Health-and-Nutrition/C2/Football-hold-for-breastfeeding/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:53, 5 April 2019 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 स्तनपानमा उपयोगी फुटबल होल्ड बारेको स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं: स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका
00:15 स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र फुटबल होल्डका चरणबद्ध प्रक्रियाहरू
00:23 ल अब सुरु गरौं
00:24 संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन्
00:31 अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको -


00:41 स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो,
00:48 आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुगोस् र बच्चाले पर्याप्त दूध पाओस्
00:56 अब फुटबल' पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ
01:01 फुटबल पकड विशेष गरी यी आमाहरूलाई उपयोगी हुन्छ - सि-सेक्सन डेलिभरी गरेका,
01:08 स्तन ठूलो भएका,
01:10 बच्चा सानो र महिना नपुगी जन्मिएको छ वा
01:14 जुम्ल्याहा बच्चा जन्मिएका छन्
01:15 सधैँ यो कुरा याद राखौं: स्तनपान गराउनु अघि आमाले आफ्ना हातहरू धोएर ओबानो पार्नुपर्छ
01:22 त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ
01:27 स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्
01:34 त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ
01:38 अब, आमाको आसनको चर्चा गरौं
01:43 आमा भुइँमा वा खाटमा पलेटी कसेर बस्नु पर्छ
01:48 अथवा, एउटा कुर्सीमा बसी समतल भुइँमा टेक्नुपर्छ
01:51 कुर्सी एकदमै अग्लो भएर खुट्टा भुइँमा पुगेन भने भुइँमा एउटा सानो मेच वा तकिया राखी खुट्टा राख्न सकिन्छ
02:02 ढाडको समस्याबाट बच्न, बस्दा खेरी आमाको ढाड सिधा भएको पक्का गर्नुपर्छ,
02:09 उनका काँधहरू माथि उठेको वा बाङ्गो नभई लचिलो हुनुपर्छ
02:13 र यो आसन स्तनपान गराउने समयसम्म लागू हुन्छ
02:19 आमाले ३ देखि ४ वटा तकियाहरू स्तनपान गराउने स्तनको छेउमा राख्नुपर्छ
02:26 सबैभन्दा माथिको तकिया अन्य तकिया हरू देखि र आमाको तिघ्रासम्म छड्के हुने गरी राख्नुपर्छ
02:32 अनि, आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ
02:38 साथै स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन
02:45 आमा आराम पूर्वक बसे पछि, बच्चालाई आमा भएको ठाउँमा लग्नुपर्छ
02:49 आमाले बच्चाको ढाडलाई तकियाहरू माथि राख्नुपर्छ
02:53 आमाले बच्चाको टाउकोलाई आफूले स्तनपान गराउन चाहेको स्तनपट्टि को हातले समाउनुपर्छ
03:01 बच्चाका गोडाहरू आमाको सोही हातको काखी मुनिबाट तकियामा अडाउनुपर्छ
03:08 आमाले यो हात र बच्चाका गोडाहरू तकियामा अडाउनु पर्छ
03:13 यो चित्रमा आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन्
03:18 त्यसैले बच्चाका गोडाहरू दायाँ काखी मुनि अडाउनुपर्छ
03:23 उनले बच्चाको टाउकोको तल्लो भागमा आड दिन आफ्नो बायाँ हातको बूढी औँला र अन्य औँलाहरूको प्रयोग गरेकी छिन्
03:31 याद राखौं, आमाले कहिले पनि आफू निहुरिएर स्तन बच्चासम्म पुर्याउनु हुँदैन
03:37 यस्तो गर्दा उनलाई असहज महसुस हुनुका साथै ढाडको समस्या हुनेछ
03:42 उनले आफ्नो ढाड सधैँ सिधा राखी, बच्चाले स्तन भेट्ने गरी बच्चालाई उचाल्नुपर्छ
03:48 अब, बच्चाको टाउको समाउने आमाका औँलाहरूका उचित स्थानहरूबारे जानकारी लिऊ
03:56 आमाको बूढी औँला बच्चाको एउटा कानको पछाडी हुनुपर्छ भने बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ
04:03 उनले आफ्ना औँलाहरू बच्चाको कान पछाडी बाट घाँटीतिर सार्नु हुँदैन
04:09 उनको नाडी भने बच्चाको काँधको बीचमा रहनुपर्छ
04:13 उनले बच्चाको टाउकोमा आफ्नो हातले जोड दिनु हुँदैन, यति भए स्तनपानको समयमा बच्चालाई सहज हुनेछ
04:23 अब बच्चाको शरीरलाई कसरी सहज रूपमा समाउने जानकारी लिऊ
04:27 बच्चाको अनुहार आमातिर फर्किएको हुनुपर्छ
04:31 बच्चाको पेट आमाको शरीरमा हल्का टाँसिएको हुनुपर्छ
04:36 दुई शरीरको दूरी कम भए बच्चालाई आमाको स्तन पुग्न सहज हुन्छ
04:41 र यसरी बच्चालाई स्तन च्याप्न पनि सहज हुनेछ
04:47 दोस्रो कुरो भनेको बच्चाको शरीर सिधा मिलाउने हो
04:51 हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर एउटै दिशामा पर्छन्
04:57 त्यसैगरी, स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै दिशामा पर्नुपर्छ
05:06 यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ
05:10 अब हामी बच्चाको शरीर मिलाउने तेस्रो तरिका जान्ने छौं
05:16 आमाले आफ्नो बच्चाको सम्पूर्ण शरीरलाई आड दिनुपर्छ
05:22 अन्यथा, बच्चालाई स्तनमा राम्ररी पुग्न सार्है दुख गर्नुपर्छ
05:30 अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं
05:34 बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ
05:39 र, चिउँडो भने अलि अगाडी स्तनको नजिक हुनुपर्छ
05:44 यसो गर्दा, बच्चाले तल्लो एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ

र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ

05:55 कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो
06:00 अब, बच्चालाई सही तरिकाले बोके पछि, स्तन समाउने तरिका जानौं
06:07 आमाले आफ्नो अर्को हातका औँलाहरू प्रयोग गरी स्तनको मुनि ‘C’ आकार बन्ने गरी स्तन समाउनु पर्छ
06:15 यस चित्रमा आमाले आफ्नो बायाँ हातले दायाँ स्तन समाउने छिन्
06:21 बूढी औँला र अन्य औँलाहरूका सही स्थान जान्न, दायाँ स्तनको मुन्टो लाई घडीको बीचको भाग सँग तुलना गरौं
06:30 आमाले आफ्नो बायाँ बूढी औँला घडीको १२ बज्ने स्थानमा राख्नुपर्छ
06:35 उनको बायाँ चोर औँला र माझी औँला भने ६ बज्ने स्थानमा राख्नुपर्छ
06:42 औँलाहरू सधैँ बच्चाको ओठको दिशामा हुनुपर्छ
06:47 किन? यसको लागि एउटा उदाहरण हेरौं
06:52 हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो ओठ तेर्सो खुल्छ
06:58 हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं
07:03 अहिले, बूढी औँला र अन्य औँलाहरू, ओठको दिशामा छन्
07:10 यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं
07:16 यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं
07:21 यहाँ ओठ तेर्सो छ
07:24 त्यसैले, औँलाहरू स्तनमा तेर्सो राख्नुपर्छ
07:32 यसले गर्दा बच्चालाई तल्लो एरियोला को धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ
07:39 बच्चाको ओठसँग समानान्तर हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ
07:50 हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुन्छ
08:00 र एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन
08:07 त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ
08:13 यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ
08:21 यो दूरीले आमाका औँलाहरूले बच्चालाई स्तनको तल्लो एरियोला को धेरै भागसम्म पुग्न बाट रोक्ने छैन
08:31 आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले -
08:36 एरियोला तल रहेका दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ
08:42 र, बच्चाको मुख उचित तरिकाले स्तनमा बस्न स्तनको आकार सही बन्ने छ
08:50 याद गरौं – आमाको बूढी औँला स्तनको माथिल्लो भागमा हुनुपर्छ
08:55 र उनका दुई औँलाहरू चित्रमा देखाए झैँ स्तनको तल्लो भागमा हुनुपर्छ
09:01 अब फेरि बडा पाव र बर्गरको उदाहरण प्रयोग गरौं
09:06 बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं
09:12 त्यसैगरी, आमाले आफ्नो ‘सि’ आकारको पकडबाट स्तनमा हल्का थिच्नु पर्छ
09:18 यसरी बच्चालाई स्तनको ठूलो भाग मुखमा लिन सजिलो हुन्छ
09:23 तर यो याद राखौं - आमाले आफ्नो स्तन कैँची आकारमा थिच्न भने हुँदैन
09:30 कैँची आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउँछ
09:36 साथै यो पक्का गरौं कि थिच्दा खेरी स्तनमा सबै औँलाहरूको बराबर जोड परोस्
09:43 नत्रभने, स्तनको मुन्टो दायाँ-बायाँ भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ
09:51 कहिलेकाहीँ, आमाले बच्चालाई भिन्नै तरिकामा बोक्न मन लाग्न सक्छ
09:56 यो चित्रमा, बच्चा आमातिर फर्किएको छैन
10:00 बच्चाको टाउको स्तनको तलबाट नभएर छेउ बाट स्तन नजिक लगिन्छ
10:07 यहाँ बच्चाको ओठ ठाडो छ, त्यसैले आमाले आफ्ना औँलाहरू स्तनमा ठाडो हुने गरी यू आकारमा राख्नुपर्छ
10:17 याद राखौं, कुनै पनि स्तनपान गराउने आसनमा स्तन समाउने हातका औँलाहरू बच्चाको ओठको दिशामा हुनुपर्छ
10:28 अहिले बच्चा फुटबल पकडमा छ र स्तनपानको लागि मुख जोड्न तयार छ
10:34 बच्चासम्म स्तन पुर्याउने सही तरिकाको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ
10:41 सही तरिकाले बच्चाको मुख स्तनसम्म puryaye पछि र यदि स्तन धेरै भारी छैन भने आमाले स्तनबाट आफ्नो हात निकालेर त्यसलाई त्यतिकै छोड्न सक्छिन्
10:53 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:57 यो ट्युटोरियलमा, हामीले यी कुराहरू सिक्यौं: स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका,


11:04 स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र फुटबल पकडका चरणबद्ध प्रक्रियाहरू
11:12 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेको योगदान रहेको छ
11:18 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
11:26 यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:30 यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान रहेको छ
11:38 यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो
11:44 यो ट्युटोरियलको विषयक समीक्षक बाल रोग विशेषज्ञ डा. रूपल दलाल हुनुहुन्छ
11:50 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार 

Contributors and Content Editors

Debosmita, Mandira