिटोसिन रिफ्लेक्स' वा लेट डाउन रिफ्लेक्स भनिन्छ
05:51 अक्सिटोसिन रिफ्लेक्स सुरु भएपछि आमाले राम्रोसँग हातहरू धोएर ओबानो पार्नुपर्छ
05:59 अनि, आमा आरामसँग बस्नुपर्छ
06:04 उनी हल्का अघिल्तिर ढल्किनु पर्छ
06:07 उनले अघिको भाँडो, स्तन नजिक राख्नुपर्छ
06:11 अब, उनले आफ्ना बूढी औँला र अन्य औँलाहरूले स्तनको छेउमा ‘सि’ आकारमा समाउनुपर्छ
06:20 उनले कुनै पनि हातले कुनै पनि स्तन समाउन सक्छिन्

र उनले एउटा हात गले पछि अर्को हात प्रयोग गर्न सक्छिन्

06:29 स्तन समाउँदा आमाको बूढी औँला स्तनको माथिल्लो भागमा हुनुपर्छ
06:35 र उनका अन्य औँलाहरू भने बूढी औँलाको विपरित, स्तनको तल्लो भागमा हुनुपर्छ
06:42 उनको बूढी औँला, स्तनको मुन्टो र अन्य औँलाहरू सधैँ एउटा सिधा रेखामा पर्नुपर्छ
06:48 र स्तनको मुन्टो भने माझी औँला र चोर औँलाको बीचमा पर्नुपर्छ
06:54 सधैँ स्तनको मुन्टो र बूढी औँला का साथै स्तनको मुन्टो र अन्य औँलाहरू पनि dui औँलाको दूरीमा हुनुपर्छ
07:04 यदि औँलाहरू स्तनको मुन्टोको एकदमै नजिक भएमा दूध धेरै बेरसम्म नबहन सक्छ
07:10 आमाले मुन्टोको गाढा घेरा तल हल्का जोडले थिच्यो भने धेरै दूध निस्कन्छ
07:19 यो चित्रमा, आमाले आफ्नो दायाँ हातले दायाँ स्तन उपयुक्त रूपमा समाएकी छिन्
07:27 अब, उनले स्तनमा हल्का जोड दिएर छातीतिर भित्र थिच्नुपर्छ
07:36 अनि हातको पकड नछुटाईकन बूढी औँला र औँलाहरू बीचको स्तनको भागमा हल्का जोडले थिच्नुपर्छ
07:44 र बिस्तारै छोड्नुपर्छ
07:48 आमाले यी ३ चरणहरू दोहोर्याउनु पर्छ-

भित्र जोड दिने, थिच्ने र छोड्ने

07:56 पहिलो, छातीतिर जोड दिने कदम एउटा महत्त्वपूर्ण कदम हो
08:02 स्तनको मुन्टोहरूतिर मात्र जोड दिए थोरै दूध प्राप्त हुन्छ
08:07 तर जब स्तन भित्र तिर घचेटिन्छ, स्तनको भित्री तन्तुबाट दूध निस्कन्छ
08:15 तर, एकदमै धेरै भित्र जोड दिनु भने हुँदैन, जसले गर्दा दुग्ध नलीहरू बन्द हुन सक्छन्
08:23 आमाले दूध निचोर्न थालेपछि पहिले एकदमै कम थोपा दूध मात्र आउन सक्छ
08:30 जब लेट डाउन रिफ्लेक्स सुरु हुन्छ, दूध बहन थाल्छ
08:36 पहिलो केही प्रयासमा, कम दूध आउनु वा दूध बिस्तारै आउनु सामान्य कुरो हो
08:42 पछि भने दूधको धारा बहन सक्छ किनभने स्तनपान जस्तै दूध निचोर्ने पनि अभ्यास सँगै पोख्त हुने एउटा कला हो
08:53 बच्चा जन्मे पछि आउने पहिलो दूध, कोलोस्ट्रम भने एकदमै कम आउन सक्छ तर यो शिशुको लागि पर्याप्त हुन्छ
09:01 यो बाक्लो र हल्का पहेँलो दूधमा, शिशुको रक्षामा फाइदा पुर्याउने तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्
09:08 आमाले दूधको बहाव कम देखि धेरै नभएसम्म माथिका ३ चरणहरू दोहोर्याउनु पर्छ
09:16 त्यसपछि, उनले स्तनको अर्को भागबाट दूध निकाल्न औँलाहरूको स्थान बदल्नुपर्छ
09:23 उनले स्तनको भरिएको भाग छामेर त्यो भागमा थिच्न सक्छिन्
09:30 उनले एउटा स्तनबाट दूध निस्कन कम नभएसम्म कम्तिमा पनि ३ देखि ५ मिनेटसम्म दूध निचोर्नुपर्छ
09:38 अनि, उनले आफ्नो अर्को स्तनबाट पनि अन्य भागहरू झैँ दूध निकाल्नु पर्छ
09:45 अनि दुवै स्तनहरूबाट दोस्रोपटक पनि दूध निचोर्नुपर्छ
09:51 दुवै स्तनहरूबाट पर्याप्त मात्रामा दूध निकाल्न २० देखि ३० मिनेटसम्म लाग्न सक्छ
09:57 पहिलो, केही दिनहरूमा भने अझ धेरै समय लाग्न सक्छ

किनभने ती दिनहरूमा थोरै मात्र दूध उत्पादन हुन्छ

10:07 हामीले थोरै समयमा दूध निकाल्ने प्रयास गर्नु हुँदैन भनी बुझ्नु महत्त्वपूर्ण छ
10:12 यो याद गरौं, हातले दूध निकाल्दा पिडा हुनु हुँदैन

यदि पिडा भएका हाम्रो तरिका गलत भएको बुझिन्छ

10:21 स्तनको तन्तु एकदमै नाजुक हुन्छ
10:24 त्यसैले स्तनमा, औँलाहरूले मुन्टोतिर माड्ने, सार्ने वा तान्ने गर्नु हुँदैन

यस्तो गर्दा स्तन दुख्न सक्छ

10:36 स्तनको मुन्टोको गाढा घेरा वरिपरिको भागलाई कस्ने वा तन्काउने गर्नु हुँदैन
10:42 साथै स्तनको मुन्टोहरू थिच्ने वा तान्ने पनि गर्नु हुँदैन
10:46 स्तनको मुन्टो थिचेर वा तानेर दूध बाहिर आउँदैन
10:51 यो बच्चाले मुन्टो मात्र चुसे जस्तै हो
10:57 दूध निकालेपछि आमाले उक्त भाँडोलाई एउटा सफा कपडा वा प्लेटले छोप्नुपर्छ
11:04 अनि, सोही दूध उनले पछि प्रयोग गर्न सुरक्षित स्थानमा भण्डार गर्न सक्छिन्
11:09 आमाको दूधको सुरक्षित भण्डारण र बच्चालाई यस्तो दूध खुवाउने बारेमा अर्को ट्युटोरियलमा चर्चा गरिएको छ
11:19 अब, आमाले कति पटकसम्म दूध निकाल्नु हुन्छ भन्ने बारे चर्चा गरौं
11:24 यदि आमाको दूध उत्पादन, सुरु वा नियमित गर्ने मनसाय छ वा

जन्म हुँदा कम तौल भएको बच्चा वा एउटा बिरामी शिशुलाई खुवाउनुपर्छ भने -

11:35 उनले बच्चा जन्मने बितिक्कै दूध निकाल्नुपर्छ
11:40 पहिले उनले केही थोपा कोलोस्ट्रम मात्र निकाल्न सक्छिन्
11:45 यसले आमाको दूध उत्पादनमा सघाउँछ
11:48 यसले बच्चा जन्मिए पछि तुरुन्तै स्तन चुसेको झैँ काम गर्छ
11:54 आमाले आफूले सके जतिको दूध बाहिर निकाल्नुपर्छ र जति-पटक बच्चालाई स्तनपान गराउन सकिन्छ त्यति नै पटक गर्नुपर्छ
12:02 यो राति समेत गरी प्रत्येक २ देखि ३ घण्टामा हुनुपर्छ
12:08 यदि दूध निकाल्ने समयमा धेरै अन्तर भएमा आमाले पर्याप्त दूध उत्पादन नगर्न सक्छिन्
12:16 यदि, आमाको दूधको आपूर्ति बढाउने हो -

र पहिलो केही हप्ता पश्चात् यो घटेको जस्तो देखिन्छ भने:

12:25 उनले बच्चालाई स्तनपान गराएको प्रत्येक १ देखि २ घण्टामा दूध निकाल्नुपर्छ र
12:33 यदि बच्चा ३ घण्टा भन्दा बढि सुत्ने गर्छ भने उनले दुई स्तनपान बीचको समयमा दूध निकाल्न सक्छिन्
12:43 यदि विभिन्न लक्षणहरू जस्तै इन्गर्जमेन्ट वा काममा आफ्नो दूध चुहने समस्या बाट राहत पाउने उद्देश्य हो भने:

आमाले आवश्यकता अनुसार दूध निकाल्नु पर्छ

12:53 यदि यसको उद्देश्य भनेको स्तनको मुन्टोहरू स्वस्थ राख्नु हो भने:

आमाले aafno दूधको थोपो निचोरेर मुन्टोमा रगड्नु पर्छ

13:02 यस्तो नुहाए पछि र स्तनपान पछि गर्नुपर्छ
13:07 यदि यसको उद्देश्य भनेको आमा काममा गएको समयको लागि बच्चालाई दूध बचाउने हो भने:
13:14 आमाले काममा भएको समयमा दूध निकाल्नुपर्छ जसले गर्दा पर्याप्त आपूर्ति हुन्छ
13:20 र उनले काममा जानु अघि पनि दूध निकाल्नुपर्छ र बच्चाको हेरचाह गर्ने व्यक्तिलाई दिनुपर्छ
13:29 यसको लागि- यदि आमासँग एउटा फ्रिज छ भने उनले केही हप्ता अगाडीबाट तयारी गर्न सक्छिन्
13:34 उनले बढि रहेको दूध निकालेर पछिको लागि भण्डार गर्न सक्छिन्
13:39 आमाले बच्चालाई स्तनपान गराएपछि पनि दूध निकाल्न सक्छिन्
13:44 आमाले प्रत्येक पटक खुवाउनको लागि ६० देखि ९० मिलिलिटर दूध बचाउनु पर्छ
13:51 आमा टाढा भएको समयमा बच्चाको आवश्यकता अनुसार थप दूध दिन सकिन्छ
13:57 याद गरौं- जति धेरै हातले दूध निकाल्यो, यो त्यति नै सजिलो हुन्छ र दूध छिटो बाहिर आउँछ
14:07 र आमाले धेरै दूध उत्पादन गर्छिन्
14:11 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

म मन्दिरा थापा बिदा हुँदैछु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira