Health-and-Nutrition/C2/Breast-crawl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:46, 4 April 2019 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 ब्रेस्ट क्रल स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं: ब्रेस्ट क्रल के हो?
00:10 ब्रेस्ट क्रलका प्रक्रियाहरू र
00:13 ब्रेस्ट क्रलको महत्व
00:18 सबैभन्दा पहिले, ब्रेस्ट क्रल के हो?
00:23 एउटा बच्चामा, जन्म हुँदा नै एउटा खुबी हुन्छ जसले गर्दा ऊ आफैँ स्तनपान गर्न जान्ने हुन्छ
00:28 बच्चाको जन्म पछि, बच्चालाई आमाको नाङ्गो शरीरको सम्पर्कमा राख्यो भने बच्चा आफैँ आमाको स्तनमा पुगेर स्तनपान गर्न सक्छ
00:40 यो सम्पूर्ण प्रक्रियालाई 'ब्रेस्ट क्रल' भनिन्छ
00:46 यो याद गरौं कि ब्रेस्ट क्रल पूर्ण अवधि पार गरी प्राकृतिक रूपमा वा सिजेरियन अपरेसन बाट जन्मिएका बच्चाहरूमा प्रयोग गर्न सकिन्छ
00:58 र बच्चा जन्मिने बितिक्कै मजाले रोएको पनि हुनुपर्छ
01:03 ब्रेस्ट क्रल, जन्म हुँदा कम तौल भएका बच्चाहरूमा लागू हुँदैन किनभने उनीहरूमा ‍‌सास नपुग्ने जस्तो ‌‍श्वासप्रश्वासको समस्या हुन सक्छ
01:15 अब हामी ब्रेस्ट क्रल को प्रक्रियाहरू जान्ने छौं र हामी यसको उपयोगिता पनि बुझ्ने छौं
01:22 पहिले, प्रसूति कक्षको तापक्रम २६ डिग्री सेल्सियस जति भएको पक्का गर्नुपर्छ
01:29 दोस्रो भनेको, बच्चालाई आमाको पेट माथि राखी सफा गर्ने हो
01:35 बच्चाको हात बाहेक सम्पूर्ण शरीर एउटा ओबानो कपडाले सफा गर्नुपर्छ
01:42 याद गरौं, बच्चाका हातहरू भने सुक्खा पार्नु हुँदैन
01:46 सफा गर्दा बच्चाको शरीरमा रहेको सुरक्षात्मक सेतो झिल्लीलाई निकाल्नु हुँदैन
01:53 यसले बच्चालाई चिसो बाट बचाउँछ
01:56 बच्चालाई सफा गरेपछि भिजेको कपडा हटाउनु पर्छ
02:01 बच्चाको शरीर पुछे पछि, प्रसूति कक्षमा रहेको सहयोगी (धाई) ले नाभि को धड्कन छाम्नुपर्छ
02:08 यो धड्किन छोडेपछि, यसलाई काट्नु पर्छ
02:13 अब भने, बच्चाको पेटले आमाको पेटमा छुने गरी टाँसेर राख्नुपर्छ
02:22 बच्चाको टाउको आमाका नपखालिएका स्तनहरूको बीचमा हुनु पर्छ,
02:26 बच्चाको मुख आमाको छाती तल हुनुपर्छ
02:30 अहिले बच्चालाई ब्रेस्ट क्रल को लागि उपयुक्त स्थानमा राखिएको छ
02:37 नवजात शिशुले अगाडी बामे सर्नु भनेको प्राकृतिक भएकोले, बच्चा सजिलै आमाको स्तन सम्म बामे सर्न सक्छ
02:46 अब भने शिशु र आमा दुवैलाई न्यानो राख्न एउटा न्यानो कपडाले ढाक्नु पर्छ
02:54 बच्चाको टाउको मा एउटा टोपी लगाई दिऊ
02:57 याद गरौं – यस पछिका चित्रहरू मा टोपी र कपडा देखाइएको छैन
03:04 यसले ब्रेस्ट क्रल गर्दा बच्चाका उपयुक्त स्थानहरू पहिल्याउन सजिलो हुन्छ
03:10 शिशुलाई कपडाले ढाके पछि, आमाले शिशुको ढाडमा हातले आड दिनुपर्छ
03:18 अब ब्रेस्ट क्रलमा उपयोगी हुने बच्चाका खुबीहरू बारे चर्चा गरौं
03:24 बच्चा जन्मे पछि एकदमै चलाख र आफैँ निर्णय लिने हुन्छ
03:29 बच्चालाई आफ्ना हातको गन्धले निल्न सहयोग पुग्छ
03:35 शिशुको दृष्टि कम भए पनि बच्चाले आमाको अनुहार र एरियोला देख्न सक्छ
03:43 एरियोला स्तनको मुन्टो वरिपरिको गाढा भाग हो
03:47 अन्त्यमा, बच्चाले हात र गोडाहरू चलाउन सुरु गर्छ, बच्चा बिस्तारै आमाको स्तनतिर बामे सर्ने छ
03:57 तथापि, कोही बच्चाहरू तुरुन्तै बामे सर्न सुरु गर्छन् भने कसैले केही समय लगाउँछन्
04:04 स्तन सम्म पुगेपछि, बच्चाले स्तन चुस्ने प्रयास गर्ने छ
04:12 यो अवस्थामा बच्चाले आफ्नो पहिलो स्तनपान नगरे सम्म बच्चा या आमालाई बाधा पुर्याउनु हुँदैन
04:20 यो प्रक्रियामा, धाई र आमा दुवैले धैर्य राख्नुपर्छ
04:27 बच्चालाई पहिलो स्तनपान गर्न स्तन सम्म पुग्न, ३०-६० मिनेट लाग्न सक्छ
04:35 स्तनपान सुरु गर्न बच्चाले आफ्नो मुख चौडा खोलेर आमाको स्तनको भित्र सम्म मुख पुर्याउने छ
04:45 स्तनपान सकिए पछि पनि बच्चालाई सोही अवस्थामा लगभग एक घण्टा सम्म छोडौं
04:52 यस्तो गर्दा आमा र बच्चा बीचको सम्बन्ध प्रगाढ हुन्छ
04:58 यदि आमाले कुनै औषधि सेवन गरिरहेको भएमा डाक्टरसँग सल्लाह गर्नुपर्छ
05:05 कहिलेकाहीँ आमालाई बच्चाको जन्मपछि प्रसूति कक्षबाट अर्को कक्षमा सार्नुपर्ने हुन सक्छ
05:13 यस्तो अवस्थामा, आमालाई अर्को कक्षमा सारेपछि तुरुन्तै बच्चालाई आमाको शरीरमा पहिले उल्लेख गरे अनुसार टाँसेर राख्नुपर्छ
05:29 अब, सिजेरियन सेक्सन बाट जन्मिएका बच्चाहरूको लागि ब्रेस्ट क्रल को बारे चर्चा गरौं
05:35 यसको लागि, बच्चालाई आमाको पेटको सट्टा छातीमा राख्नुपर्छ र बच्चाका गोडाहरू आमाको टाउको तर्फ हुनुपर्छ
05:47 बच्चाको छाती र पेट आमाको काँधमा र मुख स्तनमा रहन्छ
05:54 अपरेसन कक्षमा बच्चालाई सकेसम्म स्तन चुस्न दिनुपर्छ
05:59 याद गरौं, नवजात शिशुलाई अन्य कुनै हेरविचार भन्दा पनि तुरुन्तै आमाको शरीर सँगको सम्पर्क सबैभन्दा महत्वपूर्ण हुन्छ
06:09 साथै ब्रेस्ट क्रल पश्चात् मात्र, नवजात शिशुको अन्य हेरचाहमा ध्यान दिनुपर्छ
06:17 अब एउटा ब्रेस्ट क्रल ले नवजात शिशुलाई हुने फायदा को चर्चा गरौं
06:23 ब्रेस्ट क्रलले गर्दा शिशुले आमाको पहिलो दूध प्राप्त गर्छ जसलाई कोलोस्ट्रम भनिन्छ
06:29 यो पहेँलो र बाक्लो हुन्छ
06:33 याद गरौं कि बच्चाले प्रत्येक दिन पहिलो दिनको तुलनामा बढि मात्रामा कोलोस्ट्रम उपभोग गर्ने छ र यो क्रम बढ्दै जाने छ
06:43 बच्चाले पहिलो दिनमा ५ मिलिलिटर उपभोग गर्ने छ
06:47 दोस्रो दिनमा १० मिलिलिटर,
06:50 तेस्रो दिनमा २५ मिलिलिटर,
06:53 चौथो दिनमा ४० र पाँचौं दिनमा ५५ मिलिलिटर हरेक स्तनबाट स्तनपान गर्ने छ
07:05 यो एउटा नवजात शिशुको लागि पर्याप्त हुन्छ
07:09 त्यसैले, बच्चालाई कोलोस्ट्रम बाहेक अन्य केही खुवाउनु हुँदैन
07:15 कोलोस्ट्रम मा सङ्क्रमण सँग लड्ने र बच्चा को प्रतिरक्षा मजबुत बनाउने प्रोटिन हुने भएकोले यसलाई बच्चाको पहिलो खोपको रूपमा लिइन्छ
07:27 यो बच्चाको जन्म पछि, बच्चाले पाउने ऊर्जाको पहिलो स्रोत हो
07:33 कोलोस्ट्रम ले रगतमा ग्लुकोज को मात्रा कम हुनबाट पनि बचाउँछ
07:37 यसले बच्चाको शरीरका अन्य प्रणालीहरू राम्रो अवस्थामा राख्न सहयोग गर्छ
07:42 यसले स्वस्थ मस्तिष्क विकासमा पनि सघाउँछ
07:46 यसले बच्चालाई पहिलो चोटि दिसा गर्न पनि सहयोग गर्छ
07:50 ब्रेस्ट क्रल मा आमाको शरीर सँगको सम्पर्कले बच्चालाई न्यानो बनाई राख्छ
07:57 बच्चाले आफैँ स्तन भित्र सम्म चुस्न सिक्छ
08:04 ब्रेस्ट क्रल को क्रममा आमाको शरीरका स्वस्थ ब्याक्टेरिया बच्चामा सर्छन्
08:08 यी ब्याक्टेरियाहरू बच्चाको शरीरमा प्रवेश गरी सङ्क्रमण सँग लड्छन्
08:13 अन्ततः यसले बच्चाको प्रतिरक्षा वृद्धि गर्ने छ
08:18 ब्रेस्ट क्रल ले बच्चालाई माया र सुरक्षाको अनुभूति गराउँछ र आमा र बच्चाको सम्बन्ध विस्तार गर्छ
08:29 ब्रेस्ट क्रल ले आमालाई पनि फायदा पुग्छ
08:34 बच्चाले गोडाहरू चाल्दा आमाको कोखमा जोड पर्छ, यसले गर्भाशय खुम्चिन र शाल झार्न सहयोग गर्छ
08:45 स्तनपान ले गर्दा आमाको शरीरमा अक्सिटोसिन को मात्रा बढ्छ
08:51 अक्सिटोसिन को वृद्धिले पनि शाल झर्न सहयोग गर्छ
08:56 यसरी, ब्रेस्ट क्रल ले आमाहरूको रक्तबहाव कम गर्नु को साथै रक्त अल्पता हुन बाट जोगाउँछ
09:03 रक्त अल्पता हुँदा रातो रक्त कोषहरूको सङ्ख्या कम हुन्छ
09:08 यसले गर्दा आमालाई थकावट र कमजोरी महसुस हुन्छ
09:13 त्यसैले, ब्रेस्ट क्रल आमा र बच्चा दुवैलाई एकदमै लाभदायक प्राकृतिक प्रक्रिया हो
09:21 यसरी हामी यस ब्रेस्ट क्रल ट्युटोरियलको अन्त्यमा आएका छौं
09:26 यो ट्युटोरियलमा हामीले सिक्यौं: ब्रेस्ट क्रल के हो,
09:30 ब्रेस्ट क्रलको प्रक्रिया र यसका उपयोगिताहरू
09:37 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे को योगदान रहेको छ
09:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
09:49 यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:54 यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान पनि रहेको छ
10:01 यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो, यो ट्युटोरियलको विषयक समीक्षक बाल रोग विशेषज्ञ डा. रूपल दलाल हुनुहुन्छ
10:12 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira