Health-and-Nutrition/C2/Cross-cradle-hold/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:28, 5 April 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 स्तनपानमा उपयोगी क्रस क्रेडल होल्ड स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं – स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका
00:16 स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र
00:20 क्रस क्रेडल होल्डका चरणबद्ध प्रक्रियाहरू
00:24 ल अब सुरु गरौं
00:26 संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन्
00:32 स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो
00:43 आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुगोस्
00:48 र बच्चाले पर्याप्त दूध पाओस्
00:51 अब क्रस क्रेडल नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ
00:56 क्रस क्रेडलमा हामीले उल्लेख गरेका सबै विशेषताहरू छन् -

सम्पूर्ण रूपमा बच्चाको शरीरको नियन्त्रण हुने

स्तनलाई आड हुने

र स्तन बच्चाको मुख भित्रसम्म पुग्ने

01:06 बच्चालाई स्तनपान गराउनु अघि, आमाले राम्रोसँग हात धोएर ओबानो पार्नुपर्छ
01:12 त्यसपछि, आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ
01:16 स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्
01:24 त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ
01:29 अब, आमाको आसनको चर्चा गरौं
01:33 आमा भुइमा वा खाटमा पलेटी कसेर बस्नु पर्छ
01:38 अथवा, एउटा कुर्सीमा बसी समतल भुइँमा टेक्नुपर्छ
01:43 कुर्सी एकदमै अग्लो भएर खुट्टा भुइँमा पुगेन भने भुइँमा एउटा सानो मेच वा तकिया राखी खुट्टा राख्न सकिन्छ
01:54 ढाडको समस्याबाट बच्न, बस्दा खेरी आमाको ढाड सिधा हुनुपर्छ
02:03 उनका काँधहरू माथि उठेको वा बाङ्गो नभई लचिलो हुनुपर्छ
02:08 र यो आसन स्तनपान गराउने समयसम्म लागू हुन्छ
02:13 आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ
02:19 साथै स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन
02:26 आमा आराम पूर्वक बसे पछि, बच्चालाई आमा भएको ठाउँमा लग्नुपर्छ
02:31 आमाले बच्चाको टाउकोलाई आफूले स्तनपान गराउन चाहेको स्तनको विपरीत हातले समाउनुपर्छ
02:39 बच्चाका गोडाहरू आमाको सोही हातको काखी मुनि अडाउनुपर्छ
02:45 यो चित्रमा आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन्, त्यसैले बच्चाका गोडाहरू बायाँ काखी मुनि अडाउनुपर्छ
02:57 उनले बच्चाको टाउकोको तल्लो भागमा आड दिन आफ्नो बायाँ हातको बूढी औँला र अन्य औँलाहरूको प्रयोग गरेकी छिन्
03:05 यदि आमालाई बच्चा उचाल्न थप आड चाहियो भने बच्चाको मुनि, आफ्नो काखमा एउटा तकिया राख्न सक्छिन्
03:15 याद राखौं, आमाले कहिल्यै पनि आफू निहुरिएर स्तन बच्चासम्म पुर्याउनु हुदैन
03:21 यस्तो गर्दा उनलाई असहज महसुस हुनुको साथै ढाडको समस्या हुनेछ
03:26 उनले आफ्नो ढाड सधैँ सिधा राखी बच्चाले स्तन भेट्ने गरी बच्चालाई उचाल्नुपर्छ
03:33 अब, आमाका औँलाहरूका उचित स्थानबारे जानकारी लिऊ
03:39 आमाको बूढी औँला बच्चाको एउटा कानको पछाडी हुनुपर्छ भने बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ
03:46 उनले आफ्ना औँलाहरू बच्चाको कान पछाडी बाट घाँटीतिर सार्नु हुँदैन
03:52 उनको नाडी भने बच्चाको काँधको बीचमा रहनुपर्छ
03:56 उनले बच्चाको टाउकोमा आफ्नो हातले जोड दिनु हुँदैन
04:04 यसरी, स्तनपानको समयमा बच्चालाई सहज हुनेछ
04:08 अब, बच्चाको शरीरलाई कसरी सहज रूपमा समाउने जानकारी लिऊ
04:15 बच्चाको पेट आमाको शरीरमा हल्का टाँसिएको हुनुपर्छ
04:20 दुई शरीरको दूरी कम भए बच्चालाई आमाको स्तनसम्म पुग्न सहज हुन्छ
04:26 र यसरी बच्चालाई स्तन च्याप्न पनि सहज हुनेछ
04:32 दोस्रो कुरो भनेको बच्चाको शरीर सिधा मिलाउने हो
04:37 हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर एउटै सिधा रेखामा पर्छन्
04:43 तर, स्तनपान गराउँदा धेरै जसो आमाहरूले बच्चाको टाउको दायाँ-बायाँ सार्ने गर्छन्
04:50 यसले बच्चालाई स्तनपान गर्न असहज हुन्छ
04:55 सधैँ, स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै सिधा रेखामा पर्न पर्छ
05:01 यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ
05:05 अब, हामी बच्चाको शरीर मिलाउने तेस्रो जानकारी जान्ने छौं
05:10 आमाले आफ्नो बच्चाको सम्पूर्ण शरीरलाई आड दिनुपर्छ
05:14 अन्यथा, बच्चालाई स्तनसम्म राम्ररी पुग्न सार्है दुख गर्नुपर्छ
05:22 अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं
05:28 बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ
05:33 र, चिउँडो भने अलि अगाडी स्तनको नजिक हुनुपर्छ
05:38 यसो गर्दा, बच्चाले स्तनको एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ
05:45 र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ
05:51 कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो
05:57 अब, बच्चालाई सही तरिकाले बोके पछि, स्तन समाउने तरिका जानौं
06:04 आमाले आफ्नो अर्को हातका औँलाहरू प्रयोग गरी स्तनको मुनि ‘U’ आकार बन्ने गरी स्तन समाउनु पर्छ
06:12 यस चित्रमा आमाले आफ्नो दायाँ हातले दायाँ स्तन समाउने छिन्
06:19 बूढी औँला र अन्य औँलाहरूका सही स्थान जान्न, स्तनको मुन्टो लाई घडीको बीचको भाग सँग तुलना गरौं
06:31 आमाले आफ्नो दायाँ बूढी औँला घडीको ९ बज्ने स्थानमा राख्नुपर्छ
06:38 उनको दायाँ चोर औँला र माझी औँला भने ३ बज्ने स्थानमा राख्नुपर्छ
06:46 औँलाहरू सधैँ बच्चाको ओठसँग समानान्तर हुनुपर्छ

किन?

06:51 यसको लागि एउटा उदाहरण हेरौं
06:56 हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो मुख र ओठ तेर्सो खुल्छन्
07:02 हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं
07:08 अहिले, बूढी औँला र अन्य औँलाहरू, ओठको समानान्तर छन्
07:12 यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं
07:19 यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं
07:25 अहिले ओठ ठाडो छ, त्यसैले, औँलाहरू स्तनमा ठाडो नै राख्नुपर्छ
07:34 यसले गर्दा बच्चालाई स्तनको मुन्टोको धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ
07:39 बच्चाको ओठसँग समानान्तर हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ
07:50 हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुने छ
08:00 र एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन
08:07 त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ
08:12 यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ
08:20 यो दूरीले आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन्
08:29 आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले, -
08:35 मुन्टोको घेरा तल रहेका दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ
08:42 र बच्चाको मुख उचित तरिकाले स्तनमा बस्न स्तनको आकार सही बस्ने छ
08:49 बच्चाको नाकतिरको स्तनको मुन्टोबाट आमाको बूढी औँला तीन औँलाको दूरीमा हुनुपर्छ
08:59 र उनका २ औँलाहरू बच्चाको चिउँडोतिरको स्तनको मुन्टोबाट तीन औँलाको दूरीमा हुनुपर्छ
09:09 अब फेरि बडा पाव र बर्गरको उदाहरण प्रयोग गरौं
09:13 बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं
09:21 त्यसैगरी, आमाले आफ्नो ‘यू’ आकारको पकडबाट स्तनमा हल्का थिच्नु पर्छ
09:28 यसरी बच्चालाई स्तनको ठूलो भाग मुखमा लिन सजिलो हुन्छ
09:34 तर आमाले आफ्नो स्तन ‘V’ आकारमा थिच्न भने हुँदैन
09:39 ‘V’ आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउने छ
09:45 साथै थिच्दा खेरी सबै औँलाहरूको बराबर जोड पर्नुपर्छ
09:52 नत्रभने, स्तनको मुन्टो दायाँ-बायाँ भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ
10:00 कहिल्यै पनि स्तनलाई थिचेर बच्चा नजिक लग्ने प्रयास नगर्नुहोला
10:08 सधैँ बच्चालाई स्तन नजिक लग्नुपर्छ
10:12 अहिले बच्चा क्रस क्रेडल होल्डमा छ र स्तनपानको लागि तयार छ
10:18 सही रूपमा मुख लगाउने तरिका यसै श्रृंखलाको अर्को ट्युटोरियलमा वर्णन गरिएको छ
10:24 बच्चाको मुख स्तनमा राम्ररी पुर्याए पछि र यदि स्तन धेरै भारी छैन भने आमाले हात स्तनबाट हटाउनु पर्छ र आफ्नो हातले बच्चालाई तलबाट आड दिनुपर्छ
10:40 यस्तो अवस्थामा, आमाले दुवै पाखुराहरू आफ्नो शरीर नजिक ल्याउनुपर्छ
10:46 यसले उनलाई स्तनपानको समय-भर सहज महसुस गराउने छ
10:50 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:54 यो ट्युटोरियलमा, हामीले यी कुराहरू सिक्यौं: स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका,
11:03 स्तनपान गराउनु अघिको आमाको तयारी र क्रस क्रेडल होल्डका चरणबद्ध प्रक्रियाहरू
11:09 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेको योगदान रहेको छ
11:15 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
11:23 यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:28 यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान पनि रहेको छ
11:34 यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो
11:39 यो ट्युटोरियलको विषयक समीक्षक बाल रोग विशेषज्ञ डा. रूपल दलाल हुनुहुन्छ
11:45 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira